यस्तो छ, चैत महिनामा तपाईको भाग्य ! कुन समयमा कहाँ के हुन्छ ?

तपाई हामी सबैे राशी या कर्मयोगका आधारमा भाग्यको फैसला गर्ने गछौं । ज्योतिष विज्ञानका अनुसार कुन राशीको मानिसको समयचत्र कसरी अगाडि बढेको हुन्छ, त्यो आधारमा उसको भाग्य र भविष्य निर्धारण भएको बताइन्छ । त्यसैले विभिन्न राशीफल भएका व्यक्तिहरुको यो वर्षको अन्तिम महिना अर्थात चैत महिना कस्तो छ त ? आउनुहोस, जानकारी लिइराखौं ।



मेष व्यक्तिगत काममा सफलता प्राप्त हुनेछ । आफूलाई चाहिने सामग्रीको जोहो हुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने वा वनभोजमा सामेल हुने अवसर जुट्नेछ । धेरैजसो कार्य आफ्नो इच्छाबमोजिम सम्पन्न हुनेछन् । शरीरमा रगतको कमी हुनसक्छ ।श्रीमानले गरेको राम्रो व्यवहार पनि नराम्रो लाग्नसक्छ । प्रतिस्पर्धीहरूले सोझोपनको फाइदा उठाउनसक्ने भएकाले सतर्क रहनुहोला ।

वृष अपेक्षाअनुरूप सफलता प्राप्त हुनुका साथै यात्रा गर्ने अवसर जुट्नेछ । बसाइ सराइको सम्भावना पनि छ । श्रीमान्लाई राम्रोसँग बुझ्ने मौका मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै व्यापारिक लाभ पनि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त होला । प्रतियोगितात्मक कार्यक्रममा सफलता हात लाग्नेछ । कुनै कार्यमा विशेष सफलता पाइनेछ । अभिनन्दित हुने वा सम्मान प्राप्त गर्ने अवसर जुर्नेछ ।

मिथुन काममा विशेष सफलता हात पर्नेछ । रोकिएका काम बन्दै जानेछन् । माइतीपक्षबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभका साथै विभिन्न कुराको फाइदा हुनेछ । मनमा उब्जिएको शंका समाधान हुनेछ । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । साथीहरूसित वनभोज जाने सम्भावना छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता हासिल हुनेछ ।

कर्कट पारिवारिक सुख–समृद्धि बढ्नेछ । घरको रंगरोगन एवं साजसज्जा गर्नेतर्फ मन आकृष्ट हुनेछ । भाउजू–बुहारीसितको सम्बन्धमा प्रगाढता छाउनेछ । घुमफिर एवं किनमेलमा बढी समय बित्नेछ । छोराछोरीको स्वास्थ्यमा सजग रहनुपर्ने बेला छ । काममा अपेक्षित सफलता नमिल्नसक्छ । अनावश्यक खर्चको योग छ ।

सिंह प्रतिस्पर्धात्मक, शैक्षिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । सन्तान तथा उपहार प्राप्त गर्ने योग छ । मौसमी परिवर्तनका कारण स्वास्थ्यमा बाधा उत्पन्न हुनसक्छ । कुनै कुराले मनमा एक प्रकारको डर उत्पन्न हुनसक्छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा परे पनि माया–प्रीति भने कायमै रहनेछ । इष्टमित्रमा कसैलाई कुनै संकट आइलाग्नसक्छ ।

कन्या परिवारसित भ्रमणमा जाने अवसर मिल्नसक्छ । वादविवाद हुने योग छ । नवविवाहिताहरूले विशेष सतर्कता अपनाउनुपर्नेछ । वैचारिक मतभेद, अपजस, अनपेक्षित कलहजस्ता कुराको सामना गर्नुपर्ने अवस्था आइलाग्नसक्छ । पेट गडबड हुने योग छ । २० गतेपछिको समय केही अनुकूल होला ।

तुला मनको बोझ हट्नुका साथै जाँगर पनि बढ्नेछ । शरीर पनि फुर्तिलो रहनेछ । काममा सफलता हात पर्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । व्यावसायिक क्षेत्रबाट धनलाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै छोराछोरीहरूबाट पनि सन्तोष मिल्नेछ । साथीभाइहरूसित रमाइलो जमघट हुनसक्छ ।

वृश्चिक परिवारमा वैचारिक मतभेद देखापर्नसक्छ । छोराछोरीलाई नियन्त्रणमा राख्न केही कठिन हुनेछ । टाउको दुख्ने एवं झनक्क रिस उठ्ने समस्या देखापर्नसक्छ । विविध कारणले काममा बाधा परे पनि पराक्रमका कारण सबै कार्य सम्पन्न हुनेछन् । साथीभाइहरूसित रमाइलो भेटघाट एवं जमघट हुने योग छ । श्रीमान्को आचार–विचारलाई ध्यान दिएर काम गरे सम्भावित कलह टर्नेछ ।

धनु पारिवारिक सुख–समृद्धि बढ्नेछ । सन्तान लाभ हुने योग छ । आर्थिक पक्ष सुदृढ रहनेछ । प्रायस् सबै कार्य आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । व्यावहारिक कार्य गर्दा सबैको चित्त बुझाउन गाह्रो पर्नसक्छ । जागिरको सिलसिलामा यात्रा हुनेछ । साथीभाइहरूसँग भेटघाट गर्ने वा वनभोज जाने सम्भावना छ । नयाँ मित्रता गाँसिनेछ ।

मकर जाँगर बढ्नुका साथै शरीर एवं मन दुवै चङ्गा रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । विभिन्न स्रोतबाट धनलाभ हुनेछ । पारिवारिक जमघट हुनसक्छ । भ्रमणको संयोग जुर्नसक्छ । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि किनमेल हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

कुम्भ गृहिणीहरूको घर खर्च बढ्नेछ । पारिवारिक जिम्मेवारी एवं स्वास्थ्य समस्या देखापर्नसक्छ । शान्त र धीर भएर काम गर्नुपर्ने बेला छ । वैवाहिक जीवन सफल रहनेछ । श्रीमान्बाट पनि सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ होला । मनोरञ्जक क्रियाकलापतर्फ मन जाला । अनावश्यक खर्च हुने योग छ ।

मीन अनावश्यक खर्च हुनेछ । जाँगरमा कमी आउनसक्छ । छिमेकी एवं प्रतिस्पर्धीले दुस्ख दिने प्रयास गर्नसक्छन् । एक्लैले विभिन्न काम भ्याउनुपर्दा धपेडी हुनसक्छ । कामका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नु आवश्यक छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । बोल्दा एवं व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
nepalnewslive

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget