प्रधानमन्त्रीको चीन भ्रमणमा ६ अर्ब बराबरको सहयोग मागिने

काठमाडौँ,  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल सरकारको तर्फबाट चीन सरकारसँग चक्रपथमा उत्याधुनिक प्रशारण लाइन बनाउन सहयोग मागिने भएको छ ।

अर्थ र परराष्ट्र मन्त्रालयको डिजाइन र ऊर्जा मन्त्रालयको प्राविधिक सहयोगमा कबिर ६ अर्ब बराबरको सहयोगका लागि प्रस्ताव लाने तयारी भएको ऊर्जा मन्त्रालयका प्रवक्ता डा। सञ्जय शर्माले काठमाण्डु टुडेलाई बताए ।



उपत्यकामा हाल रहेको अव्यवस्थित विद्युत वितरणलाई व्यवस्थित गर्न नेपाल सरकारको तर्फबाट सो प्रस्ताव लान लागिएको हो ।

१३२ केबी क्षमताको सो प्रसारण लाइनका लागि चीनसँग अनुदान या ऋण लिने भन्ने विषयमा भने अझै निर्णय भएको छैन ।

प्रवक्ता शर्माका अनुसार चीन सरकार क्रस बोर्डर बनाउन सकारात्मक भएको छ र हाल चीन सरकारका तर्फबाट कही मानिसले सोको अध्ययन समेत गरिरहेका छन् । उनले भने, ‘अर्थ र परराष्ट्र मन्त्रालयको सक्रियतामा नेपाल सरकारमार्फत प्रधानमन्त्रीज्युको चीन भ्रमणका क्रममा सो प्रस्ताव लान लागिएको हो । हामीले ऊर्जा मन्त्रालयका तर्फबाट सो प्रस्ताव विवरणमा केही थपघट गरेर पठाएका हौँ ।’

हाल काठमाण्डु उपत्यकामा ट्रासफर्मर पड्किने तथा विद्युत पोल धेरै र अव्यवस्थित हुने, विद्युत लाइनमा समस्या आउने गरेको छ । अत्याधुनिक प्रशारण लाइन बनाएमा सो समस्या धेरै मात्रामा हटेर जाने जानकार बताउँछन् ।
News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget