चीनले नेपाललाई भन्यो- पाइपलाइबाट कच्चा तेल लगेर प्रशोधन गर्नुस्

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा इनधन खरिद सम्झौता हुने अपेक्षा गरिएको छ ।
नेपालले कुल खपतको ३० प्रतिशत प्रशोधित इन्धन आयात तयारी गरिरहँदा चीनले कच्च तेल लगेर प्रशोधन गर्न सुझाव दिएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
त्यसका लागि पाइपलाइन मार्फत कभ्भा तेल दिने र प्रशोधन केन्द्र निर्माणमा सघाउने चीनको प्रतिवद्धता छ । चीनबाट इन्धन खरिद सम्भावना खोज्न पटक पटक गएको नेपाली टोलीलाई चिनियाँ अधिकारीले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका हुन् ।
चारपटकसम्म चीन पुगेका आयनल निगमका निमित्त नायब प्रवन्ध निर्देशक सुशील भट्टराईले प्रशोधित तेल आयात सम्भावना खोज्न गए पनि चीनले कच्चा तेल लगेर प्रशोधन गर्न सुझाव दिएका बताए ।
कल्पना नै नगरेको प्रस्ताव चीनले गरेपछि यस विषयमा सरकारले कुनै चासो दिएको छैन । कच्च तेल ओसारेर प्रशोधन गर्न लागतका हिसबले पनि निकै महँगो पर्ने उनले जानकारी दिए ।
onlinekhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget