November 2015

१५ मंसिर, काठमाडौं ।

मंगलबार नेपालको संसदमा भारतीय राजदुत रञ्जित रे लाई देश निकाला गर्न माग गर्दै नारावाजी भयो । भारतीय राजदुतको जता ततै विरोध भैरहेको भएपनि संसदमै नारावाजी गरेर उनलाई देश निकाला गर्ने हिम्मत भने कसैले पनि गरेको थिएन ।

तर मंगलबार नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसदमा भारतीय राजदूत रञ्जित रेलाई देश निकाला गर्न माग गर्दै नाराबाजी गरे ।



को हुन् साहसी सांसद ?

संसदबाटै भारतीय राजदुतलाई देश निकाला गर्न माग गर्ने सांसद हुन्, १. प्रेम सुवाल र २. अनुराधा थापा मगर ।


सांसदहरुः प्रेम सुवाल र अनुराधा थापामगर
उनीहरुले संसदमा नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ?, देश बिखण्डन गर्न पाइदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए ।
nepaliheadlines

१४ मंसिर, काठमाडौं । भारतका पूर्वमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौंदेखिको सम्वन्ध विगारेको बताएका छन् ।
विहारमा हालै भएको विधानसभामा चुनावबाट महागठवन्धनले दुई तिहाइ बढी सिट जितेको थियो भने लालुको पार्टी सबैभन्दा ठुला दल बनेको छ । विहारमा नितिशकुमार मुख्यमन्त्री बनेका छन् ।
विधानसभा चुनावपछि पहिलो पटक नेपालबारे धारणा सार्वजनिक गर्दै लालुले ट्वीट गरेका छन्-ठूलो तामझामका साथ नेपाल गएका थिए । सम्वन्ध विगारे । बाँकी देशसँग के होला ?’
onlinekhabar

काठमाडौं, १५ मंसिर । नेपालमा नाकाबन्दी लगाएर विदेश भ्रमणमा घुमिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्सको राजधानी पेरिसमा बेइज्जत भएको छ ।
जबरजस्ती पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई भेटेका मोदीको कुरै नसुनेपछि उनको बेइज्जत भएको हो । शरिफसँग हात मिलाएर एकान्त ठाउँमा ल्याई मोदीले केही भन्न खोजेका थिए । तर, शरिफले मोदीको कुरै सुन्न चाहेनन् ।
भिडियोमा हेर्दा पाकिस्तानी प्रधानमन्त्री शरिफ निकै आक्रोशित देखिन्छन् । भारतीय सञ्चारमाध्यमले पनि मोदीको कुरा शरिफले नसुनेको जनाएका छन् । सीमा क्षेत्रमा रहेको काश्मिर राज्यलाई लिएर पाकिस्तान र भारतबीच वर्षाैदेखि दुश्मनी रहँदै आएको छ । पाकिस्तानले काश्मिरलाई भारतबाट स्वतन्त्र हुनुपर्ने अडान राख्दै आएको छ । काश्मिर अहिले भारतको कब्जामा छ ।
उसो त नाकाबन्दी लगाएर भारतले नेपालसँग दुश्मनी गरिसकेको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal

काठमाडौँ । ठमेलमा अडिट अफिस चलाउने सुजन दाहालले नाकाबन्दीयतामात्रै ३० हजार रुपैयाँको पेट्रोल खरिद गरेर व्यवसाय चलाइरहेका छन् ।

न्युरोडमा कार्गो भ्यान चलाउने बाबुकृष्ण बाँस्कोटाले पनि हालसम्म १७५ लिटर तेल कालोबजारीमार्फत गरिद गरे ।

पिकअप भ्यानमार्फत पसलहरुमा सामान आपूर्ति गर्दै आएका ठाकुर गौतमले २ महिनायता २ सय लिटर तेल कालोबजारीबाट किनेर जसोतसो व्यवसाय चलाइरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकामा सामान्यभन्दा ५० प्रतिशत सवारी चलिरहेका छन् ती सबैमा कालोबजारीको इन्धन प्रयोग भइरहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

Let us open the door of the Koshi River, opens himself !! checkpoint. May have their own ideas? Goober allow all users Thank youLet us open thLet us open the door of the Koshi River, opens himself !! checkpoint. May have their own ideas? Goober allow all uLet us open the door of the
Koshi River, opens himself !! checkpoint. May have their own ideas? Goober allow all users Thank you!sers Thank you!e door of the Koshi River, opens himself !! cLet us open the door of the Koshi River, opens himself !! checkpoint. May have their own iLet us open the door of the Koshi River, opens himself !! checkpoint. May have their own ideas? Goober allow all users Thank you!deas? Goober allow all users Thank you!heckpoint. May have their own ideas? Goober allow all users Thank you!!
livenepalinewsforever

मंसिर १५, २०७२- गएराति दशगजामा ढुंगा हानाहान र पेट्रोल बम प्रहार भएको भन्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले नेपालगन्ज-रुपैडिहा नाका आउजाउ गर्न रोक लगाएको छ । धर्नाका लागि मोर्चाले दशगजामा गाडेको टेन्ट हटाउने क्रममा मोर्चा र प्रहरीबीच झडप भएको थियो ।

त्यस क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहरी तर्फ करिव आधा दर्जन पेट्रोल बम प्रहार गरेका थिए । पेट्रोल बम लागेर एक प्रहरी जवान घाइते भएका छन् । ढुंगा लागेर दुवै पक्षका करिव एक दर्जन घाइते भएका छन् ।

नेपालगन्ज-रुपैडिहा नाका दशगजामा मोर्चाका कार्यकर्ताहरुले बनाएको टेन्ट हटाउने क्रममा सोमबारराति भएको झडपका क्रममा मोर्चाका कार्यकर्ताहरुले प्रहार गरेको पेट्रोल बम । तस्बिर : ठाकुरसिंह थारु

सोमबार राति ८ बजेदेखि करिव डेढ घण्टासम्म दशगजामा भएको उक्त घटनाले असुरक्षा बढेको भन्दै एसएसबीले नाकामा कडाई गरेको हो । उक्त घटनापछि एसएसबीले सवारी आउजाउ बन्द गरेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाले जनाएको छ । जमुनाहा प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक बिष्णु गिरीले उक्त घटनापछि इन्धन भर्ना जाने ट्यांकर र मालबाहक गाडीहरुले प्रवेश नपाएको बताए । नाका खोल्नका लागि माथिल्लो आदेश कुरिरहेको एसएसबीले जनाएको छ ।

ढुंगा हानाहान र पेट्रोल बम प्रहारपछिलाई चोट लागेको छ । ५ प्रहरी एक दर्जन आन्दोलकारीहरुलाई पनि चोटपटक लागेको मोर्चाका सह-प्रवक्ता रामकुमार दिक्षितले बताए ।


प्रकाशित: मंसिर १५, २०७२

काठमाण्डु, १५ मंसिर– चीनले वार्षिक रुपमा दिने सहयोगबाट एक हजार मेट्रिक टन ग्यास सहयोग गर्न नेपालले लिखित आग्रह गरेको छ । तर त्यसको जवाफ चीनले दिएको छैन । नेपालले इन्धन आयातका लागि सम्झौता  गरेको पेट्रो चाइनाले ग्यासको कारोबार गर्दैन ।
चीन ग्यास सहयोग गर्न तयार भए अर्को कम्पनीसँग सम्झौता  गर्नुपर्नेछ । तिहारको बेला आपूर्तिमन्त्री गणेशमान पुनले चीनको भ्रमण गरे पनि दूतावासका अधिकारीले विस्तृत जानकारी दिन चाहेनन् ।
नयाँ पत्रिकाबाट
kathmandutoday

१५ मंसिर, काठमाडौं । भारतले नेपालमाथि गरेको नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद अवरुद्ध गर्ने भएका छन् । उनीहरुले संसद बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् ।
भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाई रहेको नयाँ पत्रिकामा खबर छ । ‘हामी अब छिट्टै संसदका कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौं,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले सोमबार आफ्नै निवासमा भएको कुराकानी भने-‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौं, अब छाड्नेवाला छैनौं ।’
onlinekhabar

भारतीय बोर्डका स्कुल खारेज गरिँदै
काठमाडौं , १५ मंसिर । शिक्षा मन्त्रालयले अनुमतिबेगर नेपालका विभिन्न स्थानमा सञ्चालित भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) अन्तर्गतका विद्यालय खारेज गर्ने तयारी गरेको छ । कानुनी प्रक्रियामा आउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि यस्ता १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको हो ।
मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलका अनुसार नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको स्वीकृति अनिवार्य रहेको छ । यसका लागि निश्चित प्रक्रिया पुर्‍याई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्छ । तर, नेपालमा हाल सञ्चालित सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति लिएका छैनन् ।
‘शिक्षा मन्त्रालयले ती विद्यालयलाई अनुमतिका लागि प्रक्रियामा आउन पटकपटक आह्वान गरे पनि उनीहरु अटेर गरे,’ सहप्रवक्ता पोखरेलले भने, ‘अब मन्त्रालयले गैरकानुनी रुपमा सञ्चालित त्यस्ता विदेशी विद्यालयको सम्बन्धन खारेजीसम्मको कारबाही अघि बढाएको छ ।’ अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ ।
purbelinews

२०७२ मङ्शिर १५ मंगलवार

केचना (झापा): हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई बिनाकारबाही फिर्ता गरेको भन्दै केचनाका बासिन्दाले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्।

आइतबार बिहान ७ बजे झापाको दक्षिण सीमावर्ती गाविस केचनामा दसगजा छिचोलेर हतियारसहित एसएसबीका १३ जवान प्रवेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाले उनीहरूलाई आइतबार दिउँसो २ बजे एसएसबीका अधिकारीको जिम्मा लगाएको थियो।


हतियारसहित नेपाल छिरेपछि गाउँलेको ठूलो समूहले ‘भारतीय गुन्डागर्दी बन्द गर, हतियारसहित नेपाल आएका एसएसबीलाई कारबाही गर’ लगायत नारा लगाउँदै केचनामा प्रदर्शन गरेको थियो। सोही क्रममा स्थानीय बासिन्दा र एसएसबीका जवानबीच हात हालाहालसमेत भएको केचना ६ स्थित दीपेन्द्र प्राथमिक विद्यालयका शिक्षक पञ्चानन राजवंशीले बताए।

राजवंशीका अनुसार गाउँलेलगायत नेपाल-भारत सीमाका व्यापारीको ठूलो समूहले एसएसबीलाई कारबाही गर्न माग राखेको थियो। स्थानीय बासिन्दासँग हात हालाहालको स्थिति आएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले नेपाल छिरेका एसएसबीका जवानलाई उद्धार गरेर पोस्टमा राखेको गाउँलेले बताए।

केचना ९ का कर्णबहादुर बिष्टका अनुसार सशस्त्र प्रहरीले एसएसबीका जवानलाई पक्राउ गरेको नभई गाउँलेसँग झडप हुने भएकाले उद्धार गरेको हो।
बिष्टले हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बलका जवानलाई नेपालमा सम्मान दिएको देख्दा अचम्म लागेको बताए।

उनले भने, ‘हतियारसहित अर्काको देशमा आएका एसएसबीलाई कुनै कारबाहीबिना छाडेको देख्दा अचम्म लागेको छ। कम्तीमा जिल्ला सदरमुकामसम्म लगेर छाडेको भए पनि चित्त बुझाउने ठाउँ रहन्थ्यो।' यही कुरा अधिकांश गाउँलेले पनि उठाएका छन्।

स्थानीय शिक्षक पञ्चानन राजवंशीले भारतले यति हेप्दा पनि नेपालको प्रशासन टुलुटुलु हेरेर बसेकोमा केचनाबासी निकै चिन्तित बनेको बताए। हतियारसहित एसएसबी नेपालका गाउँमा पसेको खबर पाउनासाथ झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायबउपरीक्षक भीमबहादुर दाहाल केचना पुगेका थिए।

उनीहरूले हतियारसहित आएका एसएसबीलाई गाडीमा हाली दसगजामा पुर्‍याएर १२ बटालियन किसनगन्जका सेकेन्ड इन कमान्डेन्ट शेषभगत नागी र असई नरेश कुमारको जिम्मा लगाएका थिए। सीमा अपराधमा मिलेर काम गर्ने र आइन्दा हतियारसहित नेपाल प्रवेश नगर्ने प्रतिबद्धता एसएसबीले जनाएपछि उनीहरूलाई सम्मानका साथ भारतीय पक्षलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।
annapurnapost

नाकाबन्दीको विरोध गर्दै भारतको राज्यसभाका विपक्षी दलका सांसदले संसद् अवरुद्ध गर्ने भएका छन् । उनीहरूले संसद्को बैठक अवरुद्ध गरेर सरकारलाई दबाब दिन लागेका हुन् ।

भारत सरकारले नेपालको स्वतन्त्रतामाथि धावा बोलेको विपक्षी दलका सांसदको भनाइ छ । ‘हामी अब छिट्टै संसद्का कारबाही अवरुद्ध गरेर नाकाबन्दी हटाउन दबाब दिन्छौँ,’ राज्यसभाका सांसद देवीप्रसाद (डिपी) त्रिपाठीले  भने, ‘नोभेम्बर २१ मा विदेशमन्त्रीसहितको बैठकमा पनि यो चेतावनी दिइसकेका छौँ, अब छाड्नेवाला छैनौँ ।’

कंग्रेससहितका सबै विपक्षी एकजुट

विदेशमन्त्रीसहितको बैठकमा कंग्रेस नेता डा. करण सिंह, माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सीताराम येंचुरी, सिपिआईका सांसद डी. राजालगायत सहभागी थिए । बैठकमा सबैजसो सांसदले नेपालमाथि अघोषित नाकाबन्दी लगाएर भारतले ठूलो गल्ती गरेको टिप्पणी गरेका थिए । उनीहरूले एक सातासम्म नाका नखुले संसद् अवरुद्ध गर्ने चेतावनी दिएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ratopati

 १४ मंसिर-
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत चोइ योङ जिनले आज शीतलनिवासमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध, सहयोग र हितलाई थप सुदृढ गर्दै जानुपर्नेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैगरी, आजै राष्ट्रपति भण्डारीसँग नेपालका लागि पाकिस्तानी राजदूत अर्सद साउद खोसाले आज बिदाइ भेट गर्नुभएको छ । भेटका क्रममा उहाँहरुबीच दुई देशको सम्बन्ध र सहयोगलाई थप प्रवद्र्धन गर्दै जानुपर्ने विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
etajakhabar

बेरुत । सिरियाली सरकारको सहयोगमा रसियाद्वारा आतङ्कवादविरुद्ध सिरियामा गरिएको हवाई कारबाहीमा गएको दुई महिनामा एक हजार पाँच सय मानिसको ज्यान गएको सिरियाली मानव अधिकारवादी संस्थाले सोमबार जनाएको छ ।

उक्त संस्थाका अनुसार हवाई आक्रमणमा ४१९ जना आईएस लडाकूको मृत्यु भएको छ । यस्तै कारबाहीमा अलकायदाका सहयोगी सिरियाली समूह अल नुस्रा फ्रन्ट तथा अन्य विद्रोही समूहका गरी ५९८ जना मारिएका छन् ।
हवाई आक्रमणमा परी ४८५ जना सामान्य सिरियाली नागरिकको मृत्यु भएको पनि उक्त मानव अधिकारवादी संस्थाको तथ्याङ्क छ । कारबाहीमा ११७ बालबालिकाका साथै ४७ जना महिलाको पनि मृत्यु भएको जनाइएको छ ।

रसियाले सिरियाली राष्ट्रपति बसार अल असादलाई लामो समयदेखि सहयोग गर्दै आएको र सन् २०११ देखि बसारविरोधी समूहविरुद्धको कारबाहीमा राष्ट्रपति असादलाई सहयोग गर्दै आएको छ ।

रसियाले आईएस जिहादी विद्रोही तथा अन्य आतङ्कवादी समूहविरुद्ध भन्दै सिरियामा हवाई आक्रमण जारी राख्दै आएको छ ।

तर सिरियाली विपक्षी दलहरुले मर्ने मस्कोको कारबाही यहाँको नरमपन्थी दल तथा इस्लामिक विद्रोहीहरुविरुद्ध लक्षित गर्दै आएको बताएका छन् ।

सिरियाली मानवअधिकारवादी संस्थाका अनुसार सन् २०११ पछि सिरियामा जारी युद्धका कारण २ लाख ५० हजार मानिसको मृत्यु भइसकेको छ । एएफपी
etajakhabar

बलिउडका नायक शाहरुख खान र आमिर खानले असहिष्णुताको विषयमा दिएको अभिव्यक्तिले बलिउड र भारतको राजनीति तातेको छ। आमिर र उनकी पत्नीले देश छोड्ने अवस्था आएको भन्दै दिएको टिप्पणीले आमिर निकै विवादमा तानिएका छन्। आमिरको यो अभिव्यक्ति प्रति बलिउडका कलाकारले विभिन्न प्रतिक्रिया दिइँरहदा नायिका प्रियंका चोपडाले भने आमिरको साथ दिएकी छिन।


प्रियंकाले भनिन, ‘भारत विश्वकै महान लोकतन्त्र हुनपर्ने हो। हरकोहीलाई आफ्नो विचार व्यक्त गर्ने पुरा अधिकार हुन्छ। तर पछिल्लो केही वर्ष देखि देशमा छुट्टै माहौल बनको छ। मानिसलाइ उनीहरुको विचार व्यक्त गरेपछि निशाना बनाइदै गएको छ।’

उनले थपिन, ‘तपाइले संसदमा देख्नु भएको छैन, सबै आफ्नो विचार व्यक्त गर्नेगर्छन। हाम्रो देश प्रजातान्त्रिक हो। हाम्रा पूर्वजले विचारको स्वतन्त्रताको लागि लडाइँ लडेका थिए। त्यसैले एक अर्कालाई आरोप लगाउनु भन्दा आफैलाई हेर्नुहोस्।’

प्रियंका आफ्नो आउन लागेको फिल्म ‘बाजीराव मस्तानी’ को प्रमोसन गर्न एक कार्यक्रममा उपस्थित थिइन तब उनले आमिरको बचाउ गर्दै विरोधीहरुलाइ कडा जवाफ दिएकी हुन। हाल अमेरिकामा सिरियल ‘क्वांटिको’मा व्यस्त प्रियंका एक दिनको छुट्टी लिएर भारत आएकी थिइन।

केही दिन पहिले असहिष्णुतालाइ देशको माहौल निकै खराब भइरहेको र जरुरत परे यसको विरुद्धमा पद्मश्री अवार्ड फिर्ता समेत गर्ने शाहरुखले बताएका थिए। उनको यस वयान निकै विवादित बनेको थियो, साथै चौतर्फी विरोध पनि गरियो।

त्यसको केही दिन पश्चात आमिर खान पनि यस्तै अभिव्यक्ति दिएर विवादको केन्द्रमा तानिएका थिए। देशमा बढेको यस्तो माहौलको कारण आमिरको पत्नीले देश छोड्ने अवस्था सृजित भएको भन्दै बोले पछि आमिर सहित उनको पत्नी विरुद्ध निकै मानिस लागि परे। आमिर विरुद्ध मुद्धा समेत हालियो। आमिरको यो बयानलाई नरेन्द्र मोदीको पार्टी भाजपाका ठुला नेताहरुले समेत विरोध गरेका थिए साथै अनुपन खेर, परेश रावल, ऋषि कपुर र रवीना टन्डन लगाएतले विरोध गरेका थिए।

नेपालगञ्ज, १४ मंसिर– रुपैडिया नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच केहिबेर अघि झडप भएको छ ।
राति ८ बजेदेखि सीमा क्षेत्रको जमुनाहामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ ।  दशगजामा टेन्ट लगाएर धर्नामा बसेका मोर्चा कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि दुईपक्षबीच झडप भएको खबर छ ।
मोर्चा कार्यकर्ताले शिशिमा पेट्रोल हालेर बनाइएको पेट्रोल बमपनि प्रहरी तर्फ प्रहार गरेका छन् । यसबारेमा थप विवरण आउन बाँकि छ ।
dcnepal

काठमाडौं, १४ मंसिर । सोमबार भारतका अधिकांश पत्रिका नेपालको समाचारले भरिए ।
एउटा थियो झापामा १३ जना एसएसबीका जवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बारेमा । अर्काे थियो ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ । यी दुई मध्ये धेरैले नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली दिल्ली पुगेर दिएको ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ अभिव्यक्तिलाई प्राथमिकता दिए ।
ज्ञवालीको अभिव्यक्तिलाई धेरै भारतीय मिडियाले प्रमुख समाचार अर्थात हेडलाइन नै बनाए । नेपालमा जारी संकटबारे भारतीय सरकारी सञ्चारमाध्यम प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआई)सँगको कुराकानीमा नेता ज्ञवालीले ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ बताएका थिए ।
उनको यो अभिव्यक्तिलाई भारतबाट प्रकाशित हुने नवभारत टाइम्स, हिन्दुस्तान टाइम्स, अमर उजाला, पञ्जाब केसरी, दैनिक भास्कर, दैनिक जागरण, नई दुनिया, रफ्तार न्यूज, लगायतका पत्रिकाले ‘भारत हमें धौंस दिखाने कि भूल ना करे’ शीर्षकमा छापेका छन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार ‘नेपालमा सत्ताधारी पार्टी सीपीएन (यूएमएल)का वरिष्ठ नेता प्रदीप ज्ञवालीले उनको देशले भारतको धम्कीपूर्ण व्यवहारलाई नसहने बताएका छन् । नेपालले भारतसँग समानताका आधारमा सम्बन्ध अगाडि बढाउन खोजेको भएपनि भारतको धम्कीपूर्ण व्यवहारलाई स्वीकार गर्न नसकिने उनले पिटिआईसँग दिल्ली पुगेर स्पष्ट पारे ।
ज्ञवालीको अभिव्यक्ति र भारतीय मिडियाले प्राथमिकता दिएपछि भारतमा उथलपुथल मच्चिएको छ । ज्ञवालीको अभिव्यक्ति सुनेर भारतका केही सांसदले लोकसभा संसदमा प्रश्न समेत उठाएका छन् ।
तर, लोकसभा सभामुखले नेपालको इस्युलाई छलफलमा ल्याउन रोक लगाइन् । नेपालमा भारतविरोधी सेन्टिमेन्ट बढेको विषयमा छलफलका लागि केही सांसदले प्रश्न उठाएका थिए । आरजेडी सांसद राजेश राजनले नेपालमा बढिरहेको भारत विरोधी सेन्टिमेन्टबारे सरकारले बताउनुपर्ने माग गरेका थिए । तर, सभामुख सुमित्रा महाजनले उक्त विषय लोकसभामा उठाउन रोक लगाइन् ।
dainiknepal-

| २०७२ मङ्शिर १४

फोटो :फाइल फोटो


काठमाडौँ: सरकारले रसुवा–केरुङ सडक खण्ड स्तरोन्नति गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएपछि वैकल्पिक उपाय खोज्ने उद्देश्यका साथ सो नाकालाई विस्तार गर्न लागिएको हो ।

अत्यावश्यकीय सामग्रीको आयात गर्नका लागि उत्तरको सबैभन्दा छोटो नाका भएकाले सरकारले सो मार्गलाई आगामी दुई वर्षभित्र दुई लेनको बनाउन लागेको हो ।

सेनालाई निर्माणको जिम्मा दिँदा काम गर्न सहज हुने भएकाले सरकारले सो नाकालाई विशेष प्राथमिकतामा राखेको अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ ।

आज आयोजित कार्यक्रममा उनले आफूले केही दिन पहिले रसुवा–केरुङ सडक खण्डको स्थलगत अवलोकनसमेत गरेको र सरकारका विभिन्न निकायसँगको छलफलपछि सेनालाई जिम्मा दिने निष्कर्षमा पुगिएको बताए।

रसुवागढी–गल्छी सडक खण्डमध्ये रसुवासम्म सामान्य समस्या भए पनि धुन्चे–रसुवागढी सडक खण्डमा केही अप्ठ्यारो रहेकाले त्यसलाई मर्मत र सम्भार गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको र आगामी दुई वर्षभित्र दुईतर्फी सडक सञ्चालन गर्न सहज बनाइने उनको भनाइ छ ।

प्रधानमन्त्रीले सो सडक खण्ड तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिइसकेका छन् । प्रधानमन्त्रीको निर्देशनलगत्तै उपप्रधानमन्त्री विजयकुमार गच्छदार अर्थमन्त्री पौडेलसहितको टोलीले सो सडकखण्डको स्थलगत अवलोकन गरेको थियो ।

व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले पनि सो सडक खण्ड तत्काल सञ्चालनका ल्याउन सरकारलाई निर्देशन दिएको थियो ।
annapurnapos

काठमाडौं— भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौं युगदेखिको सम्बन्ध बिगारेको बताएका छन्। मंगलबार साँझ ट्विट गर्दै उनले भनेका छन्, 'अब त्यहाँ (नेपाल) मा चीन घुस्दैछ र महामहिम विश्व भ्रमणमा हुनुहुन्छ।'

नितिशकुमार नेतृत्वको गठबन्धनले बिहार चुनाबमा भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेपछि नेपालबारे लालु यादवको पहिलो भनाइ सार्वजनिक भएको हो।

भारतीय राजनीतिमा सधैँ सक्रिय रहेका उनले सोमबार साँझ ट्विट गर्दै मोदीको आलोचना गरेका हुन्। भारतीय प्रधानमन्त्रीले नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशहरुसँग के स्थिति होला? भन्दै लालुले प्रश्न गरेका छन्।




'ठूलो तामझाम सहित भ्रमण गरेको नेपालसँग त सम्बन्ध बिगारे। बाँकी देहरुसँगको हालत कस्तो होला?', लालुले ट्विटमा भनेका छन्।





भारतले नेपालमाथि गरेकाे नाकाबन्दीको भारतभित्रै कडा विरोध हुँदै आएको छ। सोमबार सुरु भएको हिउँदै अधिवेशनमा भारतीय संसदको तल्लो सदन लोकसभामा समेत कंग्रेसका सांसदहरुले नेपालमा भारतविरोधी भावना बड्नुको कारणबारे जवाफ मागेका थिए।
nagariknews


 काठमाडौं । भारतीय नाकाबन्दी र मधेश आन्दोलनका कारण अहिले   खाना पकाउने ग्यासको हाहाकार हुन थालेको छ । मानिसहरू घरमा चूलो बाल्न वैकल्पिक उपायको खोजीमा छन् । यस्तो अवस्थामा घरमै उत्पादन गर्न सकिने मिनी बायो ग्यास प्लाण्ट निकै उपयोगी विकल्प हुन सक्छ । यो प्लाण्टबाट सानो परिवारका लागि खाना पकाउन पर्याप्त ग्यास उत्पादन गर्न सक्छन् । यसका लागि धेरै खर्च पनि लाग्दैन । तरकारीको बोक्रा, खेर गएको खानालगायत कुहिने वस्तु सङ्कलन गरी ग्यास उत्पादन गरिन्छ । उत्पादित बायो ग्यासमा ‘मिथेन’ र केही मात्रामा कार्बनडाइअक्साइड हुन्छ । त्यसैले, यो ग्यास एलपीजी ग्यासको विकल्पका रूपमा मज्जाले प्रयोग गर्न सकिन्छ । यसो गर्दा घरमा उत्पादित फोहोरको सहज व्यवस्थापनसमेत हुन्छ । साथै, यसबाट उत्पादित अतिरिक्त फोहोर खेतीबालीमा मलको रूपमा प्रयोग गर्न सकिन्छ ।


मिनी बायो ग्यास प्लाण्ट बनाउने विधि
मिनी बायो ग्यास प्लाण्ट निर्माणमा डायजेष्टर ट्याङ्क अर्थात् सानो ड्रम, भान्छाको फोहोर ड्रममा पठाउन इनलेट, ग्यास जम्मा हुने ट्याङ्क, रासायनिक प्रतिक्रियापछि उत्पादित लेदो फाल्न आउटलेट र ग्यास वितरण प्रणाली आवश्यक हुन्छ । यसका लागि धेरै रकम खर्चनुपर्दैन । घर तथा वरिपरि सजिलै पाइने कुहिने अग्र्यानिक वस्तुको प्रयोग गर्न सकिन्छ ।

विराटनगर, मंसिर १४ । नेपाल र भारतबीचको सीमा सुरक्षा बैठकमा दशगजा क्षेत्रलाई व्यवस्थित बनाउने सहमति भएको छ ।

सोमबार विराटनगरमा सम्पन्न दुई देशबीचको सीमा सुरक्षा बैठकमा सीमास्तम्भलाई व्यवस्थि गरी सीमास्तम्भहरुको मर्मत–सम्हार गर्नेलगायतका सहमति भएको हो ।

यही मंसिर २३ गतेदेखि मोरङ, सुनसरी र झापा जिल्लासँग जोडिएको दशगजा क्षेत्रका सीमास्तम्भलाई व्यवस्थित गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए ।

बैठकमा दशगजा क्षेत्रमा भइरहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
imagekhabar


 मंसिर १४ गते काठमाडौं । नेपाल स्वतन्त्र राष्ट्रको परिचय बनाएको देश हो । यो परिचयलाई धमीलो बनाउने प्रयासहरु पटक पटक हुने गरेका छन् । त्यस्ता प्रयासहरुलाई असफल तुल्याउन नेपालीहरु हरेक पटक एक हुने गरेका छन् ।
इतिहास साक्षी छ, भारत अंग्रेजको गुलाम बन्यो । नेपाल डटेर लड्यो । नेपाल सँधै संसारलाई हाँक दिएर ठाडो शिर गरेर रहन सक्यो । त्यसैले संकटको घडिमा संयुक्त राष्ट्रसंघदेखि शक्ति सम्पन्न देशले समेत नेपाली सेनाको साथ र सहयोग लिने गरेका छन् ।
तर, अहिले भारतीय नाकाबन्दी सामू नेपाल कमजोर देखिएको हो कि भन्ने भ्रम छाएको छ । यो समयमा हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलले नेपालीहरुको शक्तिको गरिमालाई पुनर्ताजगी गरेका छन् । हाँस्यकलाकार राजा राजेन्द्रले कवितामार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई छिमेकी आमालाई दुःख दिएको पापले सँधै पोल्ने भन्दै यस्ता शब्द संयोजन गरेका छन् ।
कविता/(भिडियो सहित)
ए मोदी, तिम्रो बाउ, बाउका हजुर बाउ
हजुर बाका पनि हजुरबाउलाई जसले गुलाम बनाएर शासन चलाए
इतिहास पढ हाम्रा पुर्खाले तिम्रा तिनै मालिक शासकलाई पनि ढलाए
कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यमा ग्रहण लगाए
तोप बोकेर आएकाहरुलाई ढुंगा हानेर भगाए
आज त्यी नै नेपालीलाई जीस्क्याउने कस्तो बुद्धि पलाएको हो ?
हाम्रो त खुकुरी समाउने हात चिलाउन थाल्यो, के तिम्रो पनि गर्धन चिलाएको हो ??
हरेक नेपाली गर्भमै तिखारिएको काँडा हो
निल्न नखोज घाँटीमा अड्कीन सक्छ
हरेक नेपाली आफैँमा एटम बम हो
आवश्यकता पर्नासाथ पड्कीन सक्छ ।
e-dainikkhabar

काठमाडौ । मधेसीले उठाएको सीमांकनको मागको पक्षमा लविङमा लागेका नेपालकालागि भारतीय राजदुत रञ्जित रेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सीमांकनको कुरा नगर्न सुझाव दिएका छन ।
स्रोतका अनुसार हिजो भएको भेटवार्तामा प्रधानमन्त्रीले सीमांकनको कुरा अहिले टुङगिन नसक्ने भन्दै अलिहे टुङग्याउन खोजे तत्कालै लिम्बुवान, खुम्बुवानसहित विभिन्न जातीय राज्यको मागले मुलुकलाई संकटमा पार्ने तर्फ सचेत गराएका थिए । त्यसैले पनि अहिले सीमांकनको थाति राख्न तर्फ पहल गर्न राजदुतलाई आग्रह गरेका थिए ।
तर रेले भने मधेसको माग संबोधन गर्न केही न केही सीमांकनमा मिलाउनै पर्ने सुझाव दिएका थिए । रेले आफू निकटहरुसँग प्रधानमन्त्री अझै पनि सीमांकनमा सकारात्मक नभएको बताउन थालेका छन ।
रेले हिजै एकीकृत नेकपा माओवादीका प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । भेटमा प्रचण्डले सीमांकनमा केही न केही संबोधन गर्ने पक्षमा रहेको बताएका थिए ।
रेले काग्रेस सभापति सुशील कोइरालासँग पनि भेटवार्ता गरेका थिए । भेटमा कोइरालाले अहिलेको निकासको प्रस्थान विन्दु संविधान संसोधन भएकोले तत्काललाई संविधान संसोधन अगाडि बढाउने र त्यसपछि सहमति गर्दै सीमांकन टुङग्याउँदै जाने बताएका थिए ।
प्रमुख दलका नेताहरुलाई भेटेपछि रेले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरासँग पनि भेटवार्ता गरेका थिए । रेले प्रधानमन्त्री ओलीको अडानबारे दिल्लीमा जानकारी गराइसकेको बताइएको छ ।
nepalsandesh

१४ मंसिर
काठमाडौं । ‘बालुवाटार आउने साइनो खोज्ने प्रयत्नमा छु, म कुन मुखले बालुवाटार वार्ताकालागि आउँ, जव आफ्नो अधिकारको माग गर्ने मधेसका जनतालाई मदीका सन्तान भनेर प्रहरीले ताकी ताकी गोली हान्छ, अनि मधेसका जनतालाई दोस्रो दर्जाका नागरिक देख्ने परिपाटीको विकास गरिन्छ ।’


यो भनाई हो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको । बालुवाटारमा प्रमुख दल सहित आन्दोलनरत मधेसी मोर्चाको बैठक आरम्भ हुने वितिकै ठाकुर निकै भावुक बनेर प्रस्तुत भए ।
ठाकुरले भावुक भएर प्रस्तुत हुन अघि प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसैगरि प्रस्तुत भएका थिए । मधेसलाई हेर्ने आँखा परिवर्तन गर्दै प्रस्तुत भएका प्रधानमन्त्री ओलीले ‘हामी सबै देश र जनताको हितकालागि राजनीति गरेको र जनताले अत्याधीक दुःख पाएकाले अब सबै मिलेर साझा विन्दुमा पुगौं’ भनेका थिए ।
प्रधानमन्त्री ओलीले यसो भनेर वार्ता सुरु गरेलगत्तै ठाकुर भाबुक बनेका थिए । ठाकुरले आफुहरुको आन्दोलन कसैको उक्साहट र कुनै देशको इसारामा नचलेको प्रष्ट पार्दै मधेसमा रहेका जनताको भावना बुझ्न आग्रह गर्दा बैठकहल नै एकाग्र भएको थियो ।
बोल्दा बोल्दै भक्कानीएका ठाकुरको कुरा सुनेर बसेका शीर्ष नेताहरु तब मलिन र मिलनविन्दुको खोजिकालागि तातीए, जव ठाकुरको प्रस्तुती आयो ।
सुरुमा बैठक बहिस्कारको हल्ला गरेको मोर्चाका नेताहरु बालुवाटार छिरे अनि बन्यो माहौल । बैठकमा नेकपा एमालेको उपाध्यक्ष त्यागेर क्षेत्रीप दल खोलेका अशोक राई फरक रुपमा प्रस्तुत भएका थिए ।
उनी मधेस आन्दोलनको नेतृत्वकर्ता भएका छन् आजकल । संघीय समाजवादी फोरमका बरिष्ठ नेता राई र एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीका बीचमा पहिलो पटक औपचारिक वार्ता र आमनेसामने भएका थिए राई ।
मोर्चाले पनि आजको बैठकमा प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्ड निकै लचक भएर प्रस्तुत भएकाले १६ गतेको बैठक ऐतिहासिक हुने अपेक्षा गर्दै बालुवाटारबाट बाहिरिएका छन् ।
महन्थको भाबुकपनाले माहौल सकारात्मक भएको सबैको आशा छ र आम जनता पनि दलहरुका बीचमा चाँडै सहमति बनोस् भन्ने पक्षमा छन् ।
sajhapatrika

काठमाडौं, मंसिर १४ । सरकारले हतियारसहित भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाल प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी आइतबार बिहान ७ बजे झापाको केचना–४ स्थित खुट्टामुनि गाउँमा भारतीय एसएसबीका १३ जना सशस्त्र हतियारसहित नेपाली सीमामा प्रवेश गरेको घटनाप्रति गम्भीर चासो जनाएको हो ।

नेपाल प्रवेश गरेको केही समयपछि उनीहरुलाई भारतको किसनगन्ज एसएसबीका १२ बटालियनका अधिकारीलाई बुझाइएको थियो ।

उक्त घटनाप्रति परराष्ट्र मन्त्रालयले आइन्दा यसरी नेपाल प्रवेश गर्ने घटना नदोहोर्‍याउन नेपालस्थित भारतीय राजदूतावासमार्फत् भारतलाई आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस
imagekhabar

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आज भारत प्रस्थान गरेका छन् ।
सत्तारुढ गठबन्धन, नेपाली कांग्रेस र मधेसी मोर्चाबीचको वार्ता सकिएलगत्तै थापा दुई दिने भ्रमणको सिलसिलामा अपरान्ह ४ बजे बैंग्लोरका लागि उडेका हुन् ।
थापाको बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा सहभागी हुने तालिका रहेको उनका सचिवालय प्रमुख राजाराम बर्तौमलाले रातोपाटीलाई जानकारी दिए ।
त्यहाँ उनले श्री श्री रविशंकरलगायतका आध्यात्मिक नेताहरुसँग भेटवार्ता गर्ने बुझिएको छ । यसैगरि त्यहाँबाट उनी भोलि दिल्ली प्रस्थान गर्ने र त्यहाँ उनले नाकाबन्दीबारे भारतीय उच्च अधिकारीसँग छलफल गर्ने बर्तौलाले बताए ।



यसअघि असोज ३० गतेपनि थापा भारतले लगाएको अघोषित नाकाबन्दीबारे छलफल गर्न भनि भारत पुगेका थिए । तर सो क्रममा उनको कूटनीतिले कुनै काम गरेको थिएन ।
त्यतिबेला उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेटेर सिमानामा भएको आपूर्ति अवरोध खुलाउन आग्रह गरेका थिए ।
भारतले आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आएका थापाले समकक्षी सुष्मा स्वराजसँग यो पटकको भेटमा पनि त्यही आग्रह गर्ने बुझिएको छ ।
तर, यो भ्रमणमा थापाले प्रधानमन्त्री मोदी तथा अन्य उच्चस्तरीय नेतासँग भेटवार्ता नगर्ने बताइएको छ ।
ratopati


फोटो :फाइल फोटो


रियाद: साउदी अरेबियाको सीमा क्षेत्रमा यमनको तर्फबाट आइतबार भएको गोली प्रहारमा एक सीमा सुरक्षा गार्ड सहित तीन स्थानीय बासिन्दाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

आइतबार बिहान दहरन अल जानुब यमनी क्षेत्रबाट भएको भीषण गोली प्रहारमा एक सीमा गार्डको मृत्यु भएको गृह मन्त्रालयले घोषणा गरेको छ ।


यसैगरी जजान क्षेत्रमा भएको गोली प्रहारबाट दुई यमनी स्थानीय बासिन्दाको मृत्यु भएको नागरिक प्रतिरक्षा मन्त्रालयले जनाएको छ ।

हुथी विद्रोहीको विरुद्धमा साउदी अरेबियाले हवाई आक्रमण सुरु गरेयता साउदी अरेबियाको सीमा क्षेत्रमा करिब ८० जनाको गोली प्रहारमा हत्या भइसकेको छ ।

हताहती हुनेहरुमा प्राय सैनिक रहेका जनाइएको छ । यमनी क्षेत्रबाट सो हमला निरन्तर रुपमा हुने गरेको पनि समाचारमा उल्लेख गरिएको छ ।

यमनमा मार्चदेखि हालसम्म भएका हिंसाहरुमा पाँच हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले जनाइको छ ।

सो सङ्ख्यामा आधा भन्दा बढी सर्वसाधारण रहेका बताइएको छ ।
annapurnapost

जनकपुर, मंसिर १४ । मधेसी मोर्चाले अवरोध गरेपछि जनकपुरमा नेपाली कांग्रेसको र्‍याली स्थगित भएको छ ।

मधेस आन्दोलनको समर्थनमा कांग्रेसले सोमबार जनकपुरमा र्‍याली निकाल्न खोजेकोमा मधेसी मोर्चाले अवरोध गरेको हो ।

मोर्चाले कांग्रेस कार्यकर्तालाई पार्टीको झन्डा नबोकी आफूहरुको प्रदर्शनमा सहभागी हुन भनेकोमा कांग्रेसले र्‍याली नै स्थगित गरेको हो ।

मोर्चाको अवरोधकाबीच कांग्रेस कार्यकर्ता पार्टीको झन्डासहित पार्टी कार्यालय पुगेका थिए ।

त्यसपछि मधेसी मोर्चाका कार्यकर्ताले धनुषा कांग्रेसको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेपछि कांग्रेस नेताहरुले पत्रकार सम्मेलन गरेर कार्यक्रम स्थगित गरेको जनाएका हुन् ।
तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले ‘१ सय दिनभन्दा बढी समयदेखि मधेस बन्द गरेर आन्दोलन गर्दा मौन बसेका कांग्रेसीहरु आन्दोलनलाई बिथोल्न समर्थनको नाउँमा नाटक गरेकाले नै आफूहरुले विरोध गरेको’ बताए ।
imagekhabar

मंसिर १४, २०७२- भारतीय नाकाबन्दी समस्या समाधानमा नेपालको कुटनीति (डिप्लोमेसी) कमजोर भएको ठहर बेलायती मन्त्रीले गरेका छन् । नाकाबन्दी नभनि बेलायती मन्त्रीहरुले भारतसँगको कमजोर ‘डिप्लोमेसी’ ले समस्या झन् बल्झँदै जाने संकेत पाइएको धारणा व्यक्त गरेका हुन् ।

बेलायती विदेश मन्त्रालय (एफसीओ) को निमन्त्रणामा इन्टरनेशनल लिडर्स प्रोग्राममा लन्डन आएका नेपाल तरुण दल अध्यक्ष एवं सभासद उदय शमशेर राणासँगको भेटमा विदेश राज्यमन्त्रीहरु ह्युगो स्वायर र जेम्स् डड्रिजले नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेका थिए ।

‘छिमेकीसँग त आक्रामक होइन, सम्बन्ध सुधार गर्नेतर्फ लाग्नुपर्छ,' राणाले भेटपछि उनीहरुको भनाइ उधृत गर्दै कान्तिपुरसँग भने, ‘नेपालमा नाकाबन्दीले मानवीय संकट बढेकोप्रति पनि उनीहरुमा गम्भीर चासो देखिन्छ ।’ भेटघाटमा अर्जेन्टिना, चीन, कोलम्बिया, गाना, युगान्डा, भारत, इन्डोनेसिया, इटली, जापान, सर्विया, यूएइ आदि ११ मुलुकका सांसद, मानवअधिकार र एनजिओकर्मीहरुको सहभागिता थियो ।

राणाले बेलायती मन्त्री र सांसदहरुसँगको भेटघाटमा पहिला नेपालको नयाँ संविधानलाई स्वागत गर्ने बेलायतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा भने समावेशी भएन भनेर द्वैध चरित्र प्रस्तुत गरेको टिप्पणी पनि गरेका थिए । ‘नेपालमा राष्ट्रपति र सभामुख महिला छन् । संसदमा ३३ प्रतिशत महिला आरक्षण छ, समानुपातिकमा ४० प्रतिशत । के आधारमा समावेशी भएन ?’ राणाले तर्क गरेका थिए ।

उनले बेलायती प्रधानमन्त्री कार्यालयमा ‘प्राइभेट सेक्रेटेरी अफ फरेन पोलिसी टु द प्राइम मिनिष्टर’ नाइजेल केसे, सुरक्षा सल्लाहकार कर्णेल निक पेरी लगायतसँग पनि भेटेका छन् । राणाले सत्तारुढ कन्जरभेटिभ पार्टीका तीन सांसदहरु जेरेमी लेफ्रोय, केविन फोस्टर र एलेक्स चकलाई समेत भेटेका थिए भने अब सिमा मल्होत्रा, बब ब्ल्याकमेन र जोन म्यानसहित विदेश मन्त्रालयका अधिकारीहरुसँग भेट्ने कार्यक्रम छ ।‘नेपाल डेस्क हेर्नेबाहेक अरु राजनीतिज्ञहरुलाई नेपालबारे त्यति थाहा नभएको पाएँ,' राणाले भने ।

kantipur

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको त्रिपक्षीय बैठक बहिष्कार गर्दै मधेसी मोर्चाका दुई शीर्ष नेता बिराटनगरमा आन्दोलनलाई झन् चर्काउने रणनीति बनाउंदै छन् ।
बिराटनगरमा विरोधसभामा सहभागी हुन आईपुगेका मोर्चाका तीन जना शीर्ष नेताले प्रधानमन्त्री ओलीको बैठक निम्तोलाई अस्वीकार गर्दै यस क्षेत्रमा आन्दोलन चर्काउने डिजाइन बनाई रहेका छन् ।
बालुवाटारमा सरकार, सत्तारूढ गठबन्धन, प्रतिपक्षी दल र आन्दोलनरत मधेशी मोर्चाबीच सहमति खोज्न निर्णायक बैठक भई रहँदा त्यही समय बिराटनगरमा बसेर राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवले जोगबनी नाका ठप्प पार्ने योजना बनाएका हुन् । बिराटनगरमा आफ्नै निजी निवासमा बैठक बोलाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंको बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी आफ्ना उपाध्यक्ष लालबाबू राउतलाई कुनै सहमति समझौता बारे केही नबोल्न निर्देशन दिएका थिए ।
मोर्चाको बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब बिराटनगर–जोगबनी नाका ठप्प पार्ने योजना राखेका छन् । पछिल्लो ६७ दिनदेखि बीरगञ्ज नाका पूर्ण रूपले ठप्प पारेका महतोको ध्यान अब बिराटनगर नाकामा परेको हो । आईतबार बिराटनगर पुगेका महतो प्रहरीको आँखा छल्दै केही बेर नाका वारि पारी पनि गएर वस्तु स्थिति बुझेका थिए । जोगबनी समेत पुगेका महतोले बिरगञ्ज जस्तै त्यहाँपनि मेस चलाएर नाकाबन्दी गर्ने तयारी गरेका छन् ।
स्रोतका अनुसार बिराटनगर नाका ठप्प पार्न राजेन्द्र महतो आईतबार देखिनै नाका वरिपरि रहेका रानी क्षेत्रका मधेसी जनताको घर दैलो गई नाकाबन्दीमा आउन अपील गरेका थिए । सोमबार पनि महतो बिराटनगरमा रहेको मधेस बहुल क्षेत्रमा सभा गर्दै नाकाबन्दी सफल गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।
बालुवाटार बैठकलाई खासै महत्व नदिएका राजेन्द्र, उपेन्द्र र महेन्द्रले मोर्चा बैठक पछि आफ्ना जिल्लाका संयुक्त कार्यकर्ता बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिराटनगर–जोगबनी नाका ठप्प पार्न मोर्चाका शीर्ष नेताले मोरङ बाहेकका झापा, सुनसरी र सिरहाबाट पनि हजारौं कार्यकर्ता बिराटनगर ल्याउने योजना रहेको बुझिएको छ । यसको लागि राजेन्द्र महतोले मोरङ, सुनसरी, झापा र सप्तरीमा गाउँ–गाउँमा सभा गर्दैछन् ।
यसअघि मोर्चाले विराटनगर नाकाबाट औषधि आउन दिने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको थियो । जून अहिले कुल्चेर अघि बढीरहेका छन् ।dainiknepal


 लक्ष्मी पुजाको दिन। बिहानदेखि सरसफाई गरेकाले  वरपर सफा भएको थियो। सबैजना लक्ष्मी पुजाको तयारी  गर्दै थिए। बेलुकाको सात बजे हामी पनि लक्ष्मीपूजाको तयारी गर्दै थियौं।

तराईबाट बुवाले एक सिलिन्डर ग्यास पठाइदिनु भएको रहेछ। स्कुटरमा तेल थिएन ब्ल्याकमा किनेको तेल ५ लिटरको ग्यालेनमा राखेको थिएँ।
ग्यास ल्याइदिने गाडीको चालकले ग्यास कलंकीको काउन्टरमा राखिदिएको र गाडी हतार भएकोले फर्किसकेको जानकारी गरायो साँझ परिसकेको हुनाले काउन्टर बन्द हुन्छ कि भन्ने कुरा मनमा खेली रहेको थियो।
ग्यालेनमा ५ लिटर पेट्रोल राखेको थियो कोठा भित्र खतरा हुन्छ भनेर प्यासेजको बाहिर आएर पेट्रोल खन्याउन थाले।   जसमध्ये १ लिटर पेट्रोल स्कुटरमा हाल्नको लागि ग्यालेनबाट सोली बोतलमा राखें।
लक्ष्मीपूजाको दिन भएकोले घरमा भित्र बाहिर बत्ती बालिएको थियो। बिस्तारै ग्यालेनबाट पेट्रोल निकाले सोलीबाट बिस्तारै पेट्रोल बोतलमा खन्याउदै थिएँ निकै सजक बनेर।

बोतल आधा जति भरिएको थियो म त्यहि बोतल भरिएर पोखिन्छ कि भन्ने डरले बोतलमा नै हेर्दै थिए एक्कासी मेरो हातमा आगोको मुस्लो आयो मलाई थाहाभएन कसले हान्यो या कसैले मलाई जलाउन खोज्यो मैले पत्तै पाइनँ। आगो यति ठूलो थियो कि जीवनमा कहिल्यै यति ठूलो आगो लागेको देखेको थिएन मैले सोचेकी पनि थिएन कि पेट्रोलले यति टाढाको आगोलाई समाउँछ भनेर।

भित्रबाट सबै जना बाहिर आए। मेरो आँखाको परेला र आँखीभौं सबै जलेछ भाग्यवस मेरो कपालमा आगोले भेट्न सकेन। छिमेकी घरबेटी सबैजना चिच्याउन थाले।  हामी बसेको कोठा पहिलो तलामा थियो प्यासेजमा आगो लागेको हुनाले घरबेटी मुनि आउन सक्ने अवस्था थिएन। घरबेटी बा माथिबाट चिच्याउन थाले  आगो प्यासेजमा लागेको हुनाले हामी कोठाबाट निस्कन सकेनौ।
मुनिबाट सबै जना पानी हाल पानी हाल भन्दै कराउँदै थए तर भाइले पनि हाल्दा झन् खतरा हुन्छ भनेपछि पानी हालेनौं।

आगो निकै भयावह भएपछि भुइँ तलाबाट छिमेकीले नै पानी माथितिर फाल्न थाले। आगो झन्झन्  बल्न थाल्यो। मलाई थाहा थिएन पेट्रोलको आगोमा पानी किन हाल्नुहुन्नरु पानीको मिश्रणले पेट्रोल पानीभन्दा हलुका हुने र पानीले झन् बग्न मद्धत गर्ने भएकाले पेट्रोल चारै तिर फैलिएर बल्दो रहेछ।

पानी सहितको पेट्रोल हाम्रो कोठातिर पस्ने प्रयास गर्दै थियो। मलाई अब चाँही हामी कोही पनि बाँच्दैनौ भन्ने लागेको थियो तर  यस्तो भएन बिस्तारै आगो सानो हुँदै गयो।

बाहिर धेरै जना भेला भएका थिए। प्रहरीहरु पनि आइ पुगेछन्। प्रहरीले हामीलाई सामान्य केरा कार गरे अनि जानकारी लिएर सतर्क हुन र अबदेखि यस्तो काममा सहज हुन आग्रह गर्दै त्यहाँ गए घरबेटी को माथिल्लो तला जाने बाटो मा ग्रिल लगाएको थियो आगोको रापले  ग्रिल निक्कै तातेको रहेछ बिजुलीको सवमिटर प्लास्टिक बत्ती जलेर नष्ट भएछन्।

एकछिनपछि घरबेटी आमै  माथि गइन्। सबैको घर घरमा लक्ष्मीको  पुजा चलिरहेको थियो  तर हाम्रो घरमा  भने लक्ष्मी पुजाको कुनै उत्साह थिएन। जसोतसो हामीले  पनि लक्ष्मी पुजा गर्यौ।

यस्तो समस्या मेरो मात्र नभएर आज सबैजनाको साझा समस्या भएको छ।  खुला पेट्रोलको व्यवस्थापन  हामीले सजक भएनौं भने यस्ता किसिमका घटना घट्न सक्छन्। अनि  ज्यान  समेत जान सक्छ। आजकल सबै डेरा बस्ने होस् या घरबेटी  सबैले पेट्रोल राख्न थालेका छन्।

हामीले पेट्रोललाई जथाभाबी राख्यौं भने म परेजस्तै  दुर्घटनामा पर्न सक्छौ। सम्भव भएसम्म पेट्रोल ग्यालेन या बोतलमा नराखौं। सवारीको ट्यांकीमा नै हाल्ने गरौं। यदि राख्नै पर्नेभयो भने भाडाको मुख राम्ररी बन्द गरेर आगोको पहुँचभन्दा टाढा राखौं। हाम्रो सानो सावधानी ठूलो जनधनको क्षति  हुनबाट जोगिन सक्छ।

कोरला नाकामा हतियार सहितको चिनीया शुरक्षाकर्मीको निगरानी : नाका सञ्चालन गर्न संसदीय टोली जादै
मुस्ताङ, १४ मङ्सिर / चीनसँग सीमा जोडिएको मुस्ताङको छोसेर गाविसमा पर्ने कोरला नाका सञ्चालनको सम्भाव्यता अध्ययन गर्न संसदीय टोली मुस्ताङ आइपुगेको छ । व्यवस्थापिका–संसद्का विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, धौलागिरि अञ्चलका सांसद, मुस्ताङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीसहितको टोलीले नाका सञ्चालन गर्न सकिने वा नसकिने, भौतिक पूर्वाधार, सडकको अवस्थाका विषयमा विस्तृत अध्ययन गर्नेछ ।
आज उपल्लो मुस्ताङ हिँडेको टोलीले दुई दिन नाकाको सम्पूर्ण अध्ययन गर्ने र स्थानीयवासीसँग छलफल गर्ने कार्यक्रमसमेत तय भएको छ । अघोषित भारतीय नाकाबन्दीका कारण देशभरको जनजीवन अस्तव्यस्त बनिरहेको सन्दर्भमा चीनसँग सीमा जोडिएको उक्त नाका सञ्चालन गर्न सके इन्धन, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री त्यसैबाट आयात–निर्यात गर्न सकिने अवस्था छ ।
मुस्ताङलगायत धौलागिरि अञ्चलका उद्योगी व्यवसायी, नागरिक समाज, स्थानीयसवासी लगायतको हालै बेनीमा सम्पन्न बृहत् छलफलले नाका सञ्चालन गर्न सके देशलाई दीर्घकालीन रुपमा धेरै फाइदा हुने निष्कर्ष निकालेका थिए । १२ वर्षअघि सम्म सञ्चालनमा रहेको नाका चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै बन्द गरेको छ ।
उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारणलाई निर्बाध आवतजावतको व्यवस्था भएपछि पछिल्लो समय चिनियाँ पक्षले नाकामा एकदमै कडा बनाएको छ । नाकानजिकै अत्याधुनिक हतियारसहितका सुरक्षा क्याम्प राखेर सिसी क्यामेरामार्फत निरन्तर निगरानी बढाएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संसदीय टोलीले सम्पूर्ण विषयको अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिने बताउनुभयो । टोलीमा समितिका सदस्य, बाग्लुङका संसद् प्रकाश पौडेल, मुस्ताङका श्रीमायाँ थकालीलगायतका व्यक्ति सहभागी हुनुहुन्छ । रासस
१६ पटक हेरिएको १६ अाज मात्र हेरिएको
पूर्वेली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
 purbelinews

१४ मंसिर, काठमाडौं । नेपालको लागि बंगलादेशी राजदुत मास्फी बिन्ते साम्सले नेपालले बाहिरबाट इन्धन र ग्यास ल्याए ट्रान्जिटको रुपमा बन्दरगाह उपलब्ध गराउन तयार रहेको बताएकी छिन् ।
बंगलादेशले नेपाललाई मंगला र चिटगाँउ बन्दरगाह प्रयोग गर्न भनिसकेको उनले बताइन् । राजदूत साम्सले भनिन्-‘ नेपालको संकट बारे हामी जानकार छौं । तर, इन्धन र एलपी ग्यास हामी आफैं उत्पादन गर्दैनौं । हामी पनि उत्पादक मुलुकहरुबाट खरिद गर्छौं । त्यसैले नेपालले तेस्रो मुलुकबाट ल्याउने हो भने हामी ट्रान्जिटको रुपमा बन्दरगाह प्रयोग गर्न दिन्छौं ।’
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बंगलादेशकी राजदूत साम्सले हवाई इन्धनको कारोवारको लागि नेपाल गरेको आग्रहप्रति आफूहरु सकारात्मक रहेको स्पष्ट पारिन् ।
नेपाली ढुवानी साधनहरु निर्वाध रुपमा बंगलादेश जान पाउने भए पनि बंगलादेशी ट्रकहरु नेपाल आउन नपाउने भन्दै उनले तत्काल मोटर भेईकल एगि्रमेन्ट गर्नु पर्ने आवश्यकता आंल्याइन् ।
रोहनपुर सिहबाद र राधिकापुरसम्म रेल सेवा समेत रहेकोले त्यहाँबाट पनि आयात निर्यातको काम गर्न सकिने उनले बताइन् ।
नेपालबाट बंगलादेश निर्यात गर्ने २०८ वस्तुमा शुन्य भन्सार गर्ने प्रस्तावलाई नेपाल सरकारले अनुमोदन गरेर अघि बढाउने उनको विश्वास छ । राजदुत साम्सले नेपाल र बंगलादेशको ब्यापार प्रत्येक वर्ष १२ देखि १५ प्रतिशतले बढीरहेको भन्दै यो वर्ष बंगलादेशबाट नेपालमा ४० वटा वस्तुको आयात कारोवार भएको जानकारी दिइन् ।
onlinekhabar

१४ मंसिर-
बंगलादेशले नेपालले भोगिरहेको पारवाहन समस्यालाई मध्यनजर गर्दै आफ्नो बन्दरगाह र विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ ।
नेपाली राजदूत हरिकुमार श्रेष्ठले आइतबार प्रधामन्त्री सेख हसिनासँग गरेको भेटका क्रममा उनले नेपालसँग यस्तो प्रस्ताव गरेकी हुन् ।
बंगलादेशको सयदपुर विमानस्थल र चटगाँउ तथा मोङ्ग्ला बन्दरगाह मार्फत व्यापार गर्न नेपाललाई बंगलादेशले आग्रह गरेको हो ।
बंगलादेशले यो बन्दरगाह प्रयोग गर्न पहिलेदेखि नै आग्रह गर्दै आएको थियो ।
यदी नेपालले बन्दरगाह प्रयोग गर्ने हो भने आफूहरुले तत्काललाई लागि सबै प्रक्रिया मिलाउन तयार रहेको हसिनाको भनाई छ ।
नेपाली राजदूत हरिकुमार श्रेष्ठको बिदाइ भेटका क्रममा श्रेष्ठले नेपालकी राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको सन्देश समेत हसिनालाई दिएका थिए ।
नेपालबाट बंगलादेश जानको लागि फुलबारी मार्ग रहेको र त्यो बाटो भएर सामान ल्याउन कुनै समस्या नहुने भन्दै बंगलादेशले यस्तो प्रस्ताव राखेको बुझिएको छ ।
etajakhabar

 शनिबार काठमाडौं आएकी बलीउड अभिनेत्री सन्नी लियोनले नेपालबारे ट्वीट गर्दै धन्यवाद दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘नेपाललाई धन्यवाद । मुटुदेखि नै न्यानो आतिथ्यता दिएकोमा । मैले यो शहरमा आएर केहि नयाँ कुरा सिक्न सक्षम भएजस्तो महसुस गरेको छु ।’ आइतबार भक्तपुरका विभिन्न मन्दिरहरुको अवलोकन गरेको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गर्दै सन्नीले ट्विटरमा यस्तो लेखेकी हुन् ।

खबरका अनुसार उनी आइतबार नै स्वदेश फर्किसकेकी छिन् । उनले शनिबार राति राजधानीको मजोङ क्यासिनोमा आयोजिक बिशेष समारोहमा नृत्य समेत गरेकी थिइन । पतिस्रँगै कार्यक्रममा सहभागी भएकी उनले नेपालीहरुसँग केहिबेर रमाइलो पनि गरेकी थिइन ।
etajakhabar

काठमाडौं, १४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय अर्ध सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेपाल सरकारले कुटनीतिक रुपमा निकास खोज्नु पर्ने बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान कुरा गर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो ।


मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’

नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ । भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’

सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले उल्लेख गर्नुभयो ।

अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको अधिकारको यो आन्दोलनमा भारतको पनि समर्थन छ’, उहाँले भन्नुभयो ।

मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ ।
राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो ।

‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’

मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन महिने आन्दोलनका क्रममा एक पटक मात्रै काठमाडौं आउनु भएको छ । दैनिकनेपाल ।।।.channelnp

काठमाडौं – रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डिएसपी र सांसद बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरु नै चकित भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र प्रहरी अधिकृतहरु कांग्रेस सभासद् ओमदेवी मल्ललाई बेहुली र डिएसपी केदार ढकाललाई बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे । यी दुईजनाको लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै प्रकाशमा आएको आजको साँघु साप्ताहिकमा खबर छ ।

चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेको थिए । उमेरले ५० कटिसकेकी सांसद् र डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् । ओमदेवी मल्लकी छोरीको बिहे ०७२ वैशाख महिनामा भएको थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका वरिष्ठ नेताहरु र सांसदहरु सहभागी थिए । एमालेका केशव बडाल सहकारी संघको अध्यक्ष भएकाले निम्त्याइएका थिए । ओमदेवी बडाल अध्यक्ष रहेको संघको उपाध्यक्ष हुन् ।

श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक जीउडालका कारण ओमदेवी कांग्रेसका केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् । त्यही कारण उनी सांसद् सम्म बनिन् ।

ratopati

१४ मंसिर, काठमाडौं । तराई मधेसका आन्दोलनकारीले नेपाली कांग्रेसलाई पार्टी झण्डासहित आन्दोलनमा आउन नदिने भएका छन् । मोर्चा कार्यकर्ताको यस्तो निर्णयले जनकपुरमा तनाव उत्पन्न भएको छ ।
फाइल तस्वीर
फाइल तस्वीर
नेपाली कांग्रेस धनुषाले आज आइतबार जनकपुरमा प्रदर्शनको तयारी गरेको छ । तर, मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठवन्धनले पार्टीको झण्डासहित आन्दोलनमा नआउन दबाव दिइरहेका छन् ।
कांग्रेसको कार्यक्रम सुरु हुनुअघि नै आन्दोलनकारीहरु सडकमा आएका छन् । र, उनीहरुले सहरका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
मधेसी गठवन्धनमा आवद्ध नेपाल सदभावना पार्टीका धनुषा अध्यक्ष रमण सिंहले अनलाइनखबरसँग भने, ‘हामीले कांग्रेसलाई सडकमा आउने हो भने कालो झण्डा लिएर आउन भनेका छौं ।’
कांग्रेस पार्टीको चारतारे झण्डासहित आन्दोलनमा आए कार्यक्रम बिथोल्ने मोर्चाका कार्यकर्ताको चेतावनी छ ।
यसअघि शनिबार आन्दोलनकारीले वीरगञ्जमा कांग्रेसको कार्यक्रम बिथोल्दै झण्डा र ब्यानर जलाएका थिए ।
उता सुनसरीको इटहरीमा भने प्रमुख दलका विद्यार्थीहरुले मधेसी नेतालाई कार्यक्रम गर्न नदिने भन्दै मोर्चाको मञ्चमा आगजनी गरेका थिए ।
संविधान बनेपछि प्रतिपक्षमा बसेको कांग्रेसले आफ्नो सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन दबाव दिने भन्दै सदन र सडकमा आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । यही निर्णय अन्तरगत उसले जनकपुरमा कार्यक्रम गर्न लागेको हो ।
आफ्नो अभियान लिएर तराई मधेसका जिल्लाहरुमा कांग्रेसले सडकमा जाने निर्णय गर्दैछ । तर, कांग्रेसलाई पार्टीको झण्डासहित सडकमा जान सहज नहुने जनकपुर र वीरगञ्जको घटनाले देखाएको छ ।
प्रतिकार गर्ने गुप्ताको चेतावनी

मधेसी गठवन्धनमा आवद्ध तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले पनि नेपाली कांग्रेस पार्टीको झण्डासहित आन्दोलनमा आए प्रतिकार हुने बताए ।
‘प्रतिपक्षमा बस्दैमा कांग्रेस दूधले नुहाएको मानिँदैन’ गुप्ताले अनलाइनखबरसँग भने- ‘हामीले आचारसहिता बनाएका छौं र कोही पनि पार्टीको झण्डा लिएर मधेसमा विरोध प्रदर्शनमा सहभागी हुँदैनन् । कांग्रेसलाई पनि हामीले त्यही भनेका छौं ।’
आफूहरुको आग्रहका बाबजुुद कांग्रेस आफ्नो पार्टीको झण्डासहित सडकमा आए प्रतिकार गर्ने उनको चेतावनी छ ।
onlinekhabar

फोटो :फाइल फोटो
२०७२ मङ्शिर १४ सोमबार

काठमाडौं: भारतको नाकाबन्दीको विरोधमा सोमबार राजधानीमा ६ किलोमिटर लामो मानवसाङ्लो बनाइने तयारी गरिएको छ।

स्वतस्र्फूत रूपमा हुन लागेको मानवसाङ्लोको संयोजन मानवधिकारकर्मी, पेसाकर्मी, युवा तथा विद्यार्थी, कलाकार राजनीतिज्ञले गरेका छन्।


सिंहदरबारको दक्षिण ढोकाबाट सुरु भएर मानवसाङ्लो पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालयअगाडि पुग्ने अभियन्तामध्येका एक एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।

भूपरिवेष्टित राष्ट्रले पाउने पारवहन अधिकारलगायतका विषय समावेश गरेर केही प्लेकार्डसमेत तयार गरिएको छ। सबैले राष्ट्रिय झन्डा लिएर मानवसाङ्लो बनाउने गैरेले बताए।
annapurnapost


बिराटनगर :  नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दानापानी बन्द गर्दा पनि सरकारले आफ्नो कुरा नसुनेको गुनासो गरेका छन् ।

मधेसी मोर्चाले आइतबार बिराटनगरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले नाकामा बसेर दानापानी थुन्दा पनि सरकार गम्भीर नभएको आरोप लगाए ।

‘४२ दिनसम्म आन्दोलन गर्दा पनि मधेसको समस्या समाधान गर्न सरकारले चासो दिएन’, महतोले भने, ‘आफूहरुले नाकामा बसेर ‘दानापानी नै बन्द’ गर्दा पनि हाम्रा माग सुनुवाई गर्न सरकारले चासो दिएको छैन ।’


उनले मधेसका माग सम्बोधन गर्न प्रमुख तीन दलका तीन नेता गम्भीर नभएको उनको आरोप लगाए ।

सभालाई सम्बोध गर्दै संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वार्ताबाटै सीमाङ्कन, निर्वाचन क्षेत्र निर्धारण र समानुपाति, समावेशी प्रतिनिधित्व हुनुपर्ने बताए ।

‘वार्ताले केही नगर्ने जस्तो भइसक्यो । सरकार टसको मस भएको छैन’, यादवले भने, ‘आन्दोलनबाट हामी पनि थाक्नेवाला छैनौं ।’

यादवले आफूहरुको आन्दोलन मधेसी, पिछडिएको समुदाय र जनजातिको अधिकारका लागि भएको बताए । नेपालको राष्ट्रियता खासगरी प्रमुख तीन समुदाय मधेशी, आर्यखस र जनजातिले टिकाएको यादवले बताए ।

मधेश प्रदेशमा आउनु पर्ने केही जिल्लाको विषयमा विवाद भएपनि त्यसलाई जनमत बुझेर टुंगो लगाउनु पर्ने उनले बताए ।

तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले झापा, मोरङ र सुनसरीको सवाल पनि जनताको धारण बुझेर टुंगो लगाउनुपर्ने बताए ।

‘सीमाङ्कनको विवाद टुंगोमा नपुञ्जेल वार्ता पनि सफल हुनेवाला छैन’, उनले भने, ‘हाम्रो आन्दोलन पनि रोकिनेवाला छैन ।’
annapurnapost

काठमाडौं, १४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय अर्ध सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेपाल सरकारले कुटनीतिक रुपमा निकास खोज्नु पर्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान कुरा गर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो ।
मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’
नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ । भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’
सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले उल्लेख गर्नुभयो ।
अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको अधिकारको यो आन्दोलनमा भारतको पनि समर्थन छ’, उहाँले भन्नुभयो ।
मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ ।
राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो ।
‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’
मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन महिने आन्दोलनका क्रममा एक पटक मात्रै काठमाडौं आउनु भएको छ ।
dainiknepal

काठमाडौं, १४ मंसिर । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाले उठाएका सम्पूर्ण माग पूरा हुन नसक्ने बताउनुभएको छ ।
उहाँले मधेसी मोर्चाका केही माग जायज भए पनि अन्य माग मुलुकलाई दीर्घकालसम्म असर पार्नेखालका रहेको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (सोमबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले सीमाङ्कन र नागरिकताको माग पूरा नहुने बताउनुभयो । ‘मधेसी मोर्चाका सबै माग पूरा हुँदैनन्’, उहाँले भन्नुभयो, ‘केही माग मुलुक र मधेसी जनताको हितमा छैन ।’
भारतले नेपालमा नाकाबन्दी लगाएर उसैलाई बेफाइदा भइरहेको श्रेष्ठले बताउनुभयो । ‘भारतले हामीले नाकाबन्दी गरेको होइन भन्यो भने दुनियाँ हाँस्छ’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी लगाएर भारत अन्तर्राष्ट्रिय जगतमा आफै नाङ्गिएको छ ।’
भारतको अनावश्यक हस्तक्षेप र मधेस आन्दोलनमा अनाहक संलग्नताले मधेसको विषय सम्बोधन गर्न समस्या भएको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले मधेसी जनताका माग पूरा गर्ने विषयमा भारतीय पक्ष बाधक भएर आएको बताउनुभयो ।
‘भारतले नेपालमा अनावश्यक हस्तक्षेप गर्न छाड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चालाई उचालेर, नाकाबन्दी लगाएर हामीलाई होइन, भारतलाई नै समस्या पर्छ ।’
dainiknepal

सम्पत्तिको नाममा दुईवटा पुराना मोबाइल टेलिफोन सेट मात्रै भएको दावी गरेका निवर्तमान प्रधानमन्त्री सुशील कोइराला करिब ७५ वटा मोबाइल टेलिफोन सेट लिएर गत बिहीबार स्वदेश फर्केका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै १७ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री कोइराला एक महिनाअघि अमेरिका प्रस्थान गरेका थिए । भ्रमणमा गएका १७ जनामध्ये बुहारी मृदुला कोइराला, भतिजा अतुल कोइराला, भान्जीबुहारी प्रभा शर्मा, सुरक्षागार्ड महेन्द्र मरासिनी र परराष्ट्र मामिला विज्ञ दिनेश भट्टराईसहितका ६ जना कांग्रेस सभापति कोइरालासँगै स्वदेश फर्केका छन् । बाँकी ११ जना कहिले फर्कने हुन् ? त्यसको टुंगो छैन । त्यही बसेका ११ जनामध्ये अधिकांश मृदुला कोइरालाका आफन्त रहेको बुझिएको छ ।

अमेरिका बसोबास गरेका एक वरिष्ठ पत्रकारका अनुसार तीन साता लामो बसाईका क्रममा सभापति कोइराला नेपालीहरुको बाक्लो बसोबास रहेको प्रायःजसो सबै ठाउँमा पुगेका थिए । नेपालीहरुसँगको भेटघाटका क्रममा उनी निकै खुलस्त रुपमा प्रस्तुत भएका थिए ।

२१ दिन लामो बसाईका क्रममा अमेरिकाका सांसदहरुलाई समेत भेट्ने मौका नपाएका पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति कोइरालाको स्वागतमा विभिन्न राज्यमा रहेका नेपालीहरुले भव्य कार्यक्रमको आयोजना गरेका थिए । जसमध्ये नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा गरेको स्वागत कार्यक्रम निकै भव्य थियो । उक्त कार्यक्रममा सहभागी हुनेमध्ये केहीले उपहारस्वरुप मोबाइल टेलिफोन लगेका थिए ।

सम्पत्तिका नाममा जम्मा दुईवटा मोबाइल सेट रहेको र ती पनि पुराना भएको दावी कोइरालाले प्रधानमन्त्री रहेकै बेला गरेका थिए ।

आफ्नो देशको प्रधानमन्त्री तथा आफ्ना पार्टीका सभापतिको गतिलो मोबाइल टेलिफोनसमेत नभएको खबरले अमेरिकाबासी नेपालीहरु निकै चिन्तित भएका रहेछन् भन्ने कुरा स्वागत कार्यक्रममा अधिकांशले मोबाइल उपहार दिनुले प्रस्ट देखिएको छ । प्रायः सबैले खादा ओडाउँदै मोबाइल सेट प्रदान गर्दै गरे पनि पाँच सय डलर मूल्यको मोबाइल उपहार दिएका खगेन्द्र जिसीले भने केहीबेर आफ्नो भनाइसमेत राखे । तरुण साप्ताहिकमा खबर छ ।news24nepal



काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार चौथो चरणमा विस्तार हुने भएको छ । राप्रपाको विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि अब केही मन्त्री र राज्यमन्त्री थपिने स्रोतले जनाएको छ । दीपक बोहराले शहरी विकास मन्त्रालय आफ्नो लागि छुट्याएर राखिएको दाबी गरे पनि ओलीले शहरी विकास मन्त्री एमालेकै युवा नेता रविन्द्र अधिकारीलाई बनाउन लागेको स्रोतले जनाएको छ ।

संसद्को विकास समितिको सभापति अधिकारी विकास मामिलामा विज्ञ समेत हुन् । उनलाई शहरी विकास मन्त्री बनाउने तयारी भित्रभित्रै भइरहेको स्रोतले जनाएको छ । अधिकारीलाई मन्त्री बनाउन वामदेव गौतमले पनि दबाब दिएको बताइन्छ ।
त्यस्तै शहरी विकास राज्यमन्त्री रसुवाका सांसद् जनार्दन ढकाललाई बनाउने चर्चा पनि छ । ढकाल निर्माण व्यवसायमा समेत रहेकाले शहरी विकासमा उपयुक्त मानिएका छन् । त्यस्तै एमालेबाट थप कम्तीमा २ राज्यमन्त्री हुनेछन् ।

एमालेले सधैं जित्दै आएको र यसपटक दुवै क्षेत्र जितेका कारण दैलेखलाई राज्यमन्त्री दिँदा अमरबहादुर थापको नाम अघि सारिएको छ । मुगुका मोहन बानिया पनि राज्यमन्त्रीको चर्चामा छन् । त्यस्तै महिला र थारुको प्रतिनिधित्व गराउँदै मञ्जु चौधरीलाई राज्यमन्त्री बनाइने सम्भावना छ । राज्यमन्त्रीमा डोटी २ का प्रेम आले र ताप्लेजुङका डम्बर तुम्बाहम्फेको पनि चर्चा छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
ratopati


पोखरामा गएराति एउटा भारतीय गाडीमा आगो लागेको छ। लेकसाइटमा रहेको युपी ५१ टी ८३११ नम्बरको
बसमा गएराति आगो लागेको हो। आगो कसले लगायो, या बसमा आफैं आगो लागेको हो यसबारे केही थाहा नभएको प्रहरीले जनाएको छ। यद्यपी बसमा पेट्रोल राखिएको भएकाले त्यसैबाट आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।setopati

काठमाडौं, १४ मंसिर । वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशकमाथि थालेको कारबाही प्रक्रियाप्रति अख्तियारले औपचारिक रुपमै असन्तुष्टि जनाएको छ ।
कालोबजारी र बजार अनुगमनका विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता केष्णहरी पुष्करले मन्त्रालयले निगमका अधिकारीमाथि हचुवाको भरमा कारबाही थालेको बताएको कान्तिपुर दैनिकले छापेको छ ।
त्यसप्रति पुष्कर निकै आक्रामक र आक्रोशित शैलीमा प्रस्तुत भए ।
कार्यकारी निर्दैशक गोपालबहादुर खड्काको पूर्णत बचाउ गर्दै कारबाही प्रक्रिया सच्चाउनु पर्नेसमेत उनले बताए ।
dainiknepal

१४ मंसिर, काठमाडौं । सोमबार बिहानै राजधानी बासीलाई भूकम्पले धक्का दिएको छ । बिहान ६ बजेर १० मीनेट जाँदा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शिवपुरी नागांर्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर गएको पराकम्पलाई राजधानीबासीले महसुस गरेका थिए ।
गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेका छन् । यसअघि शुक्रबार काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।
वैशाख १२ गते पछि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।
onlinekhabar

काठमाडौं, १४ मंसिर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली जान लाग्नु भएको छ ।
परराष्ट्रमन्त्री थापा नयाँदिल्ली हुँदै बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा सहभागी हुने र मंगलबार दिल्ली फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि कात्तिक १ गते थापाले भारत भ्रमण गर्नुभएको थियो । उहाँले कात्तिक २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो ।
त्यसक्रममा मन्त्री थापाले सिमानामा भएको आपूर्ति अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । भारतले आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आउनुभएका उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग पुनः त्यही आग्रह गर्ने स्रोतले जनाएको छ ।
थापाले यसपटक प्रधानमन्त्री मोदी तथा अन्य उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छैन । अघिल्लो भेटमा मोदीले नेपालको आन्तरिक समस्या सुल्झाउन सुझाब दिँदै आपूर्ति अवरोध हटाइदिने वचन दिएका थिए ।
dainiknepa


‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्‍यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णत: खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्‍यो’
मंसिर १३, २०७२- दुई महिनायता जारी रहेको भारतीय नाकाबन्दीका कारण नेपाली जनजीवनले नसोचेको संकट बेहोरिरहेका कारण ‘नाकाबन्दी तत्काल खुल्ने अवस्था नआई’ आफू दिल्ली भ्रमणमा नजाने स्पष्ट सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।

भारतीय कम्युनिष्ट पार्टीको निम्तोमा एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आएका एमाले नेता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको औपचारिक निम्तो आइसके पनि ‘नाकाबन्दी समस्या हल नभई भ्रमणमा ननिस्कने सन्देश सुनाएको’ जानकारी गराए । ‘यतिखेर प्रधानमन्त्री ओलीको मुख्य चासो भनेको नेपाली जनताले अनाहकमा बेहोर्नुपरेको पीडालाई सम्बोधन गर्नेतर्फ छ,’ प्रधानमन्त्री बन्नुअघि ओलीका विशेष–दूत बनेर दिल्ली आएका नेता ज्ञवालीले भने, ‘भारत भ्रमणको औपचारिक निम्तो लिएर आउने दूतलाई ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्‍यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णत: खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्‍यो ।’

एमालेका सचिव ज्ञवालीले ‘छिमेकी प्राथमिकता’ भन्दै अहिले नेपाललाई गरिएको भारतीय व्यवहारमा कहींकतै मेल खान नसक्ने भन्दै भारतले आफ्ना नीतिहरुको पुनरावलोकन गर्नैपर्ने अडान दिल्लीमा भेटिएका नेपाल मामलामा शुभेच्छा राख्ने दलीय नेताहरुसमक्ष सुनाएका छन् । ‘दिल्ली आएर कुन दलका कुन नेताले के आश्वासन र प्रतिबद्धता जनाएका हुन्, मलाई अरुका बारेमा थाहा छैन,’ नेता ज्ञवालीले भने, ‘तर मैले भने मोदी सरकार र भारतीय जनता पार्टीसम्बद्ध सत्ताधारी नेताहरुसँग नेपालको शान्ति प्रकृयामा जोडिएको संविधानमा सकारात्मक बनिदिन आग्रह गरेको थिएँ ।’

नेता ज्ञवाली नेपालमा संविधान जारी हुनुअघि गत सेप्टेम्बर १५ देखि तीन दिने दिल्ली दौडाहामा आएका थिए ।

– प्रदीप परियार
झापा, १३ मंसिर । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा (एसएसबी)का जवानहरुले नेपाली महिलामाथि बलात्कारको प्रयास गरेको खुलासा भएको छ ।
बलात्कार प्रयास गरेका एसएसबीका १३ जवानलाई नेपाली प्रशासनले कारवाही गर्नको साटो विनाशर्त भारतीय सुरक्षाकर्मीलाई बुझाइएको छ ।
घटना सामान्य भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी भिमबहादुर दाहाल र सशस्त्र प्रहरीका डिएसपी प्रेम प्रसाईले भारतीय सुरक्षा अधिकारीलाई दशजगामा पुगेर अंकमाल गर्दै बुझाएका हुन् ।
शनिवार मध्य रातमा नेपाल प्रवेश गरेका एसएसबीका १३ जवानले केचनामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टसँगै जोडिएको घरमा छिरेर बलात्कारको प्रयास गरेको स्थानीयले जानकारी दिएका छन् । लाल मियाँको घरमा पसेर एसएसबीका जवानले उनीकी श्रीमतीलाई लछार–पछार गर्दै श्रीमानमाथि कुटपिट समेत गरेको पीडितको भनाई छ । सशस्त्र प्रहरी बलसँग टाँसिएको घरमा आएर एसएसबीका जवानले दुव्र्यवहार गर्नु सशस्त्र प्रहरीको कमजोरी भएको स्थानीयवासीले अरोप लगाएका छन् ।

पक्राउ परेका एसएसबीका जवानसँग सोधपुछ गरिदै
लामो समयदेखि सीमा क्षेत्रमा नेपालीमाथि दुव्र्यवहार गरिरहेको एसएसबीले सीमादेखि डेढ किलोमिटरभित्र नेपाली भूभागमा छिरेर यस्तो हर्कत गर्नु सामान्य नभएको स्थानीय नेता खड्ग लिम्बूले बताएका छन् । उनले स्थानीय सुरक्षाकर्मीको लापरवाही गरे गर्दा एसएसवीको मनोवल बढेको अरोप लगाएका छन् । तीन दिनअघि भएको सुपारी काण्डले सिर्जना गरेको अवस्था शान्त हुन नपाउँदै एसएसबीले हतियारसहित नेपाल प्रवेश गर्दा स्थानीय त्रसित बनेका छन् ।
हतियारसहित नेपाल प्रवेश गरेर बलात्कार प्रयास गर्ने, कुटपिट गर्ने एसएसवीलाई बिना कारवाही भारत फिर्ता गर्दा यस्तो घटना फेरि दोहोरिन सक्ने भन्दै स्थानीयले सुरक्षाको मजबुत व्यवस्था गर्न माग गरेका छन् ।
राति १२ बजे नै एसएसबीका जवानहरु नकाव लगाएर नेपाली भूमिमा छिरेका थिए । स्थानीय भन्छन्– ‘सधैं बाँसघारीमा लुकेर बस्छन् । समय पायक हुँदा नेपालीको घरमा पुगेर खान तलासी गर्ने, हप्कीधप्की गर्छन् ।’ मध्यरातमा नेपाल प्रवेश गरेका एसएसबीका जवानले मियाँको घरमा बलात्कार प्रयास गरेपछि होहल्ला भएको थियो । होहल्ला हुनासाथ स्थानीयबासी र सशस्त्र प्रहरीले एसएसबीका जवानलाई नियन्त्रणमा लिन सफल भए । आइतबार बिहान ६ बजे उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । नियन्त्रणमा लिइएका जवानलाई नेपाल–भारतका सुरक्षा निकायका उच्च अधिकारसँग छलफल गरेर सात घण्टापछि दशगजा पुगेर जिम्मा लगाइयो । किसनगञ्ज एसएसबीका सहायक कमाण्डर डिबी नेगीले १३ जवानलाई बुझेका छन् । उनले जवानलाई सुरक्षित जिम्मा लगाएकोमा धन्यवाद दिँदै नेपालका अधिकारीहरुलाई फर्काइ दिएका थिए ।
स्थानीय नागरिकले अनुसन्धान गरी कारवाही गर्न माग गर्दा–गर्दै उनीहरुलाई भिआइपी स्कटिङसहित दशगजा पुर्याइएको थियो । पक्राउ पर्नासाथ स्थानीयले सशस्त्र प्रहरी बल अगाडि नारावाजी समेत गरेका थिए । उनीहरुले एसएसबीको दमन बन्द गर्न माग गर्दै नारावाजी गरे । नाकाबाट तेल तस्करी गरेर ल्याउनेलाई लखेट्दै नेपाल प्रवेश गरेको बताइए पनि स्थानीयले सो कुरा झुटो भएको बताए । प्रशासनले एसएसबीको बचाउ गर्न तेल तस्करीलाई लखेट्दै आएको बताएको थियो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भारतीय सुरक्षा अधिकारीले घटना नदोहोरिने बताएपछि उनीहरुलाई बुझाइदिएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध सुधार गर्न समेत सामान्य प्रक्रियाबाट फिर्ता पठाइएको बताए । उनले भने – ‘सीमा सुरक्षा समस्या छ सहकार्य गरेर सुरक्षा व्यवस्था मिलाउँछौं ।’
जिल्ला प्रशासन कार्यालयले १३ जना एसएसबीको नाम समेत उपलब्ध गराएन । एक हप्ताअघि केचना-५का कृष्णप्रसाद यादवको घरमा आएर एसएसबीका जवानले श्रीमती र छोरालाई कुटपिट गरेर भागेका थिए । उनीहरुले यादवको भाईको ट्याक्टरमा रहेको तेलसमेत झिकेर लगेका थिए । यादवले एसएसबीको दमन सहन नसक्ने बताउँदै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन् । नेपालीले भारत प्रवेश गर्दा सीमामा काँधमा साइकल बोकेर हिँड्नुपर्ने टिका तिम्सिना बताउँछन् । एसएसबीले दिइरहेको दुःख नेपाली सुरक्षाकर्मीले नदेखेपछि झापा दक्षिणी भेगका नागरिक कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । स्थानीयवासीका अनुसार मित्तलको चिया बगानसम्म आएर एसएसबीले चेकजाँच गर्ने गरेका छन् । धेरैले सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिन नसकेको अरोप लगाएका छन् । उनीहरुले सीमानामा नेपाली सेना राख्न माग गरेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाका इञ्चार्ज प्रहरी निरीक्षक भिमलाल चौधरीको लापरवाहीले दक्षिणी भेगमा सुरक्षा कमजोर भएको बताइएको छ । बेलाबेला एसएसबीका जवान तीन किलोमिटर भित्रसम्म प्रवेश गरेर फर्किदा समेत कुनै ‘एक्सन’ नलिएको बुझिएको छ । घटनास्थल पुगेका सञ्चारकर्मीलाई नजिकै रहेको सशस्त्र प्रहरी बल प्रवेश गर्न समेत रोक लगाइएको थियो ।
dainiknepal

काठमाडौँ, १३ मङ्सिर । गत वैशाख १२ गते गोरखाको बारपाक आसपास केन्द्रबिन्दु बनाइगएको भूूकम्प तथा त्यसपछिका पराकम्पनपछि राहत तथा उद्धारका क्रममा सरकारी निकायले करोडौँको भ्रष्टचार गरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले राहतमा भएको भ्रष्टाचारबारे आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै भ्रष्टाचारमा तल्लोदेखि माथिल्लो निकायसम्मको संलग्नता देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ र नुवाकोटमा किनेको सामानको दोलखाबाट बिल बनेको देखिन्छ, नेपालमा पाइने त्रिपाल दिल्लीबाट किनेको बिल बनाइएको जस्ता धेरै अनियमतिताका उदाहरण देखिएको छ ।”
सरकारी निकायका पदाधिकारीले पद ओगट्ने र अमानवीय कार्यमा लाग्ने गरेको अनुसन्धानका क्रममा देखिएको उहाँले बताउनुभयो । भूकम्पपछि तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न प्रधानमन्त्री राहत कोषबाट रु १५ अर्बभन्दा बढी रकम तथा नियमित बजेटबाट समेत खर्च भएको उल्लेख छ ।
भूकम्प प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि पठाइएका राहत सामग्रीको दुरूपयोग भएको, राहत वितरण कार्य सुगम क्षेत्रमा बढी केन्द्रित भएको, वास्तविक पीडितसमक्ष राहत सामग्रीहरू नपुगेको, सरकारी रकम मापदण्ड विपरीत खर्च गरिएको, केही व्यापारी तथा उद्योगपतिहरूले आपत्कालीन अवस्थालाई अवसरका रूपमा प्रयोग गरी राहत सामग्रीको नामबाट भन्सार छुट सुविधा लिई व्यापारिक प्रयोजनमा प्रयोग गरेको लगायतका समाचार र उजुरीबारे छानबिन गरी प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ ।
दुरुपयोग र अनियमितता बारेमा सुझाव दिने उद्देश्यले आयोगको साउन ३१ गतेको निर्णयअनुसार छानबिन कार्यटोली गठन भई आवश्यक छानबिन, स्थलगत अध्ययन एवम् तथ्याङ्क सङ्कलनपश्चात् तयार प्रतिवेदन तयार गरिएको आयोगले जनाएको छ ।
भूकम्पबाट पुगेको क्षतिको तथ्याङ्क सङ्कलन र मूल्याङ्कन गर्न केन्द्रबाट प्राविधिकसहितको टोली खटिएकामा जिल्लाका कतिपय दुर्गम स्थानमा नपुगी चौतारामा बसी, स्थानीय दबाब र प्रभावमा परी, छोटो समयमा प्रतिवेदन तयार गरेको, कतिपय स्थानमा वास्तविक पीडितको पहिचान हुन नसकेको, घरधुरी सङ्ख्या बढाई गैरपीडितले समेत राहत रकम तथा भूकम्प पीडित परिचयपत्र लिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘२०६८ सालको जनगणनामा उल्लिखित घरधुरी सङ्ख्या र क्षति भएका घरघुरी सङ्ख्याको तुलनात्मक अध्ययन, दोहोरो राहत रकम लिनेहरूबाट रु ३२ लाखभन्दा बढी असुली भएको र फिर्ता हुने क्रम जारी रहेको तथ्यबाट पुष्टि हुने देखियो । भविष्यमा सरकारका तर्फबाट प्रदान गरिने सहुलियत ऋण लगायतका सुविधाहरु उपलब्ध गराउँदा सरकारलाई अनावश्यक थप आर्थिक व्ययभारसमेत पर्न जाने देखियो ।’
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी अध्यादेश तर्जुमा भए तापनि सोअनुसार ऐन बन्न नसक्दा दातृ निकाय तथा मित्रराष्ट्रहरूबाट पुनर्वास एवम् पुनर्निर्माण कार्यक्रम सञ्चालनका लागि प्राप्त अनुदान रकम तथा प्रतिबद्धता भएबमोजिमको रकम प्राप्त नहुने अवस्था देखिएकाले तत्काल प्राधिकरण गठन गर्न आयोगले सुझाव दिएको छ ।
संरक्षण कार्यालयले खरिद गरेको तयारी तारजालीको नमूना परीक्षण गर्दा २७ दशमलव ३० किलो तौल हुनुपर्नेमा १८ दशमलव ९ किलो मात्रै पाईएकोले प्रतिवेदनमा उल्लेख छ ।
अस्थायी सिकाइ केन्द्र निर्माण लगायतका शीर्षकमा रु एक अर्ब १० करोड ९८ लाख ५६ हजार र एसियाली विकास बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त हुन आएको रु ३० करोडसमेत शिक्षा मन्त्रालयलाई उपलब्ध गराइएकामा अस्थायी सिकाइ केन्द्र निर्माण गर्दा नाप, प्रयोग भएको सामग्री, ज्यालालगायतका विषय स्पष्ट नखुलाई एकमुष्ट खर्च गरेको रकम दाबी गरी पेस्की फछ्र्योटका लागि पेस गरेको देखिएको आयोगले जनाएको छ ।
कृषि विकास मन्त्रालयबाट जेठ ६ गते दुई करोड ५० लाख पशु स्वास्थ्य निर्देशनालयलाई मृत पशु व्यवस्थापन तथा घाइते पशुपक्षीको उपचारका लागि भनी भूकम्प गएको झन्डै एक महिनापश्चात् रकम निकासा गरिनु सान्दर्भिक नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
विभिन्न निकायबाट भूकम्पपीडितका लागि राहतस्वरुप खरिद गरिएको त्रिपालको गुणस्तर परीक्षण नगरिएको, कम मूल्यमा खरिद गरी बढी मूल्यमा आपूर्ति गरेको, फरकफरक आपूर्तिमा छुट्टाछुट्टै गुणस्तर परीक्षण गर्नुपर्नेमा सो नगरेकामा उल्लेख भएअनुसार तयारी त्रिपाल आपूर्ति नगरी कच्चा त्रिपाल आपूर्ति गरेको अनुसन्धानका क्रममा भेटिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘स्थानीय स्तरमा खरिद गरिएका त्रिपाल, खाद्य सामग्री, खानेपानी पाइप तथा फिटिङ्स, तारजाली लगायतमा एउटै मापदण्ड अपनाएको, छोटो प्रक्रियामार्फत खरिद गर्दा अपनाउनुपर्ने प्रक्रियाहरू जस्तै, नमुना सङ्कलन, परीक्षण, सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जानकारी गराउनुपर्ने लगायतको कार्य गरेको तथा अन्य सरकारी निकायबाट उल्लिखित सामग्री के कति मूल्यमा खरिद भएको छ भन्ने सम्बन्धमा सूचना लिने तथा खरिद मूल्यको तुलना गर्ने जस्ता कार्य गरेको देखिएन ।’
छानबिनपश्चात् देखिन आएका गम्भीर विषयमा आयोगका तर्फबाट थप छानबिन भइरहेको र छानबिन सम्पन्न भएपछि दोषीमाथि मुद्दा दायर गरिने प्रवक्ता पुष्करले जानकारी दिनुभयो । रासस
dainiknepal

काठमाडौं, १३ मंसिर । बंगलादेशका प्रधामन्त्री सेख हसिनाले नेपाललाई बंगलादेशबाट सहयोग लैजान प्रस्ताव गर्नुभएको छ ।
भारतको नाकाबन्दीकाबीच उहाँले आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न नेपालसँग प्रस्ताव गर्नुभएको हो ।
प्रधानमन्त्री हसिनाले बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा नेपालसँग व्यापार विस्तार सहयोगको प्रस्ताव गर्नुभएको प्रधानमन्त्रीका प्रेस सेक्रेटरी इन्सानुल करिमले जानकारी दिनुभयो ।
ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको समेत बताउनुभयो ।
dainiknepal

अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाल भारतबीचको सम्बन्ध नमुना सम्बन्धका रुपमा हेरीएको थियो ।
तर, अहिले नेपाल र भारतकाबीच शत्रुवत् सम्बन्ध कायम भैरहेको छ । यस्तो अवस्थामा नेपालमा भारतले नाकाबन्दी गरेको छ कि, नेपालमा लामो प्रतिक्षापछि संविधान जारी भएको छ ।
भारतीय राजदुत रणजित रायले पनि नेपाल भारतबीचको असल सम्बन्ध सिवस्तारै खराब हुँदे गएको बताएका छन् । राजदुत रायले खराब भएको सम्बन्ध पहिलाकै अवस्थामा फर्काउन आफुले प्रयत्न गरिरहेको पनि बताएका छन् ।
उनले भारतको नीति पुरै नेपालकालागि भएको र कुनै एक समुदायसँग सम्बन्धीत नभएको पनि प्रष्ट पारिसकेका छन् । रायले नेपालमा स्थिरता र शान्ति भारतको पहिलो शर्त भएको बताएका छन् ।
उनले नेपाल विविधतापुर्ण देश भएकाले पनि केही भाषीक र प्राविधिक समस्याले गर्दा नेपालमा समस्या देखिएको बताएका छन् ।
यस्तो अवस्थामा अब नेपालको राजनीतिक सम्बन्ध सुधार गर्न सकेमा नेपाली जनताको हित हुने उनको तर्क छ ।
भारतले नेपालमा संविधान जारी भएको भोलिपल्टदेखि लगाएको नाकाबन्दी अझै जारी छ र उस्ले आफ्नो स्वार्थ पुरा नभएसम्म नाकाबन्दी लादिरहन्छ भन्ने विश्लेषण पनि गरिएको छ ।
तर, राजदुत राय भने नेपालको आन्तरिक मामलाका कारण समस्या भएको र भारतको नेपालमा कुनै स्वार्थ नरहेको दाबी गरिरहेका छन् ।
हुनत आलोचकहरुले आरोप लगाएका छन् कि भारतले नेपालको आन्तरिक मामलामा नराम्रोसँग दख्खल लगाउन खोजेको छ र भारत राजनीतिक रुपमा एक समुदायलाई समर्थन गरेर बाँकी नेपालसँग दुश्मनी साँध्न खोज्दै छ ।
तर, राजदुतले भारत कहिल्यै यस्तो गर्ने मुडमा नरहने दाबी गरिरहेका छन् । करिब ८७ प्रतिशत मतकासाथ पारित संविधान भारतले नमान्नुको खास कारण संविधानमा हिन्दु शब्द नराखिनु नै भएको विश्लेषकहरुको दाबी छ ।
तर, राजदुत राय यो कुरा पनि मान्न तयार छैनन् । भारतले हरेक किसिमले नेपाललाई आफ्नो प्रभावमा पार्ने दाउ खोजीरहेको तर, वर्तमान वली सरकारले राष्ट्रियताको सवालमा टसकोमस नहुने संकेत गरेपछि भारत बाटो बिराइएछ भन्ने मुडमा पुगेको बताइन्छ ।
अनि भारतको संस्थापनले राजदुत रायलाई कुनै यस्तो बाहना खोज्न लगाएको बताइन्छ कि, नाकाबन्दी हटाउने महत्वपुर्ण कडी बनोस् ।
नत्र, नेपालले आफ्नो व्यापार चीनतिर लम्काउन सक्ने छ । भारतले, आफ्नै उक्साहटमा उचालेको मधेसवादी दलहरुलाई संसदमा फर्काउको र अअब, सानै भएपनि सहमति गराएर नाका अबरोध हटाउन लगाएर नाका खोल्ने दाउ खोजिरहेको छ। यसकालागि राजदुत राय आफैं लागिपरेका छन् ।
उनी भारतलाई नेपालमा असफल बन्न नदिनकालागि घुँडा टेकेर भएपनि ओली सरकारसँग सम्झौता गर्ने मुडमा पुगेका छन् र मधेसवादी दलका नेताहरुलाई पनि यही सन्देश प्रवाह गरेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राजदुत रायलाई नेपालसँग बाहना खोजेर सहमति गराउन दवाव दिएका छन् ।
उनले नेपाल नझुक्ने देखिएकाले नेपालमा भारतीय प्रभाव कायम राख्ने हो भनेपनि नेपालसँगको विग्रदो सम्बन्ध कम्तीमा यतीमै सिमित राख्ने उपाय खोजी गरि जानकारी गराउन राजदुतलाई निर्देशन दिएको स्रोतको दाबी छ । परिणाम आउन भने अझै दुइचार दिन कुर्नुपर्ने छ ।
nepalsandesh

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget