मध्यरातमा यसरी तात्यो मन्त्रिपरिषद, उत्तरी छिमेकी चीनबारे नयाँ निर्णय

काठमाडौँ, २ चैत । भनिन्छ नेपालमा हरेक विषयमा निर्णय लिदा रात नै कुनुपर्छ ।
यस्तै भएको छ सोमबार राति । प्रधानमन्त्रीको चीन भ्रमण लगायत अन्य निर्णय गर्न मन्त्रिपरिषदलाई मध्यरात नै लाग्यो । मन्त्रिपरिषद बैठक मध्यराति यसरी तात्यो कि निर्णय आउनकै एक बज्यो ।
मध्यरातिको मन्त्रिपरिषद निर्णयअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मित्र राष्ट्र चीनका प्रधानमन्त्री लि केकियाङको निमन्त्रणामा यही चैत ७ देखि १४ सम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो । प्रधानमन्त्री भएपछि यो उहाँको दोस्रो विदेश भ्रमण हुने छ । यसअघि उहाँले मित्र राष्ट्र भारतको गत फागुन ७–१२ गतेसम्म भ्रमण गर्नुभएको थियो ।
त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवद्र्धन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’(सार्क युवा बडापत्र) स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले बताउनुभयो ।
त्यसैगरी १८ औंँ सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।
नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सीमाङ्कन आयोगमा पौडेल
बैठकले संविधान बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ । सो आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव रहनुहुने छ । सो आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने छ ।
देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्य्विधि स्वीकृत गरिएको छ ।
संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget