हावाहुरीले विमानस्थल बन्द, विदेशबाट आएका जहाज आकाशमै होल्ड

काठमाडौं, १ चैत । हावाहुरीले मौसममा खराबी आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा विदेशबाट आएका विमानहरु आकाशमै उडिरहेका छन् ।
अचानक आएको ठूलो हावाहुरीले रन वे अवरुद्ध भएपछि अवतरण गर्नुपर्ने विमानहरु आकाशमै होल्ड गर्न बाध्य भएका हुन् । विमानस्थल स्रोतका अनुसार झण्डै एक घण्टादेखि विमान अवतरण हुन सकेका छैनन् ।
मौसम विग्रेपछि कोरियन एयरलाइन्स र फ्लाई दुबईका जहाज डाईभर्ट गरिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले जानकारी दिए ।
उनले भने– ‘विमानस्थल बन्द भएपछि अहिले दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको एआईसी २१५ जहाज र एयर अरेबियाको एबीवाई ५३१ जहाज आकाशमै होल्ड भएका छन् । अवतरण गराउने प्रयास जारी छ ।’
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget