दशगजा क्षेत्रमा तारवार वा पर्खालको व्यवस्था गर्ः युवा संघ
मिचिएका सिमानाहरु फिर्ता गर्न भारतसँग माग
काठमाडौँ,१६ कात्तिक/ युवा संघ नेपालले नौ वुदे ज्ञापनपत्र पाँच लाख हस्ताक्षर सरकारलाई बुझाएको छ । नौ बुँदे हस्ताक्षरमा युवा संघले अन्तराष्टिय कानुन, वहुपक्षीय र दुई पक्षीय व्यापारिक सन्धी ,सम्झौता तत्काल कार्यान्वयन गराउन र नाकावन्दी अन्त्य गर्न सुझाव दिएको छ ।
त्यसैगरी नौ बुँदेमै अन्तराष्टि«य कानुन, वहुपक्षीय र दुई पक्षीय व्यापारिक सन्धी ,सम्झौता तत्काल कार्यान्वयन गराउन र नाकावन्दी अन्त्य गर्न पनि सुझाव दिएको छ । ‘हाम्रा मिचिएका सिमानाहरु फिर्ता गराउन भारतसँग आग्रह गर्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘सुनौलीसन्धी लगायत भएका सम्पुर्ण असमान एक पक्षीय देखिने गरी गरिएका सन्धी–सम्झौता तत्काल खारेज हुनुपर्छ ।
संघले समान छिमेकीको रुपमा व्यवहार गर्न, नेपालको आन्तरिक मामिलामा अनाश्वयक हस्तक्षेप वन्द गर्न, खुल्ला सिमाना वन्द गरी, दशगजा क्षेत्रमा तारवार वा पर्खालको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
‘नेपालको विकास निर्माणमा भारतीय पक्षले जिम्मा लिएका काम तत्काल पूरा गर्न ,होइन भने सम्झौता तोडी सम्झौता मुताविक राष्टि«य हितमा हुने गरी छिटो तरिका अपनाई सम्पन्न गर्न,’ सरकारसँग आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘व्यापारिक एकाधिकारको अन्त्य गर्न, असमान सन्धी सम्झौता पुनरावलोकन गर्न र हाम्रो राष्ट« ,राष्टि«यता र सार्वभौम सत्तालाई कतैवाट गिद्धे दृष्टि लगाउन नदिन अपिल गर्दछौँ ।’ नयाँ पेज बाट ।
Post a Comment