काे हुन् पेरिस अाक्रमणकारी? एकजनाकाे नाम सार्वजनिक

काे हुन् पेरिस अाक्रमणकारी? एकजनाकाे नाम सार्वजनिक
पेरिस–पेरिस आक्रमणका सात आत्मघाती आक्रमणकारीमध्ये एक जनाको नाम सार्वजनिक भएको छ। घटनास्थलमा भेटिएको २९ वर्षीय फ्रेन्च नागरिक उमर इसमाइल मुस्तफईको औंलाका कारण उनी आक्रमणमा सहभागि भएको देखिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

शुक्रबार राति भएको आक्रमणमा हालसम्म कम्तिमा १२९ जनाको मृत्यु भइसकेको छ। सो घटनामा संलग्न भएका भनिएका उमर इसमाइल आपराधिक पृष्ठभूमिका भएको र इस्लामिक कट्टरपन्थी समुहप्रति झुकाव राख्ने गरेको संचारमाध्यमले जनाएका छन्।
यसैबीच ग्रीस सरकारले आक्रमणकारीको शवबाट प्राप्त सिरियाली पासपोर्टधारी व्यक्ति गत महिना ग्रीसबाट आएको जनाएको छ। यो पासपोर्ट नम्बर लेरोस द्विपमा रजिष्ट्रार भएको पाइएको छ, साथै आक्रमणकारी ग्रीसबाट किन युरोप आएका थिए भन्ने कुराको जाँच भइरहेको जनाइएको छ। यो वर्षमात्रै पाँच लाखभन्दा धेरै शरणार्थी तथा आप्रवासी टर्कीबाट ग्रीस आएका थिए। जसमा धेरै सिरियाली नागरिक पनि भएको बीबीसीले जनाएको छ। यूरोपेली युनियनले टर्कीलाई शरणार्थी कम गर्न दबाब दिँदै आएको छ। पेरिस आक्रमणपछि विश्वसमुदायबाट समवेदना प्रकट भएको छ। संचारमाध्यम अनुसार फ्रेन्च प्रहरीले आक्रमणकारी सिरिया गए नगएको विषयमा छानविन गरिरहेको छ।

यता बेल्जिमले आक्रमणमा सहभागी भएको आशंकामा तीन जनालाई पक्राउ गरेको जनाएको छ। बेल्जियमबाट पक्राउ परेको तीनै जना पेरिस आक्रमणमा सहभागी भएको हुनसक्ने बताइएको छ। उनीहरु पेरिस आक्रमणको दिन पेरिसमै थिए। यसैबीच इराक तथा सिरियामा चरमपन्थी गुट इस्लामिक स्टेट विरुद्धको हवाई आक्रमण जारी राख्ने फ्रान्सले जनाएको छ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget