.भुकम्प पिडितलाई २७ करोडको सहयोग : कुन देशले कती सहयोग गर्ने बिवरण सहित : हवाई आपूर्तिले निरन्तरता पाउने

भुकम्प पिडितलाई २७ करोडको सहयोग : कुन देशले कती सहयोग गर्ने बिवरण सहित : हवाई आपूर्तिले निरन्तरता पाउने
काठमाडौँ, ३० कात्तिक / संयुक्त राष्ट्रसङ्घीय हवाई सेवा (युएनएचएएस)लाई स्विडेन, स्विट्जरल्यान्ड र संयुक्त अधिराज्यबाट रु
२७ करोडभन्दा बढी रकम सहयोग दिने सहमतिपछि नेपालका भूकम्प प्रभावितका लागि खाद्यान्न र अन्य अत्यावश्यक मानवीय सहायता सामग्रीको हवाई आपूर्तिले निरन्तरता पाउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले व्यवस्थापन गरिरहेको युएनएचएएसका लागि स्विडेनले रु १२ करोड ६० लाख, स्विट्जरल्याडले रु छ करोड ५० लाख र संयुक्त अधिराज्यले रु सात करोड ९० लाख अनुदान दिएको कार्यक्रमले आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सो सहयोगका फलस्वरुप दुर्गममा रहेका भूकम्प प्रभावित हिमाली समुदायसम्म हेलिकप्टरमार्फत अत्यावश्यक वस्तु पु¥याउने कार्यले पुसको दोस्रो सातासम्म निरन्तरता पाउन सक्नेछ । देशमा गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएको पहिरोका कारण गोरेटोहरू भत्किएपछि धेरै हिमाली समुदाय देशको बाँकी भागबाट अलग हुन पुगेका छन् ।
“स्विडेन, स्विट्जरल्यान्ड र संयुक्त अधिराज्यबाट प्राप्त यो उदार सहयोगका लागि डब्लुएफपी ज्यादै कृतज्ञ छ ।” डब्लुएफपी नेपालकी राष्ट्रिय निर्देशक पिप्पा ब्राडफोर्डले भन्नुभयो । “अन्यथा पुग्न कठिन समुदायका एक लाख ४६ हजार व्यक्तिसम्म आश्रय सामग्री र खाद्यान्न हवाईमार्गमार्फत पु¥याउन उनीहरुलाई आउँदो जाडो मौसमका लागि तयार रहन ज्यादै महत्वपूर्ण छ ।
यो सहयोगको अभावमा युएनएचएएसका हेलिकप्टर सेवा बन्द हुने थियो र यसले उच्च हिमाली गाउँका लागि गम्भीर परिणाम ल्याउन सक्थ्यो ।” वैशाख १५ गतेयता, युएनएचएएसले १५६ मानवीय संस्थाका तर्फबाट आपतकालीन राहत सामग्री दुर्गम समुदायसम्म आपूर्ति गरेको छ । आजसम्म यसका हेलिकप्टरले तीन हजार ४०० भन्दा बढी मानवीय सहायताकर्मीलाई सेवा दिनुका साथै दुई हजार ३०० मेट्रिक टन मानवीय सहायता सामग्री हिमाली क्षेत्रमा दुवानी गरेका छन् ।
विपद्को समयमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै समुदायको पोषण र समुत्थानशक्ति निर्माणका लागि काम गर्दै विश्वव्यापी भोकमरीविरुद्ध लड्दै आएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) विश्वको सबैभन्दा ठूलो मानवीय सहायता एजेन्सी हो । हरेक वर्ष डब्लुएफपीले ८० राष्ट्रमा करिब आठ करोड मानिसलाई सहयोग पु¥याउँछ । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget