चीनसँग जोडिएका सुदूरपश्चिमका नाका खोल्छौंः उपप्रम रावल

अछामः उप–प्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सुदूरपश्चिमबाट चीनसँग जोडिएका नाका खोल्न  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला छलफल हुने बताएका छन् ।

आज अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले सो कुरा बताएका हुन् ।


दार्चुलाबाट ताक्लाकोटसम्मको र बझाङको चैनपुर–ताक्लाकोट सडक सञ्चालनका लागि चीन भ्रमणका क्रममा छलफल गरिने मन्त्री रावलले बताए ।

उनले स्थानीय निकायको चुनाव तत्कालन गर्न सबै दलहरुको सहमति आवश्यक रहेको बताए । मन्त्री रावलले स्थानीय निकायको चुनाव गर्न अहिले संविधानको कार्यान्वयन आवश्यक रहेकाले त्यसमा पनि कांग्रेस लगायतका दलहरु एक हुनुपर्नेमा जोड दिए ।

अहिले सरकार परिवर्तनको समय नभएको बताउँदै उनले कांग्रेसले पनि वर्तमान सरकारमै सहभागी भएर संविधान कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

मन्त्री रावल जिल्ला विकास समिति अछामको शनिबार हुने जिल्ला परिषद् बैठक उद्धघाटन गर्न अछाम आएका हुन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget