बिहान सबेरै ब्युँझनेहरु धोकेबाज, रातमा उल्लु मानिस दिनमा सबैभन्दा बढि इमान्दार (अध्ययन )


मनोविज्ञहरुले बिहान छिटो उठ्ने मानिसहरुले आफ्नो पार्टनरलाई धोका दिने सम्भावना बढि हुने दाबी गरेका छन् । अमेरिकी विज्ञहरुले गरेको अध्ययनका क्रममा मानिसहरुबीचको नैतिक निर्णय तथा निदाउन चाहने समयबीचको सम्बन्धको अध्ययन गरिएको थियो ।





उल्लु र भारद्वाजको नैतिकता शीर्षकको उक्त अध्ययनमा शोधकर्ताले विहानै उठ्ने भारद्वाज चरा रुपी महिला(पुरुष तथा रात छिप्पिएपछि मात्र सक्रिय हुने उल्लु चरा रुपी मानिस जो बिहान ढिलो उठ्छन् र रातमा पनि ढिलै सुत्छन् त्यस्तामा फरक तहको इमान्दारिता हुने बताएका छन् ।

मनोविज्ञहरुका अनुसार मानिस त्यसबेला सबैभन्दा इमान्दार हुन्छ जब ऊ सबैभन्दा बढि उर्जाशील हुन्छ, त्यसैले रातमा उल्लु सबैभन्दा बढि इमान्दार हुन्छ ।

शोधका अनुसार मानिसको शरीरको जैविक घडी दुइ समयमा आबद्ध भएको हुन्छ । त्यसैले बढि नैतिक भनिने मानिसहरुमा बिहान अबेर मात्र उठ्ने बानी परेको हुन्छ ।

शोधकर्ताहरुका अनुसार विहान सबेरै उठ्ने मानिसमा विहानका केही घण्टा उर्जा बढि हुने भएपनि दिन बित्दै जाँदा उनीहरुमा इमान्दारिताको तह घट्दै जान्छ । दिन ढल्किँदै जाँदा उनीहरुमा धोकाधडी तथा झुट वचन बोल्ने सम्भावना समेत चुलिँदै जान्छ ।


News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget