चीनबाट पेट्रोल र ग्यास लगायतका सामग्री नेपाल आयात हुन थालेपछि भारतीय मिडियाले यस विषयमा विभिन्न प्रचारवाजी र विश्लेषण प्रकाशित गर्न थालेका छन् ।
कनकमणी दीक्षितको द हिन्दुमा लेखः भारतको विदेश नीति नरेन्द्र मोदीको ‘सार्वजनिक सम्बन्धको जिहाद’
नेपालको राजनीतिक शुत्रलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले नेपालले भारतलाई छोडेर चीनबाट दैनिक उपभोग्य बस्तु आयात गर्नु ब्यवहारिक नहुने समाचार सामग्री प्रकाशित गरेको छ ।
भारतको तुलनामा नेपाललाई चीनबाट सामान आयात गर्दा १८ गुणा महङ्गो पर्ने दावी उक्त समाचारमा गरिएको छ । तीब्बतको दुर्गम इलाकाबाट चीनले नेपालसँगको सम्पर्क स्थापित गरिसकेको भएपनि चीनबाट दैनिक उपभोग्य सामग्री आयत गर्नु नेपालका लागि ब्यवहारिक नरेको भनिएको छ ।
आपुर्ती मन्त्रीलाई चीनले भन्यो- आपतकालीन इन्धन दिन्छौं
तीब्बत तिरको मार्गमा निरन्तररुपमा पहिरो जाने र चिसोमा हिँउ पर्ने भएकाले नेपालले चीनबाट उपभोग्य सामग्री ल्याउन नसक्ने समाचारको निष्कर्ष देखिन्छ ।
चीनले दिएको अनुदानको पेट्रोल ल्याउन समेत नेपालले १०० ट्याङ्कर पठाउनु पर्नेमा एक महिनामा केवल १०-१२ ट्रक मात्र पठाउन सकेको समेत समाचारमा लेखिएको छ ।
headlines
Post a Comment