दौरा सुरबालमा सपथ लिने पहिलो माओबादि नेता


, कात्तिक १५
नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा आइतबार सेतो दौरा सुरवाल, खैरो स्व्टर, कोट र कालो भादगाउँले टोपीमा सजिएका पुनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शहिद, राष्ट्र र जनताको नाममा सपथ लिएका हुन्।
राष्ट्रपति भण्डारीले उपराष्ट्रपतिको सपथ ग्रहणको निर्धारित भाषा अनुसार ईश्वर, देश र जनताको भने पनि पुनले त्यो भाषामा उल्लेखित ईश्वरको सट्टा शहिद, राष्ट्र र जनताको नाममा सपथ लिएका हुन्।
त्यसपछि उपराष्ट्रपति पुनले सपथ पत्रमा हस्ताक्षर गरेका थिए। राष्ट्रपति कार्यालयका सचिव टेकप्रसाद ढुंगानाले पद तथा गोपनियताको सपथ लिएपछि निर्वतमान उपराष्ट्रपति परमानन्द झासँग सिट नसाटी राष्टपतिसँग परिचय गर्न अनुरोध गरे।
त्यसपछि निर्वतमान उपराष्ट्रपति झाले आफ्नो सोफाबाट उठेर नवनिर्वाचित उपराष्ट्रपतिलाई ठाउँ खाली गर्दै मञ्चबाट बाहिरिएका थिए।
कर्यक्रम सञ्चालकको अनुरोध अनुसार, त्यसपछि उपराष्ट्रपतिसँग प्रधानमन्त्री केपी शर्मा ओलीले परिचय गरेका थिए। ओलीको परिचय पश्चात पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, संबैधानिक निकायका प्रमुख मन्त्री, सचिव, राजनीतिक दलका नेता तथा सांसदहरुले उपराष्ट्रपति पुनलाई बधाइ तथा शुभकामना दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget