कालोबजारी गर्ने कटारीकाे सन्तोष आयल स्टोर्समा शिलबन्दी : संचालक पक्राउ


 उदयपुर / उदयपुरको कटारी नगरपालिका–६ स्थित एक पेट्रोल पम्पमा प्रहरीले छापा मारी शिलबन्दी गरेको छ । सरकारले तोकिएको मूल्यभन्दा बढी मूल्यमा पम्पले पेट्रोल विक्री गर्ने गरेको उपभोक्ताहरुको गुनासोको आधारमा सन्तोष आयल स्टोर्समा प्रहरीले सोमबार छापा मारी शिलबन्दी गरेको हो ।

पम्पले प्रति लिटर १ सय १० का रुपैयाका दरले पेट्रोल विक्रि गरेको उपभोक्ताहरुले विल सहित उजुरी दिए पछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले आयल स्टोर्समा शिलबन्दी गरी संचालक अनिल साहलाई नियन्त्रणमा लिइएको हो ।

पटक पटक मौखिक रुपमा स्थानीयले प्रहरीलाई पेट्रोलिय पदार्थको कालो बजारीको गुनासो गर्ने गरेपनि प्रहरीले कुनै प्रमाण नभएका कारण कार्वाही अगाडि बढाउन नसक्ने भन्ने गरेको थियो । तर सोमबार उपभोक्ताहरुले विलसहित प्रहरीमा उजुरी गरेपछि पम्पमा छापा मारेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक दिपक बस्नेतले बताए ।

प्रहरीले पम्प संचालक साहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरि कालोबजार नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाईने डिएसपी बस्नेत बस्नेतले बताए ।
प्रहरीले उक्त आयल स्टोर्सबाट सुवास आयल टे«डर्स दुधौली, सिन्धुलीको नगदी विल समेत फेला पारी नियन्त्रणमा लिएको छ ।

आईतबार मात्र कटारी गोल्डकपको उद्घाटन कार्यक्रममा आएका आपुर्ती मन्त्री गणेशमान पुनले आफ्नो मन्तव्यको क्रममा कालोबजारी गर्ने पम्पलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन समेत दिएको थियो ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget