मधेशी मोर्चामा खटपट

पुस १८, काठमाडौं ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा पछिल्लो समय आन्दोलनको विषयमा खटपट शुरु भएको छ । मोर्चाघटक प्रमुख नेताहरु संघीय समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र
महतोवीचको टकरावका कारण मतभेद बढेको हो ।  आन्दोलनका सहयात्री दुई नेता आरोप प्रत्यारोपमा उत्रिएका छन् । उपेन्द्र यादवले महतोलाई सस्तो प्रचारमा उत्रिएको आरोप लगाउदै आउनुभएको छ भने महतोले यादवलाई सम्झौता परस्तको आरोप लगाउदै आउनुभएको छ । पछिल्लो समय संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव मोर्चाको वैठकमा समेत आउन छाड्नु भएको एक नेताले जानकारी दिए । अध्यक्ष राजेन्द्र महतोले सस्तो लोकप्रियता खोजेको भन्ने उपेन्द्र यादवको अभिव्यक्तिलाई लिएर सद्भावनापार्टीले उहाँसंग जानकारी माग्ने भएको छ । मोर्चाको आगामी वैठकमा यादवको अभिव्यक्ती सम्वन्धमा जानकारी मागिने सद्भावनाका एक नेताले बताए ।
यसैविच सद्भावना पार्टीले मधेश आन्दोलन सम्वन्धमा आज छुट्टै पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । प्रहरीको लाठीचार्जमा घाईते भएपछि उपचारका लागि भारतको मेदान्त अस्तपालमा उपचारत अध्यक्ष महतोको राजनीतिक वक्तव्य तथा पार्टीको आगामी आन्दोलनको रणनीतिबारे जाानकारी दिन आज अपरान्ह पत्रकार सम्मेलन गर्न लागिएको सो पार्टीका महासचिव मनिश कुमार सुमनले जानकारी दिनुभयो ।
-radiokantipurdiary
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget