उत्तरकोरियाले अमेरिकालाई दियो फेरि अर्को खतरनाक धम्की !

दक्षिण कोरिया, २९ फागुन-उत्तर कोरियाद्वारा वासिङ्टन तथा सिओलले संयुक्त रुपमा हवाई अभ्यास गरेकोप्रति प्रतिक्रिया दिँदै धम्कीपूर्ण भाषामा यदि उनीहरूको सामथ्र्य भएमा कोरियाली प्रायद्वीपमा आक्रमण सुरु गर्न चेतावनी दिएको छ ।
उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी (केसिएनए) ले उत्तरकोरियाली सेना प्रमुखहरूको नाममा  जारी गरिएको वक्तव्यमा आवश्यक परेमा प्योङयाङले अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासबाट आफू नतर्सिने जनाएको छ ।
उत्तरकोरियाले अमेरिकी संयुक्त सैन्य आक्रमणको प्रतिवाद गर्दै सिओलगायत सम्पूर्ण कोरियाली प्रायद्वीपलाई मुक्त गर्ने बताएको छ ।
उत्तरको चेतावनीको प्रतिवाद गर्दै दक्षिण कोरियाको रक्षामन्त्रालयले सैन्य अभ्यास नियमित भएको जनाउँदै यसबाट थप उत्तेजित नहुन सुझाव दिएको छ ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget