राज्यमन्त्री शाही सवार हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं, फागुन ३० । स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही सवार हेलिकोप्टर मनाङमा आकस्मिक अवतरण गराइएको छ । मौसम प्रतिकुल भएपछि हेलिकोप्टर आकस्मिक अवतरण गराइएको हो ।
मनाङको जिल्ला परिषद बैठकमा प्रमुख अतिथिका रुपमा सहभागी भइ राजधानी फर्कने क्रममा राज्यमन्त्री शाही सवार एयर डाइनेष्टीको हेलिकोप्टर धारापानी–१, पालमा आकस्मिक अवतरण गराइएको हो ।
हेलिकोप्टरमा पाँच जना सवार रहेको बताइएको छ । ‘मन्त्रीज्यू सवार हेलिकोप्टर सकुशल अवतरण भएको छ, मौसम अनुकुल भएपछि राजधानी आउने कार्यक्रम छ,’ राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए ।
मौसम अनुकुल हुन नसके आज उतै बस्न सक्ने पनि श्रेष्ठले बताए ।
imagekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget