rochak nepali khabarside

dainik news

Latest Post

इटहरी  / काकडभिट्टा ट्रेनिङ सेन्टर, इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इटहरी स्थित जनता प्राविको खेलमैदानमा सम्पन्न खेलमा कञ्चनजंगालाई १–० गोल अन्तरले हराउँदै काकडभिट्टा सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुद्ध चेम्जोङ्गले पहिलो हाफको १६ औँ मिनेटमा नगेन लिम्बुको पासको सदुपयोग गर्दै गरेको गोल आजको खेलको निर्णयक गोल बन्न पुग्यो । आजको खेलको म्यान अफ द म्याच कञ्चनजङ्गा फुटबल क्लबका सिद्धान्त क्षेत्री घोसित भए । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार एफिएफ पूर्वाञ्चल र फ्यान्स क्लब बिआरसी भुटानबिच हुने छ ।
/purbelinews

युवा संघ नेपालले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेपालको नक्सा दिएर राष्ट्र जोगाउन आग्रह गरेको छ । ‘सक्नुहुन्छ भने ठूलो दलको सभापतिको नाताले सन् १९५० को सन्धी खारेज गरेर नेपालको सीमाना बढाउन लाग्नुहोस । सक्नुहुँदैन भने अहिलेको सीमानामा प्रतिवद्ध रहनुहोस’ देउवा निवास बुढानिलकण्ठ पुगेका संघका अध्यक्ष राजीव पहारीले भावुक हुँदै भने ।



आफ्नो जीवन हत्केलामा राखेर मधेस सम्वाद तथा जागरण अभियान संचालन गरेका पहारीले देउवालाई राष्ट्रियताको विषयमा सचेत गराएका हुन । यसअघि पहारीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी राष्ट्रियताको विषयमा सचेत गराउँदै वामपन्थी दलहरुबीचको एकताको लागि ध्यानाकर्षण गराएका थिए ।



मंगलबार संघका नेता तथा कार्यकर्तासँगै बुढानिलकण्ठ पुगेका पहारीले देउवालाई खादासँगै नेपालको नक्सा दिएर राष्ट्र संकटमा परेकोतर्फ ध्यानाकर्षण गराएका हुन । ‘राष्ट्र संकटपूर्ण अवस्थामा छ । युवा संघको तर्फबाट हामीले राष्ट्रियताको विषयमा खवरदारी गरिरहेका छौँ । ठूलो दलको सभापतिको हैसियतामा तपाईपनि सचेत रहनुहोला’ पहारीले भने ।

पहारीले प्रमुख दलहरुबीचको एकता अझै आवश्यक रहेको भन्दै केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन पनि देउवाको ध्यानाकर्षण गराएका छन । उनले भने ‘केपी ओली नेतृत्वको सरकारमा आउनुहोला । त्यसको विकल्प छैन । अवको १० वर्ष मिलेर जानुपर्छ ।’ राष्ट्रियताको संरक्षण, भ्रष्टाचारको अन्त्य र जनताको दैनिकी सहज बनाउन पनि दलहरु कम्तिमा १० वर्ष मिलेर जानुपर्ने पहारीले औल्याए ।



जवाफमा देउवाले राष्ट्रिय अखण्डताको विषयमा आफूले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन । देउवाले भने ‘हामी पनि मिलेरै जानुपर्छ भन्नेमा छौँ ।  बधाई दिनुभएकोमा धन्यवाद । अखण्डताको विषयमा कसैसँग पनि म सम्झौता गर्दिन ।’ कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरु विमलेन्द्र निधि र चन्द्र भण्डारीलाई पनि युवा संघले बधाई दिएको छ ।
nepalpati

– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ ।
– अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।
– अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ ।
– बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ ।
– अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ ।
– गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ ।
– बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।
swasthyakhabar

काठमाडौँ । छ्याक्रयाक्क परेको रूखमा पातलो फलेका स–सना दाना । खान नहुने ती साना दाना हिरा जत्तिकै महंगोमा जोखिँदै छन् । जति सानो भयो उति ज्यादा दाम आउने यस बोधिचित्त फलको किनबेच रामेछापमा बढ्दो छ ।
बोधिचित्त लगाउनेले यति धेरै पैसा आउला भनेर सोचेका पनि थिएनन् । आफैंले पनि पत्याउन नसक्ने सपनामा जस्तो जति भन्यो त्यति पैसा दिने व्यवसायी निस्किएपछि बोधिचित्त रुखधनी रातारात लखपति हुँदै छन् ।‘मैले सोचेको पनि थिइनँ यति धेरै पैसा एउटै रुखको दानाले दिन्छ भनेर,’ आइतबार अपरान्ह आधाबोराजति बोधिचित्तको दाना बिक्री गरेर २९ लाख लिएका सुकाजोरका दुर्गाबहादुर श्रेष्ठले भने । श्रेष्ठले झन्डै तीस वर्षअघि उक्त रुख लगाएका थिए ।
दानाको महत्त्व र पैसा बुझेर नभै कान्लामा त्यसै घुसारेको रुखको कमाइ त्यसबेला ख्याल नै भएन । केही वर्ष अघिसम्म हाँगा काटेर बारको रूपमा प्रयोग गरे । जब दानाबाट पैसा आउँछ भन्ने थाहा पाएँ, त्यसबेलामा पनि मोल आएन । केही त्यतिकै खेर जाने गयो, बाँकी दुईचार माना सय दुई सयमा बिक्री गरे श्रेष्ठले ।चार वर्ष भयो बोधिचित्तको भाउ उम्लिएको । चार वर्षअघि श्रेष्ठले १० हजारमा भएजति सबै दाना बिक्री गरे । तीन वर्षअघि बढाएर ६० हजार लिए । अनि गएको साल ४ लाख हात लाए ।
४ लाख पाएपछि रौसिएका श्रेष्ठले यो साल २९ लाखको बिटो समाते । २९ लाख मूल्य पाउने दाना पुग(नपुग एक बोरा थिए । बाहिरी बोक्रो फाल्दा बिक्री हुने मुख्य दानाचाहिं आधा बोरा पनि हुँदैन ।गत वर्ष मझुवाका किसान धनबहादुर तामाङले एकै रुखबाट ३६ लाखको दाना बिक्री गरेका थिए ।
तामाङ बोधिचित्तबाट पैसा लिनेमा जिल्लामा अगुवा किसान हुन् । उनले २ वर्षअघि २३ लाख, ३ वर्षअघि १२ लाख र तीभन्दा अघिल्ला वर्षमा समेत लाखौं रुपैयाँ आर्जन गरेका थिए । यो वर्ष तामाङले लगाएको एउटै रुखमा फलेका बोधिचित्तका दानाको १ करोड मोलिएको छ ।
बोधिचित्त
रुखमै आउने व्यवसायीलाई बिक्री गर्दा थोरै दाम आउने भएकाले उनले आफैं टिपेर बिक्रीका लागि काठमाडौंतिर लगेका छन् । उनले भनेको मोलमा बिक्री भएन भने पनि दानाबाट यो वर्ष कम्तीमा पनि ६० देखि ७५ लाख कमाउने उनको लक्ष्य छ ।
मझुवाकै किसान हिरा तामाङले मंगलबार दाना टिपे । उनले गत वर्ष २ लाखको दाना बिक्री गरे । तर यो वर्ष धनबहादुरकै हाराहारीमा पैसा लिनेमा उनी पर्छन् । उनको बारीमा झन्डै २० वटा रुखमा झपक्क दाना लागेका छन् ।
साना रुख भएकाले थोरैथोरै गर्दा पनि तयारी दाना १२ पाथी हुने अनुमान उनले गरेका छन् । आउने वर्षदेखि दाना दिनेखालका सयौं बिरुवा उनको बारीमा हुर्किंदै छन् । आगामी वर्षदेखि कम्तीमा १ करोड रुपैयाँ लिनेमा उनी पर्छन् । हिराको बगैंचामा फलेका बोधिचित्तका बिरुवा कुनै त यस्ता छन् जुनमा ६ मुखेसम्मका दाना निस्किएका छन् ।
६ मुखे एउटै दानाको एक लाखसम्म मोलमोलाइ हुने गर्छ ।मझुवा गाविसमा धेरैले बोधिचित्त लगाएका छन् । तर फलेका रुख भने थोरै छन् । आउँदो वर्षदेखि फल दिने खालका बिरुवा धेरै किसानकामा हुर्किंदै छन् । उक्त गाविसका हरेक घरमा बोधिचित्तका रुख लगाइएका छन् । कसैले पुरै जग्गामा लगाएका छन् ।
केही वर्षदेखि बोधिचित्तका बिरुवा हुर्काएर बिक्री गर्दै आएका मझुवाकै प्रकाश प्रधानका अनुसार मनग्यै पैसा आउन थालेपछि बिरुवाको माग ज्यादै बढेको छ । हरेक वर्ष उनले ७ देखि १० हजारसम्म बिरुवा बिक्री गर्छन् । प्रतिबिरुवाको १५  सय रुपैयाँसम्म पर्ने बोधिचित्तको बिरुवा मागबमोजिम पुर्‍याउन हम्मेहम्मे परेको प्रधानले बताए ।
बोधिचित्त बौद्ध धर्मावलम्बीहरूले मन्त्र जप्ने मालाका रूपमा धेरै प्रयोग हुने गर्छ । १ सय ८ वटा दाना भएको मालामा यसको प्रयोग बौद्धधर्मावलम्बीहरूले गर्छन् । यसका अतिरिक्त बौद्ध गुम्बाहरूमा समेत बोधिचित्तको दाना प्रयोग हुने जनाइएको छ ।
कसैकसैले ब्रासलेट बनाई हातमा लगाउने, बुटीका रूपमा लगाउनेसमेत गरेको पाइन्छ । फागुनमा फूल खेलेर असारको पहिलो सातामा टिप्न हुने बोधिचित्त वर्षमा दुईपटक फल्छ । यो पहिलो लट हो । दोस्रो लट साउनमा फूल खेल्ने र कात्तिकमा टिप्ने गरिन्छ । यो लटमा भने पहिलो लटमा झैं धेरै दाना लाग्दैन । स्राेतः अनलाइन पत्रिका


अष्ट्रेलिया-बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् । ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोय्लेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । शुदुर उत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।

यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई यहाँका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधी’को रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधी बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ । यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए ।


 जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ। पाँच मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ । एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौषम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख बोय्लेका अनुासर अब छिटै मानवका लागि पनि यो औषधी निर्माण गरिँदै छ । gorkhalikhaban

तपाई हामी सबैे राशी या कर्मयोगका आधारमा भाग्यको फैसला गर्ने गछौं । ज्योतिष विज्ञानका अनुसार कुन राशीको मानिसको समयचत्र कसरी अगाडि बढेको हुन्छ, त्यो आधारमा उसको भाग्य र भविष्य निर्धारण भएको बताइन्छ । त्यसैले विभिन्न राशीफल भएका व्यक्तिहरुको यो वर्षको अन्तिम महिना अर्थात चैत महिना कस्तो छ त ? आउनुहोस, जानकारी लिइराखौं ।



मेष व्यक्तिगत काममा सफलता प्राप्त हुनेछ । आफूलाई चाहिने सामग्रीको जोहो हुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने वा वनभोजमा सामेल हुने अवसर जुट्नेछ । धेरैजसो कार्य आफ्नो इच्छाबमोजिम सम्पन्न हुनेछन् । शरीरमा रगतको कमी हुनसक्छ ।श्रीमानले गरेको राम्रो व्यवहार पनि नराम्रो लाग्नसक्छ । प्रतिस्पर्धीहरूले सोझोपनको फाइदा उठाउनसक्ने भएकाले सतर्क रहनुहोला ।

वृष अपेक्षाअनुरूप सफलता प्राप्त हुनुका साथै यात्रा गर्ने अवसर जुट्नेछ । बसाइ सराइको सम्भावना पनि छ । श्रीमान्लाई राम्रोसँग बुझ्ने मौका मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै व्यापारिक लाभ पनि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त होला । प्रतियोगितात्मक कार्यक्रममा सफलता हात लाग्नेछ । कुनै कार्यमा विशेष सफलता पाइनेछ । अभिनन्दित हुने वा सम्मान प्राप्त गर्ने अवसर जुर्नेछ ।

मिथुन काममा विशेष सफलता हात पर्नेछ । रोकिएका काम बन्दै जानेछन् । माइतीपक्षबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभका साथै विभिन्न कुराको फाइदा हुनेछ । मनमा उब्जिएको शंका समाधान हुनेछ । जीवनसाथीबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । साथीहरूसित वनभोज जाने सम्भावना छ । प्रतियोगितात्मक क्रियाकलापमा सफलता हासिल हुनेछ ।

कर्कट पारिवारिक सुख–समृद्धि बढ्नेछ । घरको रंगरोगन एवं साजसज्जा गर्नेतर्फ मन आकृष्ट हुनेछ । भाउजू–बुहारीसितको सम्बन्धमा प्रगाढता छाउनेछ । घुमफिर एवं किनमेलमा बढी समय बित्नेछ । छोराछोरीको स्वास्थ्यमा सजग रहनुपर्ने बेला छ । काममा अपेक्षित सफलता नमिल्नसक्छ । अनावश्यक खर्चको योग छ ।

सिंह प्रतिस्पर्धात्मक, शैक्षिक एवं न्यायिक कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । सन्तान तथा उपहार प्राप्त गर्ने योग छ । मौसमी परिवर्तनका कारण स्वास्थ्यमा बाधा उत्पन्न हुनसक्छ । कुनै कुराले मनमा एक प्रकारको डर उत्पन्न हुनसक्छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा परे पनि माया–प्रीति भने कायमै रहनेछ । इष्टमित्रमा कसैलाई कुनै संकट आइलाग्नसक्छ ।

कन्या परिवारसित भ्रमणमा जाने अवसर मिल्नसक्छ । वादविवाद हुने योग छ । नवविवाहिताहरूले विशेष सतर्कता अपनाउनुपर्नेछ । वैचारिक मतभेद, अपजस, अनपेक्षित कलहजस्ता कुराको सामना गर्नुपर्ने अवस्था आइलाग्नसक्छ । पेट गडबड हुने योग छ । २० गतेपछिको समय केही अनुकूल होला ।

तुला मनको बोझ हट्नुका साथै जाँगर पनि बढ्नेछ । शरीर पनि फुर्तिलो रहनेछ । काममा सफलता हात पर्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा प्रगति गर्ने अवसर जुट्नेछ । व्यावसायिक क्षेत्रबाट धनलाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनुका साथै छोराछोरीहरूबाट पनि सन्तोष मिल्नेछ । साथीभाइहरूसित रमाइलो जमघट हुनसक्छ ।

वृश्चिक परिवारमा वैचारिक मतभेद देखापर्नसक्छ । छोराछोरीलाई नियन्त्रणमा राख्न केही कठिन हुनेछ । टाउको दुख्ने एवं झनक्क रिस उठ्ने समस्या देखापर्नसक्छ । विविध कारणले काममा बाधा परे पनि पराक्रमका कारण सबै कार्य सम्पन्न हुनेछन् । साथीभाइहरूसित रमाइलो भेटघाट एवं जमघट हुने योग छ । श्रीमान्को आचार–विचारलाई ध्यान दिएर काम गरे सम्भावित कलह टर्नेछ ।

धनु पारिवारिक सुख–समृद्धि बढ्नेछ । सन्तान लाभ हुने योग छ । आर्थिक पक्ष सुदृढ रहनेछ । प्रायस् सबै कार्य आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् । व्यावहारिक कार्य गर्दा सबैको चित्त बुझाउन गाह्रो पर्नसक्छ । जागिरको सिलसिलामा यात्रा हुनेछ । साथीभाइहरूसँग भेटघाट गर्ने वा वनभोज जाने सम्भावना छ । नयाँ मित्रता गाँसिनेछ ।

मकर जाँगर बढ्नुका साथै शरीर एवं मन दुवै चङ्गा रहनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । विभिन्न स्रोतबाट धनलाभ हुनेछ । पारिवारिक जमघट हुनसक्छ । भ्रमणको संयोग जुर्नसक्छ । व्यक्तिगत एवं पारिवारिक खुसीका लागि किनमेल हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

कुम्भ गृहिणीहरूको घर खर्च बढ्नेछ । पारिवारिक जिम्मेवारी एवं स्वास्थ्य समस्या देखापर्नसक्छ । शान्त र धीर भएर काम गर्नुपर्ने बेला छ । वैवाहिक जीवन सफल रहनेछ । श्रीमान्बाट पनि सहयोग एवं सद्भाव प्राप्त हुनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ होला । मनोरञ्जक क्रियाकलापतर्फ मन जाला । अनावश्यक खर्च हुने योग छ ।

मीन अनावश्यक खर्च हुनेछ । जाँगरमा कमी आउनसक्छ । छिमेकी एवं प्रतिस्पर्धीले दुस्ख दिने प्रयास गर्नसक्छन् । एक्लैले विभिन्न काम भ्याउनुपर्दा धपेडी हुनसक्छ । कामका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नु आवश्यक छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । बोल्दा एवं व्यावहारिक काम गर्दा सजग रहनुपर्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
nepalnewslive

काठमाडौं, चैत २ । पछिल्ला दिन उकालो लाग्दै आएको सुनको भाउमा मंगलबार उल्लेख्य गिरावट आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको चाँदीको भाउ पनि ५ रुपैयाँ सस्तिएर ७ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ३३ डलर हाराहारीमा आइरहेको थियो ।
imagekhabar

सोल: दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाईले उत्तर कोरियालाई परिवर्तनको बाटोमा आउन आग्रह गरेकी छन् ।

'समयानुकुल परिवर्तित बाटोमा आउन मेरो आग्रह छ', उनले भनेकी छन्, 'यदि यसै हिसाबमा अघि बढ्ने हो भने त्यसले कसैलाई पनि राम्रो गर्ने छैन ।'


पछिल्ला समयमा उत्तर कोरियाले जारी राखेका आणविक सस्त्रास्त्रको परीक्षण अनावश्यक उत्तेजना भएको पनि राष्ट्रपति हाईले जानकारी दिइन् ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति हाईले उत्तर कोरियालाई यसरी विश्व समुदायसँग अनावश्यक रुपमा चिढाउने र उत्तेजना फैलाउने काममा नलागी वास्तविक परिवर्तनको बाटोमा आउँदा उसलाई राम्रो हुने धारणा राखिन् ।

उत्तर कोरियाले गत महिना गरेको लामो दूरीको रकेट परीक्षण र त्यसपछि उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले लगाएको नाकाबन्दीपछि उत्तर कोरिया विश्व समुदायबाट लगभग एक्लिएको जस्तो देखिन्छ ।

यसका विरुद्धमा संयुक्त राष्ट्रसङ्घले पनि उत्तरका विरुद्धमा नाकाबन्दी गरेको छ । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको छ ।

सो नाकाबन्दीपछि पनि हालैमात्र दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सोलमा गरिसकेका छन् । यस अभ्यासको पनि उत्तर कोरियाले यसको कडा विरोध गरेको छ ।

यस सैनिक अभ्यासपछि उत्तर कोरियाले प्रतिक्रिया दिँदै थप आणविक परीक्षणको चेतावनी समेत दिएको एक समाचारमा जनाइएको थियो ।

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा गतहप्तामात्र भएको उक्त संयुक्त सैन्य अभ्यासले पछिल्लो समयमा तनावमा रहेको यस देशलाई थप भड्काएको बताइन्छ ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको सो रकेट परीक्षणका विरुद्धमा हालैका दिनमा विश्वव्यापी रुपमा विरोध भएको छ । सोही विरोधस्वरुप संयुक्त राष्ट्रसङ्घले पनि नाकाबन्दीको घोषणा गरेको हो ।

सो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा भएको भनिएकोले उत्तर कोरियाले त्यसको तीब्र विरोध गरेको छ ।

राष्ट्रपति हाईले उत्तर कोरिया सच्चिएर आएमा उसमाथिको विदेशनीति पनि विश्वबाट नै सहज रुपमा निर्धारण हुने धारणा राखिन् । एजेन्सी
annapurnapost

प्रोटोकल मिच्दै होटलमै पुगे पूर्वमन्त्रीहरु
काठमाडौ – भारती विदेश मन्त्रालयका सचिवलाई नेपालका पूर्व मन्त्रीहरु लाइनै लागेर भेटेर नेपालको सामान्य प्रोटोकल व्यवस्थालाई धज्जी उडाएको छ । नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् ।
त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका
अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् ।
यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ ।
हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो ।
तर, पूर्व उद्योग मन्त्री महेन्द्र राय यादवले भने आफूहरु आन्दोलनमा भएको बेला बाध्यताले भेट्न गएको बताए । भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे ।
के भने जयशंकरले ?
भारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन् । पोखरामा हुने मन्त्री स्तरीय सार्कको बैठकमा सहभागि हुन नेपाल आएका जयशंकरले आज मधेशवादी दलका नेतालाई विहान भेट्नका लागि द्वारिका होटलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई बोलाएका थिए । भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए ।
उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ ।
यस विषयमा भेटघाटमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झासँग जिज्ञासा राख्दा उनले मधेशी जनताको अधिकार कसरी प्राप्त हुन्छ त्यसमा लाग्न सुझाव दिएको प्रतिकृया दिए । ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने ।
मधेशी मोर्चाका नेताहरुले मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं,’ भन्ने कुरा मधेशी मोर्चाका नेताले सचिव जयशंकर समक्ष राखेका थिए ।
मधेशी मोर्चाका नेताहरुको कुरा सुनेपछि जयशंकर यस विषयमा आफूले सत्ताधारी दलहरुसँग कुराकानी गर्ने आश्वासन दिएको मोर्चाका नेताहरुले जनाएका छन् ।
जयशंकरलाई भेट्न द्वारिका होटलमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, रामसपाका प्रवक्ता केशव झा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राय, तमलोपा उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्ला पुगेका थिए ।
ratopati

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget