भारत कब्जा गर्ने आइएसको चेतावनी

 २९ कात्तिक-
आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस) ले भारतमा समेत कब्जा गर्ने चेतावनी दिएको छ ।
अस्ति राती मात्रै फ्रान्सको पेरिसमा भएको आक्रमणको जिम्मा लिएको आईएसले भारतमा धेरै संख्यामा मुश्लीम रहेकाले कब्जामा लिने धम्कीसहितको भिडियो सार्वजनिक गरेको हो ।
प्राप्त भिडियोलाई आधार मानेर बेलायतका सञ्चारमाध्यमले जनाए अनुसार भारतले मुश्लीमलाई अधिकार दिनुको सट्टा मुश्लिम समुदायप्रति हेपाहा प्रवृत्ति देखाएको आइएसले जनाएको छ ।
यसअघि गत महिना आइएसले बंगलादेशमा समेत आक्रमण गरी क्रिश्चियन नागरिकको हत्या गरेको थियो । दक्षिण एशियामा आइएसको यो आक्रमणलाई पहिलो आक्रमणका रुपमा लिइएको छ ।
आइएसले पाकिस्तान र भारतमा आफूले कब्जा जमाउने आशयका विभिन्न खबर सार्वजनिक गर्दै आएको छ । अबको २० बर्षमा मुश्लिमहरुको हकहितका लागि भारतमा आफ्नो प्रभुत्व जमाउने दाउमा आइएस रहेको बताइएको छ ।
भारतमा आइएस आक्रमणको हल्ला चलेलगत्तै केही समयअघि नयाँ दिल्लीमा केन्द्रीय सुरक्षा निकायको बैठक समेत बसेको थियो । -एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget