मधेस आन्दोलनलाई कांग्रेस एमाले सिरहाको समर्थन : झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनैपर्ने

मधेस आन्दोलनलाई कांग्रेस एमाले सिरहाको समर्थन : झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनैपर्ने
लहान, १० मङ्सिर / (फाइल तस्विर) संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली काँग्रेस र नेकपा (एमाले) सिरहाले समर्थन जनाएका छन् । स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको समर्थनमा नेकाले लहानमा जुलुस प्रदर्शन गरेको छ भने एमाले सिरहाले पत्रकार सम्मेलन गरी समर्थन जनाएको छ ।
एमाले सिरहाले पत्रकार सम्मेलन गरी मधेस प्रदेशसहित झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्ने माग गरेको छ । यस्तै, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था र विगतमा भएको २२ बुँदे तथा आठ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने एमाले सिरहाले माग गरेको छ ।
जायज माग पूरा नगरे अब मधेसी मोर्चासँगै सडक आन्दोलनमा उत्रने एमाले सिरहा क्षेत्र नं २ का अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।
मोर्चाको माग पूरा गर्न ढिला गर्न नहुने भन्दै उहाँले देशमा उत्पन्न असहज परिस्थिति चाँडै अन्त्य गर्नुपर्नेमा जोडसमेत दिनुभयो । यसअघि नेका लहान नगरसमितिको अगुवाइमा जुलुस प्रदर्शन गर्दै मधेस आन्दोलनप्रति समर्थन जनाइएको थियो । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget