सुरक्षा परिषद्को कठघरामा भारत, नेपालले अडान राखे भारतमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी हुन सक्ने

काठमाण्डु, १६ कात्तिक– राष्ट्र संघीय सुरक्षा परिषदको सोमबार संयुक्त राज्य अमेरिकामा बस्ने बैठकमा नेपालमाथि भारतले गरेको नाकाबन्दी तथा त्यसले पारेको प्रभावका बारेमा गम्भीर छलफल हुने भएको छ ।
सुरक्षा परिषदको बैठकमा भिटो प्राप्त देश चीन नेपालकै पक्षमा रहेकोले सोमबार(आज)को बैठकमा कुनै प्रकारको भिटोले भारतले नेपाली जनतामाथि गरेको मानवअधिकार हनन्को सम्बन्धमा छलफल हुनबाट रोकिने छैन ।
सुरक्षा परिषदको सोमबार अपराहन्ह ३ बजे बैठक बस्दैछ । सो बैठकमा नेपालसम्बन्धी विषयवस्तु नतोकिए पनि समग्र विषयमा वस्तुको रुपमा नेपालमा उत्पन्न समस्याको बारेमा छलफल हुने यसअघि नै सार्वजनिक भइसकेको छ । सुरक्षा परिषदको बैठकमा भारतले नेपाली जनतामाथि गरेको नाकाबन्दीको सम्बन्धमा चीन, रसिया, फ्रान्स लगायतका देशहरुले भारतलाई अप्ठ्ेरोमा पार्ने अनुमान गरिएको छ । भिटो अधिकार प्राप्त देशको रुपमा रहेको बेलायतले समेत भारतीय सरकारमाथि दबाब सिर्जना गर्ने विश्वास गरिएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget