पूर्बि नाका काँकरभिट्टाहुदै दुई वुलेट खाना पकाउने एलपी ग्यास भित्रियो
झापा ३० कात्तिक / पूर्बी नाका काँकरभिट्टा भएर हिजो साँझ दुई वुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले दिएको जानकारी अनुसार ६५ वटा मालवहाक सवारी नेपाल भित्रिएपनि पेट्रोलियम पदार्थ भने नेपाल भित्रन सकेको छैन ।
भरतीय प्रहरीले सिमा नाकामा गरेको थप कडाइका कारण पेट्रेलियम पदार्थ नेपाल भित्रन नसकेको मेची भन्सार कार्यालय काँकरभिट्टाका कर्मचारी दीपक कार्कीले जानकारी दिनुभयो ।
यसैबीच मेची पेट्रोलियम डिलर्स एसोशिएसन झापाका अध्यक्ष लय भण्डारीका अनुसार पूर्वका ३५ वटा इन्धन बोक्ने ट्याङकर आज पेट्रोलियम पदार्थ लिन भारतको सिलिगुडी डिपोमा जाने भएका छन् ।
Post a Comment