February 2016

काठमाडौं, १८ फागुन । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा शंकास्पद बस्तु भेटिएको छ ।
उक्त शंकास्पद वस्तु बम हुनसक्ने आशंका गरिएको छ । सिंहदरबारको दक्षिण गेटतर्फ राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंकामा अहिले त्यस क्षेत्रलाई खाली गरिएको छ ।
पानी शुद्ध पार्ने मेसिनजस्तो आकारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र अहिले आफूहरु बम निस्कृय पार्ने टोलीसहित घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
बम निस्क्रिय पार्न नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ । बम भेटिएको खबर फैलिएपछि त्रास पैदा भएको छ ।
dainiknepal

काठमाडौँ ,सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिलखाया ,पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेको भन्दै मरणोपरान्त वीरता पदक दिने निर्णय गरेको छ ।

News24Nepal

काठमाडौं, फागुन १८ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा खेलाडीहरु बिमल घर्ति मगर, अन्जन बिष्ट र अनन्त तामाङलाई स्पेनिस क्लब मार्बेला युनाइटेडले अनुबन्ध गरेको छ ।
स्पेनको तेस्रो डिभिजनको क्लब मार्बेला युनाइटेडले आफ्नो फेसबुक पेज मार्फत तिन नेपाली युबा खेलाडीहरुलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।
क्लबले आफ्नो २०१६ को युरेपियन टुर अन्तर्गत जर्मनी, होल्याण्ड र बेल्जियममा हुने खेलहरुका लागी नेपाली फुटबलर बिमल, अन्जन र अनन्तलाई अनुबन्ध गरेको बताएको छ ।
imagekhabar

काठमाडौँ, १८ फागुन - पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी केही दिनअघि भेट भएका छन्।

पारसको फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोह उनीहरु भेट भएका हुन्। विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका छन्।

२०७१ को १९ चैतमा पूर्व युवराज पारस नेपाल फर्किए पनि उनको हिमानीसँगको सम्बन्ध राम्रो छैन। पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन्। थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो।

युवराज भएपछि एभरेस्ट होटलमा आफ्नी श्रीमती हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै विगतमा नै पारस विवादमा तानिएका थिए। हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि सो घटना गुपचुप नै राखिएको थियो।

२०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो। बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए।

पारस थाइल्यान्डमा रहँदा पनि उनी पटक पटक लागू पदार्थ राखेको अभियोगमा समातिए, जेलसमेत परे। हिमानी भने काठमाडौँमा रहेर समाजसेवामा लागिन्। थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन्।

पहिलो पोस्टबाट

स्याङ्जा घर भई नवलपरासीको गैंडाकोटमा होटल चलाउँदै आएका जयदेव पौडेल शुक्रबार जन्ती लिएर चितवनको नारायणघाट आए।

तीन महिनादेखि प्रेमसम्वन्धमा रहेकी सुषमा लामिछानेसँग उनको शनिबार बिहे हुँदै थियो। प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटलमा बसे। नयाँ पत्रिका दैनिकमा समाचार छ।

१५ दिनदेखि उनी प्रेमिकासँग बस्दै आएका थिए। शनिबार मन्दिरमा बिहेको तयारी थियो। बिहान उनी दाह्री काट्ने तयारीमा लागे। प्रेमिका पनि गहना र नयाँ कपडा लगाएर सजिइन्।

मेकअफ गर्न हिडेकी प्रेमिका फर्किनन्

 बिहेका लागि पौडेलले ल्याएको करिब पाँच तोला सुनका गहना लगाएर सुषमा मेकअप गर्न भनेर होटलबाट ब्युटिपार्लरतिर लागिन् । तर, डेढ घण्टा वित्दा पनि उनी नफर्किएपछि पौडेलले मोबाइलमा फान सम्पर्क गर्न खोजे। तर, फोन स्विच अफ थियो।

तयार भइसकेका जन्तीसहित प्रेमको घन्टौं कुर्दा पनि सुषमा नफर्किएपछि पौडेलले प्रेमको नाटकमा आफू ठगिएको थाहा पाए। त्यसपछि उनी प्रहरीकहाँ पुगे।  गोरखा घर बताउने ती २२ वर्षीया युवतीले तीन महिनासम्म प्रेमिकाका रुपमा पौडेलसँग बसेर बिवाहको नाममा ठगी गरेकी हुन्।

तीन महिनाअघि चिनजानले डुबायो

३५ वर्षीय पाैडेल पाँच वर्ष दुबई बसेर नेपाल फर्किएका हुन्। विदेशमा पसिना बगाएर कमाएको पैसाले उनले नवलपरासीको गैंडाकोटमा पाैडेल खाजा घर खोलेका थिए। त्यही खाजाघरमा सुषमासंग उनको करिब तीन महिना अघि चिनजान भएको हो।

पौडेललाई यसरी फसाइन् प्रेमिकाले

सुषमाले आफ्ना  बुबाआमा बितिसकेकाले नारायणघाटस्थित मामाले आफ्नो बिहे गरिदिने बताइन्। मामा धनी व्यक्ति भएकाले देखाउनका लागि मात्र भएपनि केही गहना चाहिने बताइन्। पौडेलले पनि केही किने भने केही आफन्तसंग मागेर गहना सुषमालाई दिएका थिए। तर सुषमाले त्यही गहना फुत्काउन तीन महिनासम्म प्रेमको नाटक गरेकी थिइन्। नक्कली प्रेममा पौडेलले करिब तीन लाख गुमेको छ। प्रेम र विवाहको नाममा युवतीले ठगी गरेको र उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणघाटका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए। setopati

Nepal’s men football team will battle it out against hosts India to secure their first South Asian Games gold in the category in 23 years. The match is scheduled to start at 7:15 Nepal Time at the Indira Gandhi Stadium in Guwahati, India.

Nepal secured a berth in the finals after defeating Maldives by 4-3 in a staggering final minute comeback. In their opening match in the group stage, Nepal had cruised to a 5-0 victory over Bhutan but had suffered a defeat at the hands of Bangladesh by two goals to nil.

Meanwhile, India made a tentative start to their campaign with a 1-0 loss to Sri Lanka but bounced back to beat Maldives 3-2 to reach the semi-finals as group runners-up. They improved on their performance and were clinical against Bangladesh in a 3-0 victory.

Nepal have won SAG football tournament two times in the past – in 1984 and 1993. In 1999, Nepal were defeated in the final of eighth Saff Game by Bangladesh. The team entered the finals of the tournament for the first time in 17 years by defeating Maldives.

Only the national under-23 team is eligible to play in the SAG men’s football category, with three players over the age of 23 permitted in each team. Nepal are pinning hopes on striker Nawayug Shrestha, who heads into the final on a fine run of form. Shrestha completed a hat-trick–his third in a month in all competitions–to give Nepal the thrilling semi-final win on Saturday.

Coach Raju Kaji Shakya knows they are in for a tough battle against the home side. “India are the best team in South Asia and they have been playing really well at the Games. It won’t be easy playing them, with a partisan home crowd rooting them to the hilt,” he said.
npnewsportal

एजेन्सी– उत्तर कोरियाका तानाशाह किम जोङसँग यस्ता हतियार छन् जसले वास्तवमै विश्वलाई तहसनहस पार्न सक्छ । उनले पछिल्लो गतिबिधिलाई हेर्ने हो भने पनि यसको खतरा देखिन्छ । छिल्लो समय परीक्षण गरिएको हाइड्रोजन बम र अमेरिकासम्म हान्न सक्ने मिसाइल त्यसका केही उदाहरण हुन् । यही हतियारको बलमा किम आफ्नो छिमेकी देश दक्षिण कोरिया, जापान, अमेरिका जस्ता शक्तिशाली देशमा विध्वंस मच्याउन सक्छन् ।

टाइपोडोङ–३ मिसाइलः
उत्तर कोरियाको सबैभन्दा खतरनाक र सबैभन्दा लामो दूरीसम्म मार हान्न सक्ने मिसाइल हो यो । यसको मारक क्षमता १० हजार किलोमिटर भन्दा बढी छ ।
टाइपोडोङ–२ मिसाइलः
किमको महाविनाशका लागि प्रयोग गरिने मिसाइलको दोश्रो लिस्टमा रहेको मिसाइल हो यो । यसको मारक क्षमता ६ हजारदेखि ९ हजार किलोमिटरसम्म रहेको छ ।




टाइपोडोङ–१ मिसाइलः
टाइपोडोङ श्रेणिकै एक अर्को मिसाइलको रुपमा उत्तर कोरियासँग यो मिसाइल रहेको छ । जसको मारक क्षमता २ हजार देखि २९ हजार किलोमिटरसम्म रहेको छ ।
मुसुडान मिसाइलः
टाइपोडोङ बाहेक उत्तर कोरियासँग दोश्रो श्रेणीको यो घातक हतियार पनि छ । यस मिसाइलको मारक क्षमता २५०० देखि ३५०० किलोमिटरसम्म रहेको छ ।
उनीसँग यस्ता विश्वका शक्तिशाली थुप्रै मिसाइल छन् । त्यसैले पनि अमेरिका, चीन, जापान जस्ता विश्वकै शक्तिशाली राष्ट्र उत्तर कोरियालाई टक्कर दिन डराउँछन् ।

 News24Nepal

काठमाण्डौ १८ फागुन – चीनले वैशाख १२ को शक्तिशाली भूकम्पपछि बन्द मुलुकको सबैभन्दा ठूलो उत्तरी नाका ुतातोपानी–खासाु नखोल्ने संकेत गरेको छ । नेपालले भूकम्पसँगै बन्द गरिएको तातोपानी नाका र खासास्थित चिनियाँ भन्सार खुलाउन पटक–पटक गरेको आग्रहमा जवाफ पठाउँदै चिनियाँ अधिकारीले भौगोलिक कारण उक्त नाका सधैंका लागि बन्द हुन सक्ने जनाउ दिएको हो।
भूकम्पलगत्तै नाका सञ्चालन नगर्न विभिन्न बहाना देखाएको चीनले पछिल्लोपटक खासाको भौगर्भिक अवस्था मानव बस्न लायक नभएको जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले चीनले खासामा पहिलेजस्तै भन्सार र अध्यागमन कार्यालय राखेर सञ्चालन गर्न सम्भव नभएको जानकारी दिएको बताए ।
अर्याल सरकारले यो नाका सञ्चालनमा ल्याउने व्यवस्था गर्न गठित कार्यदलका संयोजक हुन् ।
ुभूकम्पपछि खासाको भौगर्भिक अवस्था अध्ययन गर्दा मानव बस्न लायक नदेखिएकाले नाका सञ्चालन गर्न कठिनाइ हुने देखिन्छ,ु परराष्ट्र मन्त्रालयलाई केही समयअघि चीनले पठाएको पत्रमा भनिएको छ । अर्यालका अनुसार खासामा भन्सार र अध्यागमन कार्यालय राख्न नसक्ने, यातायात भने सुचारु गर्न सकिने पत्रमा उल्लेख गरेको छ ।
नाकामा भन्सार र अध्यागमन कार्यालय स्थापना नभएपछि यातायात सुचारु भए पनि कुनै अर्थ नरहने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जनाए । ुभन्सार र अध्यागमन कार्यालय नभए न मालसामान आयात–निर्यात गर्न सकिन्छ न मान्छे नै ओहरदोहर,ु ती अधिकारीले भने । ती अधिकारीका अनुसार भन्सार र अध्यागमन कार्यालय खोल्न नसकिने भन्नु नै नाका बन्द गर्नु हो । अर्याल भने चीनले खासा नाका बन्द गरिनसकेको बताउँछन् । उनले दुई मुलुकबीच यसबारे अझै छलफल हुने जानकारी दिए ।
सरकारले भूकम्पपछि अनौपचारिक र औपचारिक रुपमा धेरैपटक नाका सुचारु गर्न चीनलाई आग्रह गर्दै आएको थियो । चीनको पछिल्लो पत्र पाएपछि भने परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारी आगामी दिन खासा नाका सञ्चालनमा नआउनेमा विश्वस्त छन् ।
भारतको अघोषित नाकाबन्दीसँगै उत्तरी छिमेकीसँगको सबैभन्दा धेरै व्यापार हुने यो नाका सञ्चालनका लागि सरकारले महत्व दिँदै आएको छ ।
नागरिक दैनिकबाट

काठमाडौं, १७ फागुन । सशस्त्र प्रहरीका बलका पूर्व महानिरीक्षक (आईजीपी) सनतकुमार बस्नेत पनि अख्तियारको फन्दामा परेका छन् ।
यसअघि संगठनका निलम्बित आईजीपी कोषराज वन्त, पूर्व आईजीपीद्धय शैलेन्द्र श्रेष्ठ र वासुदेव वलीविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ । बाँकी रहेका सनतमाथि अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
२०६६ वैशाखदेखि ०६८ साउनसम्म सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सामान ढुवानीमा भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारले बस्नेतसँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ बिगोदाबी गरेको छ ।
dainiknepal


विकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत बेलायतले नेपाललाई अनुदान सहायता स्वरुप २ अर्ब ३० करोड रुपैया प्रदान गर्ने भएको छ । अनुदान सहायता सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ ।





अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग डीएफआइडीका नेपाल प्रमुख डा. गेल मार्टेजीले एक समारोहबीच हस्ताक्षर गर्नुभयो ।
चार वर्ष सम्म संचालन हुने विकासका लागि क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत सहायताको रकम नीति निर्माण तहमा प्रमाणको प्रयोग गर्ने र संस्कृति प्रवद्र्धन गर्न कार्यमा खर्च गरिने सम्झौतामा उल्लेख छ ।


News24Nepal

मोगादिसु, सोमालियाको एक रेष्टुरेन्टमा भएको दुईवटा बम आक्रमणमा कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।


सोमालियाको बाइदोआमामा रहेको एक प्रख्यात रेष्टुरेन्टमा भएको यस विस्फोटमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६१ जना घाइते भएका क्षेत्रीय गभर्नर अब्दुराहिद अब्दुलाहिले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।



घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अब्दुलाहिले थप जानकारी दिनु भएको छ । क्षेत्रीय राजधानीमा अवस्थित यस प्रख्यात रेस्टुरेन्टमा आइतबार अपराह्नमा एक कारबम अर्को आत्मघाती आक्रमण गरिएको अर्को एक प्रहरी अधिकारी अब्दी हरेदले जानकारी दिएका छन् ।

भीडभाड रहिरहने यस इलाकामा सावधानीपूर्वक सो विस्फोटन गराइएको गभर्नर अब्दुलाहिले बताउनु भएको छ । अल कायदासँग आवद्ध सेबाब जिहादीहरु यस आक्रमणको जिम्मेवारी लिएका छन् । रासस÷एफएफपी

डाक्टर महाबिर पुनको नेपाल सरकारलाई खुल्मखुला चुनौतीः के नेपाल सरकार र राजनैतिक दलमा हिम्मत छ ?
– महाबिर पुन
१० हजार MW मात्र होइन २० हजार MW बिजुली निकाल्न पनि सम्भव छ । त्यति मात्र होइन, ४ बर्ष भित्रमा नेपालको हरेक कुना काप्चा र गाउँहरुमा broadband इन्टरनेट पुर्याउन पक्कै सकिन्छ । ५ बर्ष भित्रमा नेपालमा पर्यटनको बिकास गरि हालको भन्दा ५ गुना धेरै पर्यटक भित्र्याउन पक्कै सकिन्छ । १० बर्ष भित्रमा नेपालमा एउटा Silicon Valley बनाउन पक्कै सकिन्छ, १५ बर्ष भित्रमा नेपालमा लाखौँ साना उद्ध्यमीहरु उत्पादन गर्न पक्कै सकिन्छ । २० बर्ष भित्रमा अधिकांश नेपालीहरु ले नेपालमा नै जागीर खान पाउने बातावरण बनाउन पक्कै सकिन्छ, अनि ३० बर्ष भित्रमा नेपालीहरु बाट नै बिज्ञान तथा प्रविधिको बिकास गरि नेपाल लाई एउटा बिकसित देश पक्कै बनाउन सकिन्छ । यी कामहरुको लागि म ग्यारेन्टी दिन्छु र यी कुराहरु गर्न कसरी सम्भव छ भनेर बादबिबाद गर्न पनि तयार छु ।
यो गफ होइन दाजुभाई दिदीबहिनीहरु साहस नहुनेहरु, जाँगर नहुनेहरु, मनमा पाप भएका हरु र भ्रष्टचारीहरुले मात्र भन्ने कुरा हो – “के यसो गर्न सम्भव होला र ?” अथवा “कहाँ सकिन्छ यसो गर्न?” भनेर भन्ने ।
तर मौजुदा कमिसनखोर तर प्रभावशाली राजनैतिक नेताहरु र चाकडीबाज कर्मचारीतन्त्र तथा पैसाको लागि जे पनि गर्ने माफियाहरुको बाहुल्य भएको अबस्थामा त्यो काम गर्न पक्कै गाह्रो छ । सबै समस्याको मूल जरो नेताहरु भ्रष्ट भएर नै हो । राजनैतिक नेताहरु राष्ट्रप्रेमी, ईमान्दार र पैसाको लालची नहुने हो भने भ्रष्ट कर्मचारीहरु, लालची ब्यापारीहरु र कपटी उद्ध्योगपतिहरु को केहि जोर चल्दैन ।
एउटा सानो उदाहरणको लागि दिल्लीको आम आदमी पार्टी लाई लिउं । त्यहाँका कर्मचारीहरु र ब्यापारीहरु त अहिले पनि उही नै हुन् । तर त्यहाँ नेतृत्व बदलिएको छ र मौजुदा नेताहरुले सके सम्म भ्रष्टचारी कर्मचारीहरु, व्यापारीहरु र उद्ध्योगपतिहरुलाई टाउको उठाउन नदिने प्रयास गरिरहेका छन् । उनीहरुलाई काम गर्न सजिलो छैन तर कम से कम न्वारन देखिको बल लगाएर काम त गरि रहेका छन् । मैले आम आदमी पार्टीको उदाहरण दिएको मात्र हो र त्यसको प्रचार गरेको होइन । त्यस्ता अन्य उदाहरणहरु धेरै पाउन सकिन्छ संसारमा ।
दुखको कुरा के छ भने अहिले सम्म नेपालमा भ्रष्टाचार र घुसखोरीलाई हटाउन साहस गर्ने वा निर्मुल पार्न कोसिस गर्ने कुनै पनि राजनैतिक पार्टी र नेताहरु निस्कन सकेका छैनन्।
सत्य कुराहरुलाई लामो समयसम्म लुकाउन र छिपाउन सकिन्न । यो पोष्टको बारेमा कमेन्ट गर्नु आबश्यक छैन र तर्क बितर्क गरेर समयखेर फाल्न पनि राम्रो हुँदैन । मन पर्यो भने लाइकसम्म गर्नु होला । मन नपरे पनि ठिकैछ किन भने संसारमा सबै मानिसको सोचाइ एकै हुँदैन ।
(पुन एसियाको नोबल पुरस्कार रुपमा परिचित रोमन म्याग्सेसे पुरस्कार बिजेता एवं सामाजिक अभियन्ता हुन् ।)
dainiknepal

सरकारले कलंकीदेखि नागढुंगा सडक बिस्तार कार्य पुनः शुरु गरेको छ । आइतवारदेखि शुरु भएको सडक विस्तार अभियान अन्तर्गत ठूलो सङ्ख्यामा प्रहरी उतारेर सरकारले सडक किनारमा मापदण्ड विपरित बनेका घर टहरा भत्काइ सडक फराकिलो बनाउँने कार्यलाई निरन्तरता दिदै आएको छ । काठमाण्डौ सडक विस्तार अभियान अन्तर्गत काठमाडौंको कलंकीदेखि नागढुंगा सम्मको सडक विस्तार कार्य आइतवारदेसख शुरु गरेको हो । उपत्यका सडक बिस्तार बिभाग नगर बिकास र स्थानीय प्रहरी प्रशासनको अगुवाईमा उक्त सडक क्षेत्रमा पर्ने भौतिक संरचना भत्काउने काम सुरु गरिएको हो । सडकको दायाँ बायाँ एघार एघार मिटर कायम गरी सडकलाई २४ मिटर फराकिलो बनाउँन लागिएको हो ।


आईतबार सडक बिस्तारका क्रममा केहि ब्यक्तिहरुले संघर्ष समितिको नाममा अवरोध पु¥याउन खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसको लगतै संघर्ष समितिले सडक बिस्तारमा अबरोध नगर्ने बताएपछि पुनः सडक बिस्तार कार्य अगाडि बढाईएको थियो । सोमवार पनि सडक विस्तार जारी रहेको र सोमवार भने त्यस्तो कुनै अबरोध नभएको प्रहरीले जनाएको छ ।सडक बिस्तारमा स्थानीयको बिरोध नभई समर्थन रहेको बताउँदै स्थानीयहरुले सरकारको यो कामलाई आफूहरुले उल्लेखनीय रुपमा लिएको बताए । काठमाण्डौ प्रवेश गर्ने मुल सडकका रुपमा नागढुगा,थानकोट,कलंकी क्षेत्रलाई लिने गरिन्छ । तर सडक मिचेर घरहरु बनाउँदा ती सडकहरु साँघुरो भई ट्राफिक व्यवस्थापनमा समस्या भएपछि सरकारले सडक विस्तार अभियानलाई तीब्र बनाएको हो ।

News24Nepal

२०७२ फागुन १७ गते
पत्याउनुहुन्छ, अस्कर अवार्डमा विश्वका २ चर्चित सुन्दरीले लगाएको गहनाको मुल्य ८-८(८० लाख डलर) मिलियन डलर थियो । एउटी सुन्दरी हुन्, विश्वकै चर्चित पप स्टार लेडी गागा भने अर्की हुन् बलिउड नायिका तथा गायिका प्रियंका चोपडा ।
अस्कर अवार्डको ८८ औं श्रृङ्खलामा पुगेका यी दुई चर्चित गायिकाले आफ्नो गहनाले पनि सबैको ध्यान तानेका थिए । चर्चित हलिउड नायिकाहरुको पहिरनको चर्चा भैरहँदा यी दुइले लगाएको गहनाको पनि चर्चा सुरु भएको छ ।
२९ बर्षकी लेडीले कानमा लगाएको गहनाको मुल्य ८ मिलियन डलर थियो । कानमा चम्किएको उनको डाइमन्डलाई ‘इमिरेल्ड कट’ भनिन्छ ।
यस्तै, नायिका तथा गायिका प्रियंका चोपडाले लगाएको ५० क्यारेटको डाइमन्डले पनि उनलाई रेड कार्पेटमा चम्काएको थियो । उनले कानमा लगाएको रिङको मुल्य ३.२ मिलियन डलर थियो भने बाँकी रकम उनले हातमा लगाएको डाइमन्डको लागि खर्च गरेकी थिइन् ।
यी दुबै सुन्दरीले ८० लाख डलर बराबरको गहना लगाएर रेड कार्पेटमा उत्रदा फोटो पत्रकारदेखि अवार्ड हेर्न उपस्थित दर्शकको ध्यान तानिएको थियो ।
onlinekhabar

मुम्बई – सञ्जय दत्त जेलबाट रिहा भएपछि उनलाई भेट्न फ्यानहरु टाढा टाढाबाट आइरहेका छन् । यस क्रममा सञ्जय दत्तका फ्यानहरुको अनौठो हर्कतहरु पनि हेर्न पाइरहेको छ ।
यस्तै एक फ्यान थिए, मुम्बाईका सन्दीप बाचे । उनले सञ्जय दत्त जेल गएदेखि उनको रिहाईको कामना गर्दै नागो खुट्टा हिँडिरहेका थिए । उनले सञ्जल जेलबाट रिहा नभएसम्म जुत्ता–चप्पल नलगाउने भाकल गरेका थिए ।
सञ्जल मुम्बाईको ब्रान्द्रामा अटो रिक्सा चलाउँछन् । उनी विशेष गरेर स्टेसनबाट सञ्जयलाई भेट्न आउन फ्यानहरुलाई लिएर आउँछन् । उनले आफ्नो अटोमा सञ्जयकै तस्विरहरु समेत टाँसेका छन् । सञ्जय रिहा भए पछि उनी उपहार बोकर सञ्जलाई भेट्न पुगेका थिए । सञ्जयले पनि आफ्नो फ्यानको उपहार हाँसीहाँसी स्वीकार गरे ।
ratopati

फाल्गुन १७, २०७२- नेपाली फुबटबलमा म्याच–फिक्सिङको जालोको सफल अनुसन्धान गरेका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाललाई २१ किलो मालासहित सम्मान गरिएको छ । क्याथफोर्ड इन्जिनियरिङ कलेज बालकुमारीले म्याच–फिक्सिङको जालो तोड्न सफल अनुसन्धान गरेको भन्दै खनाललाई सम्मान गरेको हो ।

क्याथफोर्ड नेविसंघ इकाई कमिटिद्वारा आयोजित कार्यक्रममा कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला स्मृति कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा एसएसपी खनाललाई सम्मान गरिएको हो ।

कलेजका अध्यक्ष सुमन कटुवालले २३ वर्षपछि नेपाली फुटबल खेलाडीले स्वर्ण पदक दिलाउनुमा अप्रत्यक्षरुपमा एसएसपी खनालको महत्पूर्ण योगदान भएको बताए । ‘सफल अनुसन्धानले तत्काल परिणाम दिन्छ । प्रहरीले निस्पक्ष हिसाबले अनुसन्धान गर्नपर्छ,’ उनले भने, ‘जनताको न्यायको भरोसा निकाय नै प्रहरी संगठन हो, ।’ नेविसंघ कलेज इकाईका अध्यक्ष आदर्श मल्लले एसएसपी खनालबाट आउँदो पुस्ताले पाठ सिक्नुपर्ने बताए । ‘उहाँ सक्षम प्रहरी हो, त्यसकारण प्रत्येक युवाले संघर्ष र सफलताको पाठ सिक्नु पर्छ,’ उनले भने ।
ekantipur


काठमाडौँ,सरकारले चीनका राष्ट्रपति सी जिन पिङ लाई नेपाल भ्रमणको निम्तो दिएको छ ।


सरकारले बुद्ध जयन्तीका अवसरमा नेपालमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय बुद्ध सम्मेलनमा सहभागी हुन आग्रह गर्दै चीनका राष्ट्रपति सी जिन पिङलाई निम्तो पठाएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्द पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६०औं बुद्धजयन्ती मनाउने तयारी गरेको छ । त्यसमा चीनका राष्ट्रपतिलाई बोलाएका छौं । आउनुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

भारतले नाकाबन्दी लगाउँदा नेपाललाई थुप्रै सहयोग गरेको चीनका राष्ट्रपति सी अहिलेसम्म एकपटक पनि नेपाल आएका छैनन् । अब भने उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि नेपाल आउनसक्ने चीनका लागि नेपाली राजदूत महेस मास्केको विश्वास छ ।

पर्यटनमन्त्री पोखरेलका अनुसार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका साथै एसियाली राष्ट्रका राष्ट्रप्रमुखलाई निमन्त्रणा गरिएको छ । एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने मन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले नेपालमा बुद्ध जन्मिएको भन्ने सत्यलाई बिर्सिएर अहिले पनि कतिपय देशमा भारतमा जन्मिएको भन्ने भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न पनि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।


News24Nepal

काठमाडौँ,केही महिला अघि आफ्ना सबै केन्द्रीय सदस्ययहरुलाई राजधानी छाड्न उर्दी गरेको विप्लव माओवादी अहिले के गर्दै होला ?


सशस्त्र संघर्ष गर्ने उसको प्रतिवद्धता व्यवहारमै रुपान्तरित होला ? या यी माओवादीको मूल नेतृत्वले  क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज सुन्नमा आएको छैन ।

यसबारे रोचक तथ्य फेला परेको छ । स्रोतका अनुसार विप्लव माओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगिसकेको छ । सशस्त्र संघर्षका लागि अनुकूल समय नभएकोले उसले सशस्त्र संघर्ष नगर्ने आँकलन धेरैले गरे पनि विप्लव माओवादी भने अवस्था  अनुकूल बन्दै गएको निष्कर्षमा पुगेको छ । यसले यही विश्लेषण गर्दै सशस्त्र संघर्षको तयारीलाई भित्रैभित्रै अघि बढाइरहेको छ ।

माओवादी स्रोतका अनुसार उसले अहिले छापामार तालिम दिएरु केही युवालाई तम्तयार राखेको छ । पश्चिम नेपालसहितका जिल्लामा उसले यस्ता तालिम दिएको बताइन्छ । झण्डै पाँच हजारको हाराहारीमा हतियारसहितको सेना तयार पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार विप्लव माओवादीले अहिले आफ्ना सबै आन्तरिक संयन्त्त सैन्य विस्तारमा लगाएको छ ।

आजको साँघु साप्ताहिकमा खबर छ–

News24Nepal.com

The Metropolitan Police Crime Division today carried out coordinated raids in nearly one-and-a-half dozen manpower agencies in the Kathmandu Valley on suspicion of their role in human trafficking.The raids were conducted in manpower agencies based in Lazimpat, Baneshwor, Patan, Gaushala, Maharajgunj and Basundhara areas.SSP Sarbendra Khanal, MPCD in-charge, said the action follows complaints about manpower agencies leaving employment seekers in the lurch in foreign land and cheating and forcing the victims into unpleasant jobs.Police investigations show that forced labour abroad and human trafficking are facilitated by a section of manpower agencies engaged in fraudulent practices.“We raided as many as 17 manpower agencies and arrested eight suspects with documents for further investigation,” Khanal told The Himalayan Times.
tajavdo

जिलोङ (अस्ट्रेलिया) १७ फागुन, बहुभाषिक र बहु–सांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको जिलोङमा अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवको रुपमा मानिने पाको फेस्टाले मूल आयोजक डाभर्सिटाटसँग आबद्ध भएका करिब १०० जातीय संस्था र अन्य संगठनहरुको सहभागितामा एक लाखभन्दा बढी सहभागीहरुलाई आ–आफ्नो सांस्कृतिक चालचलन, रितिरिवाज, खानपान आदिको निरन्तरता र प्रचार प्रसारलाई प्रोत्साहन गर्दै नाचगान, कार्यशाला गोस्ठी, प्रदर्शन जस्ता विविध कार्यक्रम सहित आफ्नो ४० औं वार्षिकी भब्यताका साथ मनाउँदा नेपालीले भने चौथो पटक सहभागिता जनाइ नेपाल प्रवर्धन गर्ने काम गरे  ।

परेडमा सहभागीहरुले नेपाली झल्काउने किसिमका पहिरन, नेपाली झन्डा, ब्यानर  र स्टलमा पोस्टर र नेपाली सामग्रीहरु मार्फत नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम गरिएको थियो । परेडमा सहभागीहरुले आ(आफ्नो जातीय  पहिचान झल्काउने पहिरन मार्फत अनेकतामा एकता दर्शाउने काम समेत भएको थियो । नेपालीहरुको समूहमा विदेशीहरुको समेत उल्लेख्य उपस्थिति थियो । कार्यक्रमको उदघाटनको लगत्तै अस्ट्रेलियाको भिक्टोरिया राज्यका बहुसांस्कृतिक एवम् नागरिक जिम्मेवारी बहन गर्नु भएका मन्त्री रविन स्कट र पर्यटन जिम्मेवारी बोकेका मन्त्री जोन एरेन र सांसद क्रिस्चिन कोजिन नेपाली समुदायका बीच आएर नेपाली समुदायको गतिविधिको प्रसंशा गर्दै आफूहरु नेपाली समुदायसँग नजिक रहेर काम गर्न रुचाएको बताउनु भयो ।    

कुमारीको भेषमा रहनु भएकी मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह र बुद्धको भेषमा रहनु भएका मिस्टर नेपाल अस्ट्रेलिया २०१४ अनुपम ध्वज किरणमा धेरै विदेशीको आकर्षण बन्न पुगेका थिए । कार्यक्रमको अर्को चरणमा रेखा श्रेष्ठ, ग्रेस शेर्पा माप्लेसन र स्कारलेट शेर्पा माप्लेसनले नृत्य प्रदर्शन गर्नु भएको थियो ।

स्मरण रहोस् जिलोङमा नै नेपालीहरुको बसोबास नगण्य रुपमा रहेकोले यति ठूलो संख्यामा जन सहभागिता हुने यति ठूलो महोत्सबलाई विशेष गरेर नेपाललाई  बुद्ध र सगरमाथाको देशको रुपमा प्रवर्द्धन गर्ने प्रयोजनको लागि अवसरको रुपमा लिइनु पर्छ भन्दै जिलोङ वरिपरिका विभिन्न शहरबाट नेपालीहरुलाई आएर सहभागी हुने गरेका छन् ।
aajakokhabar


 फागुन, काठमाडौं । बंगलादेशमा आयोजित यू-१९ विश्वकप क्रिकेटमा खेल्न जाँदा सन्दिप लामिछानेको नाम कमै नेपालीले सुनेका थिए । तर विश्वकप खेलेर फर्किसकेपछि उनी सानोतिनो सेलिब्रेटी नै बनेका छन् ।

आफूले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगीता, त्यो पनि विश्वकपमा उनले एक मात्र ह्याट्रिक पुरा गरे । यदी यो पर्याप्त थिएन भने, उनी प्रतियोगिताका दोस्रो सर्वाधिक विकेटटेकर पनि बने । यसरी केवल १६ वर्षको उमेरमा सन्दीप राष्ट्रिय-अन्तर्राष्ट्रिय चर्चाको पात्र बन्न सफल भए ।

भारतबाहेक सन्दीपको पहिलो विदेश भ्रमण थियो बंगलादेश । त्यहाँ जाँदा उनको मनमा अरु केहि थिएन, सकेसम्म राम्रो बलिङ गर्ने र देशलाई जिताउन मद्दत गर्ने । सन्दीप भन्छन्, ‘क्रिकेट आफूले प्रयास गरेर मात्र पनि हुँदैन । भगवानले पनि साथ दिनुपर्छ । मेरो हकमा त्यस्तै थियो ।’

सन्दिप अहिले पनि विश्वकपलाई सम्झिन्छन् र दंग पर्छन् । विशेषगरी आयरल्याण्डसँगको त्यो म्याच, जसमा उनले ह्याटि्रक लिएका थिए, उनको आँखामा फनफनि नाचिरहन्छ । त्यो उनले खेलेको दोस्रो अन्तर्राष्ट्रिय म्याच थियो ।

यसरी भयो ह्याट्रिक

३१ औं ओभरमा बल फ्याक्न आएका सन्दिपले चौंथो, पाचाैं र छैठौं बलमा लगातार विकेट लिएका थिए । आफ्नो ह्याट्रिक बललाई सन्दिप यसरी सम्झिन्छन्ः

३१.४ – ब्याटिङमा लोर्कन टकर थिए । मैेले सामान्य लेग ब्रेक फालेको थिए । उनले स्वीप गर्न खोज्दा टप एज लाग्यो र दिपेन्द्र दाइले दामी क्याच लिनुभयो ।

३१.५- विकेट लिएपछि कन्फिडेन्स बढेको थियो । क्रिजमा थिए डेन्निसन । मैले अघिल्लो जस्तै लेग ब्रेक नै फ्याके । त्यसलाई कट गर्ने चक्करमा एज लाग्यो र विकेटकिपर राजुदाईले क्याच लिनुभयो । म खुशीले बुरुक्क उफ्रेँ ।

३१.६ – लगातार दुई विकेट लिएपछि खेलको माहोल नै अर्कै बन्यो । म पनि तरंगीत बने । जब लगातार दुई विकेट आउछ, हरेक बलरको मनमा ह्याट्रिकको धुन सवार हुन्छ । मेरो मनभित्र पनि अब जसरी पनि ह्याटि्रक लिन्छु भन्ने सोचाई उत्पन्न भयो । त्यसपछि कस्तो बल फ्याक्ने भन्ने द्विविधा भयो । मैले कप्तान राजुदाईसँग सल्लाह गरेँ । उहाँले भन्नुभयो, ‘जून बलमा कन्फिडेन्स छ, त्यहि फ्याँक । त्यसपछि मैले गुगली फ्याक्ने निर्णय गरेँ ।

उनले अब क्रिकेटमै करिअर बनाउछु भन्ने ठानिसकेका छन् । क्रिकेटबाहेक कुनै प्रोफेसन सोच्दा पनि नसोचेका सन्दीपको पहिलो लक्ष्य हो राष्ट्रिय टोलीमा स्थान बनाउनु ।

क्रिजमा नयाँ ब्याट्सम्यान एफ. टकर थिए । उनको त्यो डेब्यू म्याच थियो । मैले धेरै टाइम नलिइकन आफ्नो बेस्ट बल फ्याँकेँ । ब्याट्सम्यानले रिड गर्न सकेन र बोल्ड भयो ।

ह्याट्रिक लिएपछि खुशीको सिमा नै रहेन । म हात फैलाएर पूरा मैदानमा घुमेँ । टीमका सबै साथीहरुले बधाई दिनुभयो । धेरै बेरसम्म खुशी लागिरह्यो । तर आफूलाई सम्हालेर बाँकी बलिङ गरेँ ।’

पुबुदुको आँखा परेपछि

चितवन, सौराहका सन्दिपले आठ वर्षदेखि क्रिकेट खेल्न थालेका हुन् । सुरुमा आफू पढ्ने स्कुलबाट विभिन्न प्रतियोगीता खेले । त्यसपछि चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन थाले, जहाँ उनका प्रशिक्षक थिए नेपाली क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्का ।

सन्दीपलाई पहिलेदेखि ब्याटिङभन्दा बलिङ गर्न स्वाद लाग्थ्यो । बलिङमा पनि स्पिनमा उनको विशेष दख्खल थियो । टेलिभजनमा शेन वार्नको बलिङ हेर्थे र मैदानमा त्यसको सिको गर्थे । अन्ततः उनी पाँच प्रकारका स्पिन बल फ्याक्न पोख्त बने । सन्दीप भन्छन्, ‘म लेगब्रेक, टपस्पिन, फ्लीपर, गुगली, स्लाइड फ्याक्न सक्छु ।’

एकेडेमीमा प्रशिक्षण गर्ने क्रममा नै सन्दीपमाथि नेपाली राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दासानायेकेको आँखा परेको थियो । पहिलो हेराईमै ‘सुन र लसुन’ छुट्याउन सक्ने क्षमता भएका दासानायेकेले उनको बलिङ हेर्नासाथ भनेका थिए, ‘यो केटोले केहि गर्छ ।’ उनले तत्कालै सन्दीपलाई क्याम्पमा बोलाए । उनी एसीसीका लागि नेपाली टोलीमा छनोट पनि भए । तर, खेल्न पाएनन् । त्यसपछिको विश्वकप क्वालिफायरमा उनी परेनन् । तर, विश्वकपमा परे ।

पढाइ छुट्यो

‘जीवनमा एकपटक भए पनि देशका लागि खेल्नेछु’ भन्ने लक्ष्य बोकेका सन्दीपले सोचेभन्दा चाँडो त्यो लक्ष्य पूरा गरे । यसका निम्ति उनले आफ्नो पढाईमा भने सम्झौता गर्नुपरेको छ ।

कक्षा नौमा पढ्दा-पढ्दै यू-१९ राष्ट्रिय टीममा स्थान बनाएपछि सन्दीप विद्यालय जाने क्रम टुट्यो । पछिल्ला ७ महिनादेखि विद्यालय नगएका उनले परिक्षा पनि दिन पाएनन् । फलस्वरुप ९ कक्षा फेरि दोर्‍याउनुपर्ने भएको छ । यद्यपि उनलाई अफसोस छैन ।

‘मैले पढाईभन्दा क्रिकेटलाई पहिलो प्राथमिकतामा राखेको छु,’ उनी निर्धक्कसँग भन्छन्, ‘क्रिकेटबाट बँचेको समयमा पढ्नेछु ।’ क्रिकेटमा लाग्दा परिवारको पनि पूर्ण समर्थन रहेको छ सन्दीपलाई । उनको परिवारमा आमा-बुवा तथा एक दाई र दुई दिदी छन् । सन्दीप भन्छन्, ‘पढाईमा ध्यान दे त भन्नुहुन्छ, तर क्रिकेटमा नलाग भनेर कसैले भन्नु भएको छैन । बरु हौसला नै दिनुभएको छ ।’



उनले अब क्रिकेटमै करिअर बनाउछु भन्ने ठानिसकेका छन् । क्रिकेटबाहेक कुनै प्रोफेसन सोच्दा पनि नसोचेको सन्दीपले बताए । यसका लागि उनको पहिलो लक्ष्य हो राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउनु । त्यसनिम्ति आफूमा अझै परिपक्वता आवश्यक भएको उनलाई थाहा छ । आफैंले आफ्नो बलिङको कमजोरी औंल्याउँदै उनी भन्छन्, ‘बेला-बेला डाउन द लेग साइड बल जान्छ । त्यसलाई सुधार्न प्रयासरत छु ।’

सेन वार्नसँग तुलना

सन्दीपका बलिङ आइडल सेन वार्नसँग उनलाई तुलना गरेर आइसीसीले भिडियो रिपोर्ट नै बनाएको छ । सन्दीपका लागि यो अकल्पनीय उपलब्धि हो । सन्दीप भन्छन्, ‘मेरो लागि शेन वार्नसँग तुलना हुनुभन्दा ठूलो कुरा अरु के होला र । तर म उहाँको स्थानमा पुग्न सक्दिन । उहाँको जस्तो बलिङ गर्ने प्रयास चैं गर्न सक्छु ।’

फुटबलरको जस्तो हेयरकट बनाएका सन्दीप फुटबलप्रति पूरै अनभिज्ञ रहेको बताए । उनले भने, ‘मेरो कपाल हेरेर धेरैले फुटबलको फ्यान हो कि भन्ने अनुमान गर्छन् । तर, म फुटबल न खेल्छु, न हेर्छु । कुनै इन्टरनेसनल फुटबलर चिनेको पनि छैन ।’
 onlinekhabar

दाङ, १७ फागुन– नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केही समयमै हुने प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच ब्यापारीक सम्झौता हुने बताएका छन् ।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चीनले केरुङसम्म रेल ल्याउने प्रस्ताव गरेकोमा चीन भ्रमणका क्रममा टोलीले लुम्बिनीसम्म रेल ल्याउन प्रस्ताव गर्ने बताए ।

उनले भारतसँगको सम्बन्ध अझै सुध्रिन नसकेको बताएादै भने, ‘प्रधानमन्त्री धेरै ठूलो अपेक्षा लिएर भारत जानुभएको होइन, त्यसैले धेरै ठूलो उपलब्धि पनि हात परेन ।’
kathmandutoday

काठमाडौं, १७ फागुन । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ नविना लामाले विहेको तयारी गरेकी छिन् ।
भर्खरै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको सर्वाेच्च पद अध्यक्षमा निर्वाचित नविनाले आफ्नो एक अन्तर्वार्ताका क्रममा छिट्टै विहे गर्ने खुलाएकी हुन् ।
उनले भनिन्- ‘बिहे भनेको कुरा मान्छेको नितान्त व्यक्तिगत विषय हो । त्यो निजी जीवनसँग जोडिएको कुरा हो । मेरो आफ्नो व्यक्तिगत स्वतन्त्रताको विषय हो त्यो । केहि समयपछि बिहे गर्ने पक्षमा छु । तर कहिले गर्ने भन्ने मिति चाँहि फाइनल भएको छैन ।’
महासचिव हुँदा संगठनमा सफल कामहरु गरेकी नविनाले अध्यक्षमा निर्वाचित भएपछि थप जिम्मेवारी बढेको भन्दै संगठनलाई नमुना संगठन बनाउने बताइन् ।
को हुन हुनेवाला श्रीमान ?
नविनाका अनुसार उनका हुनेवाला श्रीमान अनेरास्ववियुकै एक जना नेता हुन् । उनको नाम भने खुलाउन मानिनन् । सँगै काम गर्ने क्रममा करिब ३–४ वर्ष पहिला प्रेम बसेको सुनाउँदै उनले परिवारको सहमतिमा प्रेमीसँग विहेको तयारी गरेको बताइन् ।
उनले ‘संगठनको काममा व्यस्त हुनुपर्छ । बाहिर घुमफिर गर्न जाने समय हुँदैन । फेरि पब्लिकली घुम्न जान पनि मिलेन । संगठनको कामकै क्रममा भेटहुन्छ । कुराकानी हुन्छ । त्यही हो डेटिङ हाम्रो त ।’ भन्दै प्रेम सम्बन्धबारे वर्णन गरिन् ।
dainiknepal

मिरपुर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई कारबाही गरेको छ । शनिबार एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीच भएको खेलका दौरान कोहलीले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै आइसिसीले कारबाही गरेको हो ।


३० प्रतिशत म्याच फी जरिवाना
कोहलीलाई आइसिसीले ३० प्रतिशत म्याच फि जरिवाना गरेको छ । कोहलीले आइसिसी कोड अफ कन्डकको भावनाविपरीत व्यवहार प्रदर्शन गरेको आइसिसीको ठहर छ । आइसिसीको विज्ञप्तिमा भनिएको छ, ‘यो घटना खेलको १५औँ ओभरमा भएको थियो । जब विराटलाई एलबिडब्लुको आउट दिइयो, त्यसपछि उनले आफ्नो ब्याट देखाए । क्रिज छाड्ने वेलामा अम्पायरलाई हेरे र केही शब्द बोले । जुन खेल भावनाविपरीत हो ।’
कोहलीको रिस
कोहलीलाई १५औँ ओभरमा मोहमद सामीको बलमा एलबिडब्लूमा आउट दिइयो । तर, रिप्लेमा इसाइड इज्ड लाएको देखिएको थियो । त्यसपछि रिसले चुर भएका कोहलीले अम्पायर रुचिरा पालिया गुरुजमाथि केही शब्द बोलेका थिए । ४९ रनमा आउट भएका कोहलीको मद्दतमा भारतले ५ विकेटको जित निकाल्यो । कुनै सयम ३ विकेटको क्षतिमा ८ रन जोडेको भारतको जितमा कोहलीले नै उच्च प्रदर्शन गरे । कोहली आउट हुनुअघि भारत जितबाट ८ रन मात्र टाढा थियो ।- एजेन्सी

News24Nepal

काठमाडौ, १६ फागुन । धार्मिक असहिष्णुताको आरोप खेप्दै आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाले पत्र पठाएको छ ।
अमेरिकाका ३४ शीर्ष सांसदले मोदीलाई पत्र पठाउँदै धार्मिक अल्पसंख्यककाविरुद्ध भइरहेको हिंसा रोक्न माग गरेका छन् । उनीहरुले भारतमा धार्मिक अल्पसंख्यकको आन्दोलनमाथि बल प्रयोग गरिएकोमा चिन्ता व्यक्त गर्दै बल प्रयोग नगर्न चेतावनी दिएको भारतीय च्यानल आजतकले जनाएको छ । समाचार अनुसार यसरी पत्र लेख्ने सांसदमा आठ सिनेटर पनि रहेको बताइएको छ ।
मूल अधिकारको संरक्षण गर्नका लागि तत्काल कदम चाल्न मोदीलाई आग्रह गर्दै धार्मिक अल्पसंख्यकको अधिकार हनन गर्नेमाथि कानुनी कदम चाल्नुपर्ने कुरा पत्रमा लेखेका छन् ।
अमेरिकी सांसदले पत्रमा भनेका छन्- हामी सरकारसँंग यो सुनिश्चित गर्न माग गर्दछौ कि यसका लागि तुरुन्त आवश्यक कदम चाल्न माग गर्दछौ । धार्मिक अल्पसंख्यकको मुल अधिकारको संरक्षण गरियोस र हिंसा गर्नेवालाको जवाफदेही ठहराइयोस ।’

हिन्दूवादी नेताका रुपमा चिनिने मोदी भारतमा प्रधानमन्त्री भएपछि धार्मिक असहिष्णुता बढेको समाचार बेला बेला आउने गरेका छन् । धेरै कलाकारले यो विषयमा प्रश्न उठाएका थिए ।
दुई दिन अघि लेखिएको यो पत्रबारे शनिबार मानव अधिकार आयोगले जानकारी दिएको हो । पत्रमा अगाडि लेखिएको छ- हामी आरएसएस जस्ता संगठनका गतिविधिको नियन्त्रित गर्नका लागि कदम उठाउन माग गर्दछौ । यसका साथै कानुनको शासन लागू गर्न र धार्मिक रुपबाट प्रेरित उत्पीडन तथा हिंसाले धार्मिक अल्पसंख्यक समुदायको संरक्षण गर्नका लागि भारतीय सुरक्षा बललाई निर्देशन दिन अपील गर्दछौ ।’
kathmandudalypost

१७ फागुन, काठमाडौं । विमानमा बम रहेको हल्ला चलेपछि लुक्ला विमानस्थल बन्द गरिएको छ ।

विमानस्थलमा रहेको सिम्रिक एयरको विमानमा बम राखिएको हल्ला चलेसँगै अनुसन्धान थालिएको छ । लुक्ला प्रहरीले भने विमानमा बम नभई बम लेखिएको कागज मात्र फेला परेको जनाएको छ ।

प्रहरीले थप अनुसन्धानको लागि नेपाली सेनाको टोली विमानस्थल आउन लागेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।

 ratopati

सफा, स्वच्छ र सुन्दर बर्दिबास बनाउन इलाका प्रहरी कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्त रुपमा ‘सामाजिक अपराध, विकृति र विसंगति विरुद्ध हाम्रो अभियान’ नाम जनचेतना मुलक कार्यक्रमको सन्देशलाई नगरको दैलोदैलोमा पु¥याउन अभियान छेडिसकेको छ ।
बर्दिबास अपराधी लुक्ने हव बनिरहेको प्रति प्रहरी प्रशासनलाई चनाखो बन्नुपर्ने नागरिक समाजबाट कुरा उठेपछि बर्दिवासस्थित इलाका प्रहरी कार्यालय प्रमुखको रुपमा एकसप्ताहा अघि आएका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले बर्दिबास नगरपालिका, यहाँका नगरिक समाजको सहयोगमा अभियानलाई अगाडी बढाएका छन् ।
होटल संचालकहरुलाई प्रनाउ शर्माले होटलमा बस्न आउने अतिथिहरुको लगबुक अनिवार्य रुपमा राख्न आग्रह गरेका छन् । यस्तै, राति साँढे ९बजेभित्र आआफ्ना होटल बन्द गरि नगरको शान्ति सुरक्षामा सहयोग गर्न होटल व्यवसायीहरुलाई प्रनाउ शर्माले आग्रह गरेका छन् ।
होटल व्यवसायीहरुसँगको छलफलपछि कुराकानी गर्दै इप्रकाका प्रहरी नायव उपरीक्षक शर्माले होटलको नाममा अवैध क्रियाकलाप संचालन गर्ने विरुद्ध प्रहरीले अब कडा कदम चालिसेकेको बताए ।
उनले भने, ‘राम्रो काम गर्नेलाई हाम्रो शुभकामना छ । कानूनलाई खिल्ली उडाउने विरुद्ध प्रहरीको कारवाही कानून अनुसार हदैसम्मको हुन्छ । कसैलाई छुट हुँदैन ।’ अलिहेका युवा पुस्ता लागुऔषधको अमली बनेकोले पुस्ता जोगाउन र देश विकास गर्न सबै मिली हातमा हात काँधमा काँध मिलाई अघि बढ्न उनले आग्रह गरे ।
यता होटल व्यवसायी संघ बर्दिबास महोत्तरीका महासचिव सुदिप कार्कीले अपराधमुक्त बर्दिबास बनाउने अभियानमा होटल व्यवसायी संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुई–चार होटलको कारणले बर्दिबासमा रहेका सबै होटलहरुमाथि प्रश्न चिन्ह उठेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले भने, ‘होटल व्यवसायीहरुलाई पहिलो चरणमा हामीपनि सम्झाउँछौं । हामीलाई पनि नटेरेर गल्तिलाई पटकपटक दोह¥याइरहे कानन अनुसार कारवाहीको लागि हामी पनि प्रहरीसँग माग गर्छौं ।’ यस्तै, राती साँढे ९ बजे होटलमात्र नभएर सबै पसलहरुपनि बन्द भए शान्ति सुरक्षामा थप बल पुग्ने उनले बताए ।
ratopati

सुर्खेत, १७ फागुन । सीएनएन हीरो अमेरिकन नागरिक म्यागी डोयनले सुर्खेतमा सञ्चालन गरेको बालगृह अबैधानिक रहेको पाइएको छ ।
महिला तथा बालबालिका कार्यालय सुर्खेतको अनुगमनका क्रममा डोयनको बालगृह अबैधानिक पाइएको हो ।
टुहुरा बालबालिकालाई राखिएको भनिएको बालगृह सञ्चालनका लागि कुनै पनि निकायबाट स्वीकृति नलिइएको अनुगमनका क्रममा पाइएको समाचार राजधानी दैनिकले छापेको छ।
‘अनुगमनका क्रममा बालगृह गर्दा नै नगरी सञ्चालन गरेको पाइयो महिला तथा बालबालिका कार्यालय सुर्खेतकी महिला विकास प्रमुख जमुना पौडेलले भनिन्,‘टुहुरा बालबालिकाको विषयमा पनि गम्भीरतापूर्वक छानविन भइरहेको छ।’
जिल्ला अवलोकनका क्रममा बालगृहमा बाबुआमा नभएका तीनजना बालबालिका मात्रै पाइएको छ। यसैगरी आमा भएका १५, बाबु मात्रै भएका १३ र बुबा आमाबारे थाहै नभएका दुई बालबालिका रहेको बालगृहको रेकर्डमा उल्लेख छ।
सो गृहमा कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लाका आफन्त मात्रै ३१ जना रहेको स्रोतले जानकारी दिएको छ।

 dainiknepal

काठमाडौं: गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात वैज्ञानिकले पत्ता लगाएका छन् । उनीहरूका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनि सबैभन्दा धेरै पहिरोको घनत्व छ । जमिनमुनिको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठूलो क्षेत्र धस्सिएको छ, जहाँ सधैं पहिरोका लागि खतरा रहन्छ ।

अमेरिकाको अरिजना पोस्टड्याम विश्वविद्यालयका भूगर्भविद्ले भूउपग्रह तस्बिर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी पहिरो तथा जमिनको अवस्था अध्ययन गरेका थिए । अध्ययन प्रतिवेदन विश्वप्रसिद्ध साइन्स म्यागेजिनमा प्रकाशित भएको छ । अध्ययनअनुसार जमिनमा चिरा (ग्राउन्ड रप्चर) नदेखिएका कारण पनि पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ ।


भूकम्पले पनि जमिन ३० डिग्रीभन्दा भिरालो भएको ठाउँ र जमिन हल्लिने क्रम ०.६ जी (एक्सलारेसन अफ ग्राभिटी) भन्दा बढी भएका ठाउँमा बढी पहिरो र क्षति गरेको तथ्य वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । वैज्ञानिकहरूले चार हजार तीन सय १२ पहिरो तथा चर्किएको जमिनको भौगर्भिक अध्ययन गरेका हुन् ।

उनीहरूले ती सबै पहिरो भिरालो जमिनमा भूकम्पको झड्कासँग सम्बन्धित रहेको पुष्टि पनि गरेका छन् ।
जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
वैज्ञानिकहरूले नेसनल एरोनाटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रह तस्बिर र तथ्यांकका आधारमा टेक्टोनिक प्लेट, भौगर्भिक बनोट तथा जमिनमुनि ढुंगा र माटोको सम्मि श्रणका बारेमा विस्तृत अध्ययन गरेका थिए । अध्ययन समूहको नेतृत्व गरेका अरिजोना विश्वविद्यालयका प्राध्यापक जेफ कार्लगलले आगामी दिनमा आउनसक्ने भूकम्पले वैशाखको भन्दा ठूलो क्षति गर्नसक्ने सम्भावना देखिएको भन्दै अहिल्यैदेखि सचेतना अपनाउन आग्रह गरेका छन् ।

‘यो नेपाल सरकार तथा सहयोग गर्ने निकाय र विश्वकै लागि सचेतनाको घन्टी हो । यसबाट सरकारले जमिनको वैज्ञानिक प्रयोग तथा निर्माणसम्बन्धी आचारसंहिता र मापदण्ड लागू गर्नमा जोड दिनुपर्छ', कार्लगलले भनेका छन्, ‘यो सरकारको आलोचना पनि होइन, खतराको घन्टी हो । अब सचेतना अपनाइएन भने भविष्यमा डरलाग्दो अवस्था उत्पन्न हुनेछ ।'

उच्च हिमाली भेगमा भएका हिमपोखरीहरू जमिनमा चिरा नपरेका कारण मात्रै जोगिएको पनि प्रतिवेदनमा उल्लेख छ । जमिनभन्दा १० देखि १५ किलोमिटर तल जमिन चिरिए पनि हिमाली भेगमा माथिल्ला भागसम्म आइनपुगेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

पोट्सड्याम विश्वविद्यालयका पृथ्वी तथा वातावरण अध्ययन विज्ञानका प्राध्यापक उल्फग्याङले काठमाडौंभन्दा उत्तरी भेगको लाङटाङमा गएको पहिरो र हिमआँधीले यसअघिका भूकम्पबारेका कतिपय सिकाइ असफल साबित गरेको बताएका छन् । ‘लाङटाङ घटनाले प्राकृतिक विपत्ति र खतराको मूल्यांकन नयाँ ढंगमा गर्नुपर्ने पाठ सिकाएको छ', उल्फग्याङले भनेका छन् ।

लाङटाङमा भूकम्पपछि आएको पहिरो र हिमपहिरोले बस्ती नै बगाएको थियो भने सयौं सर्वसाधारणको मृत्यु भएको थियो । नेपालको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङ भूकम्पछि खण्डहरमा परिणत भएको छ ।
annapurnapost

– विजय थापा ,वाशिंगटन डिसी

अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका ब्यापारी ,बिबिध ब्यबसायमा संलग्न व्यक्ति तथा विभिन्न संघ तथा संस्थामा आबद्ध रही बृहत सम्मेलन सफलता पूर्वक सम्पन्न गरि सकेका नेपाली अमेरिकनहरुको पहलमा लस एन्जेलसमा प्रथम नेप्लिज अमेरिकन सम्मेलन हुने भएको छ l

अमेरिकन स्वतन्त्रता दिवस जुलाई ४ लाई मध्य नजर गर्दै उक्त सम्मेलन जुलाई २ देखि ४ सम्म आयोजना हुने गरिने भएको छ l र उक्त प्रथम सम्मेलनलाई भब्यताका साथ सम्पन्न गराउन उक्त सम्मेलनमा संलग्न रहेका आयोजक समितिका सदस्यहरु गत फेब्रुअरी २७ तारिख लस एन्जेलसमा प्रथम बैठकको आयोजना गरेको छ l


खेलकुद, संगीत् र संजाललाई मुख्य नारा बनाउदै यसको माध्यमबाट अमेरिकाका नेपाली समुदायलाई एकत्रित बनाउने लक्ष्य रहेको आयोजकले बताएका छन् l गत फेब्रुअरी २७ तारिखमा बसेको प्रथम बैठकले सम्मेलनलाई कसरि सफल तथा भब्य बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भै विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिने जानकारी गराएका छन् l

खेलाडीहरु हौसला प्रदान गर्न खेलकुदमा अहिले सम्म कै सबै भन्दा ठुलो राशिको पुरस्कारको व्यवस्था गरिएको छ l  खेलकुदमा फुटबल, बास्केटबल, भलिबल ,गल्फ ,टेनिस तथा क्रिकेट खेल राखिएको छ l जस अनुसार फुटबलमा बिजेता लाई  ५ हजार डलर तथा उप बिजेतालाई २ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ l

यसै गरि बास्केटमा बिजेतालाई ३ हजार तथा उप बिजेतालाई एक हजार डलर नगद पुरस्कारको व्यवस्था गरिएको छ l यसै गरि भलिबलमा बिजेतालाई तीन हजार डलर तथा उप बिजेतालाई एक हजार डलर नगद पुरस्कार दिईने भएको छ l

आयोजकले प्रथम नेप्लिज अमेरिकन सम्मेलन लस एन्जेलसमा गरिने भएता पनि ३ बर्ष सम्म अगाडिका सम्मेलन स्थल र राज्य समेतको तय भएको बताएका छन् l

सम्मेलनलाई भब्य बनाउन बसेको बैठकले सम्मेलनलाई सफल बनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन् भने उक्त सम्मेलनको लागि एक बर्ष अगाडी देखि नै योजना बनाईएको बताईएको छ l

बिशेष गरि अमेरीकामा रहेका युवाहरुको प्रयास तथा संलग्नतामा हुने यो कार्यक्रम पूर्ण रुपमा निस्वार्थ भावनाले खेलकुद तथा मनोरंजन दिनु रहेको छ l

३ दिन सम्म चल्ने उक्त कार्यक्रममा ख्याती  प्राप्त कलाकारको सांगीतिक प्रस्तुति ,फेसन प्रदर्शन ,सांस्कृतिक साँझ तथा प्रतिभा प्रतियोगिता समेत रहने भएको छ l

यसै गरि अमेरिका भर रहेका नेपाली समुदायलाई एक एकै थलोमा भेला गराई बिभिन्न मंचमा छलफल ,बहस कार्यक्रमको साथै बिशेष व्यक्तिहरुसंग अन्तरक्रियात्मक कार्यक्रम समेत गर्ने योजना तय भै सकेको आयोजकले जनाएका छन् lNews24Nepal

आजको पञ्चाङ्ग
वि.सं. २०७२ फाल्गुन १७ गते सोमबार तदनुसार ई. सं. २०१६ फेब्रुवरी २९ तारिख,
किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :— ११३६, (सिल्लागा)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:५५ बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:०२ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३८ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे
फाल्गुन कृष्णपक्षको षष्ठी तिथि, बिहान १०:१५ बजेसम्म, त्यसपछि सप्तमी तिथि,
विशाखा नक्षत्र, बेलुका ०९:०२ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०२:२९ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा,
व्याघात योग, बिहानको राती ०३:४५ बजेसम्म, त्यसपछि हर्षण योग,
बब करण, मध्यरात्रीपूर्व ११:०५ बजेसम्म त्यसपछि बालब करण,
आनन्दादि योग : मित्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व,
आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : अष्टमी व्रत,
भोलिको मूहुर्त : शुभविवाह,
१९ गते : गोरखकाली पूजा, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),
२० गते : शुभविवाह,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दिनको सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । तर बेलुकीपख के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । पाचनप्रणाली र नसासम्बद्ध रोगीले आज रोगनिदानको उपाय प्राप्त गर्नेछन् । अझ साँझबाट सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज दिउँसोका तुलनामा साँझको समय निकै राम्रो देखिन्छ । बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ र तर बेलुका प्रतिस्पर्धीका क्रियाकलाप देखेर मन खिन्न हुनसक्छ, परिस्थिति आफ्नो पक्षमा ल्याउन आँफू चुप लागेर बस्नु उचित हुनेछ । बेलुका सन्तानपक्षबाट खुसीको खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

घरपरिवारभित्र स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छन् । सम्पत्तिको विवाद छ भने त्यसका बारेमा छलफल हुनसक्छ । छर–छिमेकमा असमझदारी बढ्ने सम्भावना छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । यात्राको सम्भावना छ । साँझपख दार्शनिक वा बौद्धिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा देखिन्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

वित्तीय पक्ष राम्रो छ । सभा–समारोहमा सहभागी हुनु पर्ने वा सामाजिक काममा खट्नु पर्ने दिन छ, तर आलोचकहरू बढ्ने सम्भावना छ त्यसैले सचेत रहनु होला । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । मित्रवर्ग र बन्धुवान्धवले आआफ्ना बाध्यता तेर्साउन सक्छन् । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन । बन्दव्यापारमा फाइदा नै देखिन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर बेलुकाबाट चिन्तनमूलक कार्य र दार्शनिक गतिविधिमा सक्रियता बढ्ने छ । पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, बरु आनन्दप्राप्ति र भोगविलासतर्फ मन केन्द्रित हुनेछ । खर्च गर्न मन हौसिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । अन्ततः प्रतिष्ठित व्यक्तिले समेत तपाईको सराहना गर्नसक्छन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आजको दिन तपाईंले भाग्यबलमा कमी भएको अनुभूति गर्नुहुनेछ । बन्दव्यापारमा उतारचढाव आउने छ, एकाएक घाटा ब्यहोर्नु पर्ने अवस्थासमेत सिर्जना हुनसक्छ । तर साँझपख निराशा र तनावको अन्त्य हुनसक्छ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
purbelinews

 ‘बच्चालाई टन्सिल बढ्यो ? एन्टिबायोटिक खुवाउँ ’
बाथमुटुरोगबाट नेपालमा बर्षेनी १ हजार बालबालिकाको ज्यान जाने गरेको अनुमान छ
काठमाडौँ – बालबालिकाहरुमा टन्सिल बढ्दा त्यसबिरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिको विकल्प नखोज्न चिकित्सकहरुले अभिभावकहरुसंग आग्रह गरेका छन् । उनीहरुले बालबालिकामा देखिने टन्सिलको समयमै उपचार हुन नसके त्यसबाट बाथमुटुरोग निम्तन सक्ने र त्यसको असर मुटुको भल्वमा नै पर्न सक्ने भन्दै एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिएका हुन् ।
नेपालमा ५ देखी १५ बर्ष उमेर समुहका बाथमुटु रोगबाट पिडीत बालबालिकाको संख्या १ लाख भन्दा बढी भएको अनुमान छ । पिडीत बालबालिका संख्या बर्षेनी साढे सात हजारको दरले थपिने गरेका छन् भने एक हजार बढीले ज्यान गुमाउने गरेको अनुमान छ ।
नेपालमा ५ देखी १५ बर्ष उमेर समुहका बाथमुटु रोगबाट पिडीत बालबालिकाको संख्या १ लाख भन्दा बढी भएको अनुमान छ । पिडीत बालबालिका संख्या बर्षेनी साढे सात हजारको दरले थपिने गरेका छन् भने एक हजार बढीले ज्यान गुमाउने गरेको अनुमान छ ।
नेपालमा बाथमुटुरोग रोकथाम तथा नियन्त्रणमा क्रियाशिल रहँदै आएको संस्था नेपाल हृदयरोग प्रतिष्ठानका अनुसार करीब ५० प्रतिशत बालबालिकालाई बिनाकुनै प्रारम्भिक लक्षण बाथमुटुरोग लागेको पाइन्छ । यस्ता बालबालिकालाई स्वास्थ्य परीक्षणपछि मात्रै बाथमुटु रोग लागेको पत्ता लाग्ने गरेको छ ।
प्रतिष्ठानका कार्यक्रम निर्देशक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले  टन्सिल हुँदा चलाउनुपर्ने एन्टिबायोटिक औषधि ‘एमोक्सोसिलिन’ नचलाएकै कारण धेरै बालबालिकालाई बाथमुटुको समस्या भएको भन्दै रोकथामका लागि एन्टिबायोटिक विकल्प नभएको बताए । उनले गाँउघरका स्वास्थ्य चौकीमा समेत निशुल्क पाइने ‘एमोक्सोसिलिन’ चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा चलाउनुपर्ने बताए ।
डा. रेग्मीले बाथमुटुले बालबालिकाको भल्वमा असर गरि फेर्नै पर्ने अवस्थामा पुरयाउने भन्दै घाँटी दुख्ने टन्सिल बढ्ने र जोर्नी दुख्ने अवस्थामा पुगेका बालबालिकालाई गम्भिरताका साथ स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिए ।
के हो बाथमुटुरोग ?
डा. रेग्मी भन्छन, ‘ ५ देखी १५ बर्षसम्मकाबाल बालिकामा सुरुमा घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने र निको भएको एक साता दश दिन पछि वा दुई तीन हप्ता पछि पुन जोर्नी दुख्ने, जोर्नी सुन्निने वा ज्वरो आउने समस्या भयो भने त्यो बाथमुटु हुनसक्छ ’ नेपालीहेल्थ उनले भने, ‘ त्यतिवेला बेसारपानी वा सिटामोल खुवाएर निको पार्ने भनियो भने त्यो गलत उपचार हुन्छ ।’डा. रेग्मीले बाथमुटुले थिच्दै गएपछि मुटु हल्लने वा दम बढ्ने जस्ता लक्षण समेत देखा पर्छ ।
कसरी बच्ने ?
डा. रेग्मी भन्छन, ‘बालबालिकाहरुलाई घाँटीको संक्रमण अर्थात घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने , जोर्नी दुख्ने भएमा तुरुन्त स्वास्थ्य सस्था वा अस्पताल लगि चिकित्सकलाई देखाउनुपर्छ । र एन्टिबायोटिक चलाएर टन्सिललाई निन्त्रणमा लिनुपर्छ । कतिपयले चिकित्सकले दिएको पुरा डोज औषधि नखाएको भेटिन्छ , औषधि खाएपछि स्वास्थ्यमा देखिएको सुधारलाई पूर्ण निको भएको मानेर औषधि पुरा डोज नखाँने चलन छ । त्यसो गर्नु हुदैन् । पुरा औषधि खानुपर्छ ।’
त्यसबाहेक बच्चालाई चिसोमा राख्नु हुदैन् । भिडभाडमा पनि राख्नु पनि राम्रो मानिदैन् । कहिलेकाही भिडभाडबाट रोग सल्कन सक्छ । त्यस्तै धूमपान तथा बाताबरणीय प्रदुषणबाट पनि जोगाउनुपर्छ । अझ सबैभन्दा महत्वपूर्ण कुरा यो बालबालिकालाई कुपोषित हुनबाट रोक्नुपर्छ ।
नेपाली हेल्थबाट

चितवन, । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताउनुभयो ।



उहाँका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताउनुभयो । सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उहाँको भनाइ छ ।

युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ । पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उहाँले सुझाव दिनुभयो । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उहाँको सुझाव छ ।

उहाँका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवद्र्धक हुने गर्छ ।



यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन् । तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ ।

पेटको क्यान्सरका बिरामी एक सय ६१ जनाले उपचार गराएकामा महिला ६२ जना मात्रै छन् भने पुरुषको सङ्ख्या ९९ छ । यो तथ्याङ्कले खानपिनका कारण पेटको क्यान्सर बढी हुने गरेको देखाउँछ ।
onlinedailypost

काठमाडौँ, १६ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज मध्यपृतना हेडक्वाटरअन्तर्गत महोत्तरीको पर्कौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।
सो क्रममा उहाँले गणको वस्तुस्थिति, बन्दोबस्ती, तालिमलगायत अन्य विविध पक्षबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
निरीक्षणका क्रममा गणका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाले राष्ट्रिय हित र स्वार्थको संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले नेपाली सेना सारा नेपाली जनताको राष्ट्रिय सेना भएकाले सेनाको मूल्य, मान्यता तथा मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निःस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हित रक्षार्र्थ कटिबद्ध भई लाग्न निर्देशन दिनुभयो ।
dainiknepal

 वैवाहिक जीवनभन्दा एकल जीवन उत्तम हुन्छ- विज्ञानले यसै भन्छ
सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ!
एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्। यसैक्रममा, ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका केहि फाइदाहरूलाई टिपोट गरेको छ।
“एकल व्यक्तिहरू अरूभन्दा लचिलो हुन सक्छन्”
विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्। सायद यो कुरा ठीकै हुन सक्छ, किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।
“एकल व्यक्तिहरू सामाजिक क्रियाकलापमा बढि अग्रसर हुन्छन्”
हुन पनि हो, अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्। पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।
“एकल व्यक्तिको व्यक्तिगत सम्बन्ध सच्चा हुन्छ”
हुन त एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ।
“अधिकांश एकल व्यक्तिहरू रचनात्मकता र मौलिकतामा ध्यान दिने खालका हुन्छन्”
शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।
“कसैको अनुमतीबिना नै स्वतन्त्र भएर हिँड्न पाउने व्यक्ति भनेको एकल व्यक्ति नै हो”
ल मानौँ, एक दिन तपाईँलाई कुम्लोकाम्लो बोकेर कतै यात्रा गर्न मन लाग्यो, अनि तपाईँ विवाहित हुनुहुन्छ। अब भन्नुहोस्, के तपाईँले त्यस्तो गर्ने स्वतन्त्रता पाउनुहुन्छ? तर यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपा‌ईँलाई कसले रोक्न सक्छ र?
एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन। सम्भावनाको सुनौलो अवसरले भरिएको यो जीवनलाई अझै खोतल्दै जाने मौका हो भन्न सकिन्छ एकल जीवनलाई। बिभिन्न् अनलाइनहरूबाट साभार
purbelinews

काठमाडौँ – कानको काम सुन्ने मात्र होइन । समुद्रशास्‍त्रका अनुसार कानले मानिसको भाग्‍य र व्यक्त‌ित्व समेत बताउँछ । त्यसैले तपाईले आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । यदि तपाईको कान छोटो छ भने तपाईले दुखी हुनु पर्दैन । किनकी छोटो कान भएका व्यक्ति बुद्ध‌िमान हुन्छन् ।

त्यस्तै जो व्यक्तिका कान जन्मजात नै लामा हुन्छन् तिनीहरुले लामो जिवन जिउने समुन्द्रशास्त्र बताउँछ । जन्मजात नै लामा कान भएका व्यक्तिले जिवनमा कम संघर्ष गर्न पर्छ । कान चेप्टा भएका व्यक्तिले भने भिन्न खालका हुन्छन् । उनीहरु भोग विलासी स्वभावका हुन्छन् । कानमा लामा लामा रौँ आएका व्यक्तिहरुलाई मानिसले मन नपाराए पनि उनीहरु दिर्घायू हुने शास्त्रको दावी छ

यस्ता व्यक्तिले आफ्नै कर्मका आधारमा राम्रो धन सम्पत्ती आर्जन गर्न सक्छन् । त्यस्तै सारै छोटा कान भएका व्यक्ति अत्यन्तै मितव्ययि हुने र धन बचाउने स्वभावका हुन्छन् । कालो र सुख्खा देखिने कान भएका व्यक्तिलाई शास्त्रले नराम्रो संकेत गरेको छ । यस्ता कान भएका व्यक्तिले जिवनमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने हुन्छ । एजेन्सीको सहयोगमा
osnepal

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली साक्षर, शिक्षित र दक्ष बनाउने गरी नयाँ शिक्षा नीति तर्जुमाका लागि सरोकार भएकाहरुलाई आग्रह गर्नुभएको छ ।
शिक्षा मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘सङ्घीय नेपालको नयाँ शिक्षा नीतिका लागि राष्ट्रिय शिक्षा आयोग’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘एक्काइसौँ शताब्दीमा हाम्रो देशमा अझै नागरिक निरक्षर छन् भनेर विदेशी सामु भन्नुपर्दा लाजको विषय बन्ने गरेको छ, त्यसैले अब नपढेको मान्छे नेपालमा हुँदैन भन्न सक्ने आधार खडा गर्नुपर्छ ।’’
उहाँले शिक्षाले मानिसलाई गुण, आचरण, व्यवहार, स्वभाव र संस्कारमा उन्नत बनाई समाज र परिवारका निम्ति गुणवान् बनाउन सक्नुपर्ने बताउँदै विद्यार्थीलाई उनीहरुको प्रतिभा र रुचिअनुसारको शिक्षा दिलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले शिक्षामा विदेशीको नक्कल गर्ने परम्परा अन्त्य गरी राम्रा कुरालाई मौलिक ढङ्गले अनुसरण गर्न आग्रह गर्दै धेरै विद्यार्थी असफल हुनु अस्वाभाविक र आश्चर्यको विषय भएकाले हरेक क्षेत्रमा जनशक्ति तयारीबारे योजना सहितको सुझाव दिन आग्रह गर्नुभयो । शिक्षा सेवाको विषय भएकाले यसलाई पसल (व्यापार) को विषय नबनाउन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गराउन र शिक्षाको गुणस्तर सुधारका लागि नयाँ शिक्षा नीतिको माग भएको सन्दर्भमा मन्त्रालयले आयोग गठनको तयारी गरेको जानकारी दिँदै आयोगको कार्यक्षेत्र र सदस्यको मापदण्डबारे कार्यशालाबाट सुझाव माग्नुभयो । मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले शिक्षाको समग्र विकासका लागि राजनीतिक तहबाट प्रतिबद्धता आवश्यक रहेको बताउनुुभयो ।
व्यवस्थापिका संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झा, नेकपा (एमाले) का शिक्षा तथा मानव संसासन विभाग प्रमुख गङ्गालाल तुलाधार, नेपाली काँग्रेसका सांसद् डिएल चौधरी, एकीकृत नेकपा(माओवादी)का सांसद् धनीराम पौडेल, शिक्षाविद्, पेसागत सङ्घसंस्था र शिक्षाका कर्मचारी लगायतको सहभागिता रहेको कार्यशालामा समूहगत विभाजनाका आधारमा पूर्वप्राथमिकदेखि उच्च शिक्षासम्मको नयाँ नीतिबारे सुझाव दिइनेछ । रासस
purbelinews

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिंदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, वा त्यसलाई असाध्यै जटिल वनाईन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्ने ब्याख्या गरिसक्दा पनि फ्रायड पढेका नेपाली बौद्धिक वर्गले पनि यसलाई स्वीकार्न सकेका छैनन् । यो गम्भीर विषयमा
मनोविज्ञ करुणा कुँवर भने प्रष्ट छिन् । १२ बर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन – अनुसन्धान गरिरहेकी करुणा नेपालीको यौन मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्छिन् । नेपालीहरुको यौन ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ । जर्मन मनोवैज्ञानिक दोरोभि वेनरकी खास शिष्या करुणासँग नेपालीहरुको यौन मनोविज्ञानका विषयमा गरिएको कुरा । तपाईलाई फेमिली थेरापिष्ट भन्दा रहेछन्, *मनोबिज्ञानभित्र फेमिली थेरापी काँहा पर्दोरहेछ ? – मनोबिज्ञान बृहत बिषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोबिज्ञानद्धारा सम्भव भएको हो भन्दा फरक पर्दैन ।

त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोबिज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने बिषय फेमिली थेरापी अन्तर्गत पर्दछ । अर्थात तपाईको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्दछ । तपाईसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरु के के रहेछन् ? – पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दे जाँदा मुल कुरा सेक्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड सेक्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको मेले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउँनु भयो ? प्रतिशतमा भन्न सकिन्छ ? ९९ प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरुको विवाह इच्छा बिपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछी यूगल जोडीमा जति समस्या आउँछन् त्यमा कुनै न कुनै रुपमा यौन जोडीएकै हुन्छ ।



 विश्वस्तरका अध्ययनले पनि यही भन्छ । मेरो प्रक्टिसमा पनि यही पाएकी छु । केही उदाहरण दिन सकिन्छ ? – धेरै जोडी विवाहको ५–७ बर्ष पछि म कहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरु घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउने गर्दछन् । तर विवाहको पहिलो बर्ष त्यही ब्यबहार किन नराम्रो लागेन ? भनेर प्रश्न गरो भने उनीहरु मौन रहन्छन् । पहिलो बर्ष उनीहरुलाई त्यही ब्यबहार नराम्रो लाग्दैन, कारण उनीहरुको यौन सम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेर्रै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरुको रुप र ब्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुदै जान्छ, ती कृयाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ । नेपालीको यौन कृयाकलाप कसरी हँदोरहेछ, समस्या के पाउनुभयो ? – सामान्यतया नेपालीलाई सेक्स गर्न आउँदैन । सेक्स भन्ने वित्तिकै नेपालीको मनमा पुरुष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यस अघि धेरै भन्ने कुरा, ब्यवहार गर्नै कुरा, आकर्षण गर्नेकुरा यौनभित्र पर्दछन् । त्यसबारे धेरैले ध्यानै दिदैनन् ।

 मुख्य कुरा सेक्समा पुरुष हाबी हुने गरेका छन् । अनि महिलाले पनि पुरुषका लागि आफूले सेक्रिफाइस गरेको ठान्दछन् । समस्या त्यहींबाट सुरु हुन्छ । वास्तवमा सेक्स कस्का लागि, केका लागि भन्ने कुरामा हामी प्रस्ट छैनांै । नेपाली महिलाहरु सेक्समा रमाउँन नसक्नुको कारण के पाउँनु भयो ? – उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि सेक्स गर्न हुदैन, परपुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । तपाइले कतिपय महिलाहरु सेक्सको बेला नाङगै हुन सक्दैनन् । बत्ति बालेर सेक्स गर्न मनन्दैनन् भन्ने सुन्नु भएको होला ।onlinedailypost

एजेन्सी: अमेरिकाले पहिलो पटक अत्‍याधुनिक बमवर्षक बी-२१ को तस्बिर सार्वजनिक गरेको छ। यो बमवर्षकले विश्‍वको कुनै पनि ठाउँमा सजिलै बम झार्ने क्षमता राख्दछ ।

यूएस एयरफोर्सले आफ्नो अति नै गोप्य नेक्स्ट जेनेरेशन बी-२१ स्टील्थ बमवर्षकको तस्बिर पहिलो पटक सार्वजनिक गरेको हो।


अमेरिकाको एयरफोर्स विभागले जारी गरेको यो बमवर्षकले शीत युद्धताका बनाइएको बी-५२ वमबर्षकलाई विस्थापन गर्नेछ ।

यसको डिजाइन यसरी बनाइएको छ कि यसले संसारमा जुनसुकै कुनामा सजिलै आक्रमण गर्ने क्षमता राख्दछ ।

यसको निर्माण गर्न एक सय बिलियन अमेरिकी डलर भन्दा बढी खर्च लागेको बताइएको छ। यो बी-२१ कुनै पनि राडारको सम्पर्कभन्दा बाहिर रहने गरि बनाइएको छ।

यो बमवर्षक जिकज्याक आकारमा रहनेछ, जसले यसलाई शत्रुको राडरले समेत सम्पर्क गर्न नसक्ने अनुमान गरिएको छ।

यसअघि यो बमवर्षकलाई लङ्ग रेन्ज स्ट्राइक बमवर्षक (एलआरएस-बी) नामबाट चिनाइएको थियो। तर पछि यसलाई बी-२१ नाम दिइएको छ।

यो बमबर्षक अमेरिकी सेनाले २१ औँ शताब्दीमा बनाएको पहिलो अत्याधुनिक बमबर्षक हुनेछ। तर यो बमबर्षकको सबै गोपनीयता भने सुरक्षित राखिएको छ। यसको सार्वजनिक आउँदो महिना गर्ने तयारी गरेको बताइएको छ।

विज्ञका अनुसार यो युद्धक विमानमा उच्चस्तरीय प्रविधिको पहुँच भने केही कम रहनेछ। यसले बी-५२ को ठाउँमा काम गर्नेछ भने बी-१ बमवर्षकलाई विस्थापित गर्नेछ।

बी-१२ बमवर्षकलाई सन २०४० सम्ममा अमेरिकी एयरफोर्सको स्वामित्वबाट हटाइदिने गरि बी-२१लाई सन् २०२० सम्ममा प्रयोगमा ल्याइने योजना बनाइएको बुझिएको छ।

रिपोर्टका अनुसार अमेरिकी सेनाले यस्तै खालका अन्य एक सय युद्धक विमान खरिद गर्ने सोच बनाएको छ।

अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनले अक्टोबरमा नर्थरोप कम्‍पनीको नयाँ वमवर्षक बनाउने कुरामा सहमति गरेको थियो। यो युद्धक विमानको मुल्‍य ५ सय ११ मिलियन डलर तोकिएको बताइएको छ।
annapurnapost

धार्मिक रुपमा होस वा प्राकृतिक रुपमा होेस तुलसीको अत्यन्त महत्व रहेको छ । यसको सेवन वा प्रयोग गर्नाले धेरै कुरा फाइदा लिन सकिन्छ । यसको प्रयोगले नै वा सेवन गर्दा धरै किसिमका रोगहरु घरमै पनि निको पार्न सकिन्छ । यो अत्यन्तै बहुगुणी बृक्ष हो । तर यसको प्रयोग गर्न जान्नुपर्छ । गलत तरिकाले तुलसीको प्रयोग गर्दा फाइदा होइन बेफाइदा पनि हुन सक्छ । सावधान धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन्। थाहा पाइराख्नुस तुलसीको पातलाई के गर्नुहुँदैन ? तुलसीको प्रयोग गर्न नहुने धार्मिक र वैज्ञानिक कारण यस्ता छन् –



कहिल्यै नचपाउनुहोस्
तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ। त्यसैले यसलाई चपाउनु             एकदमै हानीकारक मानिन्छ। त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ ।

 शिवलिङ्गमा नचढाउनुहोस्
हिन्दु धर्मका ग्रन्थअनुसार, एकचोटि शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान हुन्छन्। त्यसैबेला विष्णु भगवानले जालझेल गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल हुन्छन्। विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिन्छिन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिन्छिन्। त्यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिन्छ।
 यी दिनहरूमा कहिल्यै पनि तुलसीको पात नटिप्नुहोस्
आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन भन्ने हिन्दु धर्ममा विश्वास गरिन्छ।किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो।
 गणेश भगवानलाई पनि कहिल्यै नचढाउनुहोस्
हिन्दु धर्म ग्रन्थ अनुसार गणेश भगवानले वृन्दाको श्रापलाई कम गरीदिए( ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस्। तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस्।’ त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास गरिन्छ।
 कहिल्यै पनि घरभित्र तुलसी नरोप्नुहोस्
हिन्दु धर्मग्रन्थमा उल्लेख भए अनुसार जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए। अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरिन्। तर विष्णुले अस्वीकार गरे र भने( “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ” त्यसपछि वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरे। त्यसैले नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास गरिन्छ।nepalnewslive

काठमाडौं, १६ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अस्पताल भर्ना भएका छन् ।
एक्कासी पेट दुखेपछि खड्का शनिबार राति राजधानीको नर्भिक अस्पताल भर्ना भएका हुन् । खड्काको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले जनाएका छन् ।
अचानक के भयो ?
नर्भिक अस्पतालका अनुसार बाहिरी इन्फेक्शनका कारण अत्यधिक पेट दुखेको हो । खड्काको प्राम्भिर रिपोर्ट सामान्य देखिएको र उनको जिवनदायी संकेत सवै सामान्य पाइएको डाक्टर मधु घिमिरेले जानकारी दिए ।
खड्काको नर्भिक अस्पतालका बरिष्ठ फिजिसियन डा. मधु घिमिरे नेतृत्वको चिकित्सक टोलीले नै उपचार गरिरहेको छ ।
dainiknepal

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमण सकेर फर्किएको १ साता हुन लागेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा ६ दिने राजकीय भ्रमणमा नयाँदिल्ली पुगेका ओलीले दिल्लीमा दिएका कतिपय पोजहरु निक्कै चर्चित बनेका थिए ।


नेपालीहरुले सामाजिक सञ्जालमा ओलीका विभिन्न पोजलाई लिएर विभिन्न जोक बनाएका थिए । ओली मोदीसँग नझुकेको बरु मोदी ओलीसँग झुकेको भन्दै कतिपयले मोदीको जोक पनि बनाएका थिए ।
नेपालमा मात्र नभएर ओली र मोदीका तस्विर भारतमै पनि जोक बनेका छन् । भारतको चर्चित जोक पेज रजनीकान्त भर्सेज सिआइडीको ट्वीटर पेजमा ओलीको पछाडी मोदी उभिएको तस्विरको जोक निक्कै चर्चित बनेको छ ।

ओलीले नेपाल भारतबीच भएका सम्झौता हस्ताक्षर गर्दै गरेको समयमा ओलीको पछाडि निरिह जस्तो देखिने मुद्रामा उपस्थित भएका मोदीको तस्विर भारतमा पनि भाइरल बनेको छ । कुनै चिया ल्याउने ब्यक्ति जस्तो देखिने मोदीको पोजलाई कतिपयले ओलीले मोदीको १२ कक्षाको कापी जाँचिरहेको भनेका छन् भने कतिपयले हाजिरी चेक गरेको भनेका छन् ।
त्यस्तै कतिपयले ओलीलाई शेरोंका शेर अर्थात सिंहका पनि सिंह समेत भनेको देखिन्छ ।

यता ६ दिन भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुरा मिल्न नसकेपछि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा पुनः भारत जाने भएका छन् ।


news24nepal

बिराटनगरमा सम्पन्न बिराट गोल्ड कपमा सनिबार सम्पन्न फाइनलमा नेपाल पुलिसले झापा ११ लाई १-० ले हराउदै उपाधिमा आफ्नो कब्जा जमायो ।

सोही प्रतियोगिताको उत्कृष्ट फोर्वार्ड तथा ३ गोल गर्दै संयुक्त रुपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडी भए कर्ण लिम्बू ।
त्यस्तै फाइनलमा गोल गर्न नसके पनि उनी गोलको ह्याट्रीक बाट चुके। गोलको ह्याट्रीकबाट चुके पनि उनको प्रहार ३ पल्ट पोस्टमा लागेर फर्कियो । ती तिनै प्रहार उत्कृस्ट थिये तर दुर्भाग्य के भने ती तिनै प्रहारलाइ बिफल पार्न गोल्पोस्टको योगदान रह्यो ।
पहिलो हाल्फको इन्जुरी समयमा उनको प्रहार पोस्टको भित्री भागमा लागेर बहिरियो भने दोस्रो हाल्फ को ५९ र ७१ मिनेटमा पोस्टमा प्रहार गर्दै उनको एकै खेलमा तीन प्रहार गोल पोस्टले बिफल पार्यो ।
hamrokhelkud

नेपालगन्ज, फागुन १६ – काष्ठमण्डप एयरको जहाज कालिकोटमा आकस्मिक अवतरणका क्रममा दुर्घटना हुँदा ज्यान गुमाउने विमान चालक दिनेश न्यौपानेको आइतबार बाँकेको कम्दिस्थित राप्ती नदीको सिधिनियाघाटमा अन्तिम संस्कार गरिएको छ ।
९ जना यात्रुलाई बचाएर पनि आफू बाँच्न नसकेका दिनेशको शवमा ६२ वर्षे पिता मानदत्तले दागबत्ती दिनुभएको थियो । दिनेशका पिता मानदत्तले चितामा दागबत्ती दिनेक्रममा ‘बाबु तिमीलाई पोल्यो की’ भन्दै पटक–पटक भक्कानिएपछि मलामी सबैका आँखामा आँसु देखिएको थियो । अन्तिम विदाईका क्रममा मलामीहरुले यात्रुलाई बचाउनका लागि आफ्नो ज्यान गुमाउने विमानचालक दिनेश अमर रहनु भन्दै नारा पनि लगाएका थिए । दिनेशको अन्तिम विदाईका लागि परिवारका सदस्य छिमेकीसहित सर्वसाधारणहरु सिधनियाघाटमा पुगेका थिए ।
सरकारी प्रतिनिधि उपस्थित नहुँदा आक्रोश

अरुलाई बचाएर आफ्नो ज्यान गुमाउने दिनेशको अन्तिम संस्कारमा सरकारी प्रतिनिधिको उपस्थिती नभएको भन्दै मलामीहरुले सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । दिनेशलाई साहसको सम्मान गर्दै मरणोपरान्तम राज्यले सम्मान दिनुपर्ने माग मलामीको थियो । पोष्टमार्टमका लागि शनिबार काठमाडौं लगिएको दिनेशको शव आइतबार उहाँको गृहनगर नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाजमा प्राविधिक खरावी आएपछि कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा गत शुक्रबार चालक न्यौपाने र सहचालक सन्तोष रानाको ज्यान गएको थियो । बिमानमा रहेका अरु ९ जना यात्रु भने बाँच्न सफल भएका थिए ।gorkhalikhabar


चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा सेल्फी खिच्दा डुबेर आज दिउँसो १ बजेदेखि विस्मिता ज्ञवाली बेपत्ता भएकी छिन ।

ईलाका प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार ‘नदीको किनारमा सेल्फी खिच्ने क्रममा चिप्लेर युवती डुबेको खबर आएको छ,’ उनले भने, ‘एक जना साथी चिप्लेर खसेपछि अर्की पनि डुबेकी रहिछन‍् ।’ बेपत्‍ता युवतीको खोजतलास जारी छ ।



नवलपारीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए । बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् ।
News24Nepal


फाल्गुन ३, २०७२-
प्रेम त्यो चिज हो जुन जराले सिंगो रूखलाई गर्छ । प्रेम त्यो चिज हो जुन गुँडले चरालाई गर्छ । दिनभरि भारी बोक्ने भरियाले नाम्लोलाई राति सुमसुम्याएर जतनसाथ राख्छ । त्यो हो प्रेम । अञ्जानमै प्रेम गरिरहेका छौँ हामी । स–साना स्कुले केटाकेटीहरूले पुस्तकको खोल नच्यातियोस् भनेर गाता हालेर किताबको जतनगर्न खोज्नु प्रेम हो ।
कति प्रेम गर्छ खोलाले समुद्रलाई ? सयौँ–हजारौँ माइल दौडँदै, बाटोमा आइपर्ने व्यवधानहरूलाई पन्छाउँदै, जसरी पनि पुगेरै छाड्छ भेट्नलाई । प्रेम त्यो हो, जो एउटा लेखकले आफ्ना पुस्तकका अक्षरसँग गर्छ । प्रेम त्यो हो जो गायकले आÏनो स्वरसँग गर्छ । प्रेम त्यो हो जो संगीतकारले आफ्नो धुनसँग गर्छ । त्यो पनि प्रेम नै हो, जुन किसानले आफ्नो हलोसँग गर्छ ।
प्रेम खोलाले गर्छ हिमालमा परेको हिउँलाई । त्यसैले त सालैभरि आफू रुख्खिएर कुनै दिन त पग्लिएला भनेर कुरी बस्छ । प्रेम दियोमा बलिरहेको आगोले गर्छ तेललाई । त्यसैले त उसले तेललाई भनिरहेको हुन्छ, जबसम्म तिमी छौ, म बलिरहन्छु । पानीले हरेक बालीलाई भनिरहेको हुन्छ, तँ सक्दो फल्नू है, म सकेसम्म तेरो जरा जरामा पुगिदिन्छु ।

हामी कहाँ–कहाँ खोज्छौँ प्रेम ? कुन दुनियाँमा होला र प्रेम ? प्रेम त प्रकृतिमै छ । हाम्रै वरिपरि । माटोमा, फूलमा, हावामा, पातमा, घरमा, घाममा, शीतमा अनि हजारौं गुनगुनाइने गीतमा । हेरौँ त हरेक अनुहारमा छ प्रेम । हरेक मान्छेको मधुर मुस्कानमा छ । कानका गहना बेचेर बुच्चै पारिदिएर कतार उडेका आÏनो लोग्ने सम्झँदै रातदिन आँसु बगाउने भाउजुको एक थोपा आँसु औँलामा राखेर हेर्नुस् त कति प्रेम छ त्यहाँ ? अनि तिनै दाइका कहिल्यै पोष्ट नहुने चिठीहरूमा कति पोखेका छन् उनले प्रेम ।
आकाशमा लाखौँ तारा छन् । कसैले कसैलाई नछोएरै पनि टिलिक्क टल्किरहेका छन् । आ–आफ्नो ठाउँ लिएर, न साँध, न सिमाना, न संवाद न विवाद ।

धरती र आकाश पनि, जसले एक–अर्कालाई हेरेरै मात्र सदियौँ काटिसके । उनीहरूमा पनि त छ प्रेम । अनि गुलाफको बोटमा काँडा र फूलको प्रेम । फूलको सुरक्षादिन काँडा सधैँ लागिरहन्छ । अनि हेर्नुस् खोला र बादलको सम्बन्ध । बादल जहिल्यै चुहिन्छ त खोलाको काखमा गएर मिसिन अनि खोला जसलाई अरू बादलहरूको प्रेमले तानेर उडिजान्छ घामसँग मद्दत मागेर ।

प्रेम त मेरा हजुरबुवाले गर्नुहुन्छ, ४० वर्ष अघि मरेकी हजुरआमालाई सम्झेर हरेक दिन भित्तामा टाँसिएको बडेमानको फोटो हेर्दै चाउरी परेका अनुहारमा मुस्कान ल्याएर ।
प्रेम मेरी सानी बहिनीले गर्छे हरेक दिन पप्पी नाउँको कुकुरलाई सुमसुम्याएर ।
मेरी आमाले पनि बुवालाई प्रेम गर्छिन् । हरेक बिहान ड्रेसिङ टेबल अगाडि उभिएर सिउँदोमा लामो सिउँदोको धर्सो कोरेर ।

मेरो साथीले पनि खुब गरेको छ प्रेम आफ्नी प्रेमिकालाई, पाखुरामा उसको नामको टाटु खोपाएर ।
हामी सबै यही प्रकृतिका अंश हौँ । प्रकृतिमा भएका सानाभन्दा साना चिजले हामीलाई प्रेम गर्न सिकाउँछन्, तैपनि हामीलाई यै प्रेम भन्ने चिजले किन दुखाउँछ ? यति विस्तार भएको प्रेमलाई एक जनामा मात्र ल्याएर किन खुम्च्याउँछौँ ? सप्पै थोकलाई प्रेम गरौँ । प्रेम बाँडौँ । फैलाएरै फैलिने चिज हो प्रेम । बाँडेरै धेरै हुने हो चिज प्रेम

ekantipur

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget