काठमाडौं : बिहीबार मध्यान्ह शुरु व्यवस्थापिका संसद्को बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलका सभासद्हरुले अवरोध गरेका छन् ।
बैठक शुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरम नेपालका सभासद् उपेन्द्र यादवलाई बोल्ने समय दिएलगत्तै कांग्रेस तथा मधेसवादी दलका सांसद्हरुले अवरोध गरेका हुन् ।
बैठक शुरु भएपछि कांग्रेसका सांसद्हरुले होहल्ला गर्दै बैठक सुचारु गर्न नदिएका हुन् । उनीहरुसँगै मधेसवादी दलका सभासद्हरु पनि उठेर होहल्ला गरेपछि बैठक सुचारु हुन नसकेको हो।
यसअघिबाटै संसद् बैठक अवरोध गर्दै आएका मधेसवादी दलका सांसद्सँगै कांग्रेसका सांसद् पनि होहल्लामा उत्रेपछि बैठक अघि बढ्न नसकेको हो ।
कांग्रेसका सांसद्हरुले मधेसी दलको माग सम्बोधनबारे आफ्नो सरकारको पालामा पेश संविधान संशोधन विधेयक र पुन:निर्माण प्राधिकरणको विधेयक अघि बढाउन ढिलाइ गरेको बारे सरकारको जबाफ माग्दै बैठकमा होहल्ला गरेका हुन् ।
कांग्रेसका सांसद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट जबाफ नआएसम्म बैठक अघि बढ्न नदिने भन्दै होहल्ला गरेका हुन् ।
कांग्रेसका सांसद्हरुले अवरोध गरेपछि संसद् सभामुख घर्तीेले मंसिर १५ गतेसम्मका लागि स्थगित गरेकी छन् ।
annapurnapost
Post a Comment