मधेसी जनतासँग प्रचण्डले भने मेरो ‘लभर’लाई ‘भिलेन’ले लगेकोले फर्काउनु छ !


सिराहा, चैत २ – एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी जनतासँग आफ्नो अटुट सम्बन्ध कायमै रहेको बताएका छन् । सिराहाको जिल्ला परिषद उद्घाटन गर्न सिराहा पुगेका प्रचण्डले एक सिंचाइ परियोजना शिलान्यास गर्दै यस्तो बताएका हुन् ।
आफु निर्वाचित सिराहाको क्षेत्र नम्बर ५ मा रहेको उक्त परियोजना शिलान्यास कार्यक्रममा प्रचण्डले आफुले सधै मधेशी समुदायको हितका लागि सोचेको र काम गर्दै आइरहेको बताए ।



हिजोको कार्यक्रममा प्रचण्डलाई ‘तपाँइको मधेशसँगको लभ कुन अवस्थामा छ ? ’ भनेर सोधिएको तर्फ इंगित गर्दै प्रचण्डले भने,‘मधेशी जनतासँग मेरो लभ कायमै छ, बरु अहिले मेरो लभरलाई भिलेनले लगेकोले फर्काउनु छ ।’

मधेश समस्या छिट्टै समाधान हुने पनि उनको भनाइ थियो । ‘छलफल चलिरहेको छ, काठमाडौं फर्किएपछि मधेश समस्या समाधानका लागि मैले थप पहल गर्नेछु’ प्रचण्डले भने, ‘अब छिट्टै सिमांकन लगायतका विषयमा सहमती हुन्छ र मधेशी जनताको वास्तविक अपेक्षा अनुसारको काम हुन्छ ।’ आफुले जितेको क्षेत्रमा विकास निर्माणका धेरै कार्यक्रम ल्याउन चाहेपनि पछिल्लो समयको मधेस आन्दोलनले गर्दा ल्याउन नसकिएको उनको भनाइ थियो ।nepalnewslive
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget