नाका खोल्न दिन्नौं, धर्ना जारी रहन्छः महतो

काठमाडौं, कात्तिक १६

पुलिस हस्तक्षेपले वार्तामा असर पार्ने धम्की
फाइल तस्विर
नाकामा जारी धर्नामाथि पुलिसले हस्तक्षेप गरेको भन्दै यसले सरकारसितको चालू वार्तालाई असर पार्ने आन्दोलनरत एक मधेसवादी नेताले चेतावनी दिएका छन्। उनले सोमवार विहान वीरगन्ज नाकामा धर्ना बसेका प्रदर्शनकारीमाथि हस्तक्षेप गरी नाका खुलाएपछि यस्तो चेतावनी दिएका हुन्।

‘बन्दुक तेस्र्याएर कसरी वार्ता हुन्छ? सरकारी यस्तो रवैया देखाइरहे वार्तामा बस्न सोच्नुपर्छ,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सेतोपाटीसित भने। आफूहरु आइतबार मधेसी मोर्चाले निर्णय गरेअनुसार आन्दोलन अझ चर्काएर लानेसमेत दाबी गरे। मोर्चाले नाका, राजमार्ग र कलकारखानासमेत ठप्प पार्ने निर्णय गरेको समेत उनले जानकारी दिए।

नाकाबन्दले सर्वसाधारणका जनजीवनमाथि असर पारे पनि यसको जिम्मेवार सरकार भएको तर्क गर्दै उनले नाका खोलेर मधेसको समस्या नहुने जिकिर गरे। ‘जति समस्या परे पनि जति दमन गरे पनि हामी नाका बन्द जारी राख्छौं। यो मधेसी जनताको वारपारको लडाइँ हो,’ उनले भने।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget