छठको अवसरमा निःशुल्क बस चढ्न पाइने

सशस्त्र प्रहरीले सञ्चालन गरेको बस
१ मंसिर, काठमाडौं । सामान्य प्रशासन मन्त्रायलले छठका अवसरमा ब्रतालु र सर्वसाधारणलाई लक्षित गरी काठमाडौं उपत्यकामा मंगलबार निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।
सामान्य प्रशासन मन्त्रालयले छठ पर्वको सार्बजनिक विदाका दिन पारेर विहान ७ बजेदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
छठको अवसरमा सरकारले मंगलबार सार्बजनिक विदा दिएको छ । मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म १२ वटा बसले उपत्यकामा निःशुल्क सेवा दिनेछन् । ‘छठको दिन सार्वजनिक विदा परेकाले सो दिन कर्मचारी बोक्ने गाडीहरुलाई यात्रुको सेवामा परिचालन गरेका हौं,’ सामान्य प्रशासन मन्त्री रेखा शर्माले अनलाइनखबरसँग भनिन्, ‘यसमा सबै यात्रुहरुले निःशुल्क चढ्न पाउँछन् ।’
मन्त्री शर्माका अनुसार चारवटा गाडीहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दुईवटा गाडीहरु रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आउ-जाउ गर्नेछन् ।
यसैगरी पशुपतिलाई लक्षित गरी रत्नपार्कदेखि चाबहिलसम्म दुईवटा बस सञ्चालन गरिनेछ । त्यस्तै रत्नपार्कबाट लगनखेल हुँदै नख्खुसम्म र रत्नपार्कबाट कलंकीसम्म थप दुई-दुईवटा गरी जम्मा १२ वटा बस सञ्चालन गरिनेछ । ती बसहरु चढ्दा यात्रुहरुले भाडा तिर्नुपर्दैन ।
यसअघि पनि मन्त्री शर्माको योजना अनुसारं तिहारको बिदाका बेला तीन दिनसम्म सामान्य प्रशासन मन्त्रालयले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
इन्धन नपाएर सीमित गाडी मात्रै चल्दा यात्रुहरु छतमा बसेर वा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘इन्धन संकटका कारण गाडीहरु कम चल्दा सर्बसाधारण यात्रुहरुले निकै सास्ती पाएका छन् । हाम्रो यो निःशुल्क सेवाले केही हदसम्म भए पनि राहत पुग्छ भन्ने विश्वास छ,’ मन्त्री शर्माले भनिन् ।
यी बसका लागि नेपाल प्रहरीको पेट्रोलपम्पले इन्धन सहयोग गरेको छ । यसैगरी प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय, उच्च माद्यमिक शिक्षा परिषदले बस उपलब्ध गराएका छन् ।
अस्पतालमा पनि निःशुल्क बस

हरेक सार्बजनिक विदाका दिन र काठमाडौंका मुख्य-मुख्य अस्पतालहरुबाट दिनभरि निःशुल्क बस सञ्चालन गर्ने योजना पनि सामान्य प्रशासन मन्त्रालयले बनाएको छ ।
सर्बसाधारणको बढी चाप हुने अस्पतालहरु बीर, टिचिङ, कान्ती, प्रसुतीगृह, पाटन र सिभिल अस्पतालबाट छुट्ने गरी निःशुल्क बस सेवा सञ्चालन गर्ने गृहकार्य भैरहेको सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
‘सार्वजनिक विदाको दिन दिनभर र अस्पतालबाट निःशुल्क बस सञ्चालन गर्नेबारे छलफल भैरहेको छ, प्रवक्ता पौडेलले अनलाइनखबरसँग भने, ‘यसबारे छलफल अघि बढिसकेको छ, मन्त्रीज्यू र सचिवज्यूले विशेष पहल गर्नुभएको छ, केही दिनभित्रै सेवा सुरु हुन्छ ।’
मन्त्री शर्माले कर्मचारी बोक्ने गाडीहरुलाई दिउँसो कार्यालय समय अवधिभर यात्रु बोक्न पठाउने योजना रहेको पनि बताइन् ।
‘कर्मचारीहरुलाई कार्यालयमा पुर्‍याइसकेपछि विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडीहरु त्यत्तिकै थन्किएर बस्छन् । बरु त्यो समयमा यात्रुहरुलाई निःशुल्क सेवामा पठाउँदा ठीक हुन्छ,’ उनले भनिन्, ‘यो काम केही दिनभित्रै सुरु हुन्छ ।’
इन्धन संकटका बेला यात्रुहरुको सुविधाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गर्दै आएका छन् ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget