आफ्ना नागरिक मारिएपछि भारतद्धारा मुख्य नाकामा एकतर्फी नाकाबन्दी नाकामा हजारौं मालबाहक गाडीहरु अलपत्र
भैरहवा, १६ कार्तिक । मधेसी मोर्चाद्वारा विरगञ्जमा जारी प्रदर्शनमा सहभागी हुन आएका भारत रक्सौलका २४ वर्षीय आशिष कुमार रामको प्रहरी कारबाहीका क्रममा मृत्यु भएपछि भारतीय पक्षले सोमबार विहानैदेखी नेपाल भारतका मुख्य नाकाहरु एकतर्फी रुपमा विना सूचना ठप्प पारेको छ ।
भारतीय पक्षले एक्कासी नेपाल भारतका सीमाहरु नाकाबन्दी गरेपछि सीमा क्षेत्रमा रहेका हजारौं मालबाहक गाडीहरु अलपत्र परेका छन् । करिब डेढ महिना पहिलेदेखी नाकाबन्दी गर्दै आएको भारतले सोमबार घोषित रुपमै नाकाबन्दी गरेको छ । नेपालीको आन्दोलनमा सक्रिय सहभागी जनाईरहेका भारतीय नागरिकको मृत्यु भएसंगै भारतीय राजदूत रन्जित रेले गृहमन्त्री शक्ति बस्नेतसंग समेत भेटी गम्भिर चासो व्यक्त गरेका छन् ।
भारतीय नाकाबन्दीको प्रभाव मुलुककै दोस्रो ठूलो भन्सार नाका भैरहवामा पनि प्रत्यक्ष परेको छ ।
यतिका दिनसम्म बन्द हुँदा पनि कहिले खुल्ने त कहिले बन्द हुँदै आएको यो नाका बन्दीसंगै झन समस्या थपिएको छ । हिजो आइतबार मात्रै रक्सौल–वीरगन्ज नाकामा रोकिएका सयौं मालबाहक गाडीहरु पुनः रुट परमीट लिई बेलहिया नाकातर्फ आएका थिए । सयौं किलोमिटर बाटो हुदैं फर्किएर सुनौली बेलहिया नाकामा आएका सयौं मालबाहक गाडीहरु अहिले भारतीय शहर नौतवना, महारजगन्जमा अलपत्र परेका छन् ।
भारतीय नाकाबन्दीसंगै नेपालबाट भारत तर्फ जान हिडेंका सयौं गाडीहरु नेपालतर्फ बेलहिया डण्डा सम्म लाइनमा छन् भने उता भारततर्फ सुनौली नौतनवा सम्म लाइनमा छन् । गाडीहरुको चापको कारण नेपाल भारत सीमावर्ति शहरमा ट्राफिक समस्या पनि सृजना गरेको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्रीसंग स्पष्टिकरण माग गरेको छ । मोर्चा सम्बद्ध दल सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओप्रकाश यादव गुलजारीले प्रहरीले आन्दोलनकारीमाथि दमन गरेको अरोप लगाए । मोर्चाले रुपन्देहीको बनगाई चौंकदेखी मायादेवी चौंक सम्म प्रदर्शन गरी कोण सभा गरेको थियो । सो सभामा यादव सहितका नेताले मन्तव्य राख्दै सरकारी रबैया गलत भएको भन्दैं आक्रोस व्यक्त गरेका थिए ।
भैरहवा भन्सार कार्यालयका अधिकृत रविन्द्र प्याकुरेलका अनुसार नेपालबाट भारत तर्फ जाने भारतीय नम्बर प्लेटका गाडीहरुलाई भारतले निर्वाध जान दिएको र भारतबाट नेपाल आउने ४ वटा गाडी पनी नेपाल भित्रिएका छन् ।
Post a Comment