सोनियाले निकालिन् मोदीका पसिनाः संसद थर्काइन सोनियाले

१० मंसिर, एजेन्सी ।
भारतीय विपक्षी दल भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीले नरेन्द्र मोदी सरकार आएपछि भारतमा असहिष्णुताको भावना बढेर गएको भन्दै चिन्ता ब्यक्त गरेकी छिन् ।


भारतको संविधान दिवसको अवसरमा आयोजित संसदीय विशेष बहसमा सोनियाले भारतको संविधानमा धर्म निरपेक्ष राष्ट्र नभनिएपनि धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै केही समय यता भारतमा भैरहेका गतिविधी संविधानको मूल्य र मान्यता विपरित रहेको बताइन् ।

भारतीय संसद लोकसभामा चलिरहेको विशेष बहसका शिलशिलामा विपक्षी नेतृ सोनिया गान्धीले मोदीको हिन्दुवादी ब्यवहारप्रति कटाक्ष गरेकी हुन् ।
कांग्रेस पार्टीले भारतको संविधान ल्याउनका लागि लडेको भन्दै सोनियाले अहिले संविधानका आधारभूत विषय नै धरापमा परेको समेत दावी गरेकी छिन् ।भारतमा पछिल्लो समयमा असहिष्णुता बढेको बहस चलिरहेको छ । बलिउडका चर्चित कलाकार समेत यो विषयमा विवाद र चर्चामा आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget