नेपालका नेताबारे ज्योतिषले गरे अनिष्ट हुने खतरनाक भविष्यवाणी, को-को परे ?

काठमाडौं १ चैत । नेपालमा विभिन्न विषयले राजनीतिक बजार गर्माइरहेका बेला ज्योतिषले भने खतरनाक भविष्यवाणी गरेका छन् ।
अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन लगायत विषयले ठूलो चर्चा पाइरहेका बेला ज्योतिषको नयाँ तर, खतरनाक भविष्यवाणी सार्वजनिक भएको हो ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले आइतबार मध्यरातिभन्दा १२ मिनेट अगाडिदेखि शनिग्रह उल्टो दिशामा घुमिरहेको भन्दै अनिष्टको सम्भावना धेरै भएको बताए । उनले भने- ‘शनिग्रह उल्टो घुम्दा लैकिक ज्योतिषमा राम्रो मानिदैन । यसले राजनीतिक अस्थिरता, वायुयान दुर्घटना निम्त्याउन सक्छ ।’

ज्योतिष सिटौला
यो समयको अर्थ(पैसा) जगतमा पनि प्रत्यक्ष असर पर्ने उनले बताए । उनले भने- ‘नेपाली स्टक बढ्न जाने छ । तर, अमेरिकन स्टक घट्न जान्छ ।’
ज्योतिष सिटौलाले शनिग्रह उल्टो घुम्ने समयमा देश तथा विदेशमा राजनीतिक उथल पुथल हुने सम्भावना उच्च रहेको बताए । ‘पूर्वी देशहरुमा सरकार परिवर्तन हुनेछ । कुनै ठूलै राजनेताको हत्या पनि हुनसक्छ । नेपालमा पनि विपक्ष दलको नेतालाई अनिस्ट हुन सक्छ ।’
उनले भने अनुसार विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति यो समयको चक्करमा फस्न सक्छन् । उसो त देउवा ज्योतिष शास्त्रमा विश्वास गर्ने नेता हुन् ।
ज्योतिषहरुका अनुसार शनी ग्रह उल्टो घुम्ने समय साउन १७ गते सम्म छ ।
यसअघि ज्योतिष सिटौलाले कांग्रेस महामन्त्रीमा शसांक कोइरालाको सम्भावना बढी रहेको भनेर भविष्यवाणी गरेका थिए । जून मेल खाएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget