सप्तरीमा भयानक दुर्घटनाम- दुई प्रहरीसहित तीनको मृत्यु,एक घाईते

सप्तरीमा भएको सवारी दुर्घटनामा परी दुई प्रहरी जवानसहित तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।





सप्तरीको मधुपट्टी ९ बलान खोला छेउ राजमार्गमा आज विहान पश्चिमबाट पूर्वतर्फ आउदै गरेको गरेको ना ४ ख १४३० नम्बरको ट्रकमा पश्चिम तर्फ जाँदै गरेको बा २२ प ८५५७ नम्बरको मोटरसाईकल ट्रक भित्र पस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुनसरी भादगाँउ सिनवारी ८ घर भएका प्रहरी जवान सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला १ घर भएका प्रहरी जवान सिताराम खड्का घाईते भएका थिए ।

घाईते दुवैलाई लहान फ्रेन्च अस्पतालबाट थप उपचारको लागी बिराटनगर न्युरो अस्पताल लाने क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबै पूर्व क्षेत्रीय सस्शत्र प्रहरी गण मुख्यालय रानी दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागी खटिएका थिए ।

त्यसैगरी सप्तरीको भारदह वडा नम्बर १ राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडि सवार भारदह १ बस्ने १९ बर्षिय पप्पु माझी रहेका छन भने मोटरसाईकल चालक सोहि स्थान बस्ने २० बर्षिय मण्डल गम्भिर घाइते भएका छन् । घाईते मण्डललाई उपचारको लागी बिराटनगर लगिएको छ । मृतक माझीको शव पोष्टमार्टमको लागी अंचल अस्पताल राजविराज पठाईएको छ ।


News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget