धुर्मुस सुन्तली सरसफाई अभियानमा सुनवल

काठमाण्डाै । नेपालको पहिलो बालमैत्री सुनवल नगरपालिकाका १ सय १७ बाल क्लबले धुर्मुस सुन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएका छन् । बालमैत्री नगरपालिका बनाउन सक्रिय रहेका बाल क्लबहरुले धुर्मुस सुन्तली अभियानमा ऐक्यबद्धता जनाउँदै नगरपालिकालाई वातावरणमैत्री पनि बनाउने बताएका हुन् ।
१ सय १७ बाल क्लबका ३ हजार २ सय ५० सदस्यहरु अब सरसफाईमा जुट्ने नगरबाल सञ्जालकी संस्थापक अध्यक्ष एवं बालमैत्री अभियानकी अभियान्ता विपना शर्माले जानकारी दिएकी छिन् । बालबालिकाहरुकै पहलमा नगरपालिकालाई बालमैत्री बनाउन सम्भव भएको भन्दै उनले सुनवललाई वातावरणमैत्री बनाउने लक्ष्यका साथ धुर्मुस सन्तली सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको बताएकी छिन् ।
सबै एक भएर अघि बढेकाले सुनवललाई बालमैत्री नगरपालिका बनेको सम्झना गर्दै उनले अब सरसफाई आफुहरुको प्राथमीकतामा रहने स्पष्ट गरीन् । ११ वर्षदेखि बाल क्लबमा संलग्न भएकी विपनालाई केहि समय अघि एशियाली महिला मानव अधिकार पुरस्कार प्रदान गरिएको थियो । देशकै पहिलो बालमैत्री नगरपालिकाका अधिकाँस बाल क्लबले सरसफाई अभियानमा ऐक्यबद्धता जनाएको खबरले आफुहरु उत्साहि भएको धुर्मुस सुन्तलीले प्रतिक्रिया दिएका छन् ।

gorkhalikhaba
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget