यातायात व्यवसायीले ३० प्रतिशत भाडा बढाउने

३० कात्तिक-
पोखराका यातायात व्यवसायीले ३० प्रतिशत भाडा बढाउने तयारी गरेका छन् । इन्धन अभावलाई देखाउँदै व्यवसायीले भाडा वृद्धीको तयारी गरेका हुन् ।
सरकारले सहज इन्धन उपलब्ध नगराउँदा महङ्गोमा इन्धन खरिद गरी यातायात सञ्चालन गर्नुपरेकाले भाडा बढाउने निष्कर्शमा पुगिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारीले बताए ।
उनले यातायात व्यवसायीले राखेका माग एक साताभित्रै पूरा नगरे अहिलेको भाडा दरमा ३० प्रतिशत भाडा बढ्ने जानकारी दिए ।
सहज रुपमा इन्धन पाए संख्या घटाएर भएपनि पुरानै भाडादरमा यातायात सेवा सञ्चालन गर्न आफूहरु तयार रहेको उनको भनाई छ ।
‘व्यवसायीहरुले इन्धनका लागि प्रतिलिटर २/३ सय रूपैयाँ तिर्न बाध्य भएको पृथ्वी राजमार्ग बस व्यावसायीक समितिका अध्यक्ष एनकुमार साईले बताए ।
प्रचलित मूल्य भन्दा चार दोब्बरमा इन्धन खरिद गरी विविध किसिमको समस्याहरुको सामना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्दासमेत राज्यबाट कुनै सहयोग नगरेको उनको भनाई छ ।
etajakhabar
Labels:

Post a Comment

एस्तो नि कहिँ हुन्छ ? येस्तई मुर्खहरुले गर्दा एस्तो अवस्था आएको हो | इन्धन नभए नचलाए भैगोनि | कालो बजारीलाई प्रोत्साहन गरेको जस्तो भैगो नि |

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget