गौरमा यादव समुदायको विशाल फट्टा जुलुस, लाखौं जनता सडकमा (फोटो सहित)

हुलाकी न्यूज, रौतहट, १६ कार्तिक । रौतहटको सदरमुकाम गौरमा यादव समुदाय लाखौंको संख्यामा सडकमा निस्केका छन् । हात हातमा फट्टा लिएर सडकमा आएका यादव समुदायको विशाल जुलुस गौरमा देखिएको अहिलेसम्मकै ठूलो संख्यामा भएको प्रदर्शनमध्येको एक रहेको छ ।
प्रदर्शनमा लाखौंको संख्यामा प्रदर्शनकारी सहभागी रहेको स्थानीय पत्रकारले बताएका छन् ।

गौरमा  आक्रोशित युवाहरुद्वारा फट्टा जुलुस निकालेको केही समयपछि नै यादव समुदाय सडकमा फट्टासहित ओर्लिएको हो ।

वीरगंज नाकामा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेपछि गौरमा बिहानैदेखि प्रदर्शन भइरहेको छ । गौरको अवस्था तनाग्रस्त रहेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget