आगजनी गरेका छन् । आगजनीबाट बा ३ ख ६६८८ नम्बरको ट्रिपर पूर्ण रुपमा ध्वस्त भएको छ ।
श्रोतका अनुसार परसहवामा रहेको सोखा भन्ने खेदू प्रसाद गुप्ताको घरबाट डिजल लोड गरि भैरहवातर्फ आउदै गरेको ट्रिपरलाई बनगाईबाट केही युवाहरुले रोकेका थिए । भैरहवा जान हिडेको ट्रिपर बनगाईबाट फर्केर परसहवा जाने क्रममा युवाहरुले ट्रिपरलाई लखेट्दै गई तेल दिने गुप्ताकै घर अगाडी आगजनी गरेका हुन् । बाटोमा रहेको ईलाका प्रहरी कार्यालय बेथरीका सुरक्षाकर्मिले ट्रिपर रोक्न खोज्दा समेत ट्रिपर नरोकिएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी बुद्धिराज गुरुङ्गले दिएको जानकारी अनुसार रुपन्देही प्रहरीले हाटी बनगाईको गरगट्टि भन्ने स्थानबाट ना५ख २४४ नम्बरको ट्रकमा २१ वटा ड्रममा राखिएको उक्त परिमाणको डिजल बरामद गरेको हो । ट्रक हेटौंडाबाट डिजल लिन मर्चवार पुगेको थियो । थप कार्यवाहीको लागी ट्रक र सोका चालक हेटौडा ११ बस्ने राजेन्द्र पुडासैनीले भन्सार पठाईएको रुपन्देही प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
प्रहरीले तेल बरामद भएको बताईरहदा प्रहरीलाई उक्त तेल बरामद गराउनुमा भने मधेशी मोर्चाको समेत हाथ रहेको बुझिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारी)ले उक्त डिजल आफुहरुले पक्राउ गरेको दाबी गरेको छन् । मर्चवारको अमवामा रहेको उक्त ट्रक मोर्चाको कार्यक्रम अनुसार नै पक्राउ गरि प्रहरीको जिम्मा लगाईएको गुल्जारीले बताए ।
बरामद गरिएको उक्त डिजल नष्ट गर्ने मोर्चाको तयारी हुँदाहुँदै प्रहरी पुगेको र प्रहरीले नष्ट गर्न नदिए पछि मात्र भन्सार चलान गरिएको स्थानियहरुले दावी गरेको छन् । मधेशी मोर्चाले तेलको कालोबजारी रोक्ने जनाउँदै बिभिन्न नाकाबाट चोरी निकासी भै आएको तेल कब्जामा लिई नष्ट गर्ने गरेको छ ।
नेपालमा तेल अभाव भएदेखि नै भारतबाट अवैध रुपमा ल्याउन लागिएको यति ठुलो परिमाणको तेल पहिलो पटक प्रहरीले भन्सार पठाएको हो ।
अहिले भैरहवा लगायत नेपाल भारत सीत सीमा जोडिएर रहेका प्राय सबै नाकाबाट भारतबाट अवैध रुपमा पेट्रोलियम पदार्थको चारी निकासी बढ्दा समेत प्रहरीले यसलाई रोक्नमा कुनै तत्परता देखाएको छैन् । भारतबाट दैनिक रुपमा लाखौ लिटर पेट्रोलियम पदार्थ तस्करी भै चोर बाटो आइरहेका छन् ।
ratopati
Post a Comment