टी-२० विश्वकपः विश्व भारत र न्यूजिल्याण्ड कस्को पल्ला भारी


२ चैत, एजेन्सी ।

सन् २०१६ को टी-२० विश्वकप आज देखि भारतमा शुरु हुँदैछ । आयोजक भारत र न्यूजिल्याण्डबीच केही बेरमा खेल शुरु हुनेछ । वर्ष २०१६ भारतीय कप्तान धोनीका लागि फलिफाप सावित भएको छ ।

न्यूजिल्याण्ड विरुद्ध १६ खेल खेलेका भोनीले ५८ को औषतमा ५८१ रन बनाएका छन् । उनको बेष्ट स्कोर ८४ छ । भारतका विराट कोहोलीले न्यूजिल्याण्डको विरुद्ध ११ पारी खेल्दै ५३ रनको औषतमा ५३३ रन बनाएका छन् । पछिल्लो समय भारतका युवराज पनि टी-२० को फर्ममा छन् ।

यद्यपी एक दिवसीय विश्वकपको गत सिजनको फाइनलिष्ट न्यूजिल्याण्ड भारतले कम आक्न सक्ने टिम होइन ।

न्यूजील्याण्डको टिममा धुवाँदार ब्याट्स्म्यान मानिने केही खेलाडीहरु भारतका लागि टाउको दुखाइ बनिरहेका छन् । न्यूजिल्याण्डका चर्चित ओपनर ब्राण्डेन म्याकुलमको सन्यासले भारतलाई केही राहत भएपनि मार्टिक गुपटिल सबैभन्दा खतरनाक ब्याट्सम्यान मानिन्छन् ।

त्यसैगरी न्यूजिल्याण्डकै कोलिन मुनरो पनि विष्फोटक ब्याटिङका लागि चर्चित छन् । गत वान डे विश्वकपको फाइनलमा २३७ रनको धवाँदार पारी खेलेका गुपटिलले जादु देखाएका थिए । त्यसैगरी मुनरो पनि पछिल्लो समय चम्किएका ब्याट्सम्यान हुन् ।

यी २ ब्याट्स्यान भारतको लागि टाउको दुखाइ हुन सक्ने ठानिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget