काठमाडाैं– अर्थमन्त्री विष्णु पाैडेलले नेपाललार्इ असफल राष्ट्र हुन नदिने बताएका छन्। अर्थ मन्त्रालयले केही दिनभित्र नै देशकाे विद्यमान अर्थ व्यवस्था र अागामी रणनीतिसहित उल्लेख भएकाे स्वेतपत्र जारी गर्ने तयारी गरिरहेकाे उनले जानकारी दिए।
'नेपालीकाे स्वाभिमान र मर्यादालार्इ कुण्ठित हुन दिने छैनाैं,' उनले भने, 'यो राष्ट्र असफल हुने छैन, सरकारले अर्थतन्त्रलाई असफल हुन दिने छैन।' चौथो राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पाैडेलले यस्ताे बताएका हुन्।
राजनीतिक मतभेद अन्त्य हुँदै गएकाले मुलुक समृद्धिको बाटोमा लाग्ने विश्वास व्यक्त गर्दै अर्थमन्त्री पौडेलले कर छलीलाई निरुत्साहित, राजस्व परिचालन र भन्सार मूल्याङ्कनलाई सुधार र गुणात्मक करदातालाई करको दायरामा ल्याउनुपर्ने बताए। 'अर्थतन्त्रलाई गतिशील बनाएर अगाडि बढौँ, त्यसका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु,' निजी क्षेत्रसँग उनले भने, 'हामी सङ्कटको अवस्थाबाट चाँडै मुक्त हुनेछौं।
nagariknews
Post a Comment