'निल भएको स्कुलमा मैले पढाएपछि फस्ट डिभिजन आयो'

फोटो :फाइल फोटो
काठमाडौं: एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निल खाएको विद्यालयमा आफूले पढाउन थालेपछि आठजना विद्यार्थीले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्न सफल भएको बताएका छन् ।

गोरखाको आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा शिक्षक रहँदाको अनुभव सुनाउँदै प्रचण्डले यस्तो बताएका हुन् ।


‘म शिक्षक भएर जानु भन्दा एक वर्षअघि विद्यालयले एकजना पनि विद्यार्थीलाइ उत्तीर्ण गराउन सकेको रहेनछ', संघीय संरचनामा विद्यालय शिक्षाको व्यवस्थापन विषयमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, 'मैले पढाएकै वर्ष आठ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भए ।’

कृषि विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेर उनी भीमोदयमा पढाउन गएका थिए । ‘एकजना पनि विद्यार्थी उत्तीर्ण गराउन नसकेपनि उक्त विद्यालयमा पुरानै शिक्षक थिए', उनले भने, 'त्यतिखेर नयाँ शिक्षक भएर जाने म नै थिएँ । मैले बडो मेहनतका साथ पढाएकैले विद्यार्थी उत्तीर्ण भएका थिए ।’

कृषि विज्ञानमा स्नातक गरेकाले आफूले त्यतिखेर विज्ञान, अंग्रेजी र गणित पढाएको उनले बताए । एसएलसीमा विद्यार्थीलाई सबै भन्दा कठिन लाग्ने सबै विषय आफूले पढाएकाले विद्यार्थी उत्तीर्ण भएको उनको आशय थियो ।

एसएलसीमा निल भएको विद्यालय एकाएक प्रथम श्रेणीमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएपछि आफ्नो लोकप्रियता गोरखा र छिमेकी धादिङमा समेत फैलिएको प्रचण्डले बताए ।

‘उत्कृष्ट शिक्षक भएका कारण जिल्ला शिक्षा कार्यालयले मलाई पहिलो वर्ष सम्मान गरेर प्रमाणपत्र दियो', उनले भने, 'जुन प्रमाणपत्र अझै पनि सुरक्षित राखेको छु ।’

चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी उत्तीर्ण भएपछि प्रचण्डले शिक्षा मन्त्रालयबाट नियुक्तिपत्र लिएर चार दशकअघि उक्त विद्यालयमा पढाएका थिए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget