February 2015

11:53:00 PM ,
मैतीदेवीको घर उनले आफू बस्नकै लागि भनेर बनाएकी थिइन् । धेरै बलियो र राम्रो निर्माण सामग्री प्रयोग गरेर बनाएको यो घर अहिले अरु कसैको कब्जामा छ । ३६ प्रतिशतसम्मको ब्याज जोडेर यो घर अहिले कसैले चप्काइदिएको छ । उनी भने चिया बेच्न घरको बाटो भएर हिँड्छिन् र आफ्नो घर हेरेर आँसु बगाउँछिन् ।

हिजो ढुकुटी खेल्दा वाइन पिउने मञ्जुलाई अहिले सफा पानी किनेर खान पनि मुस्किल छ । हिजो टन्न पैसा हुँदा खरिद गरेको वासिङमेशिन अहिले थोत्रा कपडा कोचेर राख्नुपरेको छ । यतिसम्म हिँजो करोड रुपैयाँ सापट दिने मञ्जुलाई आफ्नी छोरी बिरामी परेर अन्तिम अवस्थामा पुग्दा कसैले पाँच हजार रुपैँयासम्म पत्याएनन् ।


मञ्जु बंगालाबाट झरेर रोडमा आइपुगेकी छिन् । कापीको पानामा २५ करोडभन्दा धेरै लिनुपर्ने छ र दिनुपर्नेहरुले दिएको चेक पनि करिब १० करोडको छ । तर के गर्नु यी कापीका पानामा भएको हिसाबले न दाल किन्न सकिन्छ न त चामल नै । दैनिक गुजारा चलाउन पैसा चाहिन्छ, तर पैसाको नाममा एक हजार पाउन धौधौ छ । त्यसैले अहिले उनी पसल पसलमा चिया बेच्न हिँड्दैछिन् ।

मञ्जु कार्की– जो ४ वर्ष अघिसम्म मैतीदेवीक्षेत्रमा सबैले चिन्ने मान्छे थिइन् । तर अहिले गुमनाम जस्तै छिन् । ३ वर्ष अघिसम्म उनको परिवारको नाममा मैतीदेवीमा मात्रै ६ वटा घर थियो भने चुच्चेपाटीमा विशाल बंगाला थियो । बाटोमा कहीँ जानुपर्दा यिनले कहिले आई १० त कहिले स्याण्ट्रो कार चढेर हिँड्थिन् ।
तर यतिबेला उनको जीवनमा पूरै उलटपुलट भएको छ । अहिले यिनको नाममा न त घरजग्गा नै छ न त कार । हिँजो कारमा सारीको सप्को मिलाउँदै हिँड्ने मञ्जु अहिले भाडाको सवारीसाधन कुरेर बस्छिन्, ठेलमठेल गर्दै गाडीमा हिँड्छिन् । यतिसम्म कि अहिले मञ्जु आफ्नो दैनिक गुजारा चलाउनका लागि झोलामा दुई चार पोका चियापत्ती बोकेर पसल पसल चहार्छिन् र त्यसको नाफाबाट आउने केही पैसाले दैनिकी चलाउँछिन् ।
३ वर्षको अन्तरालमा यिनको जीवनमा यति धेरै उतारचढावको एउटै कारण हो –ढुकुटी । ढुकुटी खेल्ने र खेलाउने गर्नाले अहिले यिनी बंगालाबाट झरेर रोडमा आइपुगेकी छिन् । यिनको कापीको पानामा २५ करोडभन्दा धेरै लिनुपर्ने छ र दिनुपर्नेहरुले दिएको चेक पनि करिब १० करोडको छ । तर के गर्नु यी कापीका पानामा भएको हिसाबले न दाल किन्न सकिन्छ न त चामल नै । दैनिक गुजारा चलाउन पैसा चाहिन्छ, तर पैसाको नाममा एक हजार पाउन धौधौ छ । त्यसैले अहिले यिनी पसल पसलमा चिया बेच्न हिँड्दैछिन् ।
३ वर्ष अघिसम्म भएको आफ्नो सातवटा घर अहिले सबै अरुकै नाममा दर्ता छन् । आफ्नो घर हुँदा किनेका केही महङ्गा फर्निचर त यिनीसँग नै छ, तर ती फर्निचर अहिले आँफैलाई घाँडो भएको छ । यी फर्निचर राख्नका लागि धेरै कोठा लिनुपर्दा मासिक भाडा तिर्न पनि धौधौ छ, र आफन्तसँग ऋण लिनुपरेको छ ।
हुन त यिनले ढुकुटी खेल्न र खेलाउन थालेको करिब ५ वर्ष भयो । ढुकुटी खेल्नुभन्दाअघि यिनको आफ्नै सम्पत्ति करिब १ करोड २० लाखको थियो । ढुकुटी खेल्नुभन्दा अगाडि यिनको महावौद्धमा कपडाको व्यापार थियो । पसलको ब्यापारले यिनको दैनिक गुजारा पनि चलेको थियो र केही नाफा पनि थियो । माइतीबाट आएको दाइजोदेखि आफैंले दुख गरेर कमाएको पैसाले उनले मैतीदेवीमा यो घर किनेकी थिइन् । घर किनेपछि मैतीदेबीमा स्थायी बसोबास बनाएकी मञ्जुले त्यहीँ ढुकुकटी खेलाउने महिलाहरुसँग चिनचान भयो र उनले पनि त्यहीँ ढुकुटी खेल्न र आफूले पनि खेलाउन थालिन् । सुरु सुरुमा ढुकुटीकै पैसाले ७ वटासम्म घर जोडेर घरजग्गाकोसमेत ब्यापार थालेकी मञ्जु अहिले भने अरु कसैको घरमा भाडामा बस्नुपरेको छ ।
ढुकुटी खेल्ने धेरैजसोले थाचेरै पैसा सकारेर ढुकुटी खान थालेपछि यिनी धेरै नाफा हुने भन्दै अन्तिममा खाने भनेर बस्ने थालिन् । तर अधिकांशले थोरै मुल्यमै ढुकुटी खाएर किस्ता तिर्न नआउने र आफूले खेलाएकोमा पनि धेरैजना भाग्न थालेपछि उनजी यसरी चुर्लम्म डुबिन् ।
मैतीदेवीको घर उनले आफू बस्नकै लागि भनेर बनाएकी थिइन् । धेरै बलियो र राम्रो निर्माण सामग्री प्रयोग गरेर बनाएको यो घर अहिले अरु कसैको कब्जामा छ । ३६ प्रतिशतसम्मको ब्याज जोडेर यो घर अहिले कसैले चप्काइदिएको छ । उनी भने चिया बेच्न घरको बाटो भएर हिँड्छिन् र आफ्नो घर हेरेर आँसु बगाउँछिन् ।
मैतीदेवीको अर्को घर । जुन, आफ्नै मेहनतको कमाइले किनेको घर । जहाँ उनी वस्थिन् । यही घरमा उनका कैयन् ढुकुटी पार्टी चले । तर अहिले यो घरमा पनि अरु नै बस्छन् । ढुकुटीले डुबाएर आफूले तिर्नपर्ने मान्छेले गुण्डा ल्याएर दैनिक धम्काउन थालेपछि उनले यो घर पनि छाडेर जानुप¥यो । यो घरमा अरु कसैले कब्जा जमाएपछि घर छाड्ने अघिल्लो दिन नै उनी रुँदै निस्किइन् ।
अहिले उनी काठमाडौंकै कुनै गुप्त स्थानमा बस्छिन् र भाग्दै हिँड्छििन् । उनको कापीको पानामा अहिले पनि लिनुपर्ने २५ करोडभन्दा बढी छ र तिर्नुपर्ने पनि करिब १४ करोड छ । उनको डेरामा केही महङ्गा फर्निचर त छन्, तर त्यसमा राख्ने तन्नासम्मको हालत यस्तो छ । १ लाखभन्दा बढी पर्ने पलङ भए पनि उनले त्यसमा राम्रो तन्नासम्म राख्न सकेकी छैनन्, र च्यातिएको तन्नामाथि भारी मनज बिसाउनुपरेको छ ।
मञ्जु कार्कीका श्रीमान् पहिले नेपाली सेनामा जागिरे थिए । बिरामी हुन थालेपछि उनले जागिर छाडेर पसल सुरु गरे । बिरामी झनै बढेपछि उनले पसल बेचेर त्यही पैसाले घर किनेर बस्न थालेका थिए । तर अहिले यिनलाई यी सब सपनाजस्तो लाग्छ । ढुकुटीमा देखिने दैनिक करोडौं रकम र पार्टीले अहिले पनि मञ्जुका श्रीमान् बाबुकाजी शेर्पालाई पिरोल्छ । ती दिन र सम्पत्ति सम्झेर अहिले यिनी यसरी आफ्नै डेराको आँसु चुहाउँदैछन् ।
ढुकुटी पार्टीका ती रङ्गीन दृश्यहरुले अहिले पनि यो दम्पत्तिलाई झस्काइदिन्छ । हिजो सबैका हाई हाई भएकी यी दम्पत्ति अहिले भागेर हिँड्नुपरेको छ । दिनपर्ने मानिसले दैनिक गुण्डा सँगै ल्याएर धम्काउँछिन्, आफुले लिनुपर्ने मानिसहरु सम्पर्कमै छैनन् । अनि कसरी तिर्ने मञ्जु भन्छिन्, अब त बाँच्नै नपाइने भयो ।
आफूले पैसा दिनुपर्ने मानिसहरुले रातारात घर कब्जा गरे, तर दिनुपर्ने मानिसलेसमेत पैसा माग्दा उल्टै थर्काउने गरेका छन् । मर्न सहज पनि छैन, बाँच्न मन पनि छैन । कैयन्पटक त आत्महत्या गर्ने मन पनि आयो, तर उनले त्यो सकिनन् । मञ्जुका श्रीमान् बाबुकाजी भन्छन्, कतै मन्दिर गएर बस्नपाए पनि हुन्थ्यो ।
हिजो ढुकुटी खेल्दा वाइन पिउने मञ्जुलाई अहिले सफा पानी किनेर खान पनि मुस्किल छ । हिजो टन्न पैसा हुँदा खरिद गरेको वासिङमेशिन अहिले थोत्रा कपडा कोचेर राख्नुपरेको छ । यतिसम्म हिँजो करोड रुपैयाँ सापट दिने मञ्जुलाई आफ्नी छोरी बिरामी परेर अन्तिम अवस्थामा पुग्दा कसैले पाँच हजार रुपैँयासम्म पत्याएनन् ।
हँुदा सबको हाईहाई नहुँदा कोही न कोही भनेजस्तै भएको छ, यतिबेला मञ्जुलाई । ढुकुटी गैरकानुनी हो भन्ने त मञ्जुलाई थाहा थियो, तर आफ्नै यो अवस्था आइपुग्ला भन्नेमा उनले कल्पनासम्म गरेकी थिइनन् । अहिले उनी आफूले गरेको गल्तीको पश्चाताप त गरिरहेकी छिन्, तर उनीसँग कहिले १ हजार रुपैयाँ हातमा छैन । यति हुँदाहुँदै पनि मञ्जु भन्छिन्, कमसेकम बाँच्न त देऊ ।

ढुकुटीबारे के भन्छ प्रहरी ?

ढुकुटी के हो भन्ने यकिन बाक्यांश छैन । तर समूहमा थोरै थोरै पैसा जम्मा गरेर आलोपालो चलाउने र त्यस पैसाले ब्यापार ब्यबसाय गर्नेलाई ढुकुटी भन्न थालियो । सुरुमा ढुकुटी सामान्य हिसाबले साथीभाई वा परिपार परिवारमा ब्यापार ब्यवसाय गर्न सहज माध्यम बनेको थियो । पहिले पहिले पैसा जम्मा गरेर जसलाई सबैभन्दा बढी आवश्यक छ, त्यसैलाई दिने गरियो र तत्कालका लागि समस्या समाधान गदर्खै ब्यापार व्यवसाय पनि सञ्चालन भयो । पहिले सहकारीकारुपमा विकाश भएको ढुकुटी पछिल्लो समय आँफैमा ब्यापार वा व्यवसाय बन्न थाल्यो ।
ढुकुटीमा धेरै पैसा देखेपछि कतिपयले पैसा चाहिएपनि वा नचाहिए पनि ढुकुटीबाट धेरै पैसा छाडेर पनि पैसा खान थालियो । यतिसम्म की २० लाखको ढुकुटी खेलेकामा १० लाख छाडेर पनि खान थालियो । तर पछि १० लाख नतिर्ने वा तिर्न नसक्ने स्थिति आएपछि ढुकुटीमा बिस्तारै बेइमानी बढ्यो ।
कानुनमा ढुकुटीबारे केही कुरा उल्लेख भएको छैन । तर राष्ट्रबैंकको नीति अनुरुप कसैले आफूखुशी वा समूह समूहबाट पैसाको कारोबार गर्छ भने त्यो अवैध हो । पैसाको अवैध कारोबारलाई प्रहरी वा कानुनले अवैध भन्छ र ढुकुटी खेल्ने वा खेलाउनेलाई राज्यले कारवाही गर्छ ।
ढुकुटी जति नै अवैध भनिए पनि समाजमा अहिले पनि यसको व्यवसाय वा खेल बढ्दो छ । प्रहरी स्वयम भन्छ, पछिल्ला दिनमा पनि ढुकुटी जारी छ र समूहमा भइरहेकै छ ।
ढुकुटीकै कारण कतिपय मानिसहरुले आत्महत्या गरेका छन् भने कतिपय विदेश पलायन भएका छन् । कतिपय मानिसहरु देशमै भूमिगत भएर बसेका छन् । कतिको श्रीमान् श्रीमातीको सम्बन्ध बिच्छेद भएको र परिवार तथा समाज बिग्रिएको छ ।
ढुकुटी खेलेर कतिपय मानिसहरुले आफ्नो ब्यापार व्यवसाय सबै सिध्याएका छन् । यतिसम्म कि नाम चलेका ठूला ब्यापारीदेखि चलचित्रकर्मीसमेत ढुकुटीबाट सकिएका छन् ।
ढुकुटीले रित्याएका र बनेकाहरु
कतिपय भने ढुकुटी लुटेर रातारात करोडपति बनेका छन् । ढुकुटी लुटेर खाएर कोही यतिबेला सिङ्गापुरमा रमाइरहेका छन् त कोही काठमाडौंमै चार पाँचवटा बङ्गला बनाएर बसेका छन् अनि करोड बढी पर्ने टुस्सन कार चढेर हिँड्छन् । मैतीदेवीकी मञ्जु कार्कीले खेलाएको र खेलेको ढुकुटीमा पूजा कार्कीले करिब ८० लाख तिर्नुपर्ने छ । तर उनी यतिबेला सिङ्गापुरमा वाइन पियर रमाइरहेकी छिन् ।
मञ्जुले खेलेको र खेलाएको ढुकुटीमा गरी प्रदिप सिंह, मनोज घिमिरे र शिवहरी कार्कीसँग गरी ५ करोडभन्दा बढी लिनु छ । तर मञ्जुको ढुकुटी रित्याएर यी तीनजनाले बे्रकफेल र दशगजा फिल्म बनाएर र अन्य पैसा जग्गामा लगानी गरे । तर त्यो पैसा मञ्जुलाई फिर्ता दिएनन् । अहिले उनीहरुको मोबाइलमा फोन गर्दा कसैको मोबाइल अफ त कसैको परिवर्तन भएको सुचना आउँछ । मञ्जुले पदमतारा तुलाधर नामकी महिलासँग पनि करिब डेढ करोड रुपैयाँ लिनु छ । ढुकुटी खेल्नुअघि पदमतारा करिब १ लाखको सानो कस्मेटिक पसल चलाएर बस्थिन् । तर ढुकुटी लुटेर अहिले उनले ३ वटा बङ्गला बनाएको तथा कार चढेर हिँड्ने मात्रै होइन, दुबईमा हिराको पसलसमेत खोलेको भन्छिन्, ढुकुटीपीडित मञ्जु कार्की ।
यी बाहेक मञ्जुलाई रित्याएर सडकमा पुराउने ढुकुटी डनहरु धेरै छन् । कोही ढुकुटी लुटेर रातारात करोडपति बनेका छन् भने कोही सडकमा आएका छन् । पछिल्लो समय राजधानीमा मौलाएको ढुकुटीले धेरैको ज्यान जोखिममा पारेको छ भन कतिको आँखाभरि आँसु छ । के सरकारले अवैध ढुकुटीमा पूर्णतः प्रतिबन्ध लगाएर परिवार र समाज बचाउन पहल गरेको छ त ? भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कतिपय मानिसको जीवन विवाह पछि र विवाह अघि निक्कै फरक हुन्छ । केहीको विवाह पछि जीवन निरश हुन्छ भने केहीको भने निक्कै सुखद् ।
यदि तपाइँको नामको पहिलो अक्षर ही, हू, हे, हो,
डा, डी, डू, डे वा डो छ भने तपाइँको राशि कर्कट
हो । यो राशिका मानिसको भाग्य विवाह
पछि चम्किने ज्योतिष शास्त्रको दावी छ ।


ज्योतिष शास्त्र अनुसार कर्कट राशि हुने
व्यक्ति सम्बन्ध प्रति ईमानदार हुन्छन् भने जिम्मेवार र
कर्तब्यनिष्ट पनि । यिनीहरुको जीवनमा विवाहको विषयमा बाबुआमाले हस्तक्षेप गर्छन् जुन कुरा मन पर्दैन । तर विवाह पछि भने यिनीहरु निक्कै सुखी हुन्छन् । केही अपवाद छोडेर कर्कट
राशिका मानिसको भाग्योदय विवाह पछि नै हुन्छ ।
विवाह पछि भाग्य र परिवर्तन
कर्कट राशिका मानिसको जीवनमा बिवाहले
ठूलो परिवर्तन ल्याउँछ । यिनीहरुको भाग्य नै
विवाह पछि खुल्ने ज्योतिष शास्त्रीहरुको दावी छ
। विवाह पछि यनीहरुले गरेका हरेक जसो काम सफल हुन्छन् । तर यो राशिका ब्यक्तिहरुमा निर्णय
परिवर्तन गरिरहने बानि हुन्छ ।.यो राशिका ब्यक्तिहरु परिश्रमी र इमान्दार हुन्छन् । तर स्वास्थ्यमा भने बच्चाबेला देखि नै समस्या हुन्छ ।

11:35:00 PM ,
फागुन १७ गते
काठमाडौं– ‘स्वाइनफ्लु’ भनेर चिनिने एच१एन१ भाइरसका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । १६ दिनअघि भर्ना भएकी ५० वर्षीया महिलाको हिजो मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. भरत प्रधानले महिलाको मृत्यु भएको पुष्टि गरें । ‘उनको हिजो आइसियुमा मृत्यु भएको हो’, उनले भने । भारतमा फैलिएको स्वाइनफ्लुको महामारी नेपालमा समेत प्रवेश गरेपछि यसबाट प्रभावित हुनेको संख्या बढ्दो छ । अहिलेसम्ममा करिब ३० जना यसबाट प्रभावित भैसकेको महाशाखाले जनाएको छ । भारतमा यसबाट मृत्यु हुनेको संख्या ८ सयभन्दा बढी नाघिसकेको छ भने हजारौं व्यक्ति प्रभावित भैसकेका छन्

10:50:00 PM ,
काठमाडौ, १७ फागुन(एजेन्सी) : आफ्नो ज्यान जोगाउनका लागि प्रहरीसँग बारम्बार गुहार माग्दा पनि प्रहरीको लापरवाहीका कारण एक युवतीको अपहरणपछि बलात्कार र हत्या हुन पुग्यो । आरोपीले २८ वर्षीय एक युवतीको बलात्कारपछि हत्या गर्दै उनको शरिरको ४ सय टुक्रा पारेका छन् ।
दक्षिण कोरियाको सुवान शहरमा बस्दै आएका चीन-कोरियाली प्रवासी पार्क शन-वांगले घटनापछि प्रहरीलाई फोन गरेर आफ्नो अपराधको जानकारी समेत दिएका थिए । तर, प्रहरी घटनास्थलमा १३ घण्टापछि मात्र पुगेको थियो ।
करीब एक हप्तासम्म प्रहरीले घटनालाई हल्का रूपमा लिएको थियो र जाँचका क्रममा समेत लापरवाही गर्यो । समाचारहरूमा जनाइए अनुसार प्रहरीले हरेक हिसाबले आफ्नो लापरबाही लुकाउने पूरा प्रयास गरेको थियो । तर, उक्त घटनाको सिसिटिभी फुटेजले एक पटक पुनः घटनालाई नयाँ मोडमा ल्याइदियो । अन्त्यमा प्रहरी प्रमुखले आफ्नो लापरवाही स्विकार गरे ।
‘सुवान टोरसो मर्डर केस’को नामबाट चर्चित भएको उक्त काण्डले विश्वभरी नै हलचल मच्चाएको थियो । इन्टरनेटमा निकै चर्चा भयो र मानिसहरूले प्रहरीलाई नै हत्याको लागि जिम्मेवार ठहराए । मानिसहरूका अनुसार यदी प्रहरीले सही समयमा कारबाही सुरू गरेको भए यस्तो डरलाग्दो हत्या रोक्न सकिन्थ्यो ।
घटना हुनुअघि युवतीले इमरजेन्सी नम्बरमा पटक-पटक फोन गरेर आरोपीविरूद्ध उजुरी गरेकी थिइन् । तर, प्रहरीले उक्त घटनालाई वेवास्ता गर्यो । घटना भएको दिन अर्थात् सन् २०१२ अप्रिल १ मा पीडिताले आरोपीको नियन्त्रणमा रहँदा नै प्रहरीलाई लुकेर फोन गरेकी थिइन् तर, प्रहरीले कुनै कारबाही अगाडि नबढाएपछि उनले ज्यान गुमाउनु पर्यो ।

एक पटक फोन उठाऊँदा उनले करीब डेढ मिनेटसम्म प्रहरीसँग कुरा गरेर आफ्नो अवस्थाबारे जानकारी दिएकी थिइन् । उनले एक व्यक्तिले आफूलाई बन्धक बनाएको र उनलाई बलात्कार गरिरहेको बताएकी थिइन् । उनले ती व्यक्तिलाई आफूले नचिनेको र आफूलाई राखिएको ठाऊँ पनि आफूले नचिनेको बताएकी थिइन् ।
उनले प्रहरीलाई आफू रहेको ठाऊँ बताउने प्रयास गरेकी थिइन् उनले जी-डग प्राइमरी स्कूल र मोट-गोल प्लेग्राउण्डको बीचमा बनेको घरमा थिइन् । उनले आरोपी कोठाको बाहिर बसेको बताएकी थिइन् ।
यस हत्याकाण्डको आरोपीले पहिले आरोपलाई अस्विकार गरेका थिए तर, पछि हत्याको तरिका र कारणको खुलासा गरेका थिए । जुन युवतीलाई उनले मारेका थिए ती युवती उनकी प्रेमीका थिइन् ।
उनले युवतीले आफूसँग भेट्नका लागि अस्विकार गरिरहेकी थिइन्, यसकारण उसलाई अपहरण गरेका थिए । एक महिना पहिले दुईबीच ब्रेकअफ भएको थियो । उनले युवतीको शरीरलाई पहिले दुई टुक्रा पारे पछि उनको हात-खुट्टा काटेको बताएका छन् ।
यसपछि उनले ती युवतीको शरिरको ४ सय वटा टुक्रा बनाए र प्लाष्टिक ब्यागमा राखेर फालिदिए ।
घटना भएको दिन आरोपीले आफ्नी प्रेमिकाको अफिसमा पुगेर उनलाई जबरजस्ति आफ्नो साथमा लिएर गएको थियो । डीएनए टेष्टबाट आरोपीले बाथरूमा प्रेमिकाको टुक्रा-टुक्रा बनाएको खुलासा भएको थियो । जाँचका क्रममा उसको घरबाट निकै खतरानाक चीजहरू पनि भेटिएको समाचारमा जनाइएको छ

घटनाको भिडियो यस्तो छ :

नायिका नन्दीता केसी र  नायक दीलिप रायमाझी श्रीमान श्रीमतीको भुमीकामा देखिने भएका छन् । अभिनेत्री केसी र अभिनेता रायमाझी चलचित्र ‘लोग्ने मान्छे’ मा श्रीमान श्रीमतीको भुमीकामा देखिने भएका हुन ।

प्रदीप मित्तलले निर्माण गरेको यो चलचित्र  लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चचिर्त मानिएका संग्रौलाको यो पहिलो चलचित्र हो । फिल्ममा पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गर्न खोजिएको बताईएको छ ।


चलचित्र ‘लोग्ने माज्न्छे’को आईतबार राजधानीमा अडियो बिमोचन गरिएको छ ।
चलचित्रमा श्रीमानलाई माया गर्ने एक नारीको भूमिका निर्वाह गरेको नायिका केसीले बताएकी छन् । २ वर्ष पछि पुनः आफू चलचित्र क्षेत्रमा फर्किएको उनले बताएकी छन् ।

माघ २३ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘लोग्ने मान्छे’ को परिकल्पना उत्तम केसीले गरेका हुन । कृष्ण श्रेष्ठको छायाँकन रहेको यस चलचित्रमा कविराज गहतराजको नृत्य र रोशन श्रेष्ठको द्धन्द रहेको छ ।

चार गीत समावेश गरिएको  यस चलचित्रमा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाको शब्द छ भने स्वरुपराज आचार्य, दीपक लिम्बु, माण्डवी त्रिपाठी, इन्दिरा जोशी, अन्जु पन्तको आवाज समावेश गरिएको छ । कार्यक्रममा एल्बममा समावेश २ वटा गीतको भिडियो पनि देखाइएको थियो ।  ६१ लाखको लगानीमा बनेको यो चलचित्र माघ २३ गतेबाट अल नेपाल रिलिज हुँदै छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

10:00:00 PM ,
मुम्बई । बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाईन फ्लु संक्रमण भएपछि अस्पताल भर्ना भएकी छिन् ।
नयाँ फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङका लागि राजकोट पुगेकी सोनमलाई एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।
राजकोट जिल्ला अधिकारी मनीषा चन्द्राले सोनमलाई स्वाइन फ्लु भएको पुष्टि गरे । उनलाई ब्यायाम प्रशिक्षकवाट संक्रमण भएको अनुमान गरिएको छ ।
स्वास्थ्य आयुक्त जेपी गुप्ताले सुटिङका लागि आउँदा नै सोनम बिरामी भएको बताए । उपचारमा संलग्न चिकित्सक डा. चिराग मातरावादियाले उनलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।
बिरामी भएर दुई साताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएर काममा फर्किएकी सोनम पुनः अस्पताल भर्ना हुनु परेको छ ।
सुटिङमा अभिनेता सलमान खान पनि सँगै थिए । बिगत केही दिनदेखि उनीहरुले सँगै काम गरिरहेका हुँदा सलमानमा पनि स्वाइन फ्लुको खतरा बढेको छ । जसका कारण सलमानको स्वास्थ्य परिक्षण गर्न लागिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय प्रशासनले सोनम र सलमान बसेको होटल फ्रेनमा पनि चेकजाँचका लागि स्वास्थ्यकर्मीहरु खटाएको छ ।

9:52:00 PM ,
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले संविधानसभामा जारी प्रक्रिया रोके आजै वार्तामा जाने बताएका छन् ।
फागुन १६ को प्रर्दशनका क्रममा प्रहरीसँगको मुठभेडमा घाइते भएका नेता तथा कार्यकर्तालाई भेट्न कान्तिपुर अस्पताल तीनकुने पुगेका अध्यक्ष दाहालले सहमतिकालागि सरकार लयार भए आजै वार्तामा बस्न आफुहरु तयार रहेको बताएका हुन् ।
दाहालले वार्ताको साँचो आफुहरुसँग नभएको पनि प्रस्ट पारे । उनले वार्ताकालागि आफुहरु जती लचिलो भए पनि सत्तापक्षले वास्ता नगरेको भन्दै दुख व्यक्त गरे ।
घाइतेहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले कायर सरकारले आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई विथोल्न खोजेको आरोप लगाए । उनले आफुले पटक पटक गृहमन्त्री बामदेव गौतमलाई कार्यक्रमका बारेमा जानकारी गराएपनि दमन गर्ने सरकारको नीतिमा परिवर्तन नआउँदा कार्यकर्ता घाइते भएको बताए ।
हिजो बानेश्वरमा भएको झडपमा परि घाइते भएका एमाओवादी कार्यकर्ताहरुलाई कान्तिपुर अस्पतालमा भर्ना गरिएको छ । एमाओवादी पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठ, नेताहरु राजेश व्यन्जनकार, लक्ष्मी राई, राजेश बस्नेत, लगायत दर्जन बढीको त्यहाँ उपचार भैरहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

9:45:00 PM ,
२०७१ फागुन १७ गते
पृथ्वी आफ्नो अक्षमा मात्र होइन सूर्यको वरीपरीको कक्षमा समेत घुमिरहन्छ । पृथ्वीले आफ्नो अक्षमा २४ घण्टामा एक फन्को लगाउने भएकै कारण पृथ्वीमा दिन-रात हुन्छ । यसलाई सदियौँ अघि नै वैज्ञानिकहरुले प्रमाणित गरिसकेका छन् । तर एकजना मुस्लिम धर्मगुरुले भने पृथ्वी सूर्यको वरीपरी तथा आफ्नो कक्षमा समेत घुम्छ भन्ने कुरा गलत रहेको र पृथ्वी स्थीर रहेको दाबीगरेका छन् ।
संयुक्त अरब इमिरेट्सका विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रवचन दिँदै साउदी धर्मगुरु शेख बन्दर अल खैबारीले पृथ्वी स्थिर रहेको दाबी गरेका हुन् ।
पृथ्वी किन घुम्दैन र यो किन स्थिर छ ? भन्ने कुरालाई प्रमाणित गर्ने प्रयासमा उनले हातमा पानी भरिएको कप लिएर विद्यार्थीहरुलाई दृष्टान्त दिइरहेको भिडियो अहिले खुबै चर्चित तथा आलोचित बनिरहेको छ ।
पृथ्वी स्थिर छ भन्ने जिकिर गर्दै अल खैबारीले भनेका छन्, ‘ल यदि तपाइँ पृथ्वी घुम्दछ भनेर भन्नुहुन्छ भने मानौँ जब हामी शारजहा विमानस्थलबाट अन्तराष्ट्रिय उडान भर्छौँ तब विमान केवल आकाशमा अडिएकै भरमा कुनै दुरी पार नै नगरी आफै चीन सम्म पुग्नुपर्ने हो, होइन ?’
यदि पृथ्वी जहाजको विपरित दिशामा घुमिरहने भए शारजहाबाट उडेको जहाज कहिल्यैपनि चीन पुग्न नसक्नुपर्ने हो भन्ने उनको तर्क छ ।
झ्वाट्ट सुन्दा उनको तर्क ठीकै पो हो की भन्ने पनि लाग्नसक्छ । यदि पृथ्वी आफ्नो कक्षमा घुमिरहने भए आकाशमा उडेको जहाज एकै ठाउँमा अडिइरहेपनि केहीबेरअघि पृथ्वीको एक ठाउँ माथिको आकाशमा र केहीबेरपछि अर्को ठाउँ माथिको आकाशमा हुनुपर्ने हो । पृथ्वी पो घुम्छ, आकाश त घुम्दैन । त्यसैले आकाशमा रहेको जहाज आफैले तेर्सो उडेर दूरी पार गरिरहनु किन पर्यो ? पृथ्वी आफै घुम्ने भएपछि । पृथ्वी नघुम्ने भएकैले आकाशमा उडेको जहाजले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि आफैले उडेर दूरी पार गर्नुपर्ने तर्क उनले गरेका छन् ।
तर हातमा पानीको गिलास राखेर पृथ्वी आफ्नो कक्ष तथा अक्षमा घुम्छ भन्ने वैज्ञानिक सत्यलाई चुनौति दिने उनको धृष्टतालाई धेरैले सामाजिक संजालमा खिल्ली उडाएका छन् ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीको सतहमाथिको वायुमण्डलीय आकाश पनि घश्रणकै कारण पृथ्वीसँगै घुम्दछ । त्यसैले वायुमण्डलमा उडिरहेको वस्तु पनि पृथ्वीको गतिसँगै सतहमा रहेको वस्तु झैँ पृथ्वीसँगै घुमिरहेको हुन्छ ।
स्मरण रहोस् अल खैबारीले यसअघि पनि खगोल विज्ञानका सम्बन्धमा विभिन्न खाले अनौठो तथा उटपट्याङ कुरा गर्ने गरेका थिए । मानिसले अहिलेसम्म चन्द्रमाको सतहमा नटेकेको र नासाको एपोलो-११ मार्फत निल आर्मस्ट्रंग लगायतका अन्तरीक्षयात्री चन्द्रमाको सतहमा पुगेको कुरा असत्य रहेको तथा त्यो हलिउडको नक्कली दृश्य रहेको उनले एकताका दाबी गरेका थिए । – भिडियो

राशि अनुसार प्रेमका लागि विभिन्न बार अनुकुल हुने ज्योतिषशास्त्रीहरु बताउँछन् । यहाँ विभिन्न राशिलाई आइतबार प्रेम प्रसंग कस्तो हुन्छ भनेर चर्चा गरिएको छ ।


मेष राशि
आइतबार मेष राशिका ब्यक्तिलाई प्रेमको दृष्टिकोणबाट राम्रो मानिँदैन । आइतबार मेश राशिका ब्यक्तिको प्रेममा झगडाको योग छ । आइतबार प्रेम प्रसंग अघि बढाउँदा सम्बन्ध जोडिने भन्दा टुट्ने सम्भावना बढी हुन्छ ।



वृष राशि
वृष राशिका ब्यक्तिका लागि आइतबार सामान्य मानिन्छ । प्रेम प्रसंगमा पनि मध्यम नै हुन्छ । तपाइँको कुरा प्रेमि वा प्रेमिकालाई बुझाउन कठिन हुन्छ । मनलाई शान्त राखेको राम्रो ।




मिथुन राशि
आइतबार मिथुन राशि भएकाहरुलाई प्रेमको दृष्टिले राम्रो मानिँदैन । प्रेम प्रसंग आइतबार भन्दा अन्यबार नै गर्नुस् । आइतबारको दिन प्रेमी प्रेमिकाबीच उल्टो मनमुटावको योग देखिन्छ ।


कर्कट राशि
प्रेमको दृष्टिले कर्कट राशिका लागि राम्रो छ आइतबार । तपाइँका प्रेमि वा प्रमिका भाग्यशाली सावित हुन सक्छन् । प्रेमी प्रेमिकाले आइतबारलाई मधुर बनाउन सक्छन् । सके सम्म प्रेम ब्यक्त गर्नुस् ।




सिंह राशि
सिंह राशिलाई प्रेमको दृष्टिले आइतबार सबै भन्दा उत्तम हुन्छ । यो राशिका ब्यक्तिले प्रेम नै प्रेमको अनुभव गर्न सक्छन् । आफ्नो तरिकाले प्रेम ब्यक्त गर्नुस् महौल तपाइँको पक्षमा छ । प्रेम जीवनको आनन्द लिनुस् ।

कन्या राशि
कन्या राशिका लागि प्रेमको दृष्टिले आइतबार राम्रो छैन । आइतबार प्रेम प्रसंग गर्नु भो भने तपाइँको विछोड हुन पनि सक्छ । खासगरी आइतबार प्रेम भन्दा पनि विवाहेत्तरको सम्बन्ध भएकाहरु समस्यामा पर्न सक्छन् ।

तुला राशि
आइतबार तुला राशिका लागि प्रेमको दृष्टिले मध्यम छ । तपाइँहरुको बीचमा मतभेद आउन सक्छ । आइतबारको दिन प्रेम ब्यक्त गर्नका लागि सही छैन । विचार पुर्‍याएर मात्र गर्नुस् ।

वृश्चिक राशि
प्रेम देखाउने बस्तु होइन भन्ने कुरा विचार गर्नुस् । दिलको कुरा बुझ्ने कोशिस गर्नुस् । यदि तपाइँलाई प्रेम देखाउने चिज हो भन्ने लाग्छ भने मात्र ब्यक्त गर्नुस् । अन्यथा अघि नबढ्नुस् । प्रेमलाई भोग गर्ने बस्तु पनि नठान्नुस् ।

धनु राशि
धनु राशिका लागि पनि प्रेमको दृष्टिमा आइतबार प्रतिकुल छ । तपाइँले समयलाई आफ्नो पक्षमा राम्रो बनाउन नसक्ने पनि हुन सक्छ । तपाइँको जिद्धी स्वभाव घातक हुन सक्छ । अरुका कुरा सुन्नुस् ।

मकर राशि
प्रेम जीवनमा पारदर्शी बन्नुस् । साथीत्वलाई बढी जोड दिनुस् । आफ्नो कुरा भन्नुस् आइतबार तपाइँका लागि शुभ हुन सक्छ । विग्रिएका सम्बन्ध पनि बन्न सक्छन् ।


कुम्भ राशि
आइतबार कुम्भ राशिलाई खासै उत्साहजनक मानिँदैन । प्रेम ब्यक्त गर्नका लागि तपाइँको बोली कठोर बन्न सक्छ । तसर्थ सके सम्म कम बोल्नु राम्रो ।
बोल्नै परे अलि संयमित भएर बोल्नुस् ।

मीन राशि
मीन राशिका लागि प्रेम ब्यक्त गर्न आइतबार नराम्रो मानिँदैन । यद्यपी प्रेममा एक्कासी अघी बढ्न खोज्नु भो भने आँधी पनि आउन सक्छ । केही समय लिएर प्रेममा अघि बढ्नुस् ।

9:23:00 PM , ,
सिओल, फागुन १७ – रोजगार प्रक्रिया प्रणाली अन्र्तगत तीन महिना अगाडी दक्षिण कोरिया आएका एक नेपाली युवाको मृत्यु भएको छ । राजधानी सिओल देखि झण्डै चार सय कि.मी. टाढा मोक्पो स्थित सिन्हान टेक नामक प्लास्टिक कम्पनिमा कार्यरत बाग्लुङ जिल्ला नारायणस्थान गा.बि.स.वडानम्बर ९ बलेवा स्थायी ठेगाना भएका बर्ष २४ का अविवाहित युवक अर्जुन अखेलीको शनिबार निधन भएको हो ।
शनिबार बेलुका टेलीभिजन हेदै गरेको अबस्थामा अकस्मात बेहोस भएपछि सँगै रहेका कम्पनिका कार्यरत साथीहरुले अस्पताल पुरयाएतापनि अस्पतालले उनलाई राती दश बजे मृत घोषित गरेको जानकारी प्राप्त भएको छ ।
यसै घटनाको बिषयमा कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङ्गसँग जानकारी माग गर्दा आईतवार दुतावास सार्बजनिक बिदाका कारण बन्द रहेकोले कुटनीतिक प्रक्रियाद्धारा नेपालमा परिवारजनलाई खवर नपुगेको र दुतावास खुल्ने बित्तिकै खबर गरिने जानकारी दिए ।
स्मंरण रहोस कोरियामा दुतावास स्थापनादेखि हालसम्मको तथ्याङ्क हेर्दा सत्तरीको हाराहारीमा नेपाली युवायुवतीको विभिन्न कारणले मृत्यु भएतापनि पछिल्लो समयमा कोरियामा नेपालीको मृत्युका कारणका बिषयमा खासै सरकारले चासो दिएको पाईदैन ।

1:22:00 PM ,
अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।


अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।

अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।

किन खाने अदुवाको चिया ?


१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

४ श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

1:12:00 PM ,
यौन दाम्पत्य जीवनमा निक्कै महत्वपूर्ण छ । महिलाहरुका विभिन्न स्त्री विशिष्ठ समस्या हुने भएपनि पुरुषहरुमा भने सँधै नै यौन सम्बन्ध राख्ने चाहाना   हुन्छ । त्यस्तै जटिल अवस्था हो गर्भवती अवस्था ।


गर्भवती अवस्थामा यौन सम्बन्ध राख्न हुन्छ कि हुँदैन वा हुने भए कसरी गर्ने भनेर धेरै अलमलमा देखिन्छन् । तर चितित्सकहरु भन्छन् वास्तवममा गर्भवती अवस्थामा पनि यौन सम्बन्ध राख्न सकिन्छ तर त्यो पेटमा भार पर्ने वा बच्चालाई असर गर्ने स्तरमा हुनु  हुँदैन ।

गर्भवति अवस्थामा यौन सम्बन्ध कसरी राख्न सकिन्छ र सुरक्षित आसनबारे यहाँ केही तस्विर सहितका टिप्स प्रस्तुत गरिएको छ ।

एकै दिशामा सुतेरः

स्पुनिङ भनिने यो आसनमा गर्भवती स्त्री र पुरुष एकै दिशामा फर्केर सँगै सुत्छन् । र पेटको बच्चालाई असुविधा नहुने गरी पछाडीबाट अंगालो हालेर पुरुषले स्त्रीसँग सहवास गर्न सक्छ ।





मुख मैथुनः

स्त्री गर्भवती भएको अवस्थामा यौन चाहाना पुरा गर्ने सबै भन्दा उत्तम माध्यम हो मुख मैथुन । हुन त यो पूर्ण यौन सम्बन्ध होइन तर यसले पनि यौन चाहानालाई शान्त पार्न भने सकिन्छ । यद्यपी यसो गर्दा स्त्रीको योनीमा रगत आउने गरी गर्नु हुँदैन यसले गर्भलाई जटिल अवस्थामा पुर्याउन सक्छ ।
महिला माथि चढ्ने आसनः
महिला पुरुषमाथि चढ्ने आसन पनि गर्भवती अवस्थाम यौन सम्बन्ध राख्ने सुरक्षित तरिका हो । यसमा पेटमा भार नपर्ने गरी यौन क्रिडा गर्न सकिन्छ ।


स्वान आसनः
यो आसनमा गर्भवती महिला ओच्छ्यानमा घुँडा टेकेर शरीरमा सन्तुलन राख्छिन् भने महिलाको पेटमा असर नपर्ने गरी पछाडीबाट यौन क्रिडा गर्छन् । यो आसनलाई डग्गी आसन पनि भन्ने गरिन्छ ।
कैंची आसनः
यो आसनमा महिला ओच्छ्यान वा टेवुलको छेउँमा खुट्टा फराकिलो पारेर बस्छिन् अनि पुरुषले कुनै दवाव पैदा नगरी यौन क्रिडा गर्छन् । यसो गर्दा उनीहरुको आकार कैँची जस्तै देखिन्छ । महिलाका खुट्टाले पुरुषको शरीरलाई धेरै चल्न र दवाव पैदा गर्न दिँदैनन् ।
पुरुष तल बसेरः
यो आसनमा महिला पुरुषको काखमा बस्छिन् तर उनीहरु एकै दिशमा फर्किएका हुन्छन् । यो आसनमा पनि दवाव पैदा नगरी पुरुषले पछाडीबाट यौन क्रिडा गर्छन् ।
by nepaliheadlines

12:55:00 PM ,
मिडिया एनपी,काठमाडौँ । अहिलेसम्म बास्तबिक उपचार पत्ता लागी नसकेको मधुमेह रोगलाई जति सामान्य रुपमा हेरिन्छ यो रोग त्यतिनै जटिल पनि छ । रगतमा चिनीको मात्रा बढि भएपछि हुने चिनीरोग अर्थात् मधुमेह निकै जटिल रोग मानिन्छ ।
मधुमेह लाई नेपाली चीनी रोग चिनी रोगु भन्छन् । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि ग्रा र डि लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा धेरै भएर विभिन्न लक्षण देखिएमा उक्त बिरामीलाई मधुमेह भएको मानिन्छ । मधुमेह दुई प्रकारका हुन्छन् । इन्सुलिन हर्मनको आवश्यकता पर्ने, टाइप १ र इन्सुलिन हर्मोनको आवश्यकता नपर्ने, टाइप २ । मधुमेह क्लोमबाट निस्कने हर्मोन इन्सुलिनसँग सम्बन्धित छ । इन्सुलिनको उत्पादन बन्द भएमा वा इन्सुलिन उत्पादन गर्ने कोषमा क्षति भएमा मधुमेह हुने गर्छ । जस्तो कि इन्सुलिन हर्मोन कलेजो मांसपेशी एवं दिमागको कोषको कार्यमा निष्प्रभावी सावित हुने गर्छ । ..

9:04:00 AM ,
काठमाडौं, मिर्गौलाको पत्थरी हुने रोगबाट अहिले धेरै मानिसहरू पिडित हुने गर्दछन । यो रोग ४० देखि ७० बर्षसम्मका पुरुषहरूमा बढी देखिएको छ । त्यस्तै महिलाहरू भने ५० बर्ष पछि यसले शिकार बनाउने गरेको पाइएको छ ।
यो पत्थरीको समस्या दोहोरिने हुनाले मानिसहरूले यसबाट बच्नका लागी खानपानमा बिशेष ध्यान दिनुपर्ने कुरा डक्टरहरूले बताउने गर्दछन । यो रोगको एकपटक उपचार गराइसकेका करीब २० प्रतिशतमा ३ बर्षमा , ३० प्रतिशतमा ५ बर्षमा र ७० प्रतिशतमा २० बर्षभित्रमा फेरी पत्थरी दोहोरिने गर्दछ । शरीरमा पानीको अभावका कारणले गर्मी ठाउँमा मानिसमा मिर्गौलाको पत्थरी बढ्ता रूपमा देखिने गर्दछ । पत्थरीका रोगीहरू धेरै समस्यामा भएपछि मात्र डक्टरहरूकोमा जँचाउन पुग्दछन, जसका कारण यसले जटिल रूप लिन पुग्दछ । मिर्गौलामा क्याल्सियम, फोसफेट, अक्जालेट र युरिक एसिड गरी चार प्रकारका पत्थरी हरू हुने गर्दछन । त्यस्तै अदुवा आकारको पत्थरी भने मिर्गौलामै टाँसिएको हुन्छ भने कुनै मास वा चामलको गेडा आकारका स–साना समेत हुने गर्दछन । गर्मीको समयमा पसिनाको रूपमा ...

8:50:00 AM ,
मिडिया एनपी, न्यूयोर्क । मानसिक रोगहरूबाट पिडित मानिसहरूले यदि पर्याप्त मात्रामा समुद्री माछाको सेवन गर्ने गरेमा तथा बाहिरी गतिविधिका लागी दैनिक रूपमा समय निकाल्ने गरेमा उनीहरूको स्थितिमा सुधार हुन सक्ने देखिएको छ । किनभने यसले मस्तिष्कमा रहेको रसायन सेरोटोनिन को स्तरलाइ प्रभावित गर्दछ ।

हालै गरिएको एक नयाँ अध्ययनबाट यो कुराको खुलासा भएको हो । अर्थात यस अध्ययनबाट यो निष्‍कर्ष निस्किएको छ कि माछाको सेवनबाट मस्तिष्‍क स्‍वस्‍थ राख्न निकै मद्दत पुग्दछ । यसका साथै घाममा बसेर शरिर सेक्नाले पनि मस्तिष्कलाइ निकै राम्रो हुने देखिएको छ ।

मस्तिष्क सम्बन्धी कयौं रोगहरू जस्तै अस्टिन स्पेक्ट्रम डिसअर्डर (एएसडी), इटेन्शन हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी), बाइपोलर डिसअर्डर, सिजोफ्रेनिया तथा डिप्रेशनमा सेरोटोनिनको स्तर मस्तिष्कमा कम हुन थाल्दछ । चिल्ड्रेन्स हस्पिटल अकल्याण्ड रिसर्च इन्स्टीट्यूट (सीएचओआरआई) की रोन्डा पेट्रिकका अनुसार अहिले गरिएको नयाँ अध्ययनबाट के कुरा पाइयो भने सेरोटोनिन कसरी आवेग नियन्त्रण, सेन्सरी गेटिङ तथा व्यक्तिको व्यवहारलाइ नियन्त्रित गर्नमा महत्वपूर्ण भूमिका निभाउँदछ भन्ने देखिएको छ ।

पेट्रिकका अनुसार यस अध्ययनबाट उनीहरूले सेरोटोनिनको उत्पादन तथा कार्यलाइ भिटामिन डी तथा ओमेगा-3 फेट्टी एसिडबाट सम्बद्ध गरिएको छ । यी सूक्ष्म पोषक तत्व मस्तिष्कलाइ कार्य गर्नमा त्यसको मद्दत गर्दछन र यस प्रकारले हाम्रो स्वभाव नियन्त्रित हुने गर्दछ । भिटामिन डी को निर्माण शरीर को त्वचामा सूर्यको प्रकाशमा स्वाभाविक रूपमा हुने गर्दछ । यसैले केही समय घाम ताप्नाले पनि मस्तिष्कका लागी निकै फाइदा पुर्याउँदछ ।

8:14:00 AM ,
मलेसियामा बिचल्लीमा परेका ५१ वर्षीय
डिल्लीबहादुर पुन। तस्बिरः गणेश आचार्य
क्वालालाम्पुर (मलेसिया)-दाङको पुन्धारा-७
रामपुरका भूमिहीन डिल्लीबहादुर पुनलाई
बुढेसकालमा जग्गाको मालिक बन्न रहर जाग्यो।
गाउँमा जमिनदारको खेतबारी अधिया कमाएर आठ
जनाको पेट पाल्दै आएका उनी थोरै भए
तापनि जग्गाको मालिक बन्ने र बाँकी जीवन सुखमय
तरिकाले बिताउने अभिलाषा बोकेर ५१ वर्षमा २०
वर्षीय तन्नेरी उल्लासमा मलेसिया आए। धन कमाएर
तुलसीपुर बजारमा घरघडेरी जोड्ने र छ
जना छोराछारीलाई राम्रो बोर्डिङ
स्कूलमा पढाउने उनको सपना थियो।
त्यही सपना पूरा गर्न उनले सुनगाभा मेनपावरलाई एक
लाख रुपैयाँ खनखनी गनेर दिए भने बाँकी ६० हजार
रुपैयाँ तलबबाट काट्ने सम्झौता गरी मलेसिया आइपुगे।
सात


महिनाअघि मलेसिया आएका डिल्लीबहादुरलाई
मलेसिया सोचेजस्तो भएन। पहिलो गाँसमै
ढुङ्गा लाग्यो। तीन महिनासम्म उनले
कुखुराको अन्डा मेशिनमा हाल्ने काम गरे।
महिना पुग्दा सबै कामदारले तलब बुझ्थे। उनले भने तलब
नपाई बुझेँ भनेर सही छाप मात्रै गरे। डिल्लीबहादुरले
आफ्नो पीडादायी कथा सुनाउँदै नागरिकन्युजसँग
भने, ‘मैले तीन महिना कम्पनीमा काम गरें। हरेक
महिना १५ सय रिङ्गेट बुझेको भनेर सहीछाप गरेँ। तर,
एक रिङ्गेट पाइन।'
पैसा किन नदिएको? भनेर कम्पनीको मालिकलाई
सोध्दा मालिकले नेपालको मेनपावरले लग्यो भन्ने
जवाफ दिएको उनले बताए। उनकाअनुसार ६० हजार
रुपैयाँ मात्रै तलबबाट काट्ने
सम्झौता सुनगाभा मेनपावरसँग भएको थियो। एक
लाख रुपैयाँ त नेपालमै बुझाई सकेका थिए। तर,
यहाँबाट सुनगाभा मेनपावरले ४५ सय रिङ्गेट (१ लाख
३५ हजार रुपैयाँ) असुल्यो।
त्यतिबेला मलेसियाको एक रिङ्गेटको नेपाली ३०
रुपैयाँ हुन्थ्यो।
तैपनि उनले चित्त बुझाए।
किनकी सुकुम्वासी उनी जसरी पनि धन कमाएर
जग्गाको मालिक बन्न चहान्थे। अनि ५ छोरी र एक
छोरालाई पढाएर सरकारी जागिर खुवाउने
अभिलाषा बोकेका थिए। केही बोलेमा नेपाल
फर्काइदिन्छ की भन्ने त्रासका कारण त्यति धेरै
पैसा मेनपावरले लैजाँदासमेत आफू चुप बसे।
तेस्रो महिनाको तलब बुझेको भोलिपल्टको दिन
उनका लागि कालो दिन बनेर आयो। कम्पनीले
उनलाई इम्रेगेनिले वर्क परमिट (काम गर्ने अनुमती)
नदिएको भन्दै काम गर्न रोकिदियो। उनकाअनुसार
उनको पासपोर्ट र मेनपावरले भिसामा उल्लेख
गरेको जन्ममिति फरक परेकाले इम्रेगेनिले वर्क प्रमिट
नदिएको हो।
पासपोर्टको जन्ममितिअनुसार आफु ५१ वर्ष भएको र
भिसा निकाल्दा बनाइएका कागजातामा ४० वर्ष
मात्रै भएको उनले जानकारी दिए। मलेसियामा ४०
वर्षसम्मकालाई मात्रै काम गर्ने अनुमती छ। मेनपावरले
पैसाको लोभमा भिसाको कागजातमा उमेर घटाएर
आफूलाई फसाएको डिल्लीबहादुरको गुनासो छ।
वर्क परमिट नपाएपछि कम्पनीले आफूलाई
मलेसियाको एजेन्टको जिम्मा लगायो र एजेन्टले
अन्यत्र काममा लगायो। त्यसबेला उनले
नेपालको एजेन्ट गोपाल लम्साललाई आफू
समस्यामा परेकाले नेपाल फर्काउन आग्रह गरे। तर,
फर्काउन नसक्ने भन्दै भागेर काम गर्न नेपाली एजेन्ट
लम्सालले सुझाए। नागरिकन्युजसँत उनी भन्छन्, ‘मैले
नेपालको मेनपावरलाई समस्या सुनाउँदा भागेर काम
गर्न भन्यो। म भाग्न सकिन र यहींको एजेन्टले कुकुर/
बिरालो हेर्ने काममा लगायो।'
कुकुर/बिरालो हेर्ने काम गर्दाको तीतो अनुभव
सुनाउँदासुनाउँदै उनले आँसु थाम्न सकेनन्। गला अवरुद्ध
भयो। डाँकै छोडेर रोए। उनले रुँदै भने, ‘एक महिनासम्म
कुकुर/बिरालोसँगै बसें, खाँए र सुतेँ। तैपनि मैले सुख पाइन
सर। मलाई मालिकले कुट्थ्यो। मलाई पिटेर अपाङ्ग
बनायो। पछि तलब नै नदिई लखेट्यो।'
उनको शरीरमा त्यतिबेला कुटीएका नीलडाम अझै
छन्। उनी आजभोली खोच्याँउदै हिड्छन्।
मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन आउने
नेपालीको साथ लागेर
दूतावासको शरणमा पुगेका डिल्लीबहादुर धन कमाउन
मलेसिया आए तापनि भोकभोकै बसेको सुनाउँछन्। ‘म
कति दिन भोकै बसेको छु। कयौं रात
सडकमा बिताएको छु।' गहभरी आँसु पार्दै उनी भन्छन्,
‘पैसा कमाउन आएको म भीखारी बनेको छु।'
हाल उनी नेपाली बस्ने होस्टेल खोज्दै गएर बास र
गाँसको भीख माग्दै दिन बिताइरहेका छन्। कतिपय
नेपालीले छीःछी र दुरदुरको व्यवहार गर्ने
गरेको नमीठो अनुभव छ उनीसँग। उनी भन्छन्,
‘कति नेपालीले दया मानेर खान बस्न दिन्छन् भने
कतिले कुकुर जस्तो व्यवहार गर्छन्।'
धन कमाउन मलेसिया आएर
बिचल्लीमा परेका डिल्लीबहादुरको यता गाँस
बासको टुङ्गो छैन भने उता नेपालस्थित
घरमा पनि उत्तिकै बज्रपात छ।
एक टुक्रा जमिन नभएको उनको परिवार पाल्ने उनै
एक्ला हुन्। उनी यता बिचल्ली परेपछि घरमा छाक
टार्नै मुस्किल छ। उनकी श्रीमतीले स टेलिफोनमा रुँदै
भनिन्, ‘बाबु मेरो लोग्नेलाई चाँडै घर पठाइदिनुस् है।
हामी यहाँ भोकै छौं। उहाँ फर्किनु भएन भने
हामी खान नपाएरै मर्छौं। साहुले पत्याउन छोडे।'
उनले कलेजमा मासिक शुल्क बुझाउन नसक्दा १२
कक्षामा पढ्ने छोरीले पढाई छोडेको बताइन्।
जेठी छोरीबाहेक अरु ४ छोरी र एक छोरा नाबालक
भएकाले आफूले उनीहरुलाई छोडेर काम गर्न जान
नसकेको बताइन्।
डिल्लीबहादुर आफ्नो आयु अब लामो छैन भन्छन्।
दूतावासका कर्मचारीलाई घर पठाइदिन आग्रह
गरेको र घर नपठाए आफू यतै मर्ने उनी गुनासो गर्छन्।
‘यहाँका सरलाई घर पठाइदिन भनेको छु। प्रयास
गर्छौं भन्नुभएको छ,' उनले भने।
नेपाल जान पाए मजदुरी गरेर भए
पनि पैसा अभावका कारण पढाई छोडेकी छोरीलाई
फेरि पढाउने उनको इच्छा जिवितै छ। उनी भन्छन्, ‘म
नेपाल गएर छोराछोरी पढाउन पाइन र यतै मरे भने
मेरो आँसुले मेनपावर सञ्चालकलाई पोल्ने छ।' उनले
भक्कानिदै भने, ‘यति दुःख पाइन्छ भन्ने
थाहा पाएको भए यो बुढेसकालमा मलेसिया आउने नै
थिइन। बरु नेपालमै गिट्टी कुटेर परिवार पाल्ने थिएँ।'
मलेसिया आएर दुःख पाउनुभन्दा आफ्नै देशमा काम
गरि खान अरु नेपालीलाई उनी सुझाव दिन्छन्।
दूतावासका श्रम–सहचारी बुद्दीनाथ भट्टराईले
डिल्लीबहादुरलाई क्षतीपूर्तीसहित नेपाल फर्काउन
सुनगाभा मेनपावरका सञ्चालकलाई भनेको तर
सञ्चालकले अटेर गरेको बताए। भट्टराईका अनुसार
डिल्लीबहादुरलाई मलेसिया पठाउन
काठमाडौंका सुनगाभा, त्रिवेणी र पश्चिम नेपाल
मेनपावर जिम्मेवार छन्। त्रिवेणीले मलेसियाबाट
कामदार मागपत्र लगेको, पश्चिम नेपालले पासपोर्ट
लिएको र सुनगाभाले श्रम
स्वीकृती निकालेको प्रारम्भीक अनुसन्धानबाट
खुलेको उनले नागरिकन्युजलाई बताए। यी तीनवटै
मेनपावर कम्पनीका सञ्चालकहरु एकले अर्कालाई
दोषी देखाउँदै डिल्लीबहादुरलाई घर फर्काउने
कामबाट पन्छिन खोजिरहेका छन्। तर, पीडीतलाई
क्षतीपूर्तीसहित तत्काल नेपाल नफर्काए ती तीन वटै
मेनपावरलाई
कालो सूचीमा राखी कारबाही प्रक्रिया अगाडि
बढाउने भट्टराईले प्रतिबद्धता जनाएका छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

8:02:00 AM ,
ओंठ मानिसको सुन्दरताको प्रतिरुप हो । विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउँछन् । ओठलाई सुन्दर बनाउन लगाइएका साधनले  उल्टै कालो बनाइरहेका हुन्छन् । यसले महिलाहरुलाई निराश बनाइरहेको हुन सक्छ । आउनुहोस्, ओठको कालोपन हटाउन प्रयोग गर्न  सकिने प्राकृतिक उपायबारे थाहा पाउनुहोस्
: १. कोको बटर  दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस् । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्नुहोस् । यसमा कोको बटर हाल्नुहोस् । यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउनुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।
 २. दूधको तर  ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ ।
 ३. गुलाबको पत्ता ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै  फाइदाजनक हुन्छ । यसलाई  नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन  मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् ।
 ४. कागती कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनुहोस् ।
५. केसर काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ । ६. मह महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ ।यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् या महमा थोरै स्वाग मिसाएर ओठमा लगाउनुहोस् । दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।
 ७. अण्डा अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।
 ८. जैतूनको तेल यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, ओठ  चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।
 ९. चुकन्दर चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।

5:05:00 AM ,
पहिलो जमानाको तुलनामा अहिले पुरुषहरु आफ्नो निकै धेरै ख्याल राख्न थालेका छन् । पुरुषहरुको रफ एण्ड टफ लुक अहिले धेरै पुरुषहरुले रुचाउँदैनन् । हेयरस्टाइल परिवर्तन गर्नु होस्, फेसियल, ब्लिच अथवा फेस प्याक लगाउने होस्, यी सबै कुराहरुलाई महिलाले मात्र गरिने भन्ने संज्ञा दिइन्थ्यो तर यी कुराहरुलाई पुरुषहरुले पनि अपनाउन थालेका छन् ।
छालाको हेरबिचार गर्ने कुरा महिलाहरुका लागि मात्र नभई पुरुषहरुले पनि यस्तो कुरामा ध्यान दिन जरुरी छ । महिलाको छालाको तुलनामा पुरुषहरुको छाला निकै कडा हुने गर्दछ त्यसकारण पुरुषहरुको छालामा साबुन, लोसन र क्रिमले थोरै कम प्रभाव पारेको हुन्छ । पुरुषहरुले आफ्नो छालाको नियमित ध्यान दिनुपर्ने हुन्छ जसका लागि केहि घरेलु फेसियल मास्क बनाउने बिधि दिइएका छन् । यी मास्कहरुलाई नियमित छालामा लगाउँदा अनुहारबाट हराएको चमक फिर्ता आउने गर्दछ । दहिबाट बनेको फेस प्याकः जब तपाईं दिनभरिको थकानबाट घर फर्कनुहुन्छ तब तपाईंको छालामा हजार प्रकारको धुलो, माटो र प्रदुषणले भरिएको हुन्छ र त्यसको तपाईंको छालाको पोर्सहरु बन्द हुने गर्दछ । यस्तो अवस्थामा तपाईं आफ्नो अनुहारमा दहि लगाउन सक्नुहुन्छ । यसले तपाईंको छाला ताजा र स्वस्थ देखिन्छ । कागतीको रसः यदि तपाईंको छाला चिल्लो हुने गर्दछ भने गर्मी महिनामा यस्तो छालामा निकै समस्या निम्त्याउने गर्दछ । अनुहारबाट अत्यधिक तेललाई सफा गर्नका लागि कागतीले निकै सहयोग गर्नेछ । एउटा कचौरामा कागतीको रसमा केहि थोपा जैतुनको तेल र मह राखेर अनुहामा लगाउनुहोस् । मुल्तानी माटोः घ्युकुमारी, मुल्तानी माटो र अण्डाको पहेँलो भागलाई एकैठाउँमा मिसाएर पेस्ट तयार गर्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले अनुहारको पोर्समा भरिएको फोहोरलाई सफा गर्दछ र अनुहारलाई निकै चम्किलो बनाउँछ । स्ट्रबेरी फेस मास्कः थोरै स्ट्रबेरीलाई मिचेर पेष्ट बनाउनुहोस् । त्यसमा केहि थोपा मह र जैतुनको तेल हाल्नुहोस् । यो प्याकलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले अनुहार धुनुहोस् । यसले अनुहारको छालालाई निकै राम्रो बनाउने गर्दछ । (एजेन्सी)

4:55:00 AM ,
१. विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पूरानो कुरासंग जोड्न सिक्नुहोस् । यसले तपाईंलाई दुवै कुराका बारेमा आवश्यक कुराहरु सम्झन सजिलो हुनेछ ।

२. दोहो¥याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।
३. नौलो तरिका अपनाउनुहोस्
यदि तपाईं कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईं नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माइ भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउछ । अथवा, सूत्रबद्ध रुपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।
४. कार्डमा लेख्नुहोस्
जब महत्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब  तपाईंलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।
५. गाउँनुहोस् र स्मरणशक्ति बढाउँनुहोस्
आफ्नो लयबद्धताका कारण संगित सजिलै तपाईंको दिमागमा बस्छ । आफ्नो मनपर्ने  गितको धुनमा त्यस चिजलाई सेट गर्नुहोस्, जसलाई तपाईं सम्झन चाहनुहुन्छ । यसबाट तपाईंले कुनै पनि कुरा लामो समयसम्म याद गर्नसक्नुहुनेछ ।
६. पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्विर बनाउने प्रयास गर्नुहोेस्, यसबाट तपाईं चिजलाई लामो समयसम्म याद राख्न सक्नुहुनेछ । पढिरहेको बेलामा तपाईं ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो चिज कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।
७. उदाहरण दिनुहोस्
जब तपाईं कुनै पनि चिजलाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

शनिबार, फाल्गुण १६,
एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले  हात्ती दुव्लाएर मुसो नहुने कडा टिप्पणी गरेका छन् । राजधानीमा बिहीबार आयोजित ३० दलीय मोर्चाको जनसभामा  आफूहरूको संख्या कमजोर भयो भनेर बलमिच्याईं गरेर कांग्रेस एमाले अघि बढेको भन्दै उनले उनीहरूलाई जनमतको घमण्ड नदेखाउन चुनौती दिए ।

‘हात्ति दुव्लाएर मुसो हुँदैन, बाघ दुव्लाएर विरालो बन्दैन दुई तिहाईको घमण्ड देखाउने ले देखुन्’ उनले भने ‘फेरि हामी बाघ भएर आएका छौँ ।’ उनले बाघ बुढो भए पनि घाँस नखाने भन्दै जनताको मुक्ति नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनले विशेष गरेर सहरीया मध्यम बर्गले आफूलाई सामाजिक सञ्जालमा ‘विकासका लागि लाग’ भनेर टिप्पणी गरेको भन्दै उनले राजनीति आन्दोलन पुरा नभएसम्म आर्थिक परिवर्तनले गति नलिने बताए ।

विशेष गरेर ट्विटर र फेसवुक पुस्ताप्रति आक्रमक देखिएका उनले कांग्रेस एमालेका कारण अव ५० वर्ष सम्म पनि लड्नु पर्ने दिन आउन सक्ने बताए । त्यसैले आन्दोलन मार्फत कहिल्यै लड्न नपर्ने गरी संविधान निर्माण गर्न लागिएको उनको भनाई थियो ।

कांग्रेस एमालेले रंग नदेख्ने रोग लागेको भन्दै इन्द्रधनुष जस्तो देशमा केही जातीको बाहुल्यता हुने किसिमको संविधान कुनै हालतमा बन्न नसक्ने ठोकूवा गरे । आफूहरूले लडेर ल्याएको संविधानसभा माघ ११ को कदम मार्फत अपहरणमा परेको भन्दै  आन्दोलन गर्नु परेको बताए । उनले संविधानसभा बाटै संविधान बनाउन चाहेको भन्दै वार्ताको विरोधी पनि नभएको जिकिर गरे ।

‘हामी वार्ताको विरोधी होइनौँ’ उनले भने ‘वार्तामा बस्न तयारै छौँ । त्यसकालागि सरकारले सार्थक वार्ताको थालनी गरोस् ।’

3:26:00 AM ,


काठमाडौँ । एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराइले एकिकत नेकपा माओवादी केहि सानो भए पनि शक्ति क्षण नभएको बताएको छन् ।


राजधानीमा भइरहेको सभालाई संवोधन गर्दै नेता भट्टराइले ‘हात्ति दुल्वायो भने हात्तीनै हुन्छ मुसो हुदैन’ भन्दै आफूहरुको साइज सानो भएपनि शक्ति नघटेको बताए ।

उनले बाघ दुव्लाएर विरालो हुदैन भन्दै पार्टी केही सानो भएपनि आफुहरुको उत्साह नहराएको बताए । उनले संख्यात्मक बहुमतमा कांग्रेस एमालेले घमण्ड गरेको भन्दै त्यसो नगर्न चुनौति दिए ।

उनले सबै रंगहरुलाई कांग्रेस एमालेले पहिचान नगरेको भन्दै आफ्नो आखाँको अप्रेसन गर्न कांग्रेस एमालेलाई सुझाव दिए ।

नेता भट्टराइले आफूहरुले संविधान चाहेको भन्दै त्यो एक थान खोस्टो नभएको टिप्पणी गरे ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

3:14:00 AM ,


काठमाडौं,माघ १५ – डनहरुका पनि अनेक शोख हुन्छन् । कोही मोबाईलका, कोही लगाउने कपडाका, कोही गाडीका त कोही घडीका शौखिन छन् । तर, गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे भने हतियारमा शौखीन छन् । कहिले नेपाली सेनाले प्रयोग गर्ने मेसिनगन त कहिले कम्बरमा पेस्तोल भिरेर उनी आफूलाई हतियारको शौखीन भएको पुष्टि गर्छन् ।
डन घैंटे
सर्बसाधारणलाई हतियार बोक्न तथा राख्न कानुनले निषेध गरेको छ । तर गुण्डाका नाइके भएर पनि घैंटेले भने प्रहरीलाई चुनौति दिंदै हतियार बोकेका तस्विरहरु सार्बजनिक गर्दै आएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत घैंटेले अत्याधुनिक हतियार मेसिनगन ताकेको फोेटो सार्बजनिक गरे । तर, प्रहरीले सो मेसिनगनको बारेमा कुनै अनुसन्धान नगरेपछि उनको हौसला बढ्यो । जसका कारण कम्मरमा प्रहरीले भिरे झै हतियार भिरेर फोटो खिचाउ“दै हिंडेका छन् ।


प्रहरी ईन्काउन्टरमा डन दिनेश अधिकारी ‘चरी’ मारिनु तथा अर्का टेण्डरे गुण्डा रमेश बाहुन भनिने सुजन पौडेल जेलमा परेपछि प्रहरीको हिटलिस्टमा रहेका घैंटे पक्राउ नर्पनुले उनलाई ठूलै शक्तिको संरक्षण रहेको पुष्टि हुन्छ । कसैले फेसबुकमा नक्कली हतियार बोकेको फोटो राख्दा पक्राउ गरेर दुनिया“लाई दुःख दिने प्रहरी घैंटेले सार्बजनिक गरेको सक्कली तर अबैध हतियारको बारेमा प्रहरीले चासो नदिनु नै ठूलै रकमको चलखेल भएको प्रहरी भित्र चर्चा छ ।
युनाइटेड पोष्ट लेख्छ – पा“चबर्ष अघि दरबारमार्गमा अमित लामामाथि गोली प्रहार गरेपछि लाजिम्पाटको होटल शंकरबाट पक्राउ परेका घैंटे १५ महिनाको जेल जीवनपछि रिहा भएका थिए ।
पक्राउ गर्न गएका प्रहरीलाई हतियार तेस्र्याएपछि उनलाई प्रहरीले तिघ्रामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो । हतियारसहित पक्राउ परेकालाई ३ वर्षदेखि ६ वर्षसम्म कैद वा ७५ हजारदेखि तीन लाखसम्म जरिवाना वा दुवै गर्न मिल्ने कानुन प्रावधान छ । तर, राजनीतिक संरक्षणका कारण उनी ७५ हजार जरिवानामा छुटेका थिए । घाईते लामाले घैंटेले गोली नचलाएको भन्दै अदालतमा बकपत्र गरेपछि उनी जेलमुक्त भएका थिए । पछिल्लो समय गुण्डागर्दी विरुद्ध प्रहरी आक्रमक बनेपछि उनी कहिले भारत त कहिले हङकङमा बस्दै आएका छन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:20:00 AM ,
फेसबुक चलाउनु हुन्छ भने तपाइँका लागि खुसीको खवर छ । केही समय यता निरन्तर नयाँ नयाँ फिचर दिँदै आएको फेसबुकले आफ्ना प्रयोगकर्तालाई अर्को एक नयाँ फिचर दिएको छ ।




फेसबुकले अव प्रयोगकर्तालाई आफ्नो तस्विर सहित स्टिकर समेत एट्याच गर्ने अवसर दिएको हो ।

यो फिचर एमाटिकन्स ५२ औं क्याटेगोरीमा छ । यसमा ड्याग, पिन्च, स्ट्रेच र रोटेट गरेर तस्विरमा स्टिकर टाँस्न सकिन्छ ।

रमाइको कुरा त यो फिचरमा डिसलाइक बटन समेत उपलब्ध छ ।

नेपाल भारतमा भने यो फिचर उपलब्ध भएको छैन ।

गत डिसेम्बरमा मात्र यो स्टिकर लञ्च गरेको फेसबुकले अव संसार भरि नै यो फिचर उपलब्ध गराउने जनाएको छ ।

अव फेसबुकको कमेन्टमा समेत स्टिकर टाँस्न सक्ने सुविधा छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:10:00 AM , ,
जापान । पछिल्लो समय जापानमा आत्महत्या गर्नेहरुको संख्या बृद्धि भइरहेको छ ।
जापानमा रहेका नेपाली तथा अन्य जापानी नागरिहहरुले आत्महत्या गर्दा जापान आत्महत्या गर्नेको सुचिमा अग्रणी स्थानमा रहेको छ ।
यसैक्रममा ओसाकामा गएराति एक नेपालीले आत्महत्या गरेका छन् ।
जापानमै बसेर अंग्रजी भाषा पढाउदै आएका अर्जुन शर्माले आत्महत्या गरेका हुन् । अमेरिकी नागरिकता लिएका शर्माले किन आत्महत्या गरे भनि पुष्टि भने हुन सकिरहेको छैन ।
शर्माको आत्महत्याप्रति दुख व्यक्त गर्दै जापानस्थित अमेरिकी दूतावासले आवश्यक सहयोग गरिरहेको बताएको छ । यस अघि पनि जापानमा रहेका दनेपालीहरुले आत्महत्या गर्ने गरे्का छन् ।
अखिर किन जापानमा रहेका नेपालीहरुले अत्महत्या गर्छन् त ?

2:02:00 AM ,
February 28, 2015
एजेन्सी । अमेरिका भएको गोली हानाहानमा ८ जना मारिएका छन् ।


घटनामा अर्का एकजना घाइते भएका छन् ।

घटना दक्षिण–मध्य मिसौरीको टायरोनमा भएको बताइएको छ ।


प्रहरीले अलग–अलग ६ स्थानबाट मारिनेको शव बरामद गरेको थियो ।

घटनास्थलबाट आक्रमणकारीले प्रयोग गरेको कार फेला परेको त्यहाँको प्रहरीले जनाएको छ ।

ती मानिसलाई मारेपछि आक्रमणकारी आफैंले पनि गोली हानेर आत्महत्या गरेको अनुमान गरिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1:53:00 AM ,
नयाँ दिल्ली, फागुन १६ – निर्माता–निर्देशक विधु विनोद चोपडा र उनकी श्रीमती अनुपमा चोपडा दुबै स्वाइन फ्लूको शिकार भएका छन् । आफ्नो ट्विटर अकाउन्टमा अनुपमाले आफूलाई स्वाइन फ्लू भएको जानकारी दिएकी छिन् । भर्खरै पीके निर्माता विधु र उनका छोरा अग्नी पनि स्वाइन फ्लूको शिकार भएका थिए । जसका कारण उनलाई मुम्बईको जसलोक अस्पतालमा भर्ना गरिएको थियो ।

अनुपमाले ट्विटरमा जानकारी दिँदै लेखेकी छिन्, ‘साथीहरु मलाई स्वाइन फ्लू भएको छ त्यसकारण यो हप्ता कुनै रिभ्यु होइन । तपाईंहरु सबैले मलाई मैले के मिस गरेँ त्यो बताइदिनुहोस् ।’

स्मरण रहोस्, विधु विनोद एक समारोहमा पुगेका थिए जहाँ गुरु दत्तको फिल्म ‘कागजको फूल’, ‘चौदवी चान्द’, ‘साबिह बीबी और गुलाम’ को स्क्रिनप्ले लञ्च भएको थियो । उक्त कार्यक्रममा सरिक भएको केहि दिनमा नै उनलाई स्वाइल फ्लू लागेको बताइएको छ र यो रोग उनको परिवारलाई पनि सरेको बताइएको छ । विधुको स्वास्थ्यमा निकै सुधार आइरहेको र उनले चाँडै नै हस्पिटलबाट छुट्टी पाउने बताइएको छ ।

हामीले समाजमा हेर्‍यौं भने अधिकाँश जोडीको उमेर ज्यादै फरक हुन्छ । केही अपपाद छोडेर सबैजसो जोडीमा पुरुषको तुलनामा महिलाहरु कम उमेरका नै हुन्छन् । यस्तो किन हुन्छ होला । खासमा पुरुषले आफू भन्दा कम उमेरकी महिला खोजेर यस्तो भएको होइन बरु महिलाहरु नै आफू भन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध राख्न चाहन्छन् । यहाँ महिलाले पाको उमेरको पुरुष खोज्ने ६ कारणको चर्चा गरिएको छ ।




१ सुरक्षित

केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।


२ समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ । आफ्नै उमेरका वा कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।



३ दुनियाँको ज्ञान

पाको उमेरका पुरुक्षमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।


४ शान्ति महसुस्

महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मानसिकरुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

५ धोका नदिने

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । त्यसकारण पाको उमेरका पुरुष छान्छन् महिलाहरु ।

६ अनुभवी

महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । महिलाहरुलाई आफ्नो प्रेमीलाई शहरका सबै रेष्टुराँ र फिल्महलको समेत जानकारी होस् भन्ने चाहन्छन् ।

12:32:00 AM ,
जाइफलको बासना नबोलेनि हाँसिराखन… । यो गीतमा झैं पक्कै तपाईँलाई पनि मायालुले हाँसिरहन भन्छन्÷/भन्छिन् होला । त्यसो भए कन्जुस्याई किन ? जब कि मुस्कानले मायालुलाई मात्र खुशी राख्दैन, यो आफैंमा प्राकृतिक दर्द निरोधक पनि हो ।
व्यस्त जिन्दगी, गरिवी, शोेषण, महँगी, बेरोजगारी, रोग र भोकले विश्वका एक चौथाई मानिस तनावमा छन् । हाम्रो समाजमा ७५ प्रतिशत मानिस विभिन्न रोगलगायतका कारणले यस्तो समस्या झेल्छन्् । यस्ता रोगहरू अव्यवस्थित र प्रकृृति विरोधी आहारविहार र शरीरका अंग अंगमा चाहिने अक्सिजन नपुग्नाले लाग्ने गर्छ ।
भित्री हाँसोले रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ र प्रत्येक अंगमा अक्सिजन पुग्छ । गहिरो हाँसोलाई मानव जीवनको एक अमुल्य रत्नको मान्यता दिएर पछिल्लो समय विश्व मुस्कान दिवस (वल्र्ड लाफिङ्ग डे) समेत मनाउन थालिएको छ । हाँस्ने बेलामा शरीरमा एन्डर्फिन्स नामक हर्मोन बहन्छ । जसले पिडा कम गर्छ । हाँस्ने प्रक्रिया र मानसिक शान्तिकाबीच अटुट सम्बन्ध हुन्छ । गहिरो हाँसोले तनाव, प्रेसर, टाउको दुख्ने, हाड तथा नशाको दुखाई र क्यान्सरलगायतका रोगसँगको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । मानिसलाई खुसि राख्ने अक्सिटोसिन हर्मोन बृद्धि हुन्छ । यसले आत्म विश्वास र निर्णय क्षमतासमेत बढाउँछ ।
उस्तै विचारका मानिस समूहवद्ध भई प्रत्येक दिन हाँस्नाले उक्त क्षेत्रमा इलेट्रोमैग्नेटिक लहर उत्पन्न हुन्छ । जसले त्यस स्थानलाई नकारात्मक शक्तिको प्रभावबाट जोगाउँदछ ।
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं र लाखौं पिडा र रोगबाट टाढै बसौं । एजेन्सि

12:24:00 AM ,
सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ।



सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ तीबिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ।


सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।

कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाइलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ।वा कुनै कुराको सत्यता तपाइलाइ थाहा छैन भने पनि त्यसबारेमा संकेत गर्न खोजिएको पनि हुन सक्छ।

                                                                                 


तपाइसंग लुकेका क्षमताको संकेतार्थ पनि हुनसक्छ सर्पको सपना। हामीले कुनै कुराको परिवर्तन प्रति
मानिने डरको को बारेमा हुन्छ यस्तो सपना। जमिन मुनिबाट सुतेर (हाइबर्नेसन) उठेको सर्प आउदै गरेको सपना देखेमा तपाइमा भएको शक्ति तथा कार्यक्षमता तपाइको जोश र प्रेरणासगं मिलाउन चाहिने उर्जा प्राप्तिको लागि हुनसक्छ।


आध्यात्मिक शक्ति वृद्धि
केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाइ जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाइ जनाउछ। सपनाको सर्पले तपाइलाइ बिग्रान हैन बरु तपाइको सुधारको लागि देखापर्ने हुन्छ।


सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।


सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ। सर्पलाइ गरिने व्यवहार र सर्पको बारेमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ। त्यसैले यस्को सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ।


डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

11:48:00 PM ,
February 28, 2015

काठमाडौं, फागुन १६ – विपक्षी ३० दलीय मोर्चाले आज राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनका क्रममा तीनकुनेबाट निस्किएको शान्तिपूर्ण जुलुस नयाँ बानेश्वरको सिभिल हस्पिटल पुग्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको छ ।

जुलस सहित खुलामञ्चतिर लागेका विपक्षी दलका कार्यकर्तालाई प्रहरीले निषेधित क्षेत्रभन्दै रोकेपछि झडप भएको हो ।


प्रहरी घेरा तोड्दै आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीले लाठी चार्ज सुरु गरेपछि आन्दोलनकारीहरुले ढुंगामुडा सुरु गरेका थिए ।

आन्दोलनकारीले ढुंगामुडा गरेपछि प्रहरी त्यहाँबाट भागेका थिए ।

त्यस्पछि अघि बढेको आन्दोलनकारीहरुमाथि प्रहरीले दर्जनौं अश्रुग्याँसका सेल प्रहार गरेका थिए ।

झडपमा आन्दोलनकारीको ढुंगा लागेर ४ जना प्रहरी घाइते भएका छन्  भने प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी आन्दोलनकारी घाइते बनेका छन् ।

यतिबेला बानेश्वरको स्थिति तनावग्रस्त रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

शनिबार, फाल्गुण १६,
भखैरै टिजएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा । उनका बुबा कामको शिलशिलामा बाहिर गइरहनुपर्ने । त्यही मौकाको फाइदा आमाले उठाँउदी रहेछिन् ।

एक दिन दिउँसो उनी घर आउँदा आमा त परपुरुषसँग संभोगरत । त्यसपछि उनले भान्सामा गएर तरकारी काट्ने चक्कु ल्याएर ती परपुरुषलाई हानेछन् ।

तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन् । गल्ती गर्ने आमाले पिटेपछि उनले घर छाडेर हिडेछन्, केही दिन । आमाको ब्याइफ्रेन्डले पनि बारम्बार धम्की दिने ।

ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन् । घर फर्केपछि आमा र आमाको ब्याइफ्रेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण । स्कुलले ती किशोरलाई म कहाँ ल्याइदियो । आमाबाबुको सम्बन्ध बिग्रन्छ भनेर आफ्ना आमाको चर्तिकला बाबुलाई सुनाएको रहेनछ ।

आत्मनिर्भर भइसकेकाले उसको आमासँग भेटघाट र बोलचालै छैन । यो समाचार डाक्टर गंगा पाठकसँगको कुराकानीका आधारमा अन्नपूर्ण पोस्ट्ले फुर्सदमा छापेको समाचार हो ।

काठमाडौं, फागुन १६
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाका राजधानीमा गर्ने भनिएको वृहत आमसभाका कारण काठमाडौंको सवारी अस्तव्यस्त भएको छ।
मोर्चाका कार्यकर्ताहरु ठाउँ ठाउँमा जम्मा हुने र र्‍याली सहित सभास्थल खुलामञ्च जाने भएकाले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको हो ।
आन्दोलनकारीको जमघटले राजधानीका मुख्य चोक चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, नयाँ बसपार्कमा मोर्चाका कार्यकर्ताहरुले जुलुस निकालेकाले सडक अस्तव्यस्त छ।

नेपालमै पहिलोपटक खेलकूद चलचित्र महोत्सव सुरु
 श्रब्य दृश्य माध्यमको सदुपयोग गर्दै खेलकूद विकासमा सहयोग पुर्‍याउने उद्देश्य बोकेर नेपालमा पहिलोपटक खेलकुद चलचित्र महोत्सव सुरुभएको छ। खेल, खेलाडी र खेलभावनाका विषयवस्तु समेटिएका १० वटा फिल्म प्रदर्शन गर्ने लक्ष्यले सुरुभएको महोत्सवको उद्घाटन शुक्रबार सम्पन्न भयो।

प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा दुइ दिनसम्म चल्ने महोत्सवको उद्घाटन फुटबलर हरि खड्का र नायिका रेखा थापाले संयुक्तरुपमा गरेका थिए। गिनिज बुकमा समेत नाम लेखाउन सफल जुम्लाका प्रसिद्ध धावक हरिबहादुर रोकायमाथि बनेको वृत्तचित्र ‘हरिबहादुर'को प्रदर्शनसँगै महोत्सव सुरुभएको थियो।


बृत्तचित्र प्रदर्शनपछि त्यसका निर्माता जयनारायण शाहले दुर्गममा अभ्यासरत एकजना प्रतिभाशाली धावकलाई सबैले बेवास्ता गरिरहेका बेला आफूहरुले उनको योगदान समेटिनेगरि बृत्तचित्र बनाएको जानकारी दिएका थिए। सगरमाथा आधारशिविरमा हुने ‘एभरेष्ट म्याराथन'मा लगातार तीनपटक जितेर रेकर्ड राखेका रोकायले ओलम्पिकलगायत थुप्रै अन्तर्राष्ट्रिय मैदानमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्। आफ्नो नाम गिनिज बुकमा लेखिएको कुरा पनि निकै पछि अरुले भनेर थाहा पाएका उनै ओझेलमा परेका प्रतिभालाई वृत्तचित्रले जुम्ला, मुगुदेखि काठमाडौंहुँदै सगरमाथाको फेदीसम्म पछ्याएको छ।

महोत्सवमा त्यसपछि गिरीश गिरीले बनाएको ‘टिम नेपाल' प्रदर्शन गरिएको थियो। नौ वर्ष पुरानो यो वृत्तचित्र फुटबलमा आधारित छ। पहिलो दिनको कार्यक्रममा दुइवटा विदेशी फिल्मसमेत देखाइएको थियो।

महोत्सवमा आएर वृत्तचित्र हेरेपछि अब खेलकूदमै आधारित चलचित्र बनाउने प्रेरणा आफूलाई मिलेको जानकारी नायिका रेखा थापाले दिइन्। कार्यक्रममा बोल्दै क्रिकेटका प्रशिक्षक पुबुदु दासानायकेले अन्यत्र खेलकूदको विकासमा यो माध्यमको प्रयोग ब्यापक हुँदै आएकामा अब नेपालमा पनि खेलकूद चलचित्र महोत्सव सुरुवात भएकामा खुशी ब्यक्त गरे।

अहिलेसम्म नेपालमा बनेका सबै खेलकूदमा आधारित सिनेमा यसैपाला देखाउन लागेको जानकारी महोत्सवका निर्देशक एवं खेल पत्रकार निरन्जन राजवंशीले दिए। ‘महोत्सवले अब यो विधामा फिल्म बनाउन सबैलाई प्रोत्साहित गर्नेछ भन्ने विश्वास लिएका छौं,' निर्देशक राजवंशीले भने, ‘यस कामका निम्ति वार्षिक दस लाख रुपैयाँ लगानीको घोषणा गर्ने मनोज पाण्डेलाई पनि धन्यवाद दिन चाहन्छु।'

कार्यक्रममा महोत्सव आयोजक दिपक जोशी र सूर्य थपलियालगायतले बोलेका थिए।

महोत्सवको दोश्रो दिन सूर्य थपलियाको ‘वियोण्ड द बाउण्ड्री', भोजराज भाटको ‘सुनाकली' र प्रकाश थापाको ‘वर्ल्डकप इन नेपाल' देखाइनेछ। त्यसैगरि थप तीनवटा विदेशी फिल्मसमेत प्रदर्शन गरिनेछ।

विश्वकै सबैभन्दा ठूलो मानिने र ओलम्पिक कमिटिसँग समेत आवद्धता रहेको इटालीस्थित खेलकूद चलचित्र महोत्सव ‘फिक्ट्स'सँग समाहित रहेर सुरुभएकोले यो महोत्सवलाई खेलकूदमा आधारित विदेशी फिल्महरु भने उतैबाट प्राप्त भएको हो।
: भिडियो हेर्न तलको बाकस थिच्नुहोस

10:00:00 PM ,
February 28, 2015
एजेन्सी । पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजिर भट्टोको हत्याकाण्ड बारे एक सनसनीपूर्ण खुलासा भएको छ ।
उनको हत्यामा एक प्रमुख मदरसा दारुल उलुम हक्कानियाका एक विद्यार्थी सम्लग्न भएको खुलासा भएको हो ।
पाकिस्तानी जाँच एजेन्सी (एफआइए) ले रावलपिण्डीको विशेष अदालतमा यसबारे जानकारी दिएको हो ।
खैवरस्थित पख्तुनख्वाको नौसेरा जिल्लामा रहेको हक्कानिया मदरसाको सञ्चालन ‘तालिवानका पिता’ नामका मौलवी समी–उल हकले गरिरहेका छन् ।


उनी सांसद समेत भएका थिए । सन् २००७ मा पाकिस्तानको रावलपिण्डीमा चुनावी सभामा भाषण गरिरहेको समयमा भुट्टोको हत्या भएको थियो । उक्त घटनामा पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई समेत दोषी ठहर गरिएको थियो ।
अदालतका न्यायधीस परवेज इस्माईलका अनुसार एफआईएका प्रहरी निरीक्षक नसीर अहमद र सहायक निरीक्षक अदनानले अदालतमा दारुल उलुम हक्कानियाका छात्रको सम्लग्नताबारे जानकारी गराएका हुन् । सुरक्षाको कारण देखाउँदै जेलमै गएर घटनाबारे जानकारी लिइएको थियो ।
दारुल उलुम हक्कानियाका शिक्षा निर्देशक विशाल अहमतले आफ्नो बयानमा संदिग्ध आत्मघाती आक्रमणकारी अब्दुल्ला नामका सद्दाम नासिर, कारी इस्माईल, गिरफ्तार आरोपी राशीद तुराबी र फैज मुहम्मदले मदरसामा अध्ययन गरेको भएपनि अहिले उनीहरुसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।
तालिबानका केही शीर्ष नेताहरुले पनि यही मदरसामा पढेको र उनीहरुले आफ्नो नाममा हक्कानिया जोड्ने गर्दथे । हक्कानी नेटवर्कका संस्थापक जलाउद्दीन हक्कानीले समेत यही मदरसामा पढेका थिए ।
मदरसाका प्रमुख समीउल हकले अफगानिस्तानी तालिवानको खुलेरै प्रशंसा गर्ने गरेका छन् । नवाज सरिफले तालिवानसँग वार्ता गर्ने घोषणा गरेपछि उनले पाकिस्तानी तालिवानसँग समेत छलफल गरेका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

9:53:00 PM ,
एजेन्सी । भारतको नयाँ दिल्लीमा २० वर्षीय एक युवतीले आफ्नै प्रेमीमाथि आफूसँग भएको गोप्य भिडियो फेसबुकमा राख्ने धम्की दिएर ५० हजार रुपैया मागेको आरोपमा प्रहरीमा उजुरी गरेकी छन् ।


युवतीले उसँगको प्रेम सम्बन्ध तोडेपछि यस्तो हर्कत गरेको बताएकी हुन् । ती युवतीले प्रेमी अपराधी भएको थाहा पाएपछि सम्बन्ध तोडेकी थिईन् । यसबाट हैरानीमा परेकी उनले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीपछि आरोपी आसिफ अनवरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानका क्रममा उनीहरुबीच एक होटलमा यौन सम्बन्ध भएको र
सोही भिडियो मोबाइलमा लिएर युवक हिडिरहेको पत्ता लागेको छ । दुईवर्षअघि साथी भएका उनीहरुबीच पछि प्रेम सम्बन्ध भएको थियो । प्रेम सम्बन्ध टुटेपछि युवकले सम्बन्ध जारी नराखे भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए । युवतीसँग उनले ५० हजार रुपैया लिएर उनकै नामको फर्जी फेसबुक एकाउन्ट खोलेर भिडियो अपलोड गरिदिएका थिए ।source:taja khabar

9:44:00 PM ,
मनोसामाजिक समस्यामा परेकाहरूलाई परामर्श दिन थालेको पनि २० वर्ष भएछ। पहिले डाक्टरहरूसँग मिलेर परामर्श दिने गरेकी थिएँ। आफैं संस्था खोलेर परामर्श दिन थालेकोचाहिँ १८ वर्ष भयो।

मानसिक समस्यासम्बन्धी पाँच सय र बच्चा, करिअर, किशोरकिशोरीसम्बन्धी परामर्श दिएको त २० हजारभन्दा बढी भइसकेको छ।
 त्यत्तिकै सिर्जना हुँदैन मनोसामाजिक समस्या। यसको पछि कारण हुन्छ। त्यसैले मनोसामाजिक समस्या समाधानका लागि हामी व्यक्तिगत र सामाजिक कारण पत्ता लगाउँछौं। पहिले सामाजिक कारण पत्ता लगाउँछौं, त्यसपछि व्यक्तिगत।
कारणहरू हाइलाइट गर्छौं, कारण यो हुनसक्छ भनी सेवाग्राहीलाई बताउँछौं। अनि समस्यासँग क्षमता विकास गराउँछौं।
 सकारात्मक सोच विकास गर्ने, त्यसलाई व्यवस्थापन गर्ने तथा आत्मबल दह्रो बनाउने उपायहरू सुझाउँछौं। समाज त्यही हो।
 हामी समाजलाई परिवर्तन गर्न सक्दैनौं तर आफ्नो सोच परिवर्तन गर्न सक्छौं। समाजलाई हेर्ने दृष्टिकोण बदल्न सक्छौं। यी सब सिकाउँछौं।
 खासमा नेपालमा नयाँ शिक्षा लागू भएपछि परामर्शदाता विद्यालयमा राख्नुपर्छ भन्ने व्यवस्था भयो। नयाँ शिक्षा एेनमा यसको व्यवस्था छ। केटाकेटीका विविध समस्या हुन्छन्। समयमै समाधान गर्दा सिकाइ राम्रो हुन्छ।
 तर, यो व्यवस्था व्यवहारमा लागू भएन। पहिले पनि विभिन्न च्यारिटीमार्फत परामर्श हुन्थ्यो। खासगरी सेन्ट जेभियर र सेन्ट मेरिजमा फादरहरूले मनोसामाजिक परामर्श दिने गरेका थिए।
 बढ्दो छ मानसिक तनाव
अहिले डरलाग्दो किसिमले मानिसमा तनाव बढिरहेको छ। हरेक घरमा मानसिक समस्या नभएको मानिस भेट्न गाह्रो छ। सानादेखि ठूलासम्मको मानसिक समस्या छ, हरेकजसो घरमा। महानगरपालिकाको अध्ययनबाट पनि धेरै घरमा मानसिक समस्याबाट पीडित व्यक्ति पाइएको छ।
 कतिपय मनोचिकित्सककहाँ गएर औषधि खाने, कतिपय धामीझाँक्री र ज्योतिषमा विश्वास गरेर बस्ने गरेका छन्। कतिपय मानसिक समस्या भएको छ भन्ने स्वीकार नगरी बसिरहेको अवस्था पनि छ। समाजले नराम्रो नजरले हेर्ला भन्ने डरले तथा लाजले समस्याग्रस्त व्यक्ति बाहिर आउन सकिरहेका छैनन्।
 हुन पनि मानसिक समस्या भएकालाई समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन। त्यसैले रोग लुकाउने प्रवृत्ति छ। अहिले आफूलाई मधुमेह भएकाहरू 'मलाई सुगर छ चिनी नहाल्नू' भन्छन्।
 उच्च रक्तचाप भएकाहरू 'मेरो प्रेसर हाई छ, कम नुन हाल्नू' भन्छन्। तर, मनासिक समस्या भएकाहरू भने 'मलाई डिप्रेसन छ' भन्न डर मान्छन्। त्यसैले बाध्यात्मक रूपले रोगलाई लुकाउँछन्।
 हेर्नोस्, मनासिक रोग कस्तो रोग हो भने गम्भीर भएपछि सामान्य अवस्थामा ल्याउन सकिन्न। औषधि खाएर नियन्त्रण गर्नेमात्र हो, निर्मूल गर्न सकिँदैन। त्यसैले बेलैमा समस्याको समाधान खोज्नु आवश्यक छ।
 अनेक प्रकारका मानसिक तनाव
समाज विखण्डन हुने, अस्वस्थ प्रतिपस्पर्धा, आपसी मनमुटाव, झैझगडा, द्वन्द्वात्मक समस्याले मानसिक तनाव बढाउँदै लगेको छ। श्रीमान्-श्रीमती, सासू-बुहारी अनि बुवा-आमा र छोरा-छोरीबीच यस्तो समस्या बढ्दो छ।
 मानिस दिनदिनै महात्त्वाकांक्षी हुँदैछन्, हरेक समाजमा। खानपिन र रहनसहन अप्राकृतिक हुँदै गइरहेको छ। सम्बन्ध र व्यवहार पनि अप्राकृतिक र देखावटी देखिन थालेको छ। अनि मान्छे स्वकेन्द्रित हुँदैछन्।
 यसरी मनोसामाजिक समस्या बढिरहेको छ। द्रूत गतिमा विकसित विद्युतीय सञ्चारमाध्यम (टीभी, ल्यापटप, मोबाइल) उनीहरूको प्रिय वस्तु हुन पुगेका छन्। यिनको चरम दुरूपयोगले पनि मानिस दिनदिनै तनावग्रस्त हुन पुगेका छन्।
 एकजना व्यक्ति मकहाँ आए, छोरीको समस्या लिएर। 'ए' लेभल गरिरहेकी। छोरीको बाहिरी समस्या देखियो, कलेज जान नखोज्ने, ढिलो उठ्ने। ती बुवालाई छोरी बिहान उठ्न नसक्नुको कारण जान्न मन लागेछ।
 एक रात चाबी लगाउने प्वालबाट हेर्दा त छोरी आफ्नो ल्यापटपमा ब्लु फिल्म हेर्दै गरेकी पो भेटिइन्। त्यो रात ती व्यक्तिले छोरीलाई केही गरेनन्, केही भनेनन्।
 भोलिपल्ट बिग्रियो भन्ने बहानामा चुकुल र चाबी झिकिदिएछन्। छोरी बुवासँग झगडामा उत्रिइछन्, आफ्नो गोपनीयता भएन भन्दै। भोलिपल्टको राति २ बजेसम्म छोरी नसुतेको अवस्थामा फेला परिन्।
 मोबाइलमा कोहीसँग झगडा गर्दै गरेको, सामान्य वार्तालाप गर्दै गरेको र कहिले रुँदै गरेको अवस्थामा। त्यसपछि बुवाले खप्न सकेनन्, छोरीको मोबाइल कुच्याएर फुटाइदिए। अनि छोरी पनि के कम? रिसको आवेगमा आएर बुवाको मोबाइल फुटाइदिइछन्।
 पछि मैले परामर्श दिएँ, अभिभावक र छोरीको सम्बन्ध कस्तो हुनुपर्ने, अभिभावकको भूमिका के हो भन्नेबारेमा। छोरीलाई परामर्श दिएँ। अहिले उनी सुध्रिएर पढाइ राम्रो गरिरहेकी छन्।
 यौन तनावको समस्या
 अहिलेको पुस्ता विद्युतीय सामग्रीबाट फिल्म हेर्छ। उमेर नपुग्दै खुलेआम ब्लु फिल्म हेर्नेको संख्या बढ्दै गइरहेको छ। त्यसले मस्तिष्कमा नराम्रो प्रभाव पार्छ। जिज्ञासा बढ्छ। अभ्यास गर्न मन लाग्छ। अनुभव बटुल्न मन लाग्छ।
 रोजगारका लागि होस् वा पढ्न जाने होस्, विदेशमा स्वतन्त्रताको दुरुपयोग भइरहेको छ। प्रेमी, प्रेमिका बनाउने, लिभिङ टुगेदर बस्ने चलनले यौन भन्ने कुरालाई सामान्य बनाएको छ।
 यसले हाम्रो संस्कार, नैतिक मूल्य र मान्यताको मापदण्डलाई नै बिर्सायो। कसैसँग पनि यौनसम्बन्ध स्वस्थकर हुन सकेन। अहिले एउटा केटीको चारवटाजति प्रेमी हुन्छन्। केटाको पनि त्यस्तै हुन्छ। प्रेम गर्छन्, प्रेम टुट्छ र फेरि जोडिन्छ।
 यो साह्रै सजिलो हुन पुगेको छ। त्यसले विकृतितिर लगिरहेको छ। अहिले प्रेम गर्नेमध्ये ५० प्रतिशतको आफ्नो प्रेमी वा प्रेमिकासँग शारीरिक सम्बन्ध हुन्छ। त्यसको कारण गर्भधारण हुन्छ।
 यसबाट कोही आत्महत्या गर्ने, कोही डिप्रेसनमा जाने पनि हुन्छ। कसैले गर्भपतन गरेर विवाह गर्छन्। सम्बन्ध राम्रो हुँदैन। गर्भपतन गराएर अभिभावकले आफ्नी छोरीलाई विदेश पठाउने गरेका छन्। मकहाँ समस्या लिएर आउने केही व्यक्तिको यौन तनावका बारेमा उल्लेख गर्न चाहन्छु।
 पूर्वप्रेमीसँग यौनसम्बन्ध
एक नवविवाहित महिला मकहाँ आइन्, डिप्रेसनको समस्या लिएर। कारण रहेछ, यौन निराशापन। उनको पहिलेको ब्वाइफ्रेन्डसँग शारीरिक सम्बन्ध भइसकेको रहेछ। आमाबाबुको करकापमा परी अर्को केटासँग विवाह भएको छ।
 नयाँ व्यक्तिसँग विवाह भएर नयाँ संसारमा प्रवेश गरिसकेकी ती महिलाले आफ्ना पूर्वप्रेमीसँगको भेटघाटलाई निरन्तरतामात्रै दिइनन्, यौनसम्बन्ध पनि कायम गरिछन्। जुन दिन पूर्वप्रेमीसँग उनको यौनसम्बन्ध भयो, त्यही दिन श्रीमान्‌ले थाहा पाएछन्।
 झगडा भएछ, मनमुटाव सुरु भएछ। एकातिर आफ्नो श्रीमान्‌सँगको खटपट, अर्कातिर पूर्वप्रेमीसँगको निरन्तर भेट र यौनसम्बन्ध।
 तर, पूर्वप्रेमी उनलाई लैजान राजी नभएपछि उनमा डिप्रेसन भएको रहेछ। पछि श्रीमान्‌सँग उनको सम्बन्धविच्छेद भयो। अहिले उनी विदेशमा छिन्।
 श्रीमान् जबरजस्ती
 एकजना भाउजूले आफ्नी नन्दलाई लिएर आइन्, मकहाँ। विवाह भएको तीन महिनाभित्रै श्रीमान्ले निर्मम यातना दिएर घरबाट निकालिदिएका रहेछन्।
 त्यसपछि उनी माइत आइन्। तीनचारजना मनोचिकित्सककहाँ पनि पुगिसकेकी रहिछन्। तीनचारपटक आत्महत्या गर्ने प्रयास पनि गरेकी रहिछन्। त्यसपछि यहाँ आएकी रहिछन्।
 लामो समयदेखि उनका श्रीमान् दुबईमा रहेछन्। ती व्यक्ति परेछन्, केटीसँग यौनअनुभव हासिल गरिसकेका। उनलाई बानी परेको रहेछ, अप्राकृतिक किसिमको यौनअनुभव लिने।
 अनि श्रीमतीले नमान्दा बलजफ्ती मुखमा रक्सी कोचाइदिने, रक्सीले मातेपछि मनमौजी गर्ने। यातनापूर्ण सम्बन्ध राख्ने हरेक दिन। त्यसो गरेपछि बस्न नसकेको र पागलजस्तै हुन पुगेकी ती महिलालाई म मनोसामाजिक परामर्श दिएर उनको आत्मबल बढाउने प्रयास गरिरहेकी छु। उनलाई आफ्नो अधिकारप्रति सचेत गराइरहेको छु।source:annapurnapost

9:37:00 PM ,
दिपक शर्मा
सल्यान, फागुन १६ – मध्य पश्चिम क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक केशव प्रसाद अधिकारीले केही प्रहरीको आचारणको कारण प्रहरी प्रशासन बदनाम भएको बताएका छन् ।
सल्यान जिल्लाको अनुगमन गर्ने क्रममा आज शितलपार्टीमा भएको कार्यक्रममा प्रमुख अधिकारीले केही प्रहरीका कारण प्रहरी कि त पैसाले किन्ने कि त त चिन्न पाउने बस्तु भएको बताउनु भयो । उनले भने, ‘प्रहरी सेवा निःशुल्क सेवा गर्ने संस्था हो तर केही प्रहरीको आचारणका कारण जनमानसमा चिन्ने र किन्नेको बस्तु हुन पुगेको छ । ’
प्रहरी प्रशासन निशुल्क सेवा भएको जनविश्वास दिलाउनु आफ्नो पहिलो कार्यभार भएको बताउदै प्रहरी प्रमुख अधिकारीले केही प्रहरी प्रशासनको आचारणमा सुधार ल्याई जनमन जित्ने दावी गरे । प्रत्येक पाइला पाइलामा प्रहरीको उपस्थिति हुन नसकेपनि प्रहरी प्रशासन भएको हरेक जनतामा अनुभुति दिलाउदै अघि बढ्ने प्रबिवद्धता समेत जनाए ।
यस्तै एक अर्को प्रसंगमा डिआइजी अधिकारीले मध्यपश्चिम क्षेत्रमा सवारी साधन दुर्घटना मुख्य चुनौती भएको बताए । सवारी साधनको चाप र सडकको विस्तारले सवारी साधन दुर्घटनामा चुनौती थपिएको उनको भनाई रहेको छ । मध्यपश्चिम क्षेत्रमा विगत ६ वर्षमा ४ सय ६५ प्रतिशतले सवारी साधनको वृद्धि भएको र ३ सय ९४ प्रतिशत सडक सञ्जालको विस्तार भएको बताए । उनले भन्नु भयो विगतका वर्ष भन्दा सवारी साधनको अत्याधिक चाप र सडक विस्तारको गतिले गर्दा सवारी साधन नियमनमा समस्या भएको छ ।
दिनमा एक ट्राफिक प्रहरी बराबर ४ सय ६४ सवारी साधनको नियमन गर्नु पर्ने अबस्थामा कसरी सवारी सधानमा नियमन हुन्छ तपाई आफै भन्नुहोस भन्दै प्रति प्रश्न गरे ।

नेपालमा मात्र होइन धेरै देशमा श्रीमतीको तुलनामा श्रीमान्‌को आम्दानी बढी देखिन्छ। घरभित्रको काम श्रीमतीले गर्ने र घर बाहिरको काम श्रीमान्ले गर्ने र कमाएर ल्याउने प्रवृत्ति अझै अस्तित्वमा छ।

यस्तो प्रवृत्तिले आफ्नो र परिवारको लागि महिलाको आर्थिक आर्जन दह्रो बन्न सकेको छैन। तर संसारमा केही यस्ता चर्चित महिला छन् जसको कमाइ श्रीमान्‌को भन्दा धेरै छ।



मारिया केरी
विश्वप्रख्यात गायिका मारिया केरीका श्रीमान् निक क्यानोन अभिनेता, कमेडियन र र्‍यापर हुन्। तर मारियाले आम्दानी र सम्पत्तिको सन्दर्भमा श्रीमान्लाई उछिनेकी छन्। चर्चित कार्यक्रम 'अमेरिकन आइडल' मा निर्णायक बनेपछि उनको कमाइ झन् बढेको थियो।

अहिले उनको कमाइ पाँच सय २० मिलियन डलर छ। अमेरिकी इतिहासमा उनी सबभन्दा बढी आम्दानी गर्ने निर्णायक पनि हुन्। तर उनको श्रीमान् क्यानोनको आम्दानी २५ मिलियन डलरमात्र छ।

एन्जेलिना जोली
चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली र उनका श्रीमान् अभिनेता ब्राड पिट विश्वकै सर्वाधिक चर्चित जोडी मानिन्छन्।

उनीहरूको आम्दानी ५० मिलियन डलर छ। यो कमाइ उनीहरूको दुवैको संयुक्त आम्दानी हो। तर, यसमा एन्जेलिनाको कमाइको हिस्सा धेरै छ।

सञ्चारमाध्यमका अनुसार जोलीको कमाइ ३० मिलियन डलर छ भने ब्राडको २० मिलियनमात्र। यो जोडीलाई हलिउडमा ख्याती, आम्दानी दुवै दृष्टिले 'गोल्डेन कपल' मानिएको छ।

जेनिफर एनिस्टोन
हलिउड नायिका जेनिफर एनिस्टोन पनि श्रीमान्ले भन्दा धेरै कमाइ गर्छिन्। उनको पति जस्टिन थेरोक्स स्क्रिनप्ले लेखक हुन्।

जस्टिनले 'आइरन म्यान टु' जस्ता चलचित्रबाट केही आम्दानी गर्न सफल भए पनि उनको कमाइ उल्लेख्य छैन।

तर जेनिफरको आम्दानी एक सय १० मिलियन डलर रहेको छ। जेनिफरले ब्राट पिटसँग पारपाचुके गरेपछि जस्टिनसँग विवाह गरेकी हुन्।

जे के रोलिङ
जे के रोलिङ विश्वमै बेस्ट सेलिङ लेखिका हुन्। उनको सबभन्दा चर्चित पुस्तक ह्यारी पोटर हो। उनलाई यही किताबले अर्बपति बनायो।

अहिले उनको कमाइ एक अर्ब डलर छ। उनको श्रीमान् नेइल मुर्रेभन्दा धेरै कमाउँछिन्।

रोलिङको आर्थिक पृष्ठभूमि त्यति राम्रो थिएन। बाल्यकाल गरिबीमा बिते पनि लेखनमा लागेपछि उनी अर्बपति बनेकी हुन्।

ब्रिट्नी स्पेयर्स
गायिका ब्रिट्नी स्पेयर्सले केभिन फेडेरलिनसँग विवाह गरेकी थिइन्। त्यतिबेला केभिन साइड डान्सरको रूपमा काम गर्थे।

तर उनीहरूले केही वर्षपछि सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदपछि ब्रिट्नीले केभिनको सहयोगको लागि ४० हजार डलर तिर्न अदालतले आदेश दियो।
किनभने केभिनको आम्दानी थोरै थियो। अहिले ब्रिटिन दुई सय मिलियन डलर कमाउँछिन्।

ओपरा विनफ्रे
ओपरा विनफ्रे संसारकी सर्वाधिक कमाइ गर्ने सेलिब्रेटी हुन्। फोब्र्सले पनि उनलाई सर्वाधिक कमाउने महिला सेलिब्रेटीको रूपमा चित्रण गरेको छ।

उनको पार्टनर स्टेडम्यान ग्राहमको कमाइ उनको भन्दा थोरै छ। उनी सफल लेखक तथा व्यापारी हुन्।

ओपरा तीन अर्ब कमाउँछिन् भने श्रीमान् १० मिलियनमात्र कमाउँछन्। उनीहरू विवाह नगरी इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका छन्।

वियोन्से
गायिका वियोन्से र उनको श्रीमान् र्‍यापर जे जेडको जोडीलाई पनि संसारमा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटी मानिन्छन्।

तर पनि जे जेडको भन्दा वियोन्सेको आम्दानी धेरै छ। वियोन्सेको आम्दानी ४० मिलियन डलर छ भने जेडको ३८ मिलियन डलर मात्रै।

वास्तवमा वियोन्सेले संसारको विभिन्न स्थानमा पुगेर कन्सर्टका साथै प्रोमोसन गरेर सर्वाधिक कमाइ गरेकी हुन्।

जेसिका सिम्पसोन
हलिउडकी पपस्टार, नायिका तथा डिजाइनर जेसिका सिमसनको अनुमानित सम्पत्ति एक बिलियन डलर रहेको छ।

उनको श्रीमान् नायक तथा फुटबलर इरिक जोनसनको आम्दानी जेसिकाको भन्दा धेरै गुना कम छ। तापनि यी जोडी सुखमय र खुसीसाथ दाम्पत्य जीवनमा छन्।


जुलिया रोबर्ट
हलिउडकी नायिका जुलिया रोबर्ट लामोसमय देखि प्रभावकारी अभिनय जमाएर हलिउडमा स्थापित बनिन् र आर्थिक रूपमा आफूलाई अब्बल बनाइन्।

उनको श्रीमान् डेनियल मोडर क्यामेराम्यान हुन्। उनी कम चर्चित त छन् नै आम्दानी पनि थोरै छ।

उनले वार्षिक ६७ हजार डलरमात्रै आम्दानी गर्छन्। तर जुलियाको आम्दानी उनको भन्दा दुई सय गुणा बढी छ।

ऐेश्वर्या राय
नायिका ऐश्वर्या राय बलिउडकी सर्वाधिक आम्दानी गर्ने सेलिब्रटी हुन्। तर उनको आम्दानी गर्भवती भएपछि घटेको छ।

चलचित्रमा अभिनय, विज्ञापनदेखी विभिन्न कार्यक्रममा सहभागी भएवापत ऐश्वर्याले आम्दानी गर्ने गरेकी छन्।

बलिउडमा धेरै पारिश्रमिक लिने नायिका पनि हुन् उनी। ऐश्वर्याको तुलनामा उनका पति अभिषेक बच्चनको आम्दानी निकै कम छ।

करिना कपुर
नायिका करिना कपुरको आम्दानी पनि श्रीमान् सैफअलि खानको भन्दा धेरै छ।

उनको पछिल्लो चलचित्र 'हिरोइन' ले ऐश्वर्याको रेकर्डलाई तोडेर २०१२  सम्मको सबभन्दा बढी आम्दानी गर्ने नायिकामा नाम आयो।

उनलाई एउटा चलचित्रमा काम गरेबापत आठ करोड दिइएको थियो। तर सैफको आम्दानी सरदर चार करोड ५० लाखमात्रै छ।

फराह खान
बलिउडकी निर्माता तथा निर्देशक फराह खान पनि पतिभन्दा धेरै कमाउने महिला हुन्। उनको 'ओम शान्ति ओम', 'मे हुँ ना' जस्ता चलचित्रले धेरै कमाए।

उनको आम्दानी एक अर्ब ३० करोड भारतीय रुपैयाँ रहेको बताइन्। उनका श्रीमान् शिरीश कुन्दर पनि निर्माता निर्देशक हुन्।

 तर उनले बनाएका 'जानेमन', 'जोकर' जस्ता चलचित्रले खासै कमाइ गर्न सकेन।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget