नेपालद्वारा दक्षिण कोरिया ४—२ ले पराजित

काठमाडौँ,   जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपाल दक्षिण कोरियासँग ४—२ ले जितेको छ ।



कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो ।
त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो ।

खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरिया २—१ ले अगाडि हुन पुग्यो । दोश्रो हाफको सुरुवातमै अमिर श्रेष्ठले मैदानको बीच भागबाटै प्रहार गरेको बलले जाली चुमेपछि बराबरी हुन पुग्यो । ५१ औं मिनेटमा अर्जुन सुब्बाले गोल गर्न सफल भए ।

७१ औं मिनेटमा अमिरको पासलाई प्रकास गिरीले सदुपयोग गर्दै सुन्दर गोल हुदा नेपाल ४—२ ले सहज जितेको हो ।

खेल अबधीभर बल नेपाली खेलाडीको पकडमा थियो । नेपालले यसअघि जापानलाई २—०ले हराएको थियो । अर्को खेल मार्च २४ मा फिलिपिन्ससँग हुदैछ ।

प्रतियोगितामा नेपाल सहित जोर्डन, लेबनान, भारत, सिंगापुर, चीन, थाइल्याण्ड, इण्डोनेसिया, श्रीलंका, फिलिपिन्स, कोरिया र जापानको सहभागी छ ।
 News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget