भारतीय विदेश सचिवले मोर्चालाई सोधे, ‘अब कस्तो आन्दोलन गर्नुहुन्छ ?’

प्रोटोकल मिच्दै होटलमै पुगे पूर्वमन्त्रीहरु
काठमाडौ – भारती विदेश मन्त्रालयका सचिवलाई नेपालका पूर्व मन्त्रीहरु लाइनै लागेर भेटेर नेपालको सामान्य प्रोटोकल व्यवस्थालाई धज्जी उडाएको छ । नेपालको क्याविनेटमा पटक पटक मन्त्री भइसकेका मधेशका चारजना पूर्व मन्त्रीहरु भारतीय विदेश मन्त्रालयका सचिव जयशंकरलाई द्वारिका होटलमा गएर भेटका छन् ।
त्यसरी एकजना सचिवस्तरका व्यक्तिलाई विहानै विहानै भेट्नेहरु मधेशी जनअधिकार फोरम गणतान्त्रिकका
अध्यक्ष एवं पूर्व सुचना तथा सञ्चार मन्त्री राजकिशोर यादव, नेपाल सद्भावनाा पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष एवं पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव तथा तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष एवं प्रवक्ता एवं पूर्व शिक्षा मन्त्री सर्वेन्द्र नाथ शुक्ला हुन् ।
यी मधेशका पूर्व मन्त्रीहरुलाई बोलाएर होटलमा भेटिसकेपछि अन्य नेता तथा मन्त्री, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई पनि जयशंकरले भेटेका छन् । तर होटलमा बोलाएर होइन, उनीहरुकै निवासमा गएर वा उनीहरुले बोलाएको ठाउँमा गएर जयशंकरले भेटेका हुन् । तर मधेशवादी दलबाट पटक पटक क्याविनेट मन्त्री भइसकेका नेताहरुले आफ्नो प्रोटोकल बिर्सेर एक मन्त्रालयका सचिव कहाँ लम्पसार पर्नुले नेपालको जगहसाई भएको टिप्पणी भइरहेको छ ।
हुन त केही समय पहिले पूर्व परराष्ट्र मन्त्री उपेन्द्र यादव र पूर्व स्वास्थ्य मन्त्री राजेन्द्र महतो र पूर्व उद्योग मन्त्री महेन्द्र राय यादव विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग उनकै निवासमा भेट्दा पनि आलोचना भएको थियो ।
तर, पूर्व उद्योग मन्त्री महेन्द्र राय यादवले भने आफूहरु आन्दोलनमा भएको बेला बाध्यताले भेट्न गएको बताए । भारतीय विदेश मन्त्री प्रणव मुखर्जीको उदाहरण दिँदै उनले यसअघि प्रधानमन्त्री स्वयं विदेश मन्त्रीलाई भेट्न जाँदा कुनै ठूलो विषय नबन्ने तर सँधै मधेसी नेताहरुका बारेमा मात्र प्रश्न उठाइनेमा आपत्ति प्रकट गरे ।
के भने जयशंकरले ?
भारतीय विदेश सचिव जयशंकरले बिना संघर्ष सरकारले केही दिने पक्षमा नरहेको भन्दै मधेशवादी दललाई आन्दोलनमा जान सुझाव दिएका छन् । पोखरामा हुने मन्त्री स्तरीय सार्कको बैठकमा सहभागि हुन नेपाल आएका जयशंकरले आज मधेशवादी दलका नेतालाई विहान भेट्नका लागि द्वारिका होटलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुलाई बोलाएका थिए । भेटघाटमा उनले आफूहरुले मधेशीको माग पूरा गराउन धेरै प्रयास गरेको तर सरकारले कुनै सुनुवाई नगरेकाले मोर्चासँग संघर्षको विकल्प नरहेको कुरा राखेका थिए ।
उनले संघर्षका लागि सबै मधेशवादी दल एक हुनुपर्ने कुरामा पनि जोड दिएका थिए । एक्ला एक्लै संघर्ष गरेर यो सरकारले सुन्नेबाला छैन त्यसैले शान्तिपूर्ण आन्दोलन गर्न सुझाव दिएको बैठकमा सहभागि एक नेताले बताए । आफूहरु शुरुदेखि नै मधेशीको माग पूरा होस् भन्ने पक्षमा रहेको र आउने दिनमा सहयोग रहने कुरा उनले राखेको बताइन्छ ।
यस विषयमा भेटघाटमा सहभागि राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता केशव झासँग जिज्ञासा राख्दा उनले मधेशी जनताको अधिकार कसरी प्राप्त हुन्छ त्यसमा लाग्न सुझाव दिएको प्रतिकृया दिए । ‘६ महिनादेखि आन्दोलन गर्नुभयो तैपनि तपाईहरुको माग पूरा भएन अब कस्तो खालको आन्दोलन गर्नुहुन्छ भनि उहाँले जिज्ञासा राख्नु भएको थियो, जवाफमा हामीले पहिला मधेशमा मात्र आन्दोलन भएको थियो अब देशैभरि आन्दोलन हुन्छ भनि जवाफ दिएका थियौं,’ प्रवक्ता झाले भने ।
मधेशी मोर्चाका नेताहरुले मधेशी मोर्चाको मागको सम्बन्धमा सरकार गम्भीर हुन्छ भनेर आन्दोलनको स्वरुप पनि परिवर्तन गरेको तर हालसम्म सरकारले कुनै सुनुवाई नगरेको जिकिर गरेका थिए । ‘बरु मधेशमा उल्टै आन्दोलनकारीलाई धडपकड गर्नुको साथै मुद्दा लगाउने काम गरिरहेका छन्, आन्दोलन खुकुलो छ त्यस समयको सदुपयोग गरोस् भनि हामीहरुले ज्ञापनपत्र पनि बुझायौं । अब चैत्र मसान्तसम्ममा मधेशको माग पूरा गरेन भने आन्दोलनमा जान्छौं,’ भन्ने कुरा मधेशी मोर्चाका नेताले सचिव जयशंकर समक्ष राखेका थिए ।
मधेशी मोर्चाका नेताहरुको कुरा सुनेपछि जयशंकर यस विषयमा आफूले सत्ताधारी दलहरुसँग कुराकानी गर्ने आश्वासन दिएको मोर्चाका नेताहरुले जनाएका छन् ।
जयशंकरलाई भेट्न द्वारिका होटलमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष राजकिशोर यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, रामसपाका प्रवक्ता केशव झा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राय, तमलोपा उपाध्यक्ष सर्वेन्द्र नाथ शुक्ला पुगेका थिए ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget