केपी ओलीलाई भारतको प्रश्न, ‘एउटै सम्बोधनमा २४ पटकसम्म किन नाकाबन्दी भनेको ?

काठमाण्डु, ३ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार पहिलोपटक देशबासीका नाममा सम्बोधन गरे ।

प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना पाँच दिनपछि देशबासीलाई सम्बोधन गरेका ओलीले स्पष्ट शब्दमा नेपालले जननिर्वाचित प्रतिनिधिमार्फत लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा जारी गरेको संविधानमा चित्त नबुझाएर भारतले नाकाबन्दी गरेको उल्लेख गरे ।
ओलीले पहिलोपटक प्रधानमन्त्रीको तहबाट सार्वजनिक रुपमै भारतले नाकाबन्दी गरेको अभिव्यक्ति दिए । पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकार रहेकै बेला भारतले नाकाबन्दी सुरु गरेको थियो । तर कोइरालासहित उनका सरकारका कुनै पनि मन्त्रीले स्पष्ट शब्दमा नाकाबन्दी भन्न सकेका थिएनन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएका कोइराला सरकारमा उपप्रधानमन्त्री प्रकाशमान सिंहले नाकाबन्दी नभनेको भन्दै स्वदेश तथा विदेशमा रहेका नेपालीले सामाजिक सञ्जालमा उनीविरुद्ध अभियान नै चलाए । त्यतिबेलाको सरकारले नाकाबन्दीलाई ‘सिमा क्षेत्रमा आपूर्ति व्यवस्था असहज’ भएको बताउने गरेको थियो ।
४५ मिनेट लामो लिखित सम्बोधनका क्रममा ओलीले २४ पटक नाकाबन्दी शब्द उच्चारण गरेका थिए । नेपालका प्रधानमन्त्रीले भारतले नाकाबन्दी लगाएको सार्वजनिक अभिव्यक्ति दिएको विषयले संसारभरका मिडियामा राम्रो ‘कभरेज’ पायो । नाकाबन्दीबारे विश्वभर एकैपटक सन्देश गएकामा भारत रुष्ट भयो ।
स्रोतका अनुसार भारतीय पक्षले सम्बोधनका क्रममा नाकाबन्दी शब्द उल्लेख गरेकामा प्रधानमन्त्री ओलीसमक्ष आपत्ति जनाएको छ । ओलीको अभिव्यक्ति कुटनीतिक मर्यादाविपवरीत भएको जिकिर भारतीय पक्षको छ ।
त्यसमा पनि एउटै सम्बोधनमा २४ पटकसम्म नाकाबन्दी शब्द उच्चारण गरेकामा भारतले आपत्ति जनाएको बालुवाटार स्रोतले जनायो । भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री ओलीलाई भेटेर २४ पटकसम्म नाकाबन्दी भनेकामा असन्त्ुष्टि जनाएका छन् । ‘
पहिलो कुरा त भारतले नेपालमाथि कुनै नाकाबन्दी गरेको छैन’, राजदूतको भनाइ उद्धत गर्दै श्रोतले भन्यो, ‘सम्बोधनका क्रममा २४ पटकसम्म नाकाबन्दी शब्द उच्चारण गर्न आवश्यक थिएन ।’
गत ३ असोजमा संविधानसभाको दुई तिहाईले संविधान जारी गरेपछि असन्तुष्ट बनेको भारतले त्यसयता नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आएको छ ।
यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्रालय र नेपालस्थित भारतीय दूतावासका अधिकारी नाकाबन्दी गरेको स्वीकार्न तयार छैनन् ।
भारतीय पक्षले पटकपटक विज्ञप्तिमार्फत नेपालमाथि कुनै प्रकारको नाकाबन्दी नगरिएको भन्दै सिमा क्षेत्रमा नेपालीहरुले धर्ना दिएका कारण आपूर्ति व्यवस्था प्रभावित भएको जिकिर गर्दै आएको छ ।
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget