डिसीमा नाकाबन्दी विरुद्ध व्यापक बिरोध प्रदर्शनी गरिने


 वाशिंगटन डिसी –भारतले नेपाल माथि गरेको अब्यबहारिक तथा अमानवीय नाकाबन्दी विरुद्ध अमेरिकामा रहेका संघ/संस्थाको सयुक्त आयोजनामा आउदो नोभेम्बर २२ तारिख वाशिंगटन डिसी स्थित व्हाइट हाउस अगाडि व्यापक बिरोध प्रदर्सनी गरिने भएको छ ।

कार्यक्रम व्हाइट हाउस नजदिक रहेको लाफायते पार्कमा नोभेम्बर २२ तारिख मध्यान्ह समयमा जम्मा भै बिरोध कार्यक्रम गरिने जानकारी संचार कर्मी राम चन्द्र खरेलले बताएका छन् ।

बिरोध प्रदर्शनीलाई व्यापक ,सहभागिता मुलक तथा सशक्त बनाउन अमेरिका भरि रहेका संघ संस्थाका पदाधिकारी ,ब्यबसायी, बुद्धिजीवी , बिद्यार्थी, विभिन्न पेसामा संलग्न व्यक्तिहरु,साहित्यकार, शिक्षक, कलाकार ,प्राध्यापक ,पत्रकार तथा सबै पेसामा आबद्ध सबैलाई समेटिने भएको छ l

यसको साथै बिरोध कार्यक्रमको लागि नेपाली मुलका बाहेक अमेरिकामा रहेका भारतीय मुलका नागरिक तथा अमेरिकन नागरिकलाई समेत सहभागिता गराउन आयोजकको लक्ष रहेको बताएका छन् l भारत द्वारा नेपालमा गरिएको अघोषित नाकाबन्दी बारेमा अमेरिकन सभासद (कांग्रेस म्यान ) लाई समेत ल्याउने प्रयासमा लागेको समाज सेवी तथा गैर आवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्कीले पहल गरि रहेको बताएका छन् l

बिरोध कार्यक्रमको लागि अमेरिकामा नेपाली र नेपालको नाम उच्च राख्न सफल भएका बिशेष ब्यक्तिहरुलाई पनि सहभागिता गराउन आयोजकहरु लागि परेका छन l

मोदीलाई दबाब सिर्जना दिन अत्यधिक समर्थन जुटाउन सामाजिक संजाल मार्फत प्रचार तथा प्रसार सामग्रीहरु सामाजिक संजालका पर्खालमा व्यापक प्रचार गरिदै छ l थुप्रै प्रकारका तुल /झन्डा बनाउने काम धमाधम सुरुवात भै रहेको आयोजकले बताएका छन् l

संचार माध्यम मार्फत भारतीय नाकाबन्दी बिरुद्ध आवाजलाई सशक्त र बुलन्द बनाउन नेपाली संचार माध्यमको अतिरिक्त अमेरिकामा रहेका प्रख्यात संचार माध्यम सीएनएन ,अल जजिरा ,फक्स न्युज ,एनबिसी ,एबिसी ,बिबि सी ,वाशिंगटन  पोस्ट तथा न्यु योर्क टाइम्स लगायत अन्यलाई समेत निमन्त्रणाको लागि पहल गरिने आयोजकले बताएका छन् l

यसको साथै आयोजकले सबै नेपालीलाई नेपालीहरुको पहिचान हुने नेपाली संस्कृति झल्कने पोसाक लगाएर समेत सहभागी प्रोत्साहन गरेको छ l

साथै आगामी नोभेम्वर २२ तारिख १२ बजे देखि दिउँसो ३ बजे सम्म लाफायत पार्क (ह्वाईट हाउस अगाडि) उपस्थित हुन सवैमा आव्हान गरेको समेत गरेको छ l यस अगाडी नोभेम्बर १५ तारिखमा हुने भनिएको बिरोध कार्यक्रम नोभेम्बर २२ तारिखमा बिरोध कार्यक्रमको तय भए पछि अझ सहभगिता मुलक ,होस्टेमा हैसे जनाउन र ज्यादा प्रभावकारी बनाउन त्यो कार्यक्रम यसैमा स्वत बिलिन भएको ब्यबसायी लोकनाथ तिवारीले बताए lratopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget