नोटमा केरमेट नगर्न सर्वोच्चको अन्तरिम आदेश, सप्रेला त बुद्धि ?

काठमाडौँ, १ चैत, सर्वोच्च अदालतले रुपैयाँ (नोटमा) केरमेट तथा जथाभावी स्टिच नलगाउन नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नोटमा जथाभावी स्टिच तथा केरमेट नर्गन अन्तरिम आदेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिवक्ता अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रवीन्द्रराज जोशी र रुद्रप्रसाद पाठकले गत फागुन २७ गते रिट निवेदन दायर गरेका थिए ।

निवेदनमा नोटका बिटामा केरमेट गर्ने, लेख्ने, स्टिच गर्नाले झुत्रो हुने हुँदा आफूहरूको सम्पत्तिसम्बन्धी हकमा समेत आघात पुगेको उल्लेख थियो ।
च्याउसरी खुलेका बैंक, सहकारी लगायतले पैसालाई सुरक्षित राख्ने नाममा जथाभावी स्टिच गर्ने, आफै केरमेट गर्ने गर्दा सर्वसाधारण पनि पैसामै राष्ट्रबैंकको गभर्नरले जस्तै हस्ताक्षर धस्काउँदै आएका छन् । त्यतिमात्र होइन पैसामै आफ्नो सन्देश लेख्ने चलन पुरानो भइसकेको छ । डलरमा केरमेट भए पैसा सटही हुँदैन । सस्तो भएर हो कि नेपाली पैसाको त मोलै नभएजस्तो गरिरहेको छ सरकार । के फिर्ला त नेपालीको बुद्धि ?
aajakokhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget