बंगलादेशकी प्रधानमन्त्रीले भनिन्- नेपालले चाहिने सहयोग गर्न तयार छौं


२ मंसिर, काठमाडौं ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले नेपाललाई परेको आपतकालीन सहयोग गर्न तयार रहेको जानकारी नेपाललाई गराएकी छिन् ।

ढाकास्थित नेपाली राजदुत हरिकुमार श्रेष्ठसँगको कुराकानीमा प्रधानमन्त्री हसिनाले भारतीय नाकाबन्दीका कारण उत्पन्न समस्या समाधानका लागि अत्यावश्यकीय सामग्री पठाउन आफ्नो देश तयार रहेको बताएकी हुन् ।


बंगलादेश, इन्धन, अन्य अत्यावश्यकीय बस्तु खाद्यान्न, औषधी लगायतका सामाग्री नेपाल पठाउन तयार रहेको जानकारी हसिनाले राजदुत श्रेष्ठसँगको भेटमा बताएकी थिइन् ।

नेपालले नाकाबन्दीका कारण चरम संकट उत्पन्न भएको भन्दै सहयोगका लागि गरेको आग्रहपछि बंगलादेशी प्रधानमन्त्रीले जस्तो सुकै सहयोगका लागि आफू तयार रहेको बताएकी हुन् ।
nepaliheadline

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget