पेरिस, कार्तिक ३० । फ्रान्स प्रहरीले पेरिस आक्रमणमा संलग्न एक संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको छ । बेल्जियममा जन्मिएका २६ वर्षीय उनको नाम अब्देसलाह सालाह रहेको र उनी निकै खतरनाक रहेको प्रहरीले दावी गरेको छ ।
सालाहबारे सूचना दिन आग्रह गर्दै प्रहरीले उनको निकट नजान आम सर्वसाधारणलाई अपील पनि गरेको छ । पेरिस घटनामा मारिएका सात बन्दुकधारीमध्ये दुई जना बेल्जियममा रहेका व्यक्ति थिए । बेल्जियममा रहेका केही व्यक्तिले पेरिस आक्रमणको योजना बनाएको र फ्रान्समा रहेका केहीले सघाएको गृहमन्त्री बैर्ना कासेनेवले दाबी गरेका छन् ।
सलाहका तीन भाईमध्ये एक घटनामा मारिएको र अर्का बेल्जियममा पक्राउ परेको बताइएको छ । शुक्रबार राति आईएसले पेरिसको कन्सर्ट हल, राष्ट्रिय रंगशाला, रेस्टुराँ र बारमा गरि ६ ठाउँमा आक्रमण गरेको थियो ।
यता, एक सय २९ जना मारिएको तथा सयौं घाइते भएको घटनाको शोकमा डुबेका फ्रान्सबासी भने राजधानी पेरिसमा भेला भएर आफन्तजनप्रति श्रद्धाञ्जली दिइरहेका छन् । विश्वका अरु विभिन्न शहरमा पनि फ्रान्समा परेको दुःखप्रति सर्वसाधारणले समवेदना व्यक्त गरिरहेका छन् । (एजेन्सी)
Post a Comment