ओलीको आफैं ढल्ने तयारी !

सचित देवकोटा

प्रधानमन्त्री केपी ओलीको प्रतिक्षित सम्वोधनको चिरफार हुने क्रम जारी छ। जम्माजम्मी दश पेज र ३६ बुँदा समावेश गरिएको सम्वोधन ‘उत्साह’ जगाउने खालको नभएको प्रतिक्रिया आऊन थालेका छन्।

सम्वोधनमा उही बासी पुराना र राष्ट्रवादी रटान बाहेका ठोस प्रस्ताव केही नआएको र गतिलो होमवर्क समेत नदेखिएको भन्दै सरकार भित्रैका दलहरु असन्तुष्ट रहेको बताइन्छ।

भारत नेपालप्रति कठोर बन्दै गर्दा ओली नेतृत्वको सरकार गम्भिर हुन नसकेको र अपेक्षाकृत तदारुकता र सक्रियता नदेखिएको गुनासो केही समय बढ्दै गएको थियो। यही पृष्ठभुमिमा आएको  प्रधानमन्त्री ओलीको सम्वोधनले खास प्रस्ताव र मार्गचित्र लिएर आउने नसकेको बताइन्छ।

ओलीको सम्वोधन अनावश्यक लामो र कुनै विषयमा केन्द्रियत हुन नसकेको मात्रै होइन भावनात्मक हिसावले पनि कमजोर रहेको थियो। एकै चोटी धेरै विषयलाई समेट्दा कतै सरकारै कुहिरोको काग त बनेको होइन भन्ने आशंका जन्माएको छ।



सरकारको मुख्य प्राथमिकतामा के छ भन्ने कुरा सम्वोधनले स्पष्ट हुन नसकेको र बाह्य र आन्तरिक विषयमा सम्वोधनले कुनै ठुलो फरक नल्याउने करिब निश्चित देखिएको छ। चीनको प्रशंसा गरेर भारतीय मिडियालाई ‘मसला’ बाहेक सम्वोधनबाट गम्भिर सन्देश प्रवाहित हुन सकेको टिप्पणी स्वयम प्रधानमन्त्रीकै पार्टिबाट सुनिएको छ।

प्रधानमन्त्रीले सम्वोधन गर्नुपर्ने एउटा पक्ष मधेशमा आन्दोलनरत दलहरुमाथ माझ सम्वोधनको चर्चा सम्म भएको छैन्। सम्वोधनमा प्रशंसा गरिएको छिमेकी चीनसंग पनि सरकारले ठोस सम्झौता र सहकार्यको पहलकदमी लिन नसेकेको पृष्ठभुमिमा यो सम्वोधन मात्र सम्वोधन मात्र बन्ने खतरा बढेर गएको छ।

प्रतिपक्षमा बसेको कांग्रेसका नेताले ओली सरकार ढाल्न कुनै मेहेनत गर्नु नपर्ने बताइरहेको बेला ओलीबाट सुझबुझपुर्ण र गम्भिर गृहकार्य सहितको ठोस योजना जनताले सुन्न चाहेका थिए। तर त्यसो हुन सकेन।

सरकारमा महत्वपुर्ण घटक एमाओवादीका अध्यक्ष तथा वर्तमान समिकरणका किंग मेकरका रुपमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड समेत ओलीको मधेश विरोधी रवैयाका कारण असुन्तुष्ट रहेको समाचार समेत सार्वजनिक भएको थियो। भारतको जारी दबाब, र प्रतिपक्षी दल कांग्रेसको गतिविधी हेर्दा केही नगरी ओलीलाई सत्तामा बसिरहन सजिलो देखिन्न। ओली परफर्मेन्सका आधारमा मात्र सत्तामा टिक्न सक्दछन।

ओलीको बोली मात्र हो र ?
यतिखेरको धरातलिय यथार्थ अनुसार ओलीले काम नगरी प्रचार र बोलीमात्र रहन्छन भने बुझ्नु पर्छ-भित्र अरुनै कुरा पाकी रहेको छ-एमालेलाई नियालीरहेका एक विश्लेषकले बताए। उनको संकेत थियो-ओली अर्के खेलमा छन्,अहिलेको परिस्थितिमा सरकारमा बसेर काम गर्न सजिलो छैन् । ओलीको सोच के हुन सक्दछ भने यति काम गर्न सकिन्न भने राष्ट्रवादी छवि लिएरै बिदा हुने र अर्को पटक अर्थात अर्को चुनावका लागि स्थिती आफ्ना लागि परिपक्व पार्ने।

त्यसैगरि ओलीको रणनीतिनै पर्ख र हेर भएको र ओली जानाजान आक्रामक नभएकोभन्नेहरुको संख्या पनि बढ्दै गएको छ। त्यसैका आधारमा आवश्यक परे ओली आफै ढल्न तयार भएको विश्लेषण गरिएको छ। सम्वोधनमा जारीसंकटका विषयलाई छोडेर विकासे कुरा समेत समावेश गर्नुलाई पनि यसैको पृष्ठभुमिका रुपमा हेरिएको छ। नत्र यतिखेरको सम्वोधनमा विकास निर्माणका कुरा घुसाउन न जरुरी थियो र सान्दर्भिक नै।
nepaliheadlines

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget