तीन वर्षिय कुर्दीलाई ‘डुबाउने’लाई जेल सजाय

फाल्गुन २१, २०७२- टर्कीको एक अदालतले शुक्रबार दुई सिरियाली नागरिकलाई लापरबाही गरी तीन वर्षिय बालक एलन कुर्दीलाई समुद्रमा ‘डुबाएको’ अभियोगमा जेल सजाय सुनाएको छ । डोगन समाचार संस्थाका अनुसार उनीहरुलाई मानव तस्करीको अभियोगमा दुई वर्ष दुई महिनाको सजाय तोकिएको छ ।

तीन वर्षिय कुर्दीको समुद्रमा डुबेर मृतअवस्थाको तस्बिर गत सेप्टेम्बरमा बाहिर आएपछि यसले युरोपले शरणार्थीलाई गर्ने व्यवहार बारे ठूलो बहस सृजना भएको थियो । उनको तस्बिर सिरियाको गृहयुद्ध र एसियाबाट युरोप जाने युद्धपीडित शरणार्थीको अवस्था जनाउने ‘पोस्टर–पिक्चर’ बनेको थियो ।

ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget