भारत हारे सबैका अगाडि नाङ्गै नाच्छुः पाकिस्तानी अभिनेत्री

मुम्बई । आजदेखि भारतमा सुरु हुन लागेको टी-२० विश्वकप क्रिकेट अन्तर्गत मार्च १९ मा भारत र पाकिस्तानबीच ‘महाभिडन्त’ हुँदैछ ।
यो खेलको सबैले प्रतिक्षा गरिरहेका बेला पाकिस्तानकी एक अभिनेत्रीले भारत हारे आफू नाङ्गै नाच्ने घोषणा गरेकी छिन् । चर्चित पाकिस्तानी अभिनेत्री कन्दिल बलोचले भारतलाई पाकिस्तानले हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गर्दै आफ्नो भिडियामा भारतलाई हराउन खेलाडीहरुलाई अपिल समेत गरेकी छिन् ।
कन्दिल बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको भनेकी छिन् । उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी छिन् ।
पाकिस्तानले जितेपछि आफू कप्तान शाहिदले जे भन्यो त्यही मान्न तयार रहेको भन्दै उनले भनेकी छिन्, ‘मेरो प्यारो शाहिद अफ्रिदी, केवल एक पटक भारतलाई हराइदेउ प्लिज, तिमी जे भन्छौ म त्यही गर्न तयार छु, जे गर्न पनि तयार छु तर यस पटक भारतलाई हराउनै पर्छ ।’
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget