फुटबल खेलाडीद्धय विमल र नवयुग सहित प्रशिक्षक उपेन्द्रमान सिंह सम्मानित

१२ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताअन्तर्गत फुटबलमा स्वर्ण पदक बिजेता खेलाडीद्धय बिमल घर्तीमगर र नवयुग श्रेष्ठ सम्मानित भएका छन् । काठमाडौमा नेक्सस् एकेडेमीले शनिबार एक कार्यक्रम गरी
सागमा स्वर्ण पदक दिलाउन महत्वपुर्ण योगदान गरेका खेलाडीद्धय घर्तीमगर र श्रेष्ठलाइ नगद सहित सम्मान गरेको हो । सो अवसरमा राष्ट्रिय टिमका गोलकिपर प्रशिक्षक उपेन्द्रमानसिंहलाइ पनि सम्मानित गरिएको थियो । एकेडेमीले सम्मानित खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ११ हजार १ सय ११ रुपैंया र कदरपत्रले सम्मान गरेको थियो । सागमा नवयुगले सर्वाधिक ७ गोल गर्दै नेपालले २३ वर्षपछि सागमा स्र्वण पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालले दुई महिनाको अवधिमा दुई ठुला उपाधि जित्दा विमलको भूमिका पनि महत्वपूर्ण रहेको थियो । त्यस्तै, नेपालले बंगबन्धु गोल्ड कप फुटबलको उपाधि जित्दा उपेन्द्रमान सिंह गोलकिपर प्रशिक्षक थिए ।
 News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget